शाहको ठूलो चस्मा
२४ साउन २०७१
•
१० मिनेट पाठ
शाहको ठूलो चस्मा
स्याङ्जाका भीरकोटे राजा तारकबहादुर शाहका जेठा छोरा हृषीकेश शाह नेपालका चिनिएका कुटनीतिज्ञ, राजनीतिज्ञ, मानवअधिकारकर्मी, संविधानविद् र लेखक हुन्। शाहको आत्मकथा 'प्रारब्ध पुरुषार्थ'मा उनले २००७ सालको राजनीतिक परिवर्तनदेखि २०५७–०५८ सम्मका लामा–छोटा ऐतिहासिक घटनाको दृश्यलाई प्रस्तुत गरेका छन्। सामान्यतः आत्मकथामा धेरै लेखकले आफ्नो जीवनकालका नराम्रा कामलाई ढाकछोप गर्छन्। तर, उनले आफ्नो सार्वजनिक जीवनका राम्रा कामको मात्र व्याख्या नगरी निजी जीवनका केही 'अप्रिय' घटनासमेत उदघाटन गरेका छन्।
book1भनिन्छ, राजा मेहन्द्रले शाहलाई संयुक्त राष्ट्रसंघको महासचिव हुन दिएनन्! तर, यो भनाइ झूटो भएको प्रस्टीकरण दिँदै उनी लेख्छन्, 'महेन्द्रले आफू समान हुन्छ वा आफूभन्दा ठूलो व्यक्तित्व हुन्छ भनेर मलाई युएनको जेनरल सेक्रेटरी हुन दिएनन् भन्नु झूटो हो। तर, मानिसले अहिलेसम्म पनि त्यही कुरामा विश्वास गरिरहेका छन् (पृ.१३०)।'

शाहले आफूलाई महासचिव हुने हल्ला चलाउने 'कृष्ण मेनन हुन्, किनकि मेननलाई उ थान्त मन पर्दैनथ्यो' भनेका छन्। ख्रुश्चेवको 'पक्ष'विना आफू महासचिव हुन सम्भव नभएको भनी शाहले महेन्द्रको बचाउसमेत गरेका छन्।

१९६१ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको महासभाद्वारा राष्ट्रसंघ महासचिव ड्याग ह्यामरसोल्डको मृत्युबारे अनुसन्धान गर्न गठित अन्तर्राष्ट्रिय आयोगको निर्वाचित अध्यक्ष भएर होस् वा संयुक्त राष्ट्रसंघको साधारण सभाको पहिलोदेखि चौथोसम्मका आपतआकालीन बैठकमा नेपाली प्रतिनिधि मण्डलको नेताका रूपमा होस्; शाहले राष्ट्रसंघमा नेपालको नाम उच्च राखेका छन्। यसकारण उच्च कि, उनले रुसद्वारा दबाइएको हंगेरीका पक्षमा मेननको 'आदेश'बेगर रुसविरुद्ध मतदान गरे। शाहसँग मेनन त रिसाए रिसाए, तत्कालीन प्रधानमन्त्री टंकप्रसादले 'असंलग्न परराष्ट्र नीतिको घेरा तोडेको' भन्दै शाहलाई सातपाने चिठी पठाए। शाहको तर्क थियो– हंगेरीजस्तो सानो मुलुकलाई परेको समस्या नेपाललाई पनि पर्न सक्छ।

नेपालको शिक्षा, साहित्य र संगीत क्षेत्रमा दार्जिलिङको भूमिका बितेको कालखण्डमा उल्लेखनीय थियो। शाहको स्कुले जीवन पनि दार्जिलिङमै बित्यो। दार्जिलिङकै कारण आफूमा नेपालप्रेमी भावना बढेको बताउने शाहले त्यहाँका त्रिमूर्ति आफ्ना गुरुत्रय 'सूधपा'लगायत थुप्रै व्यक्तिको सक्रियताबारे प्रशंसा गरेका छन्।

१९९७ सालका चार सहिदलाई दिइएको मृत्युदण्डका मुख्य 'जिम्मेवार' जुद्ध शमशेरको सालिकमा समेत केही नागरिकले असन्तुष्टि जनाएको प्रसंग रोचक छ। उनी लेख्छन्, 'चार जना मान्छेले उनको सालिकमा रजस्वला हुँदाको रक्तश्रावको रङसूचक कपडा बेरिदिएको' थियो।

शाहले पद्म शमशेरलाई शासनमा जनभावनाअनुकूल केही खुकुलोपनलाई आत्मसात गर्न खोज्ने सरल प्रधानमन्त्रीका उनलाई चित्रित गरेका छन्। पद्मले 'रुन्चे महाराज'को उपनाम किन पाए? यसबारे शाहले लेखेका छन्, 'जुद्ध शमशेरले पद्मलाई श्रीपेच पहिराइदिएर सिंहदरबार छोडेपछि निजामती–जंगीकर्मचारीलाई सम्बोधन गर्दै पद्मले आफूलाई 'राष्ट्रको सेवक ठानेको छु' भन्दै भावविह्वल भएर रोएका थिए। यसै घटनापछि उनलाई 'रुन्चे महाराज'भन्न थालियो।'

राजा महेन्द्रले अमेरिका भ्रमणका क्रममा त्यहाँका दुवै सदनमा 'गभर्नमेन्ट अफ द पिपल, फर द पिपल, बाई द पिपल स्याल नट डाई' भनेर भाषण गरे। तर स्वदेश फर्कनेबित्तिकै बिपी सरकारविरुद्ध 'कु' गरेर 'गभर्नमेन्ट अफ द पिपल, फर द पिपल, बाई द पिपल स्याल डाई' गरे। कथनी र करनीमा यो हदसम्मको विरोधाभाष महेन्द्रीय शैली त हुँदै हो, अचेल त हामी सबैको शैलीजस्तै बन्न पुगेको छ।

दुई छिमेकी देशलाई 'हात्ती'को संज्ञा दिँदै ती देशसँग नेपालको सम्बन्धबारे शाह भन्छन्, 'नेपालमा भारदार दुई प्रकारका छन्। एउटा भारतको मुख हेर्ने, अर्काे चीनको मुख हेर्ने। हामी आफ्नै स्वाभिमानमा रहनुपर्छ। दुइटा हात्ती लडे भने लडाइँको मैदानको घाँस माडिन्छ। ती हात्तीहरू सँगै सुते भने पनि माडिन्छ। हामी सधैं अप्ठ्यारो स्थितिमा बस्नु परेको छ (पृ.१३०)।' नेपालमा अहिलेसम्म पनि राजनीतिक र कुटनीतिक क्षेत्र कि त भारतनिकट छ, कि चीननिकट। तटस्थ हुनुपर्छ भन्ने चिन्ता उहिल्यैदेखि धेरैलाई भए पनि व्यवहारमा यसो हुन सकेको छैन।

नेपाली राजनीतिका पुराना र नयाँ नेताबारे शाहको आफ्नो दृष्टिकोण ठाउँ–ठाउँमा दिएका छन्। 'सन्त नेता' किसुनजीले २०४७ को संविधान निर्माणताका दरबारले बनाएको संविधान देखेर टाउको हल्लाएर समर्थन गरेको तर पछि भरतमोहनलाई 'हुन्न' भन्न लगाएर आफू 'भागिहिँडेको' प्रसंग उल्लेख गरेका छन्। यसै गरी नेता गणेशमानप्रति शाहको टिप्पणी छ, 'उनी रिमोट कन्ट्रोल लिएर बस्छन् र आफ्नो मान्छेलाई प्रधानमन्त्री दिन खोज्छन्।'

'नयाँ नेता' बाबुराम भट्टराईको चाहनाअनुसार चण्डीगढमा बिपीसँग भेट गराइदिएको जस लिँदै उनले बाबुरामको 'भारतको रिभोल्युसन टोटल नभई नेपालमा सामाजिक क्रान्ति हुन सक्दैन' भन्ने भनाइको प्रशंसा गरेका छन्।

त्रिचन्द्र कलेजमा प्राध्यापन गरेका शाह नेपाल प्रजातान्त्रिक कांग्रेसको संस्थापक सदस्य र महामन्त्रीसमेत भए। सन् १९५६ देखि ६० सम्म संयुक्त राष्ट्रसंघका निम्ति नेपालको पहिलो स्थायी प्रतिनिधि हुनुका साथै त्यसै अवधिमा संयुक्त राज्य अमेरिकाका लागि पहिलो आवासीय राजदूत पनि थिए, उनी। शाहको विस्तारित कार्यक्षेत्रको अनुभव एकीकृत रूपमा पुस्तकमा पढ्न पाइन्छ।

महेन्द्रीय शासन सुरु भएपछि उनी मन्त्री भए। आफू मन्त्री बनेको बाटोबारे शाह भन्छन्, 'टेकओभरपछि मलाई परराष्ट्र र शिक्षा दिइबक्सियोस् भनेर महेन्द्रलाई भनेँ तर अर्थमन्त्री पो बनाए। आफ्नो घरको त हिसाब राख्न नसक्नेले देशको अर्थतन्त्र कसरी चलाउँथेँ। 'उहाँ (राजा) लाई अर्थमन्त्रीको पद अरूलाई दिएमा दातृराष्ट्रले सहायता रोकिदेलान् भन्ने पीर। इन्डियाले रोक्ने भइसक्यो (पृ.१२७)।' विशेषज्ञताअनुरूप मन्त्री बन्ने प्रचलन पचास वर्षपछिसम्म पनि स्थापित हुन सकेको छैन।

यसै गरी पुस्तकमा शाह आफ्नो यौन जीवनबारे पनि खुलस्त छन्। तराईमा सिकार खेल्न जाँदा बीबीसीमा कार्यरत पत्रकार मेगसँग 'सेक्सुअल सम्बन्ध' भएको खुलाउन उनी हिच्किचाउँदैनन्। शाहले आफ्नो निजी जीवनका 'दुर्घटना'लाई पनि उजागर गरेर आत्मकथा लेख्नु स्वस्तुति कथा लेख्नुमात्र होइन भन्ने कुरा प्रस्तुत गर्न खोजेका छन्।

इतिहासका विभिन्न कालखण्डको आंशिक दृश्य रहे पनि पुस्तकमा धेरै नेपालीको चासो भएको सन् १९५० को नेपाल—भारत सन्धिबारे उल्लेख छैन। यस्तो महत्त्वपूर्ण सन्दर्भ समेटेको भए पुस्तक अझ बहुआयामिक हुने थियो। तर पनि राजनीतिक र कुटनीतिक वृत्तमा अध्ययन–अनुसन्धान गर्न चाहनेका लागि उपयोगी छ।

कृति : आत्मकथा

लेखक : हृषीकेश शाह

प्रकाशक : हिमालकिताब

मुल्य : ३७५, पृ. : २३१



अर्को समाचार
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
०८ मंसिर २०८३
•
३ मिनेट पाठ
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
चीनको एक चिडियाखानामा रहेको मोटो चितुवा यतिबेला इन्टरनेटमा चर्चित बनेको छ। 




डिज्नीको चर्चित फिल्म ‘जुटोपिया’को गोलो अनुहार भएको चितुवा पात्र अफिसर बेन्जामिन क्लाउहाउजरसँग मिल्दोजुल्दो देखिएपछि यो चितुवा हेर्न मानिसहरूको भीड लाग्न थालेको हो।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित पान्झिहुआ सहरको चिडियाखानामा रहेको यो चितुवालाई ‘पान बाओबाओ’ नामले चिनिन्छ। मोटो शरीरका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उसलाई ‘अफिसर चितुवा’ उपनाम दिएका छन्।

चितुवा हेर्न चिडियाखाना पुगेका मानिसहरूले उसका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्। धेरैले उसको मोटो शरीर देखेर रमाइला टिप्पणी गरेका छन्।

एक आगन्तुकले ‘अफिसर चितुवा अझै पनि तौल घटाउन सफल भएनछ!’ भन्दै ठट्टा गरेका छन्। कतिपयले उसलाई केही समय खाना नदिन सुझाव दिएका छन् भने केहीले उसको शरीर मात्र होइन, शरीरका धब्बासमेत गोलाकार देखिएको भन्दै मजाक गरेका छन्। केहीले त अब उसलाई आफूहरूले सजिलै उछिन्न सक्ने टिप्पणीसमेत गरेका छन्।

तर, चिडियाखानाका कर्मचारीले भने चितुवाको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उसको तौल घटाउने योजना नरहेको बताउँछन्।

‘ऊ बूढो हुँदै गएको छ। त्यसैले अहिले तौल घटाउनु उचित हुँदैन। उसको अहिलेको अवस्था कायम राख्दै स्वस्थ राख्नु हाम्रो प्राथमिकता हो,’ चिडियाखानाका एक कर्मचारीले जिउपाई न्युजलाई बताएका छन्।

उनले वृद्ध मानिसको छाला खुकुलो हुँदै गएजस्तै चितुवाको शरीरमा पनि उमेरसँगै परिवर्तन आएको बताए। ‘यो अवस्थामा उसले पर्याप्त खाना पाएको सुनिश्चित गर्नुपर्छ। खानाको गुणस्तरमा पनि कुनै सम्झौता गर्न चाहँदैनौँ,’ उनले भने।

कर्मचारीका अनुसार पान बाओबाओले दैनिक आधा किलोभन्दा बढी गाईको मासु खान्छ। सन्तुलित आहारका लागि उसको खानामा कुखुराको मासु पनि समावेश गरिएको छ।

केही समयअघि चितुवाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उसको स्वास्थ्य अवस्था राम्रो देखिएको र तौलमा पनि खासै परिवर्तन नभएको कर्मचारीले बताएका छन्।

अहिले उसको तौल नियमित रूपमा नाप्न केही कठिन हुने गरेको छ। तर, तौल स्थिर रहेको र उसको मुड राम्रो रहेको अवस्थामा चिन्ता गर्नुपर्ने अवस्था नरहेको कर्मचारीको भनाइ छ।

इन्टरनेटमा चर्चित बने पनि चितुवाको चिडियाखानाभित्रको दैनिकी भने निकै आरामदायी छ। ऊ खाने, सुत्ने र कहिलेकाहीँ आफ्नो खोरमा यताउता घुमेर शरीर तन्काउने गर्छ।

उसलाई अलि बढी सक्रिय बनाउन खोरभित्र खेल्ने बलसमेत राखिएको छ। ‘उसले खेल्न र केही शारीरिक गतिविधि गर्न सकोस् भनेर खोरभित्र एउटा बल राखेका छौँ,’ एक कर्मचारीले भने।

चितुवाको चर्चा बढेपछि चिडियाखानाले उसको बस्ने ठाउँसमेत विस्तार गरेको छ। छेउको अर्को बासस्थानसँग छुट्याउने बार र तारको जाली हटाएर उसको खोर ठूलो बनाइएको हो।

यससँगै उसको बस्ने क्षेत्रफल ४५ वर्गमिटर पुगेको छ। यो पहिलेको भन्दा दोब्बर हो। चिडियाखानाले गरेको सुधारपछि उसले फराकिलो ‘एक बेडरुमको अपार्टमेन्ट’ जस्तै ठाउँ पाएको जिउपाई न्युजले जनाएको छ।

चितुवाको उमेर र स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि उसको तौल घटाउन दबाब दिन नहुने बताए। उनीहरूले बाँकी जीवन आरामसँग बिताउन दिनुपर्ने सुझाव दिएका छन्।

एक प्रयोगकर्ताले ‘ऊ बूढो हुँदै छ, त्यसैले प्रकृतिलाई आफ्नै गतिमा अघि बढ्न दिऔँ!’ भन्दै लेखेका छन्। अन्यले उसको चम्किलो र राम्रोसँग स्याहार गरिएको रौँको प्रशंसा गर्दै ‘मोटो भए पनि निकै जवान देखिन्छ!’ भनेर टिप्पणी गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस