काठमाडौं-एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधान निर्माणमा पेलेरै लान खोजेको हो भने संवैधानिक-राजनीतिक संवाद तथा सहमति समितिका सभापतिलाई हटाएर आफ्नो सभापति राख्न कांग्रेस-एमालेलाई चुनौती दिएका छन्।संवाद समितिको शुक्रबार बसेको बैठकबाट बाहिरिने क्रममा अध्यक्ष दाहालले भने, ‘सहमतिका लागि अन्तिम पाँच दिन दिनुस् भनेका छौं। त्यसमा उहाँहरु तयार हुनुहुन्न।’ त्यसपछि उनले सत्ता साझेदार तथा संविधानका विवादित विषयमा समान धारणा बनाएका कांग्रेस-एमालेलाई ‘आफ्नै सभापति बनाएर आफ्ना विषयहरु संविधानसभामा लैजानुस् भनेर बैठकबाट बाहिरिएको जानकारी दिए।
यो समचार तयार पार्दासम्म संवाद समितिको बैठक जारी छ। दाहालले धनगढी जानुपर्ने काम भएकोले बैठकबाट बाहिरिएको बताए।
यो समचार तयार पार्दासम्म संवाद समितिको बैठक जारी छ। दाहालले धनगढी जानुपर्ने काम भएकोले बैठकबाट बाहिरिएको बताए।