'कसैले हतियार उठाए गर्धन थापेर बस्दैनौँ'-
दाङ, माघ १६- नेपाली काङ्ग्रेसका कार्यवाहक सभापति सुशील कोइरालाले काङ्ग्रेसले तत्काल सरकारको नेतृत्व नगर्ने बताएका छन्। उनले पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई परिवर्तन नगरिने पनि स्पष्ट पारे।
नेपाल प्रेस युनियन, दाङले आज बिहान दाङको घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यवाहक सभापति कोइरालाले काङ्ग्रेस संसदीय दलको हिजोको बैठकमा सभासद्ले काङ्ग्रेसको नेतृत्वमा सरकार गठन गर्नुपर्ने वा पार्टीका तर्फबाट सरकारमा गएका सदस्यहरु परिर्वतन गर्नुपर्ने माग गरेको खुलासा गरे।
सरकारको नेतृत्व परिर्वतन गर्दा मुलुकमा अस्थिरता उत्पन्न हुने हुँदा सरकार परिवर्तन गर्न नहुने उनको भनाइ थियो।
एकीकृत नेकपा (माओवादी)का क्रियाकलापको कडा विरोध गर्दै उनले अब माओवादीका धम्कीका अगाडि काङ्ग्रेस चुप लागेर नबस्ने चेतावनी दिए।
माओवादीलाई नयाँ नक्सलवादीको संज्ञा दिँदै उनले माओवादी पतनको दिशातर्फ अग्रसर रहेको दाबी गरे।
उनले आफ्ना कार्यकर्तालाई कसैले आक्रमण गरे प्रतिवाद गर्न निर्देशन दिँदै कसैले हतियार उठाए काङ्ग्रेस अब गर्धन थापेर नबस्ने बताए। रासस