संविधान निर्माणका लागि अन्तरिम संविधानले तोकेको मिति सकिनै लागेको छ। राजनीतिको मूलप्रवाहलाई मोड्नसक्ने राजनीतिक दलका नेताका जेठ १४ भित्रै संविधान बन्नुपर्छ वा बन्नसक्छ भन्ने भ्रामक भाषण भने रोकिएको छैन। सहमति भए निश्चित मितिमै संविधान बनाउन सकिने निरर्थक दाबी गरिँदै छ। अर्थात्, समाधान खोज्ने प्रयासभन्दा स्थितिलाई झन् जटिल बनाउने काम भइरहेको छ।
यसबाट कसलाई के प्राप्त होला भन्ने भविष्यको गर्भमै भएपनि यसको दुःखद परिणाम वर्तमान राजनीतिका खेलाडीमध्ये कसैको पक्षमा जाने लक्षण छैन। अहिलेको खिचातानी यथावत् राखिएमा सबभन्दा क्षति संस्थागत भइनसकेको लोकतान्त्रिक परिपाटीलाई हुनेछ। देशको राजनीति अहिलेसम्म राजनीतिक दलको पकडभन्दा बाहिर गैसकेको छैन तर वर्तमान द्वन्द्व जति लम्बिँदै जान्छ त्यो खतरा त्यति नै बढ्दै जानेछ। राजनीति भावना वा चाहनाबाट डोरिएर होइन वर्तमानको यथार्थबाट निर्देशित भएर गर्नु आवश्यक हुन्छ। चाहना र यथार्थबीचको खाडल सहीरूपमा ठम्याउन सकिएन भने यसले सम्पूर्ण क्रान्तिकारी प्रक्रिया र अग्रगामी शक्तिलाई क्षतविक्षत गर्छ। वर्तमान जटिल मोडमा यो खतरा विद्यमान छ र यसलाई सही अर्थमा बुझ्नु र क्रान्तिकारी पक्रियालाई कुशलतापूर्वक अगाडि बढाउनु अग्रगमनकारी वामप्रजातान्त्रिक शक्तिको साझा दायित्व हो।
आजको प्रथम आवश्यकता दोस्रो जनआन्दोलनले प्रारम्भ गरेको क्रान्तिकारी प्रक्रियाबाट हासिल उपलब्धिलाई गुम्न नदिई नयाँ सहमति कायम गर्दै निकासको बाटो पहिल्याउनु हो। आजको अवस्थाबाट अग्रगमनको क्रान्तिकारी प्रक्रियामा वर्तमान अवस्थालाई जोगाएरमात्र अगाडि बढाउन सकिन्छ, यसलाई भत्काएर होइन। तर ठूला दलबीच चलिरहेको खिचातानी र संविधानभन्दा सत्ता प्राप्तिलाई केन्द्रमा राख्ने प्रवृत्तिले यो आधार भत्किने जोखिम देखिएको छ।
सहयात्री शक्ति नै जनआन्दोलनको पूर्ण लक्ष्य प्राप्त नगर्दै परस्पर द्वन्द्वमा ओर्लिनु विडम्बना हो। दई डुंगामा टेकेर अगाडि बढेको माओवादीले क्रान्तिको वर्तमान चरणको विशिष्ट कार्र्यभार सहीरूपमा ठम्याउन सकिरहेको छैन। उसको प्राथमिकता के हो? शान्तिपूर्ण संक्रमणको बाटो वा जनविद्रोह? उसले यस प्रश्नको हल खोज्नै सकिरहेको छैन। आजको अवस्थामा यी दुइटै कार्यनीति समानान्तररूपमा चलाउन सकिँदैन। उसले आफूलाई एउटा ठाउँमा स्पष्टता साथ उभ्याउन आवश्यक छ। शान्तिपूर्ण प्रक्रियाप्रति प्रतिबद्धता व्यक्त गरे पनि कार्यकर्तामा रहेको पुरानो अतिवादी संस्कार र संस्कृति तथा केही नेतामा रहेको निम्न पुँजीवादी अति क्रान्तिकारिताको बालरोगबाट ऊ मुक्त हुन सकेको छैन। एकातर्फ पार्टी नेतृत्वका केही व्यक्तिका लेखमार्फत् यदाकदा अग्रगमनको सम्भावित यथार्थवादी बाटो निरूपणगर्ने तथा नयाँ कार्यनीति अपनाउनुपर्ने आवश्यकता महसुस गरेको भान हुन्छ भने अर्कोतर्फ सार्वजनिक मञ्चमा उभिएर भाषण गर्दाविपरीत अभिव्यक्ति सुनिन्छ। यो भिडतन्त्रबाट जोसिने र अतिवादी नाराबाट जनसमर्थन बढाउन सकिन्छ भन्ने मानसिकता हो अथवा अतिवादीको आन्तरिक दबाबको परिणाम अथवा दुवैको सम्मिश्रण? माओवादीले सत्तामा रहेका बेला र अहिले पनि एक्लै हिँड्ने प्रयास गर्यो र गरिरहेको छ। अहिलेको अवस्थामा यो चिन्तन वस्तुपरक होइन र यस अभ्यासबाट उसप्रति जनआस्था र विश्वास घट्दो क्रममा छ। हिजोसम्म माओवादीसँगको सहकार्य र मोर्चागत एकतालाई सम्भव देखिरहेका पार्टीलाई समेत टाढा पार्दै गइरहेको आवस्था छ। भिडको मनोविज्ञानबाट डोरिने नेतृत्वले क्रान्ति समपन्न गर्न सक्तैन। नेतृत्वले भिडलाई निर्देशित गर्ने हो त्यसबाट डोरिने होइन। नत्र त पार्टी तथा पार्टी नेतृत्वको आवश्यकता नै पर्ने थिएन। तर त्यो न विगतमा भयो न आउँदा दिनमा हुने लक्षण देखिएको छ। मार्क्सले विगतका अनेक जनविद्रोह तथा स्वःस्फूर्त मजदुर आन्दोलनको अध्ययनबाट मजदुर वर्गको आफ्नो पार्टी हुनुपर्छ भन्ने निचोड निकालेका हुन्। पार्टीले संघर्षरत जनताको विजयका लागि नेतृत्व गर्न सक्नुपर्छ र सही बाटोमा डोर्याउनुपर्छ। लेनिनका शब्दमा भन्ने हो भने नेतृत्व एक कदम अगाडि रहनुपर्छ अन्यथा या त ऊ जनताको भिडमा बिलाउँछ या जनताबाट एक्लिन्छ। यी दुइटै अवस्था गलत हुन्। माओवादी अहिले यी सबैलाई बिर्सँदै भिडको मानसिकताबाट प्रभावित भएको छ।
अर्कोतर्फ नेकपा (एमाले) पार्टी नभई बाध्यात्मक अवस्थाले एउटै ओतमा उभिन पुगेका बटुवाको जमातजस्तो भएकोछ। पार्टीगत आधारमा ऊसँग न त वर्तमान राजनीतिक अवस्था र सन्तुलनबारे कुनै ठोस विचार र पार्टीगत सोच छ, न भावी संविधानको रूपरेखा र राज्यसत्ताको स्वरूप बारे नै। यस अवस्थामा उसको नेतृत्वमा रहेको सरकारले दृढतापूर्वक सत्ता सञ्चालन गरी देशलाई एउटा दिशा दिन सकेको छैन। विडम्बना कतिसम्म छ भने सत्ताको नेतृत्व गरिरहेको पार्टीले पार्टीगत आधारमा वर्तमान सरकारको कार्य क्षमता र दक्षता बढाउन विकल्प निर्माण गर्ने प्रयास गर्नुको साटो पार्टीभित्रबाटै सरकार ढाल्ने प्रयास भैरहेका छन्। ठोस पूर्वयोजना तथा स्पष्ट खाका र मार्गचित्रबिना भइरहेको घर भत्काई खुला सडकमा उभिन खोज्ने यस प्रयासलाई कुन राजनीतिक शब्दावलीबाट सम्बोधन गर्ने? एमालेले स्पष्टतासाथ बुझ्नुपर्छ, पुष्पकमल दाहालको राजिनामापछि उत्पन्न राजनीतिक शून्यको निकासका लागि पार्टीहरूले एमालेलाई सरकार बनाउन समर्थन दिएका हुन्, कुनै व्यक्ति विशेषको नेतृत्वलाई होइन। त्यसबेला दोस्रो, ठूलो दल नेपाली कांग्रेस सरकार गठन गर्न अग्रसर भएको भए अवस्था भिन्नै हुनसक्थ्यो। यस अवस्थामा एमालेको प्रथम जिम्मेवारी सरकारलाई समर्थन गरिरहेका पार्टीबीच आफ्ना सोच र कार्ययोजनाबारे पार्टीगत आधारमा छलफल गरी साझा सहमति कायम गर्दै निकासको बाटो खोज्ने र त्यसपछि माओवादीसंँग सार्थक वार्ताको वातावरण तयार गर्नु हो। दुर्भाग्य, एमालेमा यसको जिम्मेवारीबोध भएको देखिँदैन। न सरकार अपरिवर्तनीय हुन्छ न त सरकारको नेतृत्व गरिरहेका व्यक्ति नै। आजको अवस्थामा सरकार परिवर्तन गर्नु पूर्व नयाँ सरकारको स्वरूप र नेतृत्वबारे पहिले नै सहमति कायम हुनुपर्छ। तीनवटै ठूला दलभित्र व्यक्तिव्यक्तिलाई लिएर खिचलो छ र पार्टीपार्टीबीच नेतृत्वका लागि हानथाप र तानातान छ। गोलमेच सम्मेलन गरी कुनै सर्वस्वीकृत नेतृत्व चयन गर्न सकिने अवस्था अहिल्यै देखा पर्दैन। यस अवस्थाबाट उत्पन्न हुने राजनीतिक शून्यता र सरकारविहीनताको अवस्था देशका लागि अनिष्टकारी हुनसक्छ। अहिले राजनीतिक शून्य सिर्जना गर्ने होइन, राजनीतिक निकासको वातावरण बनाउनु आवश्यक छ।
गिरिजाप्रसाद कोइरालापछिको नेपाली कांग्रेसमा नेतृत्व विहीनता देखिएको छ। एकल नेतृत्वको परिपाटीमा जन्मे हुर्केको पार्टी सामूहिक नेतृत्वमा संक्रमण गर्न सजिलो छैन। निर्देशनात्मक परिपाटीमा काम गर्न अभ्यस्त पार्टी संस्कारगतरूपमै सामूहिक नेतृत्वको परिपाटी बसाल्न र त्यसप्रति अभ्यस्त हुन समय लाग्नेछ। अहिले त्यस पार्टीमा सामूहिक नेतृत्व स्थापित गर्ने अभ्यास भैरहेको छ। तर देशको राजनीति यस पार्टीभित्र भैरहेको अभ्यासको परिणामालाई पर्खेर बस्न सत्तै्कन र प्रजातान्त्रिक आन्दोलनको अभिन्न अंग रहेको पार्टी एकता र सहमतिको शब्दजालको आडमा बस्न मिल्दैन। त्यो आन्दोलनप्रतिको विश्वासघात हुनेछ। सहमती र एकताका लागि यस पार्टीले कम्युनिस्ट विरोधी आफ्नो विगतको चिन्तनलाई छोडी नयाँ सहमतिको बाटो खोज्नु आवश्यक छ। वर्तमान राजनीतिक अवस्थाको निकास तथा नयाँ सहमतिको आधार खोज्न अहिले त्यस पार्टीभित्र देखा परिरहेको दक्षिणपन्थी रुझान तथा यथास्थितिवादी चिन्तनलाई नयाँ नेतृत्वले चिर्न सक्नुपर्छ र वामपन्थी तथा लोकतन्त्रवादीबीच एकताका लागि इमान्दारी साथ अगाडि आउनु जरुरी छ। अहिलेको अवस्थामा वाम तथा लोकतान्त्रिक शक्तिको संयुक्त नेतृत्व कायम गरी अगाडि बढ्न सकेमात्र आजको राजनीतिक गतिरोध तोड्न सकिन्छ र भावी संकटलाई टाल्न सकिन्छ।
संयुक्त सरकारको नेतृत्व कसले गर्ने भन्ने त पछिको सबाल हो। जनतालाई विश्वास हुने गरी एकता र सहमतिको आधार बनाउनु पहिलो काम हो। संयुक्त सरकार र सहमतीय राजनीतिको आधारमा मात्र संविधान लेखन, राज्यसत्ताको स्वरूप र परिपाटी तथा संघीयताको सबाल हल गर्न सकिने छ। त्यस्तो नेतृत्वलाई मात्र जनसमर्थन प्राप्त हुनेछ। माओवादीले शान्ति प्रक्रिया र संविधान निर्माणको लागि सरकारको नेतृत्व आफूले पाउनुपर्ने सर्त अघि सारेको छ। शान्ति प्रक्रिया र संविधान लेखनजस्तो ऐतिहासिक जिम्मेवारीलाई सरकारको नेतृत्वको बलीवेदीमा चढाउनु कति जिम्मेवारीपूर्ण काम हो? यसको परिणामबारे पार्टी नेतृत्वले सोच्नु आवश्यक छ। नेतृत्व न बलजफ्ती थोपरेर कायम गर्न सकिन्छ, न आफूले चाहँदैमा प्राप्त हुन सक्छ। त्यो आफ्नै काम र जिम्मेवारीपूर्ण व्यवाहारबाट विश्वास जितेरमात्र स्थापित हुन्छ। माओवादीले सरकारको नेतृत्व प्राप्त गर्न संसद्मा रहेका दलको विश्वास र समर्थन जित्नु आवश्यक छ। यो काम पार्टीहरूसँगको खुला संवाद तथा मैत्रीपूर्ण व्यवहारबाट मात्र सम्भव छ। एकातर्फ विद्रोहको तयारी र अर्कोतर्फ संवादविहीनताको अवस्थाले सिर्जना गरेको माओवादीप्रतिको अविश्वासको खाडल पुर्ने काम त्यसका नेताको इमान्दार पहलबाट मात्र हुन सक्छ। अहिले चलिरहेको तीन पार्टीबीचको गोलचक्कर वार्ता पर्याप्त छैन। अन्य पार्टीहरूसँंग संवादको आवश्यकता छ।
जहाँसम्म जेठ १४ गते संविधान बनाउनै पर्ने, बनाउन सकिने वा बनाउन हामी प्रतिबद्ध छौं, अर्कोले तगारो तेर्स्याएको छ भन्ने अभिव्यक्ति निरर्थक र झुठा प्रचारवाजी हो। संविधान बनाउनका लागि मस्यौदाहरूमा रहेको मत भिन्नताको समाधान खोज्नु पहिलो सर्त हो। अन्यथा माओवादीकै नेतृत्वमा सरकार बनेपनि संविधान लेखनको काम समपन्न गर्न सकिने अवस्था छैन। विषयगत समितिले प्रस्तुत गरेका मस्यौदामा शासकीय स्वरूप, संघीयता, निर्वाचन प्रणाली, न्याय प्रणाली, आदि जस्ता विषयमा भिन्न मत अगाडि आएका छन्। यो संविधान लेखनको प्रक्रियामा प्रथम तगारो हो। यसमा सहमति कायम गर्न नसके संविधान बन्नै सक्दैन। यस विषयमा सहमति खोज्ने प्रक्रिया सुरु भएमा संविधान लेखनको बाँकी काम समाप्त गर्न म्याद थप्न सकिन्छ र जनताले समर्थन पनि दिनेछन्। तर संविधान लेखनका यी मूल मुद्दालाई सरकारको नेतृत्वसंँग जोडी थाती राख्ने र म्याद थप्ने काम गर्ने हो भने न त्यसले सकारात्मक परिणाम दिनेछ, न जनताले त्यसलाई स्वीकार गर्नेछन्।
लेखक नेकपा (संयुक्त)का अध्यक्ष हुन्।