एक वर्षभित्र संविधान जारी गरी प्रधानमन्त्रीलगायत प्रमुख पदमा अर्को निर्वाचन गर्ने सहमति सुशील कोइरालाको नेतृत्वमा सरकार गठन गर्ने बेलामा दुई दलबीच भएको सम्झौतामा लेखिएको छ। सहमतिमा नलेखिएको भए पनि अर्को सरकारको नेतृत्व एमालेलाई दिने सहमति भएको चर्चा त्यति बेलै भएको थियो। नेपाली कांग्रेस र नेकपा (एमाले)बीच भएको सम्झौताको पूरै पालना भने भएको देखिँदैन। अर्कातिर, संविधान सभाको उपलब्धि हेर्दा माघ ८ गतेभित्र संविधान बन्ने लक्षण देखिँदैन। तोकिएको समयभित्र मूल कानुन जारी नभए सुशील कोइराला प्रधानमन्त्री रहन्छन् कि रहन्नन् भन्ने प्रश्न भने अनुत्तरित छ।
संविधान बनेपछि नेतृत्व परिवर्तन हुने भनी सम्झौतामा उल्लेख भएकाले देशको विधान नै नबनेको अवस्थामा सुशील कोइरालाले राजीनामा गर्नैपर्र्दैन भन्ने ठान्छन् कांग्रेसहरू। प्रमुख कार्यकारीको हैसियतले एक वर्षभित्र संविधान बनाउन असफल भए नैतिक दायित्व लिएर कोइरालाले राजीनामा गर्नुपर्छ भन्ने एमालेको तर्क देखिन्छ। गम्भीर स्वास्थ्य समस्यामा रहेका एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी ओलीमा सिंहदरबारमा आफ्नो तस्बिर झुन्ड्याइहाल्ने चाहनाले समेत माघपछि कोइरालाको लागि सहज नरहने पक्का छ। भारतका समाजवादी नेता चन्द्रशेखरले भूपू प्रधानमन्त्रीमा आफूलाई सूचीकृत गर्नैका लागिमात्र आफ्नो दशकौंको सिद्धान्तको राजनीतिलाई पन्छाएर पार्टी फुटाएको इतिहासको स्मरण सान्दर्भिक देखिन्छ। विगत हेर्दा माघपछि प्रधानमन्त्री फेरिने नफेरिने रुमलोमा मुलुकको राजनीति पुनः केही महिना बन्दी हुने र अन्ततः प्रधानमन्त्री परिवर्तन हुने लख काट्न सकिन्छ। प्रधानमन्त्री बन्ने बनाउने होडमा संविधान लेखन भने पक्कै सुस्त हुनेछ।
संविधान लेखनमा सबैभन्दा महत्वपूण संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले केही दिनअघि आफूलाई संविधान नलेख्न अमुक स्थानबाट दबाब आएको यथार्थ सार्वजनिक गरेका थिए। दोस्रो संविधान सभामा संविधान लेख्न चाहिने दुईतिहाइ बहुमत कांग्रेस र एमाले मिलेमा झन्डै पुग्ने अवस्थामा आगामी विधानमा एमाओवादी कार्यसूचीले स्थान नपाउन सक्छ। आफ्ना कार्यक्रमले संविधानमा उचित स्थान नपाउने भएपछि माओवादी आन्दोलनको औचित्य पुष्टि गर्न कठिन हुने भएकाले पुष्पकमल दहाल प्रचण्डलाई संविधान लेखनमा रुचि रहेन र उनले नै बाबुराम भट्टराईलाई संविधान लेखनको प्रतिकूल काम गर्न दबाबद दिएको अनुमान धेरैले गरेका छन्। दोस्रो संविधान सभाले संविधान बनाए दलगतरूपमा सबैभन्दा क्षति बेहोर्न पुग्ने एमाओवादीले कुनै पनि बहानामा मूल कानुन लेखनलाई टार्न खोज्नु अस्वाभाविक होइन। एमाओवादीभन्दा फरक अवस्था मधेसवादीको नरहेकोले उनीहरूसमेत संविधान लेख्न खासै उत्साही छैनन्। गणतन्त्रात्मक संविधान लेखिनुभन्दा अन्योलग्रस्त अवस्था आफ्नो हितमा हुन सक्ने राजावादीको ठहर देखियो भने धर्मनिरपेक्षतासहितको संविधान तात्कालै लेखेर आफ्ना संभावनाका ढोका बन्द गरिहाल्ने अवस्थामा हिन्दु कट्टरपन्थी पनि नहोलान्। यसरी हेर्दा एमाओवादी, मधेसवादी, राजावादी, उग्रहिन्दुत्वका पक्षधर तथा देशलाई अन्योलमा धकेल्दै धमिलो पानीमा माछा मार्ने शक्तिहरू संविधान लेखियोस् भन्ने पक्षमा देखिँदैनन्।
संविधान निर्माण र सरकार परिवर्तनबीच विपरीत सम्बन्धछ। प्रथम संविधान सभाले मूल कानुन लेख्न नसक्नुको कारण बारम्बार सरकारको परिवर्तन नै हो। विगतमा झैँ लगातार सरकार फेरिए यस सभाले समेत संविधान लेख्न नसक्ने वा संविधान निर्माण कार्य पछि धकेलिने पक्कै छ। त्यस्तो अवस्थामा संविधान सभाले देशको प्रमुख कानुन नलेखोस् भन्ने चाहना राख्नेहरू सरकार परिवर्तन गर्न गराउन लागि पर्नुु अस्वाभाविक होइन।
प्रथम संविधान सभामा कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका माधब नेपाललाई तत्कालीन एमाले अध्यक्ष झलनाथ खनालले विभिन्न बहानामा पदत्याग गर्न बाध्य बनाए। लगत्तै एमाओवादीको समर्थनमा खनाल प्रधानमन्त्री बनेको दृष्टान्तले पदप्राप्तिका लागि कुनै पनि अभ्यास एमालेका लागि क्षम्य र सहज हुने देखिन्छ। तसर्थ, एक वर्षपछि सुशील कोइरालाले प्रधानमन्त्रीको पद सरक्क नछाडे एमाले नेता केपी ओलीले प्रमुख कार्यकारी बन्न अर्को समीकरण बनाउने सम्भावना धेरै छ। अर्कोतिर सरकार गठनका सवालमा कांग्रेस एमालेबीच दरार उत्पन्न गर्न सके संविधान लेखन अन्योलग्रस्त हुनगई आफ्नो योजना सफल हुने भएकाले एमाओवादीले ओलीलाई प्रधानमन्त्रीमा सहयोग गर्छ नै। अन्तिम लक्ष्य नै पदप्राप्ति भएका मधेसवादी नेता मन्त्री बन्न पाउँदा ओलीको समर्थक बन्नु पनि अनौठो हुँदैन। अहिले संविधान बनाएर राजतन्त्रको बहसलाई सदाका लागि समाप्त हुन दिनुभन्दा 'रात रहे अग्राख पलाउने' आशामा यसलाई पछि धकेल्नु राजावादी कमल थापाको चाहना हुने नै भयो र त्यसका लागि सरकार परिवर्तन साधन बन्न सक्छ भन्ने पनि चतुर राजनीतिकर्मी थापाले नबुझ्ने कुरै भएन। तसर्थ, मार्ग फरक भए पनि एमाओवादी, मधेसवादी तथा राजावादीलगायतका समूहहरू कोइराला सरकार परिवर्तनको विषयमा एक ढिक्का हुनेछन्। त्यसपछि ओली त प्रधानमन्त्री बन्लान् तर संविधान लेखन अन्योलग्रस्त बन्नेछ।
विगतमा प्रतिबद्धता जाहेर गरे झैँ एक वर्षभित्र संविधान नबन्ने यथार्थलाई हृदयंगम गरी माघ ८ पछि आउन सक्ने सरकार परिवर्तन तथा सत्ता साझेदारीका सम्बन्धमा कांग्रेस तथा एमाले अहिले नै प्रष्ट हुुनु आवश्यक छ। आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएका अवस्थामा एमालेले किचलो गर्न सक्ने भएकाले त्यति बेला नेपाली कांग्रेसले अपनाउने रणनीतिका सम्बन्धमा कांग्रेसको उच्च नेतृत्व अहिले नै स्पष्ट र पारदर्शी हुनपर्छ। सरकार बनाउन आवस्यक ५१ प्रतिशतको खेलमा कांग्रेसले एमालेलाई समर्थन नगरे अन्य पक्षको बैशाखी टेकेर भए पनि उनीहरुले एक वर्षपछि सरकारको नेतृत्व गर्ने सम्भावना प्रबल छ। संविधान लेखनका लागि परिस्थिति अनुकूल बनाउन कांग्रेसले आवश्यक परे एमालेलाई प्रधानमन्त्रीको पद दिनेसम्मको उदारता देखाउनुपर्ने हुनसक्छ। कारण, कांग्रेसले सरकारको नेतृत्व हस्तान्तरण गर्न मान्दा वा नमान्दाको दुवै अवस्थामा एमाले नेतृत्वको सरकार बन्ने सम्भावना छ। सरकारको नेतृत्व परिवर्तन भए पनि कांग्रेस एमालेबीचको वर्तमान सत्ता साझेदारीको निरन्तरताले संविधान लेखनलाई सहज बनाउँछ। संविधान लेख्न आवश्यक दुईतिहाई सभासद्को संख्या लगभग पुर्यानउन सक्ने कांग्रेस र एमालेको सहकार्य टुटेको खण्डमा भने संविधान बन्ने सम्भावना कमजोर हुने वास्तविकता सबैले बुझ्नु आवश्यकछ।