काठमाडौँ, जेठ २- नेपाली कङ्ग्रेसका अधिकांश सभासद्ले अब गठन हुने राष्ट्रिय सरकारको नेतृत्व नेपाली कङ्ग्रेसले लिनुपर्ने बताएका छन्। एनेकपा (माओवादी) ले विगतमा गरेको सम्झौताको पूर्ण पालना गरी सहमतीय राजनीतिमा नआई वर्तमान सरकारको नेतृत्व परिवर्तन भने नहुने पनि कङ्ग्रेसले जनाएको छ।
सो पार्टीको संसदीय दलको आज बसेको बैठकमा सहभागी सभासद्ले १२ बुँदे सम्झौता हुँदै संविधानसभाको निर्वाचनसम्म कुशलपूर्वक नेतृत्व गरेका नाताले शान्ति प्रक्रियालाई अन्तिम निष्कर्ष पुर्याउन र संविधान लेखनको जिम्मेवारीलाई पूर्णता दिन पुनः राष्ट्रिय सरकारको नेतृत्व आफ्नो पार्टीले गर्नुपर्ने सुझाव सहभागी सभासद्ले दिएका हुन्।
बैठकले सहमतिका आधारमा शान्ति प्रक्रिया र संविधान निर्माणका लागि प्रतिबद्धता र कार्यान्वयनको सुनिश्चितता तथा कार्यतालिकासहित प्याकेजमा नआएसम्म संविधानसभाको समयावधि बढाउनुको कुनै औचित्य नरहनेसमेत निष्कर्ष निकालेको पार्टी प्रवक्ता अर्जुननरसिंह केसीले जानकारी दिए।
संविधान निर्माण र शान्ति प्रक्रियाको सुनिश्चितता हुन्छ भने तपाईंहरु सरकारको नेतृत्व गर्न किन नकसिने भनी सभासद्ले धारणा राखेका बताउँदै उनले भने- यद्यपि सरकारको नेतृत्व लिनुभन्दा पनि मुख्य उद्देश्य भनेकै संविधान लेखन र शान्ति प्रक्रिया भएकाले नेपाली कङ्ग्रेसले आफ्नो भूमिकालाई सशक्त र प्रभावकारी ढङ्गले प्रस्तुत गर्नुपर्नेमा बैठकमा आवाज उठेको थियो।'
संविधानसभाको म्याद अब १२ दिन बाँकी रहेकाले यसबीचमा संविधान जारी हुन नसक्ने भएकाले अन्य दलसँग म्याद थप्ने वा नथप्नेबारेमा केन्द्रित रहेर सभासद्ले भनाइ राखेको जानकारी दिँदै उनले भने- दलबीचमा सहमति भए नेपाली कङ्ग्रेस सविधानसभाको म्याद थप्ने विषयमा बाधक हुँदैन। आफ्नो पाटी म्याद थप्नुपर्छ भन्ने पक्षमा नै छ।
उनले तर यसका लागि संविधान लेखन र शान्ति प्रक्रियाको सुनिश्चितता हुन भने जरुरी रहेको बताए।