काठमाडौं, चैत १ (नागरिक)- सेना समायोजन विशेष समितिको बैठक अहिले ५ बजेदेखि सिंहदरबारमा बस्दैछ । प्रधान सेनापति छत्रमानसिं गुरूङले माओवादी सेना समूहगतरुपमा नेपाली सेनामा समायोजन हुन नसक्ने धारणा राखेलगत्तै विशेष समितिको बैठक बस्न लागेको हो। उनले संयुक्त राष्ट्र सङ्घका उपमहासचिवसमक्ष यस्तो भनाइ राखेको सार्वजनिक भएको थियो।
अघिल्लो बैठकमा माओवादीले सेना समायोजनबारे प्रधान मन्त्री र रक्षा मन्त्रीको फरक फरक धारणा आएकाले त्यसबारे स्पष्ट धारणा नआएसम्म समितिमा सहभागी नहुने बताएको थियो । आज विशेष समितिको बैठक बस्ने समयमै माओवादीको स्थायी समितिको बैठक पनि बस्दैछ ।