श्रमको प्रतिफल पारिश्रमिक हो। कर्मचारी वा कामदारले सार्वजनिक वा निजी क्षेत्रमा श्रम वा सेवा गरेवापत पाउने प्रतिफललाई ज्याला, तलब वा पारिश्रमिक भनिन्छ। श्रमजीवीले श्रम गरेबापत पाउने पारिश्रमिक तय गर्ने आधारमा र विधिका विषयमा प्रशस्त विवाद हुने गरेको पाइन्छ। तलव निर्धारणका अनेकौँ सिद्धान्त प्रचलनमा छन्। नेपालमा तलब निर्धारण गर्दा न्यूनतम जीवन गुजारा र सामाजिक मर्यादाको सिद्धान्त अवलम्बन हुने गरेको पाइन्छ।
कामदारको आर्थिक सुरक्षाका लागि राज्यले न्यूनतम पारिश्रमिक निर्धारण गर्छ। नेपालमा न्यूनतम पारिश्रमिक निर्धारण सम्बन्धी विभिन्न कानुनी व्यवस्थामा श्रम ऐन, २०४८ प्रमुख छ। यसमा प्रतिष्ठानका कामदार वा कर्मचारीको न्यूनतम पारिश्रमिक निर्धारणको व्यवस्था छ। यस ऐनअनुसार निर्धारित न्यूनतम ज्याला संगठित र औपचारिक क्षेत्रका साथै असंगठित र अनौपचारिक क्षेत्रमा समेत लागू हुने राष्ट्रिय न्यूनतम पारिश्रमिक मानिन्छ। श्रम ऐनले तोकेको न्यूनतम पारिश्रमिक अन्य क्षेत्रको लागि पनि आधार मानिन्छ। यसैगरी कृषि श्रमिक, चिया मजदुर, श्रमजीवी पत्रकारको पारिश्रमिक निर्धारणका साथै जिल्ला स्तरीय विकास निर्मारणको निमित्त जिल्ला स्तरीय ज्यालाको दर रेट निर्धारण हुने कानुनी व्यवस्था पनि छ। श्रम तथा यातायात व्यवस्था समितिद्वारा २०६८ जेष्ठ ९ मा निर्धारित नयाँ न्यूनतम पारिश्रमिक भने सर्वाेच्च अदालतमा मुद्दा परेकाले हाल स्थगित अवस्थामा छ।
श्रमजीवी पत्रकार ऐन, २०५० ले संचार प्रतिष्ठानमा कार्यरत श्रमजीवी पत्रकार, कामदारले पाउने न्यूनतम पारिश्रमिक निर्धारण समितिको व्यवस्था गरेको छ। यही समितिले संचार प्रतिष्ठानमा कार्यरत श्रमजीवी पत्रकार र कर्मचारी कामदारको न्यूनतम पारिश्रमिक तोक्न वा पुनरावलोकनका लागि गरेको सिफारिसका आधारमा सरकारले निर्धारण गर्ने गरेको छ। यसै समितिको सिफारिसको आधारमा पहिलो पटक श्रमजीवी पत्रकारको न्यूनतम ज्याला मिति २०६६ बैशाख १ मा निर्धारण गरिएको थियो।
श्रमजीवी पत्रकार/कामदारको न्यूनतम पारिश्रमिक निर्धारण भएको दुई वर्ष भइसकेको छ। त्यसैले उनीहरूको आधारभूत जीवनयापनको सिद्धान्तका आधारमा समेत न्यूनतम पारिश्रमिक निर्धारण गर्न आवश्यक भइसकेको छ। यसैबीच कामदार र रोजगारदाताको सहमतिमा प्रतिष्ठान स्तरका कामदार कर्मचारीको न्यूनतम परिश्रमिक बृद्धि भएको छ। सरकारी सेवामा समेत तलव बढिसकेको छ। यस अवस्थामा श्रमजीवी पत्रकारको परिश्रमिकमा पनि समसामयिक पुनरावलोकन जरुरी देखिन्छ।
कामदार कर्मचारीको न्यूनतम पारिश्रमिकको विश्लेषण गर्दा विगत तीन वर्षमा भएको मूल्यवृद्धिको आकलन गर्नपर्छ। यस अवधिमा मुलुकको आर्थिक विकास दर मन्द रहे पनि उपभोग्य र निर्माण सामग्रीको मूल्य निरन्तर बढेेको छ। बितेका दुुई वर्ष यता उच्च मूल्य वृद्धि भइरहेको छ। आर्थिक वर्ष २०६५/६६ मा उपभोक्ता मूल्य सूचकाङ्कको वार्षिक वृद्धिदर १३.२ प्रतिशत थियो। आर्थिक वर्ष २०६६/६७ मा पनि यो दर १०.५ प्रतिशत रह्यो। गत आर्थिक वर्ष २०६७/६८ को फाल्गुण मसान्तसम्मको आर्थिक वृद्धिदर न्यून र मूल्य वृद्धि भने दुई अंकमा स्थिर रहँदा आर्थिक गतिविधि एवं जनजीवनमा प्रतिकूल प्रभाव परिरहेको छ। यसरी विगत तीन वर्षको उपभोक्ता मूल्य सूचकाङ्कको वृद्धिदर ११.१३ प्रतिशत भए पनि उपभोग्य सामग्रीको वृद्धिदर १६ प्रतिशतभन्दा उच्च छ। उपभोक्ता मूल्य सूचीलगायत मुलुकको समष्ठिगत आर्थिक स्थितिमा आएको परिवर्तनले निश्चित आय हुने वर्गमा पर्ने प्रभाव मूल्याङ्कन गरी पारिश्रमिक र सुविधामा पुनरावलोकन गर्न आवश्यक देखिन्छ।
पारिश्रमिकलाई मूल्य सूचकाङ्कसँग जोडेर स्थायी आधार तयार गरी समयअनुसार निश्चित अवधिमा स्वतः समायोजन हुँदै जाने वैज्ञानिक प्रणालीमा ढाल्नुपर्ने अवधारणा पनि बढ्दै गएको छ। कानुनतः न्यूनतम पारिश्रमिक निर्धारण गरेर स्वीकृत भइसकेपछि निर्धारितभन्दा कम पारिश्रमिकमा काममा लगाउन पाइँदैन। तर नेपालमा सक्षम प्रतिष्ठानले समेत न्यूनतम पारिश्रमिक भुक्तानी गरे पुगिहाल्छ भन्ने मान्यताबाट निर्देशित हुने गरेको देखिन्छ। न्यूनतम पारिश्रमिक तलबमान भने होइन। यो आधारभूत 'न्यूनतम पारिश्रमिक' हो र यसभन्दा कममा काममा लगाउनु कानुनी रूपमा दण्डनीय हुन्छ। प्रतिष्ठानको आर्थिक क्षमता तथा कामदारको योग्यता, दक्षता र अनुभवका आधारमा श्रमको प्रतिफल प्रदान गर्नुपर्छ। यसैगरी सञ्चार प्रतिष्ठानका हकमा न्यूनतम पारिश्रमिक निर्धारणका साथै यसको कार्यान्वयनको प्रभावकारी अनुगमन र नियमन पनि उत्तिकै जरुरी देखिन्छ।