राजनीतिक पुरुषार्थ
२० पौष २०७१
•
१४ मिनेट पाठ
राजनीतिक पुरुषार्थ
संविधान सभाको दोस्रो अवतारले पनि आत्मघातकै बाटो लाग्ने लक्षण देखाउन थालेको छ। संविधान सभासद्ले क्यासिनो खुलाउन जति पनि चिन्ता र चासो सायद संविधान बनाउन लिएका छैनन्। तिनले सबै जिम्मा 'शीर्ष' नेतालाई सुम्पेका छन्। आफैँलाई संविधान सभा र अग्रगामी परिवर्तनको ठेकेदार ठान्नेहरू पनि जनआन्दोलनका 'उपलब्धि' संस्थागत हुन नदिने आन्दोलनमा उत्रेका छन्। सडकमा जुलुस निकालेर संविधान बन्दैन। संविधान सभाका अध्यक्ष पहिलो मस्यौदा गर्न अग्रसर भएका थिए। ?
उनलाई उल्टै 'षड्यन्त्र' गरेको आरोप लगाए रे, नेपाली कांग्रेसका केही नेताले। वर्ष दिनसम्म त दलका शीर्ष नेताको सहमति नेपाली जनतासँगै अध्यक्षले पनि पर्खेकै हुन्। अहिले पनि सहमति नभएमात्र मस्यौदा गर्न देऊ भनेका हुन् उनले। उनले संविधान कस्तो बन्नुपर्छ भन्ने सर्त पनि राखेका छैनन्। यसैले संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङको नेताहरूले सहमति गर्न नसके आफूले संविधानको मस्यौदा गरिदिने प्रस्तावलाई षड्यन्त्र देख्नु दृष्टिदोषमात्रै हो। नेताहरूका लागि लाजमर्दो चुनौती भने त्यो पक्कै हो। सभामुखले गर्ने भनिएको मस्यौदा सोझै जारी हुने पनि थिएन। संविधान सभामा छलफल त हुन्थ्यो नै। नेम्बाङको प्रस्तावलाई षड्यन्त्र भन्नेे हो भने त कांग्रेस र नेकपा (एमाले) ले राखेको साझा प्रस्तावलाई 'महाषड्यन्त्र' भन्नुपर्ने भयो। पार्टी विशेषका शीर्ष नेताले पर्दाभित्र लेनदेन गरेर गर्ने सहमति षड्यन्त्र नहुने तर सबैका साझा मानिने सभामुखको अग्रसरता चाहिँ षड्यन्त्र हुने? कांग्रेस – एमालेको प्रस्तावजस्तै सभामुखको अग्रसरता पनि षड्यन्त्र हैन।

माओवादी र मधेसीहरू समावेशी र संघीयताको विषयलाई आफ्ना कार्यसूची भन्छन्। त्यसो हुँदो हो त तिनले पनि सक्कली आमाले सौतालाई सुम्पेर पनि सन्तानको जीवन जोगाएको कथा सम्झनुपर्थ्यो। तर यिनीहरू त उल्टै बच्चालाई दुई चिरा पार्न पो उद्यत देखिए। माओवादी र मधेसी दलका नेताको व्यवहारले नै तिनमा लोकतन्त्र र राष्ट्रियताप्रति खासै मोह नभएको स्पष्ट बनाएको छ। लोकतन्त्रमा सहमति हुन नसके बहुमतका आधारमा निर्णय गर्ने विश्वव्यापी प्रचलन छ। अहिले थप आन्दोलनको चाप देशले थेग्न सत्तै्कन। संविधान निर्माण ढिलो हुँदा प्रतिगामी शक्ति बलियो हुँदै गएको छ। यस्तै, संविधान सभाको दोस्रो निर्वाचन सकिए यताकै समयमा पनि विदेशी हस्तक्षेप दिनहुँ बढ्दै गएको देखिएको छ। अराजकता र अन्योल बढेको छ। अर्थात्, लोकतन्त्र र राष्ट्रियता दुवै कमजोर भएको देखिएको छ। यस्तो अवस्थामा पनि संवेदनशील नहुने राजनीतिक नेतालाई कसरी जिम्मेवार भन्ने?

कांग्रेस र एमालेका नेताले पनि बुद्धि पुर्यानएको देखिएन। उनीहरूले प्रतिक्रियाको राजनीति गर्नु हुनेथिएन। विपक्षीलाई सके सँगै लैजाने र नभए पवित्र मनसाय राखेर कांग्रेस र एमालेमात्रै भए पनि अगाडि बढ्ने तत्परता देखाएको भए सायद समस्या समाधान भइसक्ने थियो। दुर्भाग्य, यिनीहरू त 'यथास्थितिवादी' भएको आरोप प्रमाणित गर्न पोै बढी उद्यत देखिए। कांग्रेस र एमालेले संसदीय प्रणालीको सामान्य प्रचलनविपरीत संयुक्त सरकार बनाउँदा पनि जनताले खुसी नै मानेका थिए। मुलुकलाई अन्योलको भुमरीबाट निकाल्न कांग्रेसको साख र एमालेको चतुर्यानइँ प्रयोग हुने आशा जागेको थियो। तर, वर्ष दिनसम्म यिनले गरेको शासन र अभ्यास हेर्दा जनअपेक्षा गलत सिद्ध भयो। बरु, कांग्रेसको अकर्मण्यता र एमालेको धुर्त्याइँले समस्या झन् बढाएको छ।

यसबीच न शासन राम्ररी हुनसक्यो न संविधान निर्माणै भयो। संघीयताको मर्मविपरीत पूर्व र पश्चिममा दुवैतिर तराईका केही जिल्लालाई पहाडमा मिसाउनै पर्ने वा संसदीय प्रणालीका नाममा प्रतिनिधिसभालाई समावेशी हुनै नदिनेजस्ता प्रस्तावलाई प्रगतिशील र लोकतान्त्रिक भन्न मिल्दैन। अहिले विकास क्षेत्रको परिमार्जन वा 'नेपाल अधिराज्यको संविधान, २०४७' को संशोधन गर्नमात्र खोजिएको त हैन नि! संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान बनाउने पो हो त। मधेसमा तराईका जिल्लामात्र समावेश दुई वा तीन प्रदेश र जनसंख्याको संरचनाअनुरूपको संसदीय प्रतिनिधित्व सुनिश्चित हुने निर्वाचन प्रणाली, सम्बन्धित क्षेत्रको निर्वाचित सभाले नै प्रदेशको नामाङ्कन गर्नेजस्ता कार्यसूचीलाई अगाडि बढाउन तयार कांग्रेस र एमाले हुनुपर्थ्यो। त्यतिमात्र गरेको भए माओवादी र मधेसीको कार्यसूचीसमेत बाँकी रहने थिएन। विपक्षीलाई कार्यसूचीविहीन बनाउनसक्नु पो राजनीतिक पुरुषार्थ!

अब त संविधान सभामा भएको खर्चको पनि हिसाबकिताब खोज्ने बेला भइसक्यो। संविधान बनाउनै नसक्ने हो भने त्यसका नाममा भएको खर्च सबै नैतिक बेरुजु हुन्छ। हुनत, राजनीतिमा नैतिकता उति देखिने गरेको छैन। नयाँ नेपालको राजनीति त झन् बढी नै भौतिकवादी भएको छ। लुटे पनि ढाँटे पनि लाजसम्म मान्न नपर्ने! संविधान सभाका लागि अहिलेसम्म भएको प्रत्यक्ष एवं अप्रत्यक्ष खर्च र समय लगाएको भए सायद देशलाई लोडसेडिङबाट मुक्त गर्न पुग्ने जलविद्युत् उत्पादन गर्न सकिन्थ्यो होला!

राजनीतिक र नागरिक अगुवाले निराश बनाए पनि अरू क्षेत्रमा चित्त बुझाउने ठाउँ भए हुन्थ्यो। स्वास्थ्य मन्त्रालयका कर्मचारीहरूको अकर्मण्यता, बदनियत र अनुत्तरदायी प्रवृत्तिले नेपालका लाखौं बालबालिकाले अत्यावश्यक दुईवटा खोप लगाउनै पाएनन्। बालबालिकालाई बेलामा खोप उपलब्ध नगराए सजाय भोग्नुपर्ने भए सायद यति भयावह अवस्था उत्पन्न हुने थिएन। प्रत्येक खरिदमा बदनियत राख्ने अनि ऐनकानुन र प्रक्रियालाई दोष दिनेहरू यथार्थमा अपराधी नै हुन्। यस्ता दोषीलाई कारबाही हुनेगरी प्रशासनमा सुधार गर्नै खोजिँदैन। कार्यालयको समयावधि बढाएर प्रशासनमा सुधार भएको मानिन्छ। समय नपुुगेर हैन कर्मचारीको अल्छी, पुरातनपन्थी कार्यशैली, सामन्ती सोच तथा प्रक्रियाले जनताले दुःख पाएका हुन्छन्।

खानेपानीको महसुल बुझाउन पानीपोखरीस्थित खानेपानी लिमिटेडको कार्यालय दिउँसो १२ बजेतिर पुग्दा बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्मै महसुल लिइनेछ भन्ने सूचना टाँसिएको देखियो। महसुल काउन्टरमा भिड भने घटेको थिएन। महसुल बु‰न कार्यालय खुला राख्ने सरकारी निर्देशन मान्नुपर्ने भएपछि त्यहाँको व्यवस्थापनले पनि चतुर्याेइँ गरेछ। समय बढाएर १२ घन्टा खुला त राख्ने तर महसुल बु‰ने काउन्टर चाहिँ घटाउने । जनतालाई सुविधा थपिएन कर्मचारीलाई असुविधा भयो। कर्मचारीले त भत्ता पाउलान् तर जनताले अब बिहान गए 'बेलुका आऊ 'र बेलुका आए 'भोलि आऊ' भनेको सुन्नुपर्ने हुनसक्छ। सम्भवतः यो पछिल्लो प्रशासन सुधारको प्रतिनिधि परिदृश्य हो।

प्रशासकीय कार्यशैलीको एउटा उदाहरण दिऊँ। अधिकांश पहाडी जिल्लामा समेत अहिले मोटर बाटो बनेको छ। हिउँदमा धेरै गाउँमा मोटर पुग्छ। तर, जिल्लामा जाने कर्मचारीले भने कोसको हिसाबले भ्रमण काजमा जानुपर्छ। भ्रमण भत्ता खान र बस्न पुग्ने हुँदैन। यसैले दिनको ४ कोसको आधारमा काजमा खटाइन्छ। मोटर चडेर उही दिन काम सकेर सदरमुकाम फर्के पनि कर्मचारी कार्यालय जाँदैनन्। कार्यालय गएर काम गर्न पनि मिलेन। काजमा जो हुन्छन्। कर्मचारीलाई बेइमान र कामचोर बनाउने यस्ता थुपै्र सिमसिमे राजाका पालाका विधि र प्रक्रिया जस्ताका तस्तै छन्। सुधार त तिनमा पो गर्नुपर्थ्यो। इमानदार हुन खोज्दा पनि नपाइने कस्तो विडम्बना!

अहिले धेरै विषयमा स्थानीय निकायको सिफारिस खोजिन्छ। तर, स्थानीय निकाय विशेषगरी दुर्गम भेगका अधिकांश गाउँ विकास समितिमा सचिव भेट्न निकै मुस्किल हुन्छ। त्यस्तै, बेलाबेला 'साक्षर भएमात्र सिफारिस गर्ने' वा 'धरमा चर्पी भएमात्र सिफारिस दिने' भन्नेजस्ता अनर्गल र संविधानविपरीतका सूचना सरकारी निकायबाटै जारी गरिन्छन्। त्यसले नागरिकलाई भौतिकमात्र हैन मानसिकरूपमा पनि पीडा दिुन्छ। पर्ती जग्गामा छाप्रो हालेर वर्षौं गुजारेको व्यक्तिले कहाँ बनाउने चर्पी र पाउने सिफारिस? एक्ली आमालाई सन्तानको जन्मदर्ता गराउन त्यत्तिकै कठिन छ। काठमाडौंको अस्पतालमा जन्मेको बालकको जन्म दर्ता गर्न हुम्ला पुग्नुपर्छ। यस्ता समस्या समाधान हुने विधि र प्रक्रिया सरल बनाए पो प्रशासन सुधारको अर्थ हुन्छ।

आफूले गरेको निर्णयको जिम्मेवारी लिनैपर्ने नहुँदासम्म शासन प्रशासन जनमुखी हुने कल्पनै नगरे हुन्छ।

र, अन्त्यमा

थाइल्यान्डमा नेपाली विद्यार्थीहरू अपहरण गर्ने गिरोहमा मातृका यादव समूहको माओवादी नेता पनि समातिएको समाचार सार्वजनिक भएको छ। समातिएका व्यक्तिलाई पहिले लागेको कर्तव्य ज्यानसम्बन्धी मुद्दासरकारले फिर्ता लिएको रहेछ। मुद्दा फिर्ता लिन निर्णय गर्नेले त्यसको परिणामको जिम्मेवारी लिनुपर्ने कि नपर्ने? न्यायाधीश रणबहादुर बमका हत्यारा सम्ात्न सफल भएको दाबी नेपाल प्रहरीले गरेको छ। प्रहरीका अनुसार चुरेभावर नामको पार्टीको नेताकै संलग्नतामा न्यायाधीश बमको हत्या भएको रहेछ। राजनीतिदलहरू अपराधी आश्रित र संरक्षित हुने संस्था भएका छन् भन्ने आरोप सही नै हो त? देखिएका वा नदेखिएका अपराधीलाई संरक्षण गर्ने राजनीतिक नेताले सजाय कहिले र कसरी पाउने



अर्को समाचार
चार्वाक दर्शनको भाष्यमा सत्ता
२० माघ २०७९
•
६ मिनेट पाठ
चार्वाक दर्शनको भाष्यमा सत्ता
सर्वदलीय बैठक




प्रधानमन्त्री: छ कि छैन प्रतिपक्ष ?

ने.का: हामी यहाँ छौँ।

प्रधानमन्त्री: राष्ट्रपति सभामुख पनि सहमति गर्छौँ।

एमाले: पुस १० गतेको तमसुक तोड्न पाइँदैन,

दमननाथ ढुंगाना

‘प्रथमतः उपप्रधानमन्त्रीको लस्करमा सामेल नभएको भए हुन्थ्यो। द्वितीयतः कम्तीमा आफ्नो तर्फबाट राज्यमन्त्री नबनाएको भए हुन्थ्यो। तृतीयतः अरू भन्दा फरक देखिएको भए हुन्थ्यो। चतुर्थतः कागकै हुलमा रमाउने भए आफूलाई गौँथली नभनेको भए हुन्थ्यो।’

केशव दाहाल (लेखक)

माथि उल्लिखित पंक्ति बिहीबार ५ माघ २०७९ र बुधबार ४ माघ २०७९ मा सामाजिक सञ्जालमा प्रकाशित भएको थियो। ढुङ्गाना तथा दाहालको त्यो अभिव्यक्तिले मनमै छोयो। सामाजिक सञ्जालमा असम्बद्ध छु। फेसबुकसँग सम्बन्ध नै छैन मेरो। समय पाउँदा एवम् छापामा प्रकाशित भएका र टि.भी. बाट प्रशारण भएका समाचार मात्र मैले थाहा पाउने सूचनाको स्रोत र आधार हुन्। यसै मेसोमा ढुङ्गाना र दाहालका अभिव्यक्ति पढ्ने मौका पर्‍यो। दुवैको अभिव्यक्ति व्यङ्गात्मक, समसामयिक मात्र नभएर साभारयुक्त लाग्यो।  

‘ओ ओ माधवी’ का लेखकसमेत दाहाल भएकाले निश्चय पनि पूर्वीय दर्शन तथा वैदिक वाङ्गमयको जानकारी छ भन्ने अनुमान गरेँ। त्यसैले पूर्वीय दार्शनिक सूत्रमा अहिलेको राजनीतिक अवस्थाको भाष्यलाई बुझ्नु अझ सान्दर्भिक र उपर्युक्त हुन्छ कि भन्ने लाग्यो। वेदलाई मान्ने र नमान्ने क्रमशः आस्तिक र नास्तिक दुई किसिमका पूर्वीय दर्शन छन्। आस्तिक दर्शनमा साख्यं, योग, न्याय, वैशेषिक, मिमांशा र वेदान्त पर्दछन्। जसलाई षट्दर्शन पनि भनिन्छ। नास्तिकमा बौद्ध, जैन र चार्वाक मानिन्छ। यसमा चार्वाक दर्शन अत्यन्त जड, भौतिक, सुख तथा प्रत्यक्षवादी दर्शन मानिन्छ।  

चार्वाक दर्शनका प्रणेता को हुन् ? भन्ने मतैक्यता पाइँदैन। कसैको भनाइमा देवताका गुरु वृहस्पति यस दर्शनका प्रवर्तक हुन् भन्ने छ। त्यसैले यसलाई ‘‘बृहस्पतय दर्शन’’ समेत भन्ने गरेको पाइन्छ। केहीको धारणामा बृहस्पतिका शिष्य महर्षि चार्वाक यस दर्शनका प्रवर्तक हुन् भन्ने छ। यस दर्शनको मूल ग्रन्थ छैन भनिन्छ। त्यसैले यस दर्शनको स्रोतमा ‘बृहस्पतयसूत्र’ उत्तरवैदिक साहित्य, रामायण महाभारत जस्ता काव्यलाई लिने गरेको पाइन्छ। माघवाचार्यको ‘‘सर्वदर्शन संग्रह’’ कृष्णपति मिश्रको ‘‘प्रमोद चन्द्रोदय’’ जयराशी भट्टको ‘‘तत्व पल्लव’’ र दक्षिणानन्दन शास्त्रीको ‘‘चार्वाक षष्टी’’ आदि ग्रन्थको पनि चर्चा गर्ने गरेको पाइन्छ।  

यस दर्शनले ईश्वर, आत्मा, परामात्मा जस्ता कुरामा विश्वास गर्दैन। जड, भौतिक र सुखवादी दर्शन भएकाले यसलाई ‘लोकायत दर्शन’ पनि भन्ने गरिन्छ। यस दर्शनको भनाइ नै छ ‘‘ऋणंम कृत्वा धृतम् पिवेत यावतजिवेत् सुखम् जीवेत, भस्मभुतस्य देहस्य पुनरागमन कुतः जे÷जसरी हुन्छ सुख पाउनुपर्छ। बाँच्नुपर्छ। ऋण गरेर भए पनि घिउ खानुपर्छ। भष्म हुने शरीर फेरि जन्मन्छ भन्ने हुँदैन। विधानसंगत वा असंगत, आफ्नो राजनीतिक दर्शन र धारणासँग मिल्दो वा अमिल्दो केही हेरिँदैन, मात्र एक मात्र सत्ता चाँसो भएको छ अहिले। त्यसैले चार्वाकको कथनको सूत्र पैँचो लिएर भन्ने हो भने ‘जसरी भए पनि सत्ता प्राप्त गर्ने हो’ यही मान्यता अहिले हावी भएको छ।

चार्वाक दर्शनकै अर्को उत्ति पनि छ। ‘वरमद्य कपोत नंरखो मयूर’ अर्थात भोलि मयूर पाउने आसमा अहिले हातमा परेको परेवालाई छाड्नु हुँदैन। भोलि चुनाव जितेर आउन सकिन्छ वा सकिँदैंन। त्यसैले हातमा पर्ने सत्तालाई किन छाड्ने भन्ने ? सत्ता राजनीतिक मानसिकता हावी छ। त्यसमा पनि निर्वाचन अत्यन्त महङ्गो भयो भन्ने भनाइसम्बद्ध पक्षबाट पटक–पटक आइराखेको छ।  

‘‘पीत्वा, पीत्वा, पुनपित्वा, याव त्यति भुतल’’ पिउ पिउ त्यसबेलासम्म पिउ घिउ जबसम्म पृथ्वीमा झर्दैन। चार्वाक दर्शनको अर्को मान्यता हो। यो सुक्त पनि राजनीतिक अभ्यासमा भइराखेको छ। सत्ता त्यसबेलासम्म कायम रहन्छ जहिलेसम्म आफ्नै संसद् र गठबन्धनका मित्रशक्तिले साथ दिन्छन्। आफ्नै संसद् पनि अरूतिर जाने र मित्र मानेका घटकले पनि साथ छाडेपछि आउने त पृथ्वीमा नै पटक–पटक अभ्यास भइराखेको छ। कसको कतिखेर रूप र आकार बदलिन्छ थाहा पाइँदैन।  

षट आस्तिक दर्शनले मानिसको चार पुरुषार्थको कुरा गरेको छ, धर्म, अर्थ, काम र मोक्ष, त्यसैले वेदको तेस्रो आँखा भनिने ज्योतिषशास्त्रमा जातकको कुण्डलीको १२ भावमा धर्म, अर्थ, काम र मोक्षको म त्रिकोण भाव छुट्याइएको हुन्छ। चार्वाक दर्शनले भने मात्र अर्थ र काम दुई पुरुषार्थलाई मान्छ। सत्ताका राजनीतिक अभ्यासमा अहिले एकमात्र पुरुषार्थ सत्ता भएको छ। आस्तिक दर्शनले अग्नि, पृथ्वी, वायु, जल र आकाश तत्वको कुरा गर्छ भने चार्वाकले अग्नि, पृथ्वी, वायु र जल चार तत्वलाई मान्छ। आकाश तत्वलाई मानिँदैन। प्रत्यक्ष प्रमाण पक्षधर भएकाले अनुमान, शब्द प्रमाणलाई यसले मान्दैन। त्यसैले आकाश प्रत्यक्षरूपमा प्रमाणित छैन भनेर आकाश तत्वलाई मान्दैन। भौतिक प्रत्यक्ष तथा सुखवादी दर्शन भएकाले यसले परिमाणात्मक सुखलाई मान्छ। प्रत्यक्ष तथा सुखवादी दर्शन भएकाले यसले परिमाणात्क सुखलाई मान्छ। वर्तमानमा प्राप्त हुने सुख नै यस दर्शनका लागि अर्थपूर्ण छ। भविष्यको चिन्ता गरिराख्नु हुँदैन भन्ने विश्वास गर्छ।  

धुर्तहरूको रचना र तर्कहीन तथा असत्यताबारे परिपूर्ण वेदमाथि आधारित धर्मलाई मान्नु मुर्खता हो भन्दै यस दर्शनले तर्क गरेको छ– ‘यज्ञमा बलि दिएको पशुले स्वर्ग प्राप्त गर्छ भने ब्राह्मण आफ्नै मातापितालाई बलि दिएर किन स्वर्ग पठाउँदैन ?’ त्यस्तै श्राद्धमा दिएको खाना स्वर्ग वा नर्कमा रहेको मृतात्माले पाउँछ भने परदेश जाने परदेशीलाई बाटोको खानाको व्यवस्था किन गरिराख्नु पर्‍यो ? परदेशीको नाम उच्चारण गरेर कागलाई खान दिएर उसलाई तृप्त बनाए भैहाल्यो नी’ यस्तै विभिन्न तर्क दिएर चार्वाकले आफ्नो दर्शन स्थापित गरेको छ। त्यसैले चार्वाक दर्शनको भनाइ छ– ‘काम एवैक: पुरुषार्थ’ हो राजनीतिक पनि ‘काम एवैक सत्ता, सत्ता, सत्ता।’

मेरो त्यो पुस्ता हो जसले पञ्चायतकालका पाठ्यक्रम पढ्यो। निर्दलीय पञ्चायत वर्गसमन्वय, गाउँफर्क राष्ट्रिय अभियान, विकेन्द्रीकरण मात्र त्यसबेलाको पाठ्यक्रम थिएन, ‘संसदीय व्यवस्था अफाप सिद्ध हुनुको कारण’ पनि पाठ्यक्रममा थियो। बुझेर वा नबुझेर पढ्यौँ। तहगत परीक्षा उत्तीर्ण भयौँ। पाठ्यक्रममा क्रान्तिपछिका १० वर्ष भन्ने विषय पनि थियो। त्यो पढ्न पटयार र झर्को लाग्थ्यो। त्यसमा सरकार गठन र विघटनको कुरा मात्र थियो। सम्झन गाह्रो हुन्थ्यो। राजनीति विकृत र विरूप हुँदा त्यसबेला पढेको ‘अफाप सिद्ध हुनुको कारण’ सम्झनामा आउने गर्छ।  

‘पक्षलाई सरकार विपक्षलाई सदन’ भन्ने माान्यता राख्नुहुने पूर्वसभामुख दमननाथ ढुङ्गानाको अभिव्यक्ति ‘‘प्रतिपक्षविहीन सदनप्रति लक्षित छ भने दाहालको धारणा सैद्धान्तिक विचलनप्रतिको कटाक्ष हो भन्ने लाग्छ। राजनीतिक तर्कले जे-जसरी औचित्यताको पुष्टि गर्ने गरिएको भए पनि कानुनी प्रावधानअनुसार प्रतिपक्षको भूमिका निर्वाह कसले गर्ने भन्ने प्रश्न स्वाभाविकरूपमा उठेको छ। बहस प्रारम्भ भएको छ। राजनीतिक विषयवस्तुमा चियोचर्चा, टीकाटिप्पणी गर्ने पंक्तिकारलाई रुचि लाग्दैन। कहिलेकाहीँ ढुङ्गाना, दाहाल आदि प्रबुद्ध वर्गको संप्रेषित विचारले उत्प्रेरणा दिन्छ। केही लेख्न घच्घचाउँछ। सबै राजनीतिक शक्ति र दलहरूले आ–आफ्नो राजनीतिक दर्शन र निष्ठा गुमाएको अवस्था मात्र होइन। परस्परमा अन्तरघुलन भइसकेको अवस्था छ। आफ्नो चुनाव चिह्नमा होइन, अरू दलको चुनाव चिह्नमा मतदान गर्न कार्यकर्तालाई निर्देशन र मतदातालाई अंशबन्डा लगाउने प्रचलन सुरु भएको छ। यी सबै अवस्थालाई सम्बोधन गर्ने उपर्युक्त दर्शन चार्वाक लाग्यो। त्यसैले चार्वाकको दार्शनिक भाष्यमा अहिले सत्ता मानसिकता छ, अरू सबै तपसिलका विषय हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस