पत्रकारको तलब
२२ मंसिर २०७१
•
१३ मिनेट पाठ
पत्रकारको तलब
सूचना तथा सञ्चार मन्त्रालयमातहतको न्यूनतम पारिश्रमिक निर्धारण समितिको हालै सम्पन्न बैठकले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गर्योठ। यसबेला अब पत्रकारको न्यूनतम तलब केकति पुग्ला भन्ने जिज्ञासा उब्जनु स्वाभाविकै हो।  पछिल्ला वर्षहरूमा अकासिएको बजारभाउ र आधारभूत जीवनयापनलाई मापदण्ड मानेर पारिश्रमिक नबढाउने हो भने पत्रकारले आफ्नो न्यूनतम तलब गोप्य राख्नुपर्ने अवस्था आउनसक्छ। राजनीतिक होइन, आर्थिक पाटोको गहिरो अनुसन्धान गर्ने विज्ञ कार्यदलको सिफारिसमा न्यूनतम पारिश्रमिक तय गरेर त्यसमा बहस चलाउनुपर्नेमा अहिलेसम्म समितिले त्यस्तो कार्यदल गठनमा अग्रसरता नलिँदा कतै समिति नै यो वर्ष पारिश्रमिक बढाउने पक्षमा छैन कि भन्ने आशंका पनि गर्न थालिएको छ। निश्चित छ, आर्थिक पाटोको विश्लेषणका आधारमा तलब बृद्धि गर्ने हो भने श्रमजीवी पत्रकारको न्यूनतम तलब दोब्बर अर्थात् २० हजार १६ रुपैयाँ हुन्छ/हुनैपर्छ। व्यावसायिक पत्रकारिताको विकास, पत्रकारिताको प्रतिष्ठा बढाउने र पत्रकारलाई पूर्णकालीनरूपमा पेसामा संलग्न गराउने हो भने न्यूनतमको अनुपातमै वृद्धि गरिनुपर्छ। त्यसका लागि अनेक तगारा पार गर्नुपर्छ। श्रमजीवी पत्रकारले सावधानीपूर्वक दबाब नदिने हो भने तगारा पन्छाउन सकिँदैन।
न्यूनतम ज्याला प्रणालीको मान्यताअनुसार नेपालमा २०२२ सालमै कारखानाहरूमा न्यूनतम पारिश्रमिक लागु भए पनि यो सम्मानजनक हुनसकेको छैन। अझ श्रमजीवी पत्रकारलाई त न्यूनतम पारिश्रमिकबाट हातमुख जोर्नै धौधौ परेको छ। संसारमै रोजगारदाताले कानुनीरूपमा दिनुपर्ने गरी घन्टा, दिन र महिनाको हिसाबले न्यूनतम पारिश्रमिक तोकेको पाइन्छ। न्यूनतम पारिश्रमिक भनेको श्रमिकले सबैभन्दा कम ज्यालामा श्रम बेच्नु हो। न्यूनतम पारिश्रमिकसम्बन्धी कानुन विभिन्न कार्यक्षेत्रमा लागु गरिन्छ, जसको लाभ र कमजोरीबारे पर्याप्त बहस भएका छन्। यसका समर्थकले श्रमिकको जीवनस्तर उकास्न, गरिबी र असमानता घटाउन, आत्मविश्वास बढाउन तथा व्यवसायलाई अझ प्रभावकारी बनाउन यो व्यवस्था ठीक छ भनेका छन् भने आलोचकले न्यूनतम पारिश्रमिकले गरिबी/बेरोजगारी बढाउने र व्यवसायलाई नै ध्वस्त पारिदिने ठानेका छन्। 
तर्कहरू जेजस्ता भए पनि बेलायतबाट सुरु भएको बेतन तोक्ने काम संसारभरि चली नै रहेको छ। नेपालका श्रमजीवी पत्रकारको पारिश्रमिक तोकिनु त्यसैको एउटा निरन्तरता हो। …अर्डिनेन्स लेबरर्स' का नाममा सन् १३४९ मै आधुनिक न्यूनतम पारिश्रमिक कानुन लागु गरी राजा एडवर्ड तेस्रोको आदेशअनुसार बेलायतमा न्यूनतम पारिश्रमिक तोकिएको थियो। सन् १३४८ मा बेलायतमा श्रमिकको अभाव हुन थालेपछि जमिन्दारहरू न्यूनतम पारिश्रमिक तोक्न बाध्य भएका थिए। अमेरिकामा पनि १९३८ मा …फेयर लेबर स्ट्यान्डर्ड' ऐन आएपछि यो व्यवस्था लागु गरियो। डेबिड रिकार्डोको न्यूनतम जीवन निर्वाहको तलब सिद्धान्त, आर्थिक सिद्धान्त, प्रोत्साहनमूलक ज्यालाका सिद्धान्त न्यूनतम पारिश्रमिक तोक्ने आधार हुन्। अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले राष्ट्रिय व्यवहार र स्थितिअनुरूप कामदार र तिनका परिवारको आवश्यक जीवनयापनका लागि खर्च, सामाजिक सेवा, सुरक्षा सुविधाका साथै समाजका अन्य व्यक्तिको तुलनात्मक जीवनस्तर र देशको सामान्य ज्याला दरलाई आधार मानेको छ। देशका आर्थिक आधार, उत्पादकत्वको स्तर र समावेशी रोजगारीको प्राप्ति र चाहनालाई पनि न्यूनतम पारिश्रमिकको आधार मान्न सकिने संगठनले ठानेको छ। यसबाहेक जीवननिर्वाहको स्थिति, बेरोजगारीको मात्रा, अरु व्यवसाय, पेसा र ठाउँका श्रमिकको अवस्था, श्रमको गतिशीलता, श्रमबजारको जानकारी, श्रम मापदण्ड, श्रम कानुन र श्रमिक संगठनको नीतिलाई पनि पारिश्रमिक निर्धारणको बल मानिन्छ। 
यिनै आधारमा नेपालका श्रमजीवी पत्रकारको पारिश्रमिक तोकिएको होला। विसं २०६५ सालमा सुरेश आचार्यको समितिले पहिलो पटक पारिश्रमिक तोकेको थियो। यसभन्दा पहिले २०५४ सालमै समिति बने पनि श्रमजीवीको पक्षमा काम भएन। सञ्चार उद्यमीहरूको नेतृत्वमा क्रमशः पहिलो उज्ज्वल शर्मा (२०५४) मा , दोस्रो पुष्करलाल श्रेष्ठ (२०५७) मा, तेेस्रो महेन्द्र शेरचन (२०६० ) मा समिति बनेका थिए। ती समिति श्रमजीवी पत्रकारको नभएर मालिकको पक्षमा बनेका थिए। आचार्य नेतृत्वको चौथो समितिले न्यूनतम पारिश्रमिक (श्रमजीवी पत्रकारको (मासिक ५,२०० र मजदुरको ४,६०० रुपैयाँ) हुनुपर्ने सिफारिस गर्योी। त्यो पनि सुरुमा तय गरिएको पारिश्रमिकमा विरोध आएपछि सरकारले समितिलाई फेरि सिफारिस गर्न भनेकाले मात्र भएको थियोे। प्रश्न उठ्छ, के त्यो समितिले न्यूनतम पारिश्रमिक तोक्ने विभिन्न आधारमा टेकेको थियो? टेकेको भए श्रमजीवी पत्रकारले तलब माग्दा मुक्का खानुपर्ने थिएन, जागिरै गुमाउनुपर्ने पनि थिएन! श्रमजीवी पत्रकार आर्थिक छटपटीमा पर्ने थिएनन्। विसं २०६५ मा गरिएको सिफारिसमात्र होइन, २०६८ मा गरिएको सिफारिसले पनि श्रमजीवी पत्रकारको मनोबल उच्च बनाउन सकेन। त्यतिबेला ऐन पूर्ण कार्यान्वयन हुने मिडियाका श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक जम्माजम्मी एक हजार ८ रुपैयाँ सिफारिस भयो। यो सिफारिस त अघिल्लो भन्दा पनि कमजोर थियो। किनभने यसले न्यूनतम पारिश्रमिक त तोक्यो तर त्यसभन्दा माथिल्लो तहको बारेमा चुइँक्क बोलेन। 
सञ्चार प्रतिष्ठानलाई व्यवस्थित ढंगले सञ्चालन गर्ने र कार्यरत श्रमजीवीको हकहितको रक्षा गर्न बनेको श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नभएका अवस्थामा त्यही ऐनमा टेकेर न्यूनतम पारिश्रमिक निर्धारण समिति बनेकोले समितिको कार्यक्षेत्र संकुचित हुनपुगेको छ। यसले पारिश्रमिक तोक्दा सानो चित्त देखाएको छ। न्यूनतम पारिश्रमिक सिफारिस गर्ने र त्यसको कार्यान्वयनको अनुगमन प्रतिवेदन तयार पार्ने कामको निरन्तरताबाहेक समितिले श्रमजीवीको अधिकार स्थापित गर्ने काममा पाइला चालेकैे छैन। त्यसो हुन्थ्यो भने सञ्चार प्रतिष्ठानमा कार्यरत २५ हजार पत्रकार र ७५ हजार मजदुरमध्ये जम्माजम्मी ५६ प्रतिशतले मात्र नियुक्तिपत्र प्राप्त गरेको, ८१ प्रतिशतलाई करारमा राखिएको, ४३ प्रतिशतले न्यूनतम पारिश्रमिक नपाएको, ४० प्रतिशतभन्दा बढीले नियमित भुक्तानी नपाएको भनेर उल्लेख गर्ने तर त्यसको निदानमा कुनै भूमिका नखेल्ने स्थिति देख्नुपर्ने थिएन। 
सुधारको बाटो छ। अब समितिले आफ्नो क्षेत्राधिकार बढाउन सरकारसँग वार्ता थालिहाल्नु पर्छ। विज्ञको कार्यदल गठन गरी त्यसले दिएको सुझावमा टेकेर न्यूनतम पारिश्रमिक तय गर्नुपर्छ– जसलाई श्रमजीवी पत्रकार र सञ्चारमाध्यमका सञ्चालकले इन्कार गर्ने ठाउँ नै रहँदैन। अब तलब तोक्नेमात्र होइन, तलब जुन महिनाको हो त्यही महिनाभित्र दिनुपर्ने गरी बाध्यात्मक सिफारिस पनि गरिनुपर्छ। पारिश्रमिकचाहिँ ४ देखि ५ तहसम्म वर्गीकरण गर्नसकिन्छ। सरकारी सञ्चारमाध्यममा कम्तीमा निजामती सेवाका शाखा अधिकृतले पाउने पारिश्रमिक दिलाउनुपर्छ। राष्ट्रिय सञ्चारमाध्यम (दैनिक र टेलिभिजनहरू) मा सम्भव भए सरकारी शाखा अधिकृत नभए अहिलेकोभन्दा दोब्बर पारिश्रमिक तय गरिनुपर्छ। दिनहँुजसो समाचार संकलन गर्नुपर्ने प्रकृतिका सञ्चारमाध्यमका जिल्ला संवाददातालाई पनि न्यूनतम पारिश्रमिक नै तोक्नुपर्छ। अब अनलाइनमा पनि पारिश्रमिक तोक्नुपर्छ, बढी खट्नुपर्ने र क्षणक्षणमा सतर्क रहनु पर्ने भएकाले अनलाइन पत्रकारको पारिश्रमिक अझ बढी पारिनुपर्छ। क्षेत्रीय तहका सञ्चारमाध्यम र स्थानीय तथा साना सञ्चारमाध्यममा पारिश्रमिक केकति र कसरी तोक्ने भनेर बहस गर्न सकिन्छ। उनीहरूलाई राज्यले लोककल्याणकारी विज्ञापनको नाममा रकम दिने, तर तिनैले कानुन नमान्ने भन्नेचाहिँ कदापि हुन सक्तैन। र, न्यूनतम पारिश्रमिकमात्र तोक्ने कर्मकाण्डबाट माथि उठेर समितिले त्यही अनुपातमा माथिल्लो तहका पत्रकारको पनि तलबभत्ता बढाउन स्पष्ट सिफारिस गर्नुपर्छ। राज्यले तय गरेको पारिश्रमिक नदिने सञ्चारगृहप्रति कठोर कदम चाल्नुपर्छ। अन्यथा, राज्य कोषबाट वार्षिक लाखौँ खर्च गर्ने समितिको औचित्यमै प्रश्न उठाउनेलाई बल मिल्दछ। अहिले समितिप्रति श्रमजीवी पत्रकारले गर्ने गुनासोले त्यही संकेत गरिरहेको छ।
सदस्य, न्यूनतम पारिश्रमिक निर्धारण समिति।
अर्को समाचार
पत्रकारको तलब ४० हजार हुनुपर्ने
२४ असार २०७५
•
३ मिनेट पाठ
पत्रकारको तलब ४० हजार हुनुपर्ने
काठमाडौं – नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारको तलब दोब्बर गराउन माग गरेको छ। 

नेपाल पत्रकार महासंघका सचिव तथा महासंघको श्रमजीवी हित प्रवद्र्धन समितिका संयोजक रामप्रसाद दाहालको नेतृत्वमा गएको टोलीले न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्यसचिव बालकृष्ण घिमिरेलाई आइतबार ज्ञापनपत्र बुझाउँदै पत्रकारको न्यूनमत पारिश्रमिक ४० हजार निर्धारण गरिनुपर्ने माग गरेका हुन्। 

यसअघि श्रमजीवी पत्रकारको तलब न्यूनतम १९ हजार ५०० रहेको थियो। ज्ञापन पत्रमा महासंघले राष्ट्र बैंकको पारिवारिक बजेट सर्वेक्षण, औसत पोषण, मूल्यवृद्धि, तथा तत्कालीन न्यूनतम पारिश्रमिक समितिका अध्यक्ष खेम भण्डारी–समितिले प्रतिपादन गरेको सिद्धान्तलाई समेत ध्यानमा राखेर राष्ट्रिय सञ्चारमाध्यममा कार्यरत श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक ४० हजार हुनुपर्ने तथा श्रमजीवी पत्रकार ऐन पूर्ण कार्यान्वयन नहुने सञ्चारमाध्यममा कार्यरत श्रमजीवी पत्रकारको पारिश्रमिक ३० हजार हुने गरी माग राखेको छ। 

महासंघले पारिश्रमिक सिफारिश गर्दा तत्कालीन सुरेश आचार्य समितिले तय गरेको दरबन्दीको वर्गीकरण गरी सबै तहको न्यूनतम पारिश्रमिक प्रवेश तहको न्यूनतम पारिश्रमिकको अनुपातमै निर्धारण गर्नुपर्ने र न्यूनतम पारिश्रमिक पुनरावलोकन सिफारिश २०७५ साउन १ गतेदेखि लागू गर्न माग गरेको सचिव दाहालले जानकारी दिए।

यस्तै देशभर स्ट्रिन्जरका रुपमा कार्यरत श्रमजीवी पत्रकारलाई व्यवस्थित गर्न एउटै मिडियामा पाँच वर्ष निरन्तर काम गरिसकेका सबैलाई न्यूनतम पारिश्रमिकको मापदण्डमा ल्याउने व्यवस्था गर्नुपर्ने तथा पारिश्रमिक भुक्तानी महिना सकिएको पहिलो हप्ताभित्रै बैकिङ प्रणालीबाट भुक्तान गर्नुपर्नेसमेत माग गरेको छ। 

यसैगरी, नयाँ पारिश्रमिक लागू भएसँगै सञ्चार प्रतिष्ठानले लागू गरेको प्रमाणित कागजात न्यूनतम पारिश्रमिक निर्धारण समिति वा प्रेस रजिष्ट्रारसमक्ष पेश गर्ने प्रावधान राख्नुपर्ने, सरकारले लागू गरेको मितिदेखि नयाँ पारिश्रमिक भुक्तान नगर्ने सञ्चारमाध्यमलाई कारबाही गर्न स्पष्ट व्यवस्था गर्नुपर्ने लगायतका माग महासंघको रहेको छ। 

समितिका संयोजक दाहालले उल्लिखित माग तत्काल पूरा नगरिए आगामी साउन महिनादेखि न्यूनतम पारिश्रमिक निर्धारण समितिविरुद्ध दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने बताए।   (रासस)
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस