संविधान निर्माणमा संवाद र सहमति
०२ मंसिर २०७१
•
१६ मिनेट पाठ
संविधान निर्माणमा संवाद र सहमति
संविधान निर्माणका लगि सहमति जुटाउने कार्यमा पुनः गम्भीर गतिरोध आएको सञ्चार माध्यममा व्यापकरूपमा प्रचारप्रसार भएका छन्। आउने माघ ८ गते संविधान जारी नहुने आशंकाले नेपाली जनता फेरि त्रसित भएका छन्। वार्ता र सहमतिको प्रयास कुन पक्षको स्वार्थ र जिद्दीले बिथोलिन लागेको हो भन्ने पनि सामान्य नागरिकले खासै भेउ पाउनसकेका छैनन्। के नेपालका राजनीतिक दलका नेताले सार्क सम्मेलनमा आउन लागेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबाटै मध्यस्थता होस् भन्ने चाहना गरेका हुन्?प्रतिपक्षी दल र खासगरी एनेकपा (माओवादी)को सहयोग नभएमा बहुमतीय संविधानमात्र बन्नेछ, सर्वस्वीकृत संविधान बन्नेछैन भन्ने सामान्य ज्ञान पुष्पकमल दाहाल …प्रचण्ड'जस्ता नेताले नबु‰ने विषय होइन। सर्वस्वीकृत संविधान बनेन भने मोदीले रुचाएको नेपालको शान्तिको मोडेल पनि बन्नेछैन। मोदीले भारतको स्वतन्त्रता दिवसमा दिल्लीको लालकिल्लादेखि संयुक्त राष्ट्रसंघमा समेत तारिफ गरेर आफ्नो समर्थन प्रकट गरिसकेका छन्। आफूले खोजेजस्तो …ऋषि मन' भएको संविधानसहितको शान्तिको प्रारूप नहुने भएपछि मोदीको पनि चित्त दुख्नसक्छ। कारण, धेरै ठाउँमा उन्ले नेपालको शान्ति प्रक्रियाको स्वरूपको प्रचार जो गरिसके। त्यसो हुन नदिन त मोदीले प्रचण्डलाई मनाउनुपर्ने भयो। कतै, यही उपक्रममा हुने राजनीतिक मोततोलको पूर्वाभ्यास त होइन अहिलेको संवाद र सहमतिको असफलताको नाटक?

यस्तो स्थितिलाई त्यहाँसम्म तन्किन नदिन नेपाली कांग्रेस र नेकपा (एमाले) आफ्नो प्रस्तावमा लचिलो हुनु जरुरी आवश्यक हुन्छ। दोस्रो संविधान सभाको निर्वाचनमा एमाओवादीको पराजय भएपनि उसैका कारणले अन्तरिम संविधानमै संस्थागत भएको समावेशिता र गणतन्त्र पनि पराजित भएको ठूलो भूल हुनेछ। समावेशीकरण र गणतन्त्रको बहुप्रतीक्षित मागलाई माओवादीले आफ्नो अभीष्ट बनाएको थियो भने संघीयता उपेन्द्र यादवको नेतृत्वमा संचालित मधेश आन्दोलनको उपज हो। नेपाली राजनीतिमा गणतन्त्र र समावेशिताको सिद्धान्तलाई संस्थागत गराउन र कार्यान्वयनमा ल्याउनमा माओवादी विद्रोहको नै मुख्य भूमिका छ। समावेशीकरण र गणतन्त्रको व्यापक चाहनाको हुलहालमा धर्मनिरपेक्षतालाई समेत …तस्करी' गरी घुसाएर संस्थागत गराइएको नेपालको अन्तरिम संविधान, २०६३ मा समेत उल्लेखित समावेशिताको सिद्धान्तविपरित तल्लो सदनमा प्रत्यक्ष निर्वाचनबाट मात्रै प्रतिनिधित्व गराउने निर्वाचन प्रणालीको प्रस्तावले आगोमा घीउ थप्ने कार्यमात्रै गरेको छ। 
कांग्रेस र एमालेले अहिले प्रस्ताव गरेको प्रतिनिधिसभाको निर्वाचन प्रणाली यस देशमा २०४८ देखि २०७० सम्म भएका ५ वटा निर्वाचनमा अपनाइएको पहिलो हुनेले जित्ने प्रत्यक्ष निर्वाचन प्रणाली नै हो। त्यो परिणाममा कहिल्यै समावेशी हुन सकेन। यस प्रणालीबाट महिला, दलित, मुस्लिम तथा सीमान्तकृत वर्गले उचित प्रतिनिधित्वको मौका पाएनन्। यो निर्वाचन प्रणाली समावेशिताको सिद्धान्तविपरीत छ। प्रतिपक्षीहरूले माग गरेअनुसार यसलाई अझैपनि सच्याउन सकिन्छ – बहुसदस्यीय समानुपातिक प्रणाली अपनाएर। 

अर्कातिर, केही मधेस केन्द्रित दलका नेताले कांग्रेस एमालेको संघीयताको प्रस्तावको विरोध गरेका छन्। मेची, कोसी, कर्णाली, महाकाली जस्ता कुनै नदी पनि प्रस्तावित तराई प्रदेशमा नपारेर मधेशलाई मरुभूमि बनाउने सोच कांग्रेस एमालेको प्रस्तावित संघीय ढाँचामा रहेकोजस्ता प्रचारवाजी पनि गरिँदै छ। 
मुलुकलाई टुक्राटुक्रामा भागबन्डा गर्न लागेजस्तो गरी संघीयताको माग गरिँदैछ। तराई मधेस समेटिएको प्रदेशमा पहाडको …प' पनि नपरोस् भन्ने माग गरिएको छ। पहाडको केही अंश पर्नेबित्तिकै त्यहाँ पहाडीको बसोवास हुनेछ र भोलि तिनै पहाडी नै फेरि पनि मधेशको मुख्यमन्त्री हुनेछन् भन्ने मनोग्रन्थी राखेर संघीयतालाई हेर्ने प्रयत्न भैरहेको प्रतीत हुन्छ। 
भारतमै पनि संघीयताको प्रारूपअनुसार संघीयताले प्रदेशप्रदेश बीचमा रहिआएको आर्थिक, सामाजिक, राजनीतिक अन्तरसम्बन्धमा कहीँ पनि खलल नपुर्यासई स्वायत्तरूपमा आआफ्ना निर्वाचित जनप्रतिनिधिमार्फत् प्रादेशिक सरकार चलाउने, प्रदेशका नागरिकलाई पहिचान, पहुँच र प्रतिनिधित्वको सुनिश्चितता गर्ने हो भन्ने विषयमा बुझ पचाएर लुकाइएको प्रतीत हुन्छ। 
दोस्रो संविधान सभा निर्वाचनमा पराजय भोगेपछि मधेस केन्द्रित दलका केही नेताले मधेसी जनतालाई औपनिवेशिक र दोस्रो दर्जाको नागरिक सरह व्यवहार गरिएको गुनासो भारतीय नेताहरू गर्दैआएका समाचार थुपै सार्वजनिक भएका छन्। तर नेपाल आएका भारतीय नेताहरू विदेशमन्त्री सुषमा स्वराज, प्रधानमन्त्री मोदी वा गृहमन्त्री राजनाथ सिंह सबैले यसको तर्कसंगत प्रतिवाद गरेको पनि संचार माध्यममै आएको छ। कसैले पनि आफ्नो नेपाल भ्रमणका क्रममा मधेस केन्द्रित दलका नेतालाई अनावश्यक फुर्क्याएको देखिएन। 

एक सातापछि हुनलागेको दक्षिण एसियाली सहयोग संगठन (सार्क )को शिखर सम्मेलनमा भाग लिन आउने क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मधेस आन्दोलनको केन्द्र रहेको जनकपुरमा रामजानकीको दर्शन गर्ने कार्यक्रम सार्वजनिक भएको छ। त्यस्तै मधेस आन्दोलनबाट प्रभावित पश्चिम तराईको रुपन्देही र कपिलवस्तुको बीचमा रहेको गौतम बुद्धको जन्मस्थल लुम्बिनी दर्शनको पनि कार्यक्रम रहेको छ। यी दुवै ठाउँमा उनको नागरिक अभिनन्दन गरिने र मोदीबाट नागरिक अभिनन्दनको प्रत्युत्तर भाषण गर्ने कार्यक्रम रहेको बताइएको छ। 
पहाडका तुलनामा अपेक्षाकृत भौतिक सुविधा भएर पनि मधेसी दोस्रो दर्जाको नागरिक वा पहाडी शासकको गुलामको स्थितिमा रहिरहेको भन्नेे मधेस केन्द्रित दलका अतिवादी सोच राख्ने केही नेतालाई प्रशन्न गराउने गरी मोदीले अभिनन्दनको प्रत्युत्तर अभिभाषण गरिदिउन् भन्ने अभिलाषा राखिएको हो भने त्यसो हुनसक्ने देखिँदैन। सुषमा स्वराज र राजनाथ सिंहजस्ता विश्वसनीय सहयात्रीका मात्र हैन आफ्नै पूर्वअभिव्यक्तिविपरीत अतिवादी सोच राख्ने केही मधेसी नेतालाई सन्तुष्ट गर्नका लागि मोदीले अब आफ्नो धारणा परिवर्तन गर्लान् भन्ने विश्वास गर्न सकिँदैन। 
संचार माध्यममा आएअनुसार मोदीलाई जनस्तरमा खुला नागरिक अभिनन्दन गर्ने कार्यक्रम भने छैन। सीमित स्थानमा स्थानीय गण्यमान्यका बीचमा मात्र उनलाई अभिनन्दनको प्रत्युत्तर दिन लगाइँदैछ भन्ने पनि छापामा आएका छन्। अमेरिका वा अस्ट्रेलिया जहाँ गएपनि सार्वजनिक खुलारूपमा भाषण गर्दै जनस्तरमा अत्यन्त सम्मान पाइरहेका मोदीले नेपालको संविधान निर्माण प्रक्रियालाई आघात हुने गरी वा आफूले र आफूसँग सहकार्य गर्दैआएका मन्त्रीबाट नेपाल भ्रमणका समयमा व्यक्त पूर्वधारणाविपरित एक पक्षलाई उचालेर भाषण निश्चय पनि नगर्लान्! 

विगतमा संविधान सभामा भएको मोदीको भाषणले सामान्य नेपालीको मनमस्तिष्कमा भारतप्रति रहिआएको धारणालाई सकारात्मक बनाउन ठूलो सहयोग पुगेको थियो। यसलाई पुनः दोहोरिन नदिने तत्वले मोदीको कार्यक्रममा छेकबार लगाएको प्रतीत हुन्छ। आफ्ना विचारलाई जनस्तरमा अत्यन्त प्रभावकारी ढंगबाट प्रस्तुत गर्नसक्ने कला छ मोदीमा। यसैले पहाडी र मधेसीबीचको विभेदलाई चर्काएर राजनीतिक लाभ लिन पल्केका नेताका लागि भने मोदीको आसन्न अभिभाषण रुचिकर नहुने निश्चितै छ। 
संविधान निर्माणको यस गम्भीर घडीमा मधेस आन्दोलनको मुटुमा हुने मोदीका मन्तव्य पहाड र मधेसबीचको विभेदलाई अन्त्य गर्नेतिर नै लक्षित हुने अपेक्षा छ। 
नेपालको संविधान निर्माणमा यहीँका राजनीतिक दलका बीचमा संवाद र सहमति हुनुपर्छ। नेपालका टेलिभिजन च्यानलहरूमा सत्ता र प्रतिपक्षका प्रमुख दलका नेताको बैठकमा मुस्कान र हाँसो सहित चिया बिस्कुट खाँदै गरेका देखिन्छ। त्यो हाँसो र मुस्कानले दर्शकलाई अब त सहमतिमा टुग्यांउलान् जस्तो आशा जगाएको हुन्छ। तर बैठक भने नेपाली जनतालाई गिज्याएजस्तो गरेर पुनः असहमति मै टुगिन्छ। साँच्चे के हुन्छ त्यस्तो बैठकमा? कसरी छलफल गर्छन् नेताहरू? के कस्ता तर्क राख्छन्? नेपाली जनताले पनि प्रत्यक्ष देख्न र सुन्न पाउनुपर्ने होइन र? 
यसै सन्दर्भमा हङकङमा भइरहेको विद्यार्थी आन्दोलनले केही पाठ पढाएको छ। अक्टुबर २७ मा काठमाडांैबाट प्रकाशित एक अग्रेजी दैनिकमा अमेरिकाको मिसिगन विश्वविद्यालय तथा अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक शिन मिङ्ग शाओको एक आलेख प्रकाशित भएको छ। उक्त आलेखमा उनले विद्यार्थीको हालैको विरोध प्रदर्शन हङकङ प्रशासनको कुशासनको प्रतिफल भएको ठोकुवा गरेका छन्। चीनको केन्द्रीय सरकारले सक्षम व्यक्तिलाई प्रशासक बनाउनुभन्दा आफूप्रति बफादार व्यक्तिलाई मुख्य प्रशासकमा नियुक्त गर्न थालेपछि चुलिँदै गएका कुशासन र भ्रष्टाचारका शृङ्खलाबद्ध घटनाबाट मध्यमवर्गको समर्थनमा विद्यार्थीको आन्दोलन चर्केको उनले लेखेका छन्। उदाहरणका लागि १५० वर्षसम्म बेलायतको उपनिवेश रहेको हङकङ सन् १९९७ मा चीनलाई हस्तान्तरण गरिँदा नै …एक चीन : दुई व्यवस्था' को नीतिअन्तर्गत वैदेशिक सम्बन्ध र सुरक्षाबाहेक त्यहाँका जनताले उपभोग गर्दैआएका स्वशासनको अधिकारलाई कायमै राख्ने प्रतिबद्धता व्यक्त भएको थियो। तर त्यसलाई चीन सरकारले नियुक्त गरेको मुख्य प्रशासकहरूले कायमै राख्न सकेनन्। तिनीहरू नानाथरीका भ्रष्टाचारमा लिप्त हुनथाले। हुँदाहुँदा चीन सरकारलाई खुसी पार्न हङङका विद्यार्थीमाथि …राष्ट्रवादी शिक्षा प्रणाली' थोपरियो र त्यस्को विरोधमा विद्यार्थीहरू सडकमा उत्रिए। विद्यार्थीहरूको यो विरोध लोकतान्त्रिक स्वायत्तता र सुशासनका लागि नै रहेको देखिन्छ। 
हङकङले उपभोग गर्दैआएको लोकतान्त्रिक स्वायत्तता कायमै हुनुपर्ने माग गर्दै विद्यार्थीले मुख्य व्यापारिक केन्द्र र सडकमा कब्जा जमाएर बसेपछि विद्यार्थी र हङकङ प्रशासनबीच धेरै चरणमा वार्ता भए तर निष्कर्ष निस्केन। हङकङ वासीको माग र विद्यार्थीहरुको चाहनाअनुसार अहिले वार्तालाई पूर्ण पारदर्शी गराउन थालिएको छ। विद्यार्थी नेता र हङकङ प्रशासनबीच २१ अक्टुबरदेखि भएको वार्तालाई टेलिभिजनबाट प्रत्यक्ष प्रसार गरिएको थियो। यसबाट सामान्य जनताले वार्ता कसरी भइरहेको छ र कहाँ कसरी निष्कर्षविहीन हुनपुग्यो भन्ने सबै सत्य तथ्य बुझ्ने मौका पाए। 
हाम्रो पनि संविधान निर्माणका लागि हुने नेताहरूको संवाद र सहमतिको बैठकको प्रत्यक्ष प्रसारण भएमा अपेक्षित नतिजा आउँथ्यो कि?
अर्को समाचार
संविधान निर्माणमा फड्को
१६ साउन २०७१
•
९ मिनेट पाठ
संविधान निर्माणमा फड्को
काठमाडौं-संविधान निर्माणमा दोस्रो संविधानसभाले उल्लेख्य फड्को मारेको जनाउ दिँदै दुई प्रमुख समितिले भदौभित्रै सबै मुद्दामा सहमति जुट्ने र आगामी माघमै नयाँ संविधान जारी हुने ठोकुवा गरेका छन्।संविधानसभाअन्तर्गत संवैधानिक–राजनीतिक संवाद तथा सहमति समिति र संविधान मस्यौदा समितिका सभापतिले शुक्रबार राजधानीमा छुट्टाछुट्टै पत्रकार सम्मेलन गरी अहिलेसम्मका उपलब्धि सार्वजनिक गरेका हुन्। 
उनीहरूले संविधान निर्माणका काम ‘फास्ट ट्र्याक' मा भइरहेकाले समयमै जारी हुनेमा सन्देह नगर्नसमेत आग्रह गरे। संविधानमा सहमति र मस्यौदा दुवै तीव्र गतिमा भइरहेको उनीहरूको दाबी छ।
राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले आफूहरू अघिल्लो संविधानसभाको ‘जेठ १' को अवस्थामा आइपुगेको भन्दै समयमै संविधान जारी हुनेमा ढुक्क हुन आग्रह गरे। 
‘हामी अहिले तत्कालीन संविधानसभाको जेठ १ को अवस्थामा आइपुग्यौं,' नयाँबानेश्वरस्थित संविधानसभा भवनमा आयोजित पत्रकार सम्मेलनमा सभापति भट्टराईले भने, ‘संविधानको धेरै नजिक पुगिसक्यौं। त्यसबेला बाँकी १३ दिनमा सबै सहमति गरेर १४ गते जारी गर्ने प्रतिबद्धता गरेका थियौं, अहिले त अझै ६ महिना बाँकी नै छ।' 
उनले धमाधम सहमति र अन्य कामको गति हेर्दा समयमै संविधान बन्नेमा कुनै शंका गर्नु नपर्ने बताए। ‘राजनीतिक दलहरू पनि आफ्नो अडानबाट पछि हटेका छन्। त्यसैले समयमा संविधान जारी हुनेमा सबै ढुक्क भए हुन्छ,' उनले भने।
तत्कालीन संविधानसभाले २०६९ जेठ २ गते संघीयता, शासन प्रणाली र निर्वाचन प्रणालीमा सहमति कायम गर्दै जेठ १४ मै संविधान जारी गर्ने प्रतिबद्धता गरेको थियो। तर बाँकी १२ दिनमा त्यही सहमतिका विषय बल्भि्कँदा जेठ १४ मा संविधानबिनै संविधानसभा भंग भएको थियो। सहमति भइसकेका विषयमा फरक–फरक धारणा सार्वजनिक भएपछि विवाद बढेर संविधानसभा दुर्घटित हुन पुगेको थियो। 
प्रमुख दलका शीर्ष नेतासँग आफूले अनौपचारिक छलफल जारी राखेको बताउँदै भट्टराईले विवादित विषय पनि सहमतितर्फ उन्मुख रहेको बताए। ‘संविधानसभामा अहिले पनि दलहरूका आ–आफ्ना अडान कायमै छन्,' उनले भने, ‘तर सबै दलका शीर्ष नेता माघ ८ भित्रै संविधानसभाबाट संविधान जारी हुनुपर्छ भन्नेमै हुनुहुन्छ। त्यसैले पनि समयमा संविधान जारी हुन्छ।'
भट्टराईले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षतालगायत विषयमा कतिपय दलका सैद्धान्तिक विमति रहे पनि फरक विचार संविधानसभाको पूर्ण बैठकमा लैजान पाउने सहमति भएपछि नयाँ बाटो खुलेको बताए।
‘खास–खास विषयमा सैद्धान्तिक असहमति थिए,' उनले भने, ‘असहमति लिखित रूपमा पेस गर्ने र सभामा फरक मतका रूपमा पठाउने, संविधान निर्माणमा बाधा नगर्ने सहमति भइसकेको छ।'
संविधान नबन्दा आन्दोलनका सम्पूर्ण उपलब्धि गुम्ने खतरा रहेकाले भदौको तेस्रो सातासम्म सबै विषयमा सहमति कायम गरेर मस्यौदाका लागि पठाउने गरी काम भइरहेको भट्टराईको दाबी थियो।
संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले पनि सबै दलका शीर्ष नेता सकारात्मक रहेको र काम द्रुत गतिमा भइरहेको भन्दै समयमै संविधान जारी हुने ठोकुवा गरे। 
समितिले गठन गरेका पाँचै उपसमितिले आफ्नो प्रतिवेदन दिइसकेको जानकारी दिँदै शुक्रबार सिंहदरबारस्थित समितिकै बैठक कक्षमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘संविधान समयमै आउँछ, विश्वस्त रहे हुन्छ।' 
समितिले गत जेठ १६ मा प्रस्तावना र परिभाषा उपसमिति, मौलिक हक, राज्यको निर्देशक सिद्धान्त र आयोगहरुसम्बन्धी उपसमिति, न्यायपालिका उपसमिति, व्यवस्थापिका उपसमिति र कार्यपालिका उपसमिति बनाई क्षेत्राधिकार तोकेको थियो। सोही क्षेत्राधिकारभित्र रहेर संविधानसभाले पठाएका सहमतिको सूचीलाई एकीकृत पार्ने काम उपसमितिले सकेर समितिलाई प्रतिवेदन बुझाएको सिटौलाले जानकारी दिए।
‘शासकीय स्वरुप र राज्य पुनर्संरचनाका विवादित विषय मिल्नासाथ हामी पनि फास्ट ट्र्याकमा मस्यौदा बनाउँछौं,' उनले भने। 
विवाद टुंगिएको एक साताभित्रै मस्यौदा सक्ने गरी तयारी गरेको सिटौलाको दाबी छ। ‘उता (संवाद समिति) सहमति भएर आउनासाथ हामी पनि फास्ट ट्र्याकमा मस्यौदा निर्माण गर्छौं,' उनले भने, ‘हामीसँग मस्यौदा निर्माणका लागि धेरै समय भए पनि एकसातामै निर्माण गरिसक्ने गरी तयारी गरेका छौं।'
उपसमितिले तयार पारेका खाकाअनुसार मस्यौदा निर्माणमा ढिलाइ नहुने उनको भनाइ छ। प्रस्तावना र परिभाषा उपसमितिले संविधानको प्रस्तावना, प्रारम्भिक, नागरिकता, राष्ट्रिय सुरक्षा, राजनीतिक दल, संकटकालीन अधिकार, संविधान संशोधन, संक्रमणकालीन व्यवस्था, विविध, परिभाषा र व्याख्या, संक्षिप्त नाम, प्रारम्भ र खारेजीभित्र राखिने विषयहरु समेटेर प्रतिवेदन तयार पारेको छ। 
त्यसैगरी मौलिक हक, राज्यको निर्देशक सिद्धान्त र आयोगहरुसम्बन्धी उपसमितिले मौलिक हक र कर्तव्य, राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व, लोकसेवा आयोग, निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग एवम् अन्य संवैधानिक आयोगहरुका विषयमा भएका सहमति समेटेर प्रतिवेदन तयार पारेको छ । सिटौलाका अनुसार न्यायपालिका उपसमितिले पनि न्यायपालिका, महान्यायधिवक्ता र अनुसूचीहरुमा राखिने विषयहरु समावेश गरेर प्रतिवेदन बुझाइसकेको छ।
व्यवस्थापिका उपसमितिले राज्यको स्वरुप र राज्यशक्तिको बाँडफाँट, संघीय व्यवस्थापिका, संघीय व्यवस्थापन विधि, संघीय आर्थिक कार्यप्रणाली, प्रदेश व्यवस्थापिका, प्रदेश व्यवस्थापन विधि, प्रदेश आर्थिक कार्यप्रणाली, स्थानीय व्यवस्थापिका, स्थानीय आर्थिक कार्यप्रणाली तथा कार्यपालिका उपसमितिले संघीय कार्यपालिका, प्रादेशिक कार्यपालिका, स्थानीय कार्यपालिका, विशेष संरचना, संघ, प्रदेश, स्थानीय तह र विशेष संरचनाबीचको अन्तरसम्बन्धमा रहने विषय समावेश गरेर प्रतिवेदन दिएको सभापति सिटौलाले जानकारी दिए।
‘अहिलेसम्मका काम र दलका नेताहरुसँग भएको छलफल हेर्दा संविधान जारी गर्न कुनै जटिलता देखिँदैन,' समयमै संविधान आउने आधार पेस गर्दै उनले थपे, ‘पहिलेको संविधानसभामा लोकतन्त्रका मूल्य–मान्यतामै विवाद थियो, अहिले छैन। लोकतन्त्रका विश्वव्यापी मूल्य र मान्यतामा सबैको एकमत छ।'
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस