भारतमा साढे छ दशक अगाडि संविधान सभाबाट संविधान बन्यो।संविधान निर्माणको लागि अहिलेको नेपालमा जस्तो अनुकूल वातावरण त्यति बेलाको भारतमा थिएन । अत्यन्त प्रतिकूल परिस्थिति र देश विभाजनको पीडा सहेर पनि भारतका नेताले संविधान जारी गरे। तीन वर्षको अवधिमा भारतको स्वतन्त्रता र लोकतन्त्रलाई संस्थागतरूपमा अगाडि बढाइयो।
भारतको संविधान सभामा जवाहरलाल नेहरु, राजेन्द्र प्रसाद, मौलाना आजाद, आचार्य कृपालानी, सरदार वल्लभभाई पटेल जस्ता राजनीतिक हस्तीमात्र थिएनन्, प्रा. केयम मुन्सी,राजगोपालचार्य, सेठ गोविन्ददास, अनन्तस्वामी वचनन्, केयम पानिक्करजस्ता देश विदेशमा ख्याति कमाएका अनेकौं हस्ती पनि थिए। दुईतिहाइभन्दा बढी सभासद् भारतीय कांग्रेसको भए पनि कांग्रेस विरोधी भीमराव अम्बेडकरले संविधान निर्माणको नेतृत्व लिए। नेपालको संविधान निर्माणमा सुशील कोइराला, सुभाष नेम्वाङ र बाबुराम भट्टराईलाई नेहरु ,राजेन्द्रप्रसाद र अम्बेडकरका रूपमा क्रियाशील हुनुपर्ने बाध्यता छ अहिले।
महिला पनि कम ओजस्वी र प्रभावशाली थिएनन् भारतको संविधन सभामा। हंशा मेहता, राजकुमारी अमृत कौर र श्रीमती रेनुका रायले महिला हकअधिकारमात्र होइन सम्पत्ति र बाल अधिकारका विषयमा नेतृत्व नै लिएका थिए। पर्दा प्रथा, देवदासी प्रथा र बहुविवाहजस्ता विषयमा यी महिला सभासद्ले ठूलै लडाइँ लडे संविधान सभामा। तर नेपालमा भने एक जना महिला सभासद्ले पनि तरंग ल्याउन सकेका छैनन्। आदिवासी नेता जयपाल सिंह मुण्डाले समुदायको संस्कृतिको रक्षा गर्ने र प्राकृतिक स्रोत र साधन माथि कतैबाट कब्जा नहुने विषयलाई संवैधानिक प्रत्याभूति दिलाउन जमेर लडेका थिए। आजसम्म पनि आदिवासी भारतीयसँग पुस्तौनी जमिन रहिरहनुको कारण तिनै जयपाल सिंह मुण्डाले संविधान सभामा गरेका सार्थक संघर्षको परिणाम हो। नेपालका आदिवासी र जनजातिले कमसेकम जयपाल सिंह मुण्डाबाट प्रेरणा लिनसके तिनका सन्ततीले दुःख पाउने थिएनन्। जग्गा जमिनमाथि अरु समुदायले कब्जा गर्नसक्ने थिएनन् आउने दिनमा।
नेपाल संक्रमणकालमा रहेको एक दशक भयो। तर पनि देशले नयाँ संविधान पाउने भरपर्दो आशा देखिएको छैन। आउने माघ आठमा पनि संविधान आउने लक्षण छैन भन्नुपर्दा संविधान आउनुपर्छ भनी चिन्ता लिएका हामीजस्तालाई पटक्कै खुसी लाग्दैन। तर यथार्थ यही हो। कुनै किसिमले संविधान आए पनि त्यो कति टिक्ला भन्ने प्रश्न गर्नुपर्ने अवस्था उत्पन्न भएको छ। संविधान निर्माण प्रक्रियामा जनताको संलग्नता अत्यन्त न्यून गर्ने प्रपञ्च रचिएकाले यसो भन्नुपरेको हो।
संविधान निर्माणका बेला भारत इतिहासको अत्यन्त जटिल र कठिन समयमा थियो। हिन्दु र मुस्लिमका नाममा देश विभाजित भयो। लाखौं निर्दोष नागरिक धर्मका नाममा मारिए। करोडौंको उठीवास भयो धर्मका नाममा। भारत र पाकिस्तानमा गरेर विश्वको सवैभन्दा ठूलो मानव बसाइँ सराइ त्यही समय भयो। संविधान निर्माणकाल भर भाषा विवादले दक्षिण भारतका साथै बंगाल, पंजाव र महाराष्ट्र पनि आन्दोलित थियो। त्यति न बेला स्वतन्त्र भारत निर्माणको नेतृत्व गर्ने प्रेरणा पुरुष महात्मा गान्धीको पनि धर्मकै नाममा हत्या गरियो। त्यस्तै सयांै राजा, रजौडा र नबाबहरूको विरोध र दबाब पनि कम थिएन भारतको संविधान सभामाथि। तर पनि भारतमा संविधान आयो र आजपर्यन्त त्यही संविधानले भारतका सबाकरोड जनतालाई मार्गनिर्देश त गरेको नै छ राष्ट्रलाई विश्वशक्ति बन्नेतर्फ उन्मुख पनि गराएको छ।
नेपालमा अहिले संविधान लेखिदैँछ भनिएको छ। तर, संविधान निर्माणका लागि नेतृत्वदायी भूमिका खेल्नुपर्ने प्रधानमन्त्री, सभामुख र बाबुराम भट्टराईको क्रियाशीलता खासै देखिँदैन। माघ ८ गते संविधान ल्याउन केही प्रभावकारी योग्य व्यक्ति अहोरात्र खटेको सुनिन्छ। तर पत्रपत्रिका र छापामा आएको सूचना पत्याउने हो भने संविधान कम नेताहरूको चित्त बुझाउने सहमति र समझदारीका बुँदा बढी लेखिँदै गरेको भान हुन्छ। पहिलो संविधान सभाले देशको समय, साधन र स्रोतको जसरी बर्बाद गर्योढ त्यस पृष्ठभूमिमा दोश्रो संविधान सभाबाट संविधान घोषणानहुन्जेल नेपाली जनताले नेताहरूको वचन र व्यवहारमा विश्वास गर्ने स्थिति छैन। सबैभन्दा अचम्म त दोस्रो संविधान सभाबाट संविधान निर्माणको केही महिनामात्र बाँकी छ भन्ने सरकारी सूचना प्रेषित भइरहँदा पनि ६ सयभन्दा बढी सभासद्मा एक जनाले पनि जनताबीच संवाद स्थापित गर्न सकिरहेका छैनन्।
नेपालमा एकथरीलाई संविधान समयमै बन्छ भन्दैहिँड्नु परेको छ अहिले। अर्काथरी संविधान सभाबाट नेपालमा संविधान बन्दैन भनी ठोकुवा गर्दैछन् र यी दुवै अतिवादलाई चिरेर संविधान बन्नुपर्छ भन्ने जनचाहना त्यसै थिचिएको छ। सरकारमा रहेका कांग्रेस एमालेका केही नेता संविधान माघ आठ गते नै आउँछ भनी फलाक्दैछन्। तर सरकारमा नबस्ने तिनै दलका अधिकांश सांसद संविधान आउने नआउने विषयमा अन्योलमै छन्। माघ आठ गते संविधान बन्छ भन्ने नाराको नेतृत्व प्रधानमन्त्री सुशील कोइराला गर्दैछन्। माघ आठमा संविधान ल्याउने प्रधानमन्त्रीको भाषणमा शंका नगर्दा हुन्छ, उनलाई यसै भन्नुपर्ने बाध्यता छ, भनिरहन्छन। उनको नियत सफा होला तर उनी स्वयं संविधान निर्माणमा कति सक्रिय र नेतृत्वदायी भूमिकामा छन् भन्ने जगजाहेरै छ ।
नेपालमा प्रधानमन्त्रीको हैसियत र वचनको कार्यान्वयन कुन मात्रामा हुन्छ भन्ने पनि नेपाली जनतालाई राम्ररी थाह छ। तसर्थ, प्रधानमन्त्री कोइरालाको बोलीमा विवशता र बाध्यता पनि लुकेका छन्। उनलाई माघ आठमा संविधान आउँछ भनी भन्नुबाहेक अर्को विकल्पको सुविधा अहिलेलाई छैन। माघ आठ आउनु एकसाता अगाडि उनलाई विकल्पको पुर्जी थमाइने छ र उनले त्यही बोल्नेछन्। फेरि सहमति र सम्झौता हुनेछन् र अन्ततः माघ ८ गते संविधान आउँदैन। जनताको मनमा यस्तै शंका छ। स्थानीय निर्वाचनकै प्रपञ्चमा संविधान निर्माणले परिक्रमा गरिरहने खतरा प्रशस्त देखिएका छन्। तर पनि अहिले माघ ८ गते संविधान बन्छ भन्ने पक्षलाई निराश बनाउनु उचित नहोला। त्यसमा पनि नेपालका प्रधानमन्त्रीको भन्दा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको बोलीबाट संविधान निर्माण हुन्छ भन्नेमा बढी विश्वस्त हुन चाहन्छन् नेपाली जनता।
वास्तवमा समय सीमा तोकेर काम सम्पन्न गर्ने अभ्यास नेपाली समाजअनुरूप होइन। झन् राजनीतिक तहमा त त्यस्तो बिरलै हुन्छ। सामाजिक क्षेत्रमा विवाह, व्रतबन्ध र काजक्रिया चाहिँ तोकिएको समयमै गर्ने नेपाली संस्कार हो। समय सीमा नतोक्ता पनि झनै ठुलो अविश्वास र काम नगर्ने परावलम्बी संस्कार सभासदमा बस्छ भन्ने त्रासका कारण माघ ८ संविधान निर्माणको मिति तोकिएको हुनुपर्छ। व्यावसायिक सिनेमाको पदचिह्न पछ्याउँदै संविधान निर्माणको मिति तोक्ने काम गरेपछि सोहीअनुसारको बन्दोबस्त पनि गर्न सक्नुपर्छ। सिनेमा निर्माणमा नीजी क्षेत्रको लगानी हुन्छ र उनीहरू अत्यन्त कुशलतापूर्वक सिनेमा प्रदर्शन गर्न बाध्य हुन्छन् तोकेकै समयमा। अन्यथा सिनेमा निर्माणमा लागेकोे स्रोत, साधनको खती बेहोर्नुपर्छ लगानीकर्ताले। त्यस्तै छवि बिग्रन नदिन पनि सिनेकर्मी ज्यादै सतर्क हुन्छन्। नेपालको राजनीतिमा भने नेताहरूलाई समय सीमाभित्र काम सम्पन्न नगर्दा नोक्सानी हुनेगरेको छैन बरु, नाफै भएको छ। हानि नोक्सानी जति त देश र जनतालाई मात्र न हुने हो।
संविधान निर्माणमा सक्रिय थुप्रै नेपाली नेता भारतीय र अंग्रजी सिनेमाका सौकिन छन्। यतिखेरसम्म संविधान सभाबाट बन्ने संविधानको 'ट्रेलर' नेपाली जनताबीच आई सक्नुपर्ने थियो भन्ने त तिनले बुझेकै हुनुपर्छ। तर संविधानका मूलभूत विषयमै अझै सहमति हुनसकेको छैन। खासगरी प्रदेश निर्माण र शासकीय स्वरूपमा। तसर्थ, समय सीमा तोक्ने र त्यसलाई असान्दर्भिक बनाउने नेताहरूको कार्य शैली अब चारित्रिक विशेषतामा परिणत हुने खतरा देखिँदैछ। संविधान निर्माणका विभिन्न विषयगत कामहरू तोकिएको समय पूरा हुन नसकेर समय सीमा पटकपटक परिवर्तन भइरहेको पृष्ठभूमिले त्यतै संकेत गर्छ।
हतारमा बनाएको संविधान चल्दैन, टिक्दैन। माथि भारतको उदाहरण अगाडि सार्नुपरेको त्यसै कारणले हो। भारतको संविधान अत्यन्त प्रतिकूल परिस्थितिमा निर्माण भएको मात्र होइन, त्यस्तो परिस्थितिमा पनि संविधान सभामा गम्भीर बहस, चिन्तन र छलफलपछि मात्र संविधान निर्माण कार्य भएको हो भनी स्मरण दिलाउन खोजिएको हो। उदाहरणका रूपमा भारतको संविधान निर्माणको पच्चिस वर्षपछि मात्र धर्मनिरपेक्षता र समाजवाद भारतीय संविधानको अंग बन्न पुग्यो। तर नेपालमा संविधान सभाले ऐतिहासिक महत्वका र सुदूर भविष्यलाई प्रभावित गर्ने विषयमा चिन्तन र बहसै गर्न पाएन, पाएको छैन।
मौलिक हक अधिकारका बारेमा पनि नयाँ चिन्तन र परिभाषा अगाडि आएको छ। शिक्षा, स्वास्थ र खाद्यान्न जनताको मौलिक अधिकार भनी संविधानमा परिभाषित गरिँदैछ विभिन्न देशमा। अब त्यस्ता विषय संविधानमा राज्यको निर्देशक सिद्धान्तमा शोभाको लागिमात्र सीमित गर्न सकिँदैन, कार्यान्वयनकैे तहमा अनिवार्य गरिनुपर्छ। त्यस्तै मौलिक अधिकारका विषय अब व्यक्तिका लागिमात्र नभएर प्रकृति र पशुपंक्षीका लागि पनि सुनिश्चित गर्न थालिएका छन्।
जमिनको स्वामित्व बारे नेपालको नयाँ संविधानले के व्यवस्था गर्दैछ भन्ने उत्सुकता किसानहरूबीच रहनु स्वभाविक हो। अनुपस्थित जग्गा धनीलाई दसवर्षको एकमुष्ठ आम्दानी दिएर जग्गामा चौबीसै घन्टा समर्पित रहने किसानलाई किन जग्गाको असली स्वामी नबनाउने? संविधान सभाभित्र यस्तो बहस चलेको किसानहरू सुन्न चाहन्छन्। संविधान बनेरमात्र कुनै सामाजिक परिवर्तन हुने त हैन। समाजको तल्लो तहले संविधानबाट आफ्नो जीवन सुधार्ने अवसरको प्रत्याभूति नपाउँदासम्म संविधानको औचित्य सिद्ध हुँदैन। नेपालमा भूस्वामित्वको न्यायपूर्ण वैज्ञानिक व्यवस्था गरिँदासम्म नेपाली समाज प्रगतिपथमा हिड्न सक्छ भन्ने कल्पना पनि गर्न सकिँदैन। समाजवाद र साम्यवादमा विश्वास गर्ने कांग्रेस एमालेका नेतालाई यस्ता कुराको हेक्का हुनुपर्छ।
नेपाल संविधान सभाबाट समयसापेक्ष संविधान बनाउने अवसर पाउने केही भाग्यमानी देशमध्ये एक हो। नेपालको नूतन संविधान बनाउने क्रममा खासै भाषिक, क्षेत्रीय र जातीय र धार्मिक उन्माद देखिएको छैन। अचम्म, सार्थक वहस पनि कतै भएको देखिँदैन। संविधान निर्माणको सबै जिम्मा नेताहरूलाई दिएर समाजको सबै पक्ष सुस्ताएको छ। संविधान सभाबाट संविधान निर्माण गर्दा वर्तमान नेपालको जस्तो शान्त र सहयोगी वातावरण अन्यत्र बिरलै थियो होला। भावि संविधानले नेपालमा सामाजिक क्रान्तिको आधारशिला राख्ने हो भने यो उपयुक्त अवसर हो।
सार्थक संविधान माघ ८ गतै नै आउनुपर्छ भन्ने केही छैन। संविधान आउनुमात्र ठूलो कुरा होइन। सबै पक्षले संविधान आउँदा उत्सव मनाउनु पो ठूलोे हो। त्यही उत्सव मनाउने संविधान ल्याउन हाम्रा नेताको परिश्रम नदेखेर संविधान बन्छ, बन्दैन भन्ने संशय र बन्नुपर्छ भन्ने आग्रहमा देश विभाजित भएको हो। संविधान बन्नुपर्छ भन्ने मतको जयहोस्!