इटहरी– एकीकृत नेकपा माओवादीका प्रवक्ता दिनानाथ शर्माले काँग्रेसको महाधिवेसनपछि राष्ट्रिय सरकार बन्नुपर्ने बताएका छन् । उनले संविधान कार्यान्वयनका लागि मधेसवादी दललाई समेत सहभागी गराएर राष्ट्रिय सरकार बन्नुपर्ने बताएका हुन् ।
'संविधान संसोधन भइसकेको र अब सीमांकनको माग पुरा भएपछि संविधान कार्यान्वयन गर्नका लागि अनिवार्य राष्ट्रिय सरकार हुनुपर्छ,' प्रवक्ता शर्माले शुक्रबार बिहान इटहरीमा क्रान्तिकारी पत्रकार संघ सुनसरीले आयोजना गरेको पत्रकार सम्मेलनमा भने, 'संविधान जारी भएलगतै राष्ट्रिय सरकार गठन गर्न पहल गरेपनि सम्भव भएन । तर, अब काँग्रेस महाधिवेसन सकिएपछि अनिवार्य हुनुपर्छ ।'
उनले अहिले बामपन्थीहरुको साझेदारीमा सरकार बनेकोमा भारत बेखुसी रहेको र सवै राजनीतिक शक्ति समेटेर मुलुकलाई अघि बढाउन राष्ट्रिय सरकारको विकल्प नभएको जिकिर गरे । 'भारत अहिले विशेषगरी हिन्दु राज्य नभएको र बामपन्थीहरुको मात्र साझेदारीमा सरकार हुदाँ वेखुसी छ,' शर्माले भने । नेता शर्माले राष्ट्रिय सरकार बन्नुपर्ने हुदाँ अहिले सरकारले प्रभावकारी काम गर्न नसकेपनि समर्थन फिर्ता लिने वा मन्त्री फिर्ता बोलाउनेबारे कुनै सोच नबनाएको प्रस्ट पारे ।
नेता शर्माले माओवादी पार्टी छाडेर नयाँ शक्ति निर्माणमा जुटेका बाबुराम भट्टराई पनि भारतकै इसारामा माक्सवाद छाडेको जिकिर गरे । 'बाबुरामजी राष्ट्र, पार्टी र जनतालाई धोका दिनुभयो,' उनले भने, 'उहाँले यसरी धोका दिनुमा भारतकै अघोषित दबाब नै हो ।' उनले संविधान जारी गर्नुपूर्व भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दुतको रुपमा भारतीय विदेश सचिब जयशंकर नेपाल आएर मुख्य दलका शीर्ष नेतासँगै बाबुरामजीलाई भेटेपछि अलगै बाटो रोजेको बताए ।
'भारतीय विदेश सचिब जयशंकरले अरु दलका मुख्य नेता पनि भेटे तर बाबुरामजीलाई भेटेपछि पुरै मनोविज्ञान परिवर्तन हुन पुग्यो, अनुहार नै विग्रियो र असक्त अधैर्य हुनुभो,' शर्माले भने, 'प्रचण्ड र बाबुरामजीको पनि त्यही बेलादेखि सम्बन्ध बिग्रियो । अन्ततः अलगै बाटो रोज्नुभो ।' उनले माओवादी छाडेर गएका अन्य शक्तिसँग एकीकरण र एकता सम्भव भएपनि बाबुरामसँग सम्भव नहुने पनि बताए ।
'बाबुरामजीले माक्सवाद नै छाडेर गएपछि उहाँसँगको कुरा सकियो । तर, माक्सवादलाई स्वीकार गर्ने मोहन वैद्य, मातृका यादव, मणी थापालगायतसँग पार्टी एकताका लागि गम्भीर ढंगले कुरा अघि बढीरहेको छ,' शर्माले भने। उनले अब स्थानीय निकायको चुनाब भएको खण्डमा एमालेसँग पनि तालमेल गरेर चुनाबी प्रतिस्पर्धा गर्न सकिने बताए । 'पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा पनि एमालेसँग तालमेलका लागि प्रस्ताव गयौं तर पहिलो संविधानसभा निर्वाचनमा एकीकृत माओवादी पहिलो पार्टी भएकाले गर्दा एमाले डरायो,' उनले भने, 'अब हाम्रोभन्दा एमाले ठूलो पार्टी भएको छ, मिलेर चुनाबी प्रतिस्पर्धा गर्नका लागि हामी डराउँदैनम् ।'
नेता शर्माले प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमण जादा माओवादीका तर्फबाट बिग्रेसको सम्बन्ध सुधार गर्ने, प्रशासनिक तथा कुटनीतिज्ञ सम्बन्ध राजनीतिक रुपमा अघि बढाउनुपर्ने र विगतका सहमति कार्यान्वयन गर्ने वातावरण बनाउन सुझाव दिएको सुनाए ।