काठमाडौं- संविधानसभाले संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको म्याद सर्तसहित थप गरेको छ। असोज १४ गतेसम्म संविधान निर्माणमा देखिएका विवादित विषयमा सहमति कायम गर्न समितिको म्याद थपिएको हो।
संविधानसभाले समितिलाई १४ गतेसम्म सहमति कायम हुन नसके २१ गतेभित्र विवादित विषय मतदानबाट टुंगो लगाउन प्रश्नावली बनाएर संविधानसभामा पेस गर्न भनेको छ। प्रश्नावली तयार हुँदा विवादित विषयमा 'हुन्छ' वा 'हुन्न' मध्ये एक छान्न पाउने अधिकार रहन्छ।
संविधानसभाको बैठकमा अध्यक्ष सुवासचन्द्र नेम्वाङले राखेको म्याद थपसम्बन्धी उक्त प्रस्ताव बहुमतले स्वीकृत गरेको थियो। राप्रपा नेपाल भने यसको विपक्षमा थियो। राप्रपा नेपालले संवाद समितिलाई समय उपलब्ध नगराई अहिले नै प्रक्रियामा लगेर टुंगो लगाउनुपर्ने धारणा राख्दै आएको थियो।
सहमति कायम हुन नसकेका विषयमा 'हुन्छ' वा 'हुन्न' भन्ने प्रश्नावली बनाएर संविधानसभाको बैठकमा पेस गरिने संविधानसभा सचिवालय स्रोतले जनाएको छ। संविधानसभाको बहुमतले त्यसको टुंगो लगाउनेछ।
टुंगो लागेका विषय मस्यौदाका लागि संविधान मस्यौदा समितिमा पठाइनेछ। संविधानसभाको बिहीबारको बैठकले संवाद समितिले टुंगो लगाएका विषय मस्यौदाका लागि संविधान मस्यौदा समितिमा पठाएको छ। संविधान निर्माण प्रक्रियामा राज्यको पुनःसंरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीमा अहिले पनि दलहरूबीच विवाद कायमै छ।
भदौ २१ गतेसम्म दिइएको समयमा सहमति कायम हुन नसकेपछि संवाद समितिले सबै विषय संविधानसभाको पूर्ण बैठकमा पेस गरेको थियो। समितिको प्रतिवेदनमाथि चार दिनसम्म भएको छलफलमा अधिकांश सदस्यले अन्तिम एक पटकका लागि सहमति गर्न छोटो समय उपलब्ध गराउन सुझाव दिएका थिए। त्यसैका आधारमा संविधानसभाले १४ गतेसम्मको समय उपलब्ध गराएको हो। संविधानको मस्यौदा निर्माणको समय भएकाले सहमति भएका विषयको आंशिक प्रतिवेदन संविधानसभामा पेस गरिहाल्न पनि संविधानसभाले समितिलाई निर्देश गरेको छ।
मस्यौदा र विवादित विषयमा सहमति जुटाउने काम सँगसँगै अघि बढाइने भएको छ। त्यसैले संविधानसभाको कार्यतालिका हेरफेर गर्नु नपर्ने तर्क संविधानसभा सचिवालय स्रोतको छ। 'असोज मसान्तसम्म मस्यौदाको समय हो,' स्रोतले भन्यो, 'त्यो समयमा मिलेका विषयमा मस्यौदा तयार पार्ने काम पनि रोकिन्न। नमिलेका विषयमा पनि सहमति कायम गर्न सकिन्छ।'
संविधानसभा अध्यक्ष नेम्वाङले असोज १४ भित्र सहमति कायम गर्न समय दिइएको र त्यो समयमा नसके हुन्छ वा हुन्न भनेर प्रश्नावली बनाएर २१ गतेभित्र संविधानसभामा पेस गर्न समय दिइएको बताए।
स्रोतअनुसार अध्यक्ष नेम्वाङले संवाद समितिका सभापति बाबुराम भट्टराई र समितिका कर्मचारीलाई अहिले बाँकी रहेका सम्पूर्ण विषयमा प्रश्नावली बनाएर टुंगो लगाउँदै जान आग्रह गरेका छन्। त्यसपछि बाँकी रहेका विषयमा वा प्रश्न संविधानसभामा पेस गर्न उनले आग्रह गरेका छन्।
'अहिले पनि संघीयतामा देखिएका विवादमा प्रश्नावली बनाएर समितिमै टुंगो लगाउँदै जान सभाध्यक्ष नेम्वाङले आग्रह गर्नुभएको छ,' स्रोतले भन्यो, 'प्रश्नावली बनाएर टुंगो लगाउँदै जाँदा पछि पनि सजिलो हुन्छ।'
विवादित विषय मतदानबाट टुंगो लगाउन पनि प्रश्नावली आवश्यक पर्छ। प्रश्नावली नभई विवादित विषयमा मतदान गर्न सहज नहुने भएकाले पनि एकपटक समितिलाई मौका दिइएको सचिवालय स्रोतले जनाएको छ।
संवाद समितिका सभापति भट्टराईले भने मूल विषय मतदानबाट टुंगो लगाउन नहुने धारणा राखेका छन् । उनले सामान्य विषयमा सहमति कायम हुन नसके प्रक्रियामा गएर मतदान गर्न सकिने भए पनि मूल विषयमा सहमति कायम गर्नैपर्ने बताए। संविधानसभा बैठकमा सभासदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले भने, 'मूल विषयमा सहमति कायम गर्नैपर्छ। सामान्य विषय मात्र प्रक्रियामा लैजान पनि सकिन्छ।'
भट्टराईले सामान्य अवस्थामा एउटा नियम हुने भए पनि अहिले विशिष्ट अवस्था भएकाले विशिष्ट नियमकै आधारमा चल्नुपर्ने धारणा राखे। उनले शान्ति प्रक्रिया र संविधान निर्माण पनि सँगसँगै पूरा हुने धारणा राखे। 'शान्ति प्रक्रिया पनि सँगसँगै पूरा हुन्छ भन्ने कुरा बिर्सनु हुँदैन,' उनले भने, 'यो शान्ति प्रक्रियाको एउटा अभिन्न अंग हो। केही वर्षका लागि होइन। हामीले संविधान बनाउने पचासौं वर्षका लागि हो।'
उनले अब बन्न लागेको संविधान कुनै पार्टी विशेषको नहुने भएकाले सबै दल लचकताका साथ प्रस्तुत भएर संविधान निर्माणमा लाग्नुपर्ने बताए। उनले १२ बुँदे सहमतिका सहयात्री दलहरूबीच सहमति र सम्झौता भए समयमै संविधान निर्माण गर्न सकिने बताए। 'यी दलहरूबीचको सहमति नै सम्झौताको मुख्य आधार हो।'
भट्टराईले १२ बुँदेदेखिको यात्रा सहमतिको भएकाले अब पनि सहमति कायम गर्नुको विकल्प नभएको बताए। विगतको संविधानसभामा सफलता हात पार्न नसकेकाले फेरि पनि असफल होऊन् भनेर कसैको कुआकांक्षा भएको हुन सक्ने धारणा राखे। तर, आफूलाई भित्र र बाहिर कतैबाट पनि धम्की र दबाब नआएको स्पष्ट पारे। 'भित्र र बाहिर जो भए पनि संविधान निर्माण गरेर उनीहरूलाई जवाफ दिनुपर्छ,' उनले भने, 'संविधान बनाउने हामीले हो। यो देशमा सार्वभौम संविधानसभा छ।' उनले आफूलाई केही सभासदले खुट्टा नकमाउन आग्रह गरेको स्मरण गर्दै भने, 'म खुट्टा कमाउनेवाला मान्छे परिनँ।'