गोलबजार (सिरहा)- रेडियोमा कार्यरत पत्रकारको न्यूनतम पारिश्रमिक सात हजार २२८ रुपैयाँ तोकिएको छ। तर सिरहाको मिर्चैयाबाट प्रसारित व्यावसायिक 'रेडियो धड्कन ८९.६ मेगाहर्ज'ले रेडियोकर्मीहरूलाई एक रुपैयाँ पनि पारिश्रमिक दिन सकेका छैनन्।
सो रेडियोका संवाददाता सुरेशकुमार कर्णले आफू निरन्तर एक वर्षसम्म समाचार पठाए तर एक रुपैयाँ पनि पारिश्रमिक नपाएको बताउनुहुन्छ। उनले भने–“एक वर्ष काम गरेँ। आज भोलि गर्दागर्दै एक रुपैयाँ पनि दिएनन्।”
पत्रकार कर्णसँग रेडयो धड्कनको परिचयपत्र छ। तर नियुक्तिपत्र भने छैन्। उनी भन्छन्–“पारिश्रमिक दिन्छु भन्दाभन्दै स्टेसन म्यानेजर जितेन्द्र महतोले आन्तरिक विवादका कारण रेडयो छाड्नु भो। अहिलेको स्टेसन म्यानेजर अन्जय साहसँग पारिश्रमिक माग्दा तपाईंलाई चिन्दिन भनेर उल्टै हप्काउँछ।”
पत्रकार कर्णजस्तै गुनासो गर्छन् सोही रेडियोका समाचार प्रमुख श्रीकान्त झा। झाले डेढ वर्षदेखि आफू पारिश्रमिक नपाएको बताउँछन्। उनले तीन–चार दिनअघि स्टेसन म्यानेजरसँग कुरा गर्दा पहिले काम गरेको रकम दिन नसक्ने भन्दै अबदेखि महिनाको तीन हजार दिने सहमति गरेको बताए।
सोही रेडियोका प्राविधिक राजेश महतोले रेडियोमाथि आफ्नो डेढ लाख रुपैयाँ पारिश्रमिक बाँकी रहेको बताए। उनले भने–“ आज भोलि गर्छ तर पारिश्रमिक भने दिँदैन। अब त पेट पाल्न र बस्न पनि गाह्रो भयो।”
सोही रेडियोमा कार्यक्रम चलाउँदै आएका धनिकलाल ठाकुर, समाचारकक्षमा कार्यरत सरोज पासवान लगायतका करिब ६ जना व्यक्ति पारिश्रमिक नपाउँदा काम गर्न छाडेका छन्।