संविधान निर्माणका विवादित विषय निरुपणका लागि यतिखेर प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा (एमाले) र एनेकपा (माओवादी)ले आन्तरिक, द्विपक्षीय र त्रिपक्षीय छलफल र बैठक तीव्र बनाएका छन्।विवादित विषयमा संविधान सभाभित्र र बाहिरका दल तथा सरोकारवालासँग छलफल गरी सहमति खोज्ने जिम्मा पाएको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले त बितेको सातामात्र करिब दुई दर्जन बैठक गरिसकेको छ।
अघिल्लो संविधान सभाको चार वर्षे कार्यकाल सकिनु १२ दिनअघिमात्र अर्थात् २०६९ जेठ २ गते प्रमुख तीन दलका साथै तत्कालीन मधेसी मोर्चाबीच महत्वपूर्ण सहमति भएको थियो।
त्यस सहमतीमा संघीयताका सन्दर्भमा नेपालका सबै प्रदेश बहुजातीय हुनेछन् भन्ने मानिएको थियो। प्रदेशहरुमा सबै जाति, जनजाति, धर्म, भाषा र संस्कृतिका नागरिकको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार समान रहनेछन्। प्रदेशको संख्या ११ रहनेछ। नामांकन प्रदेश सभाले नै गर्नेछ। प्रदेशहरु जोडिने, अर्को प्रदेश बन्ने वा प्रदेशको कुनै भाग अर्को प्रदेशमा जाने विषयको समाधान गर्न केन्द्रीय संघीय आयोग बनाइनेछ। आयोगको सिफारिसका आधारमा अन्तिम निर्णय संसद्ले लिनेछ भन्ने थियो।
यस्तै शासकीय स्वरुपका हकमा शासकीय प्रणाली मिश्रित रहनेछ। राष्ट्रपतिको निर्वाचन कानुनमा व्यवस्था भएबमोजिम प्रत्यक्ष निर्वाचन प्रणालीबाट हुनेछ। प्रधानमन्त्री संसद्बाट निर्वाचित हुनेछन्। प्रधानमन्त्रीले मन्त्रिपरिषद् गठन गर्नेछ। मन्त्रिपरिषद् तथा यसका सदस्यहरु संसदप्रति सामूहिक तथा व्यक्तिगतरुपमा उत्तरदायी रहनेछन्। शासन पद्धतिमा संसद्को सर्वोच्चता रहनेछ। शासन पद्धतिमा नियन्त्रण र सन्तुलनको व्यवस्था हुनेछ भन्ने सहमति त्यति बेला भएको थियो।
यसैगरी निर्वाचन प्रणालीका बारेमा संसद्को निर्वाचन मिश्रित निर्वाचन प्रणालीबाट गरिने सहमति भएको थियो। तर यो सहमति लागु हुन सकेन। अन्ततः दुई वर्षका लागि निर्वाचित संविधान सभाले पटकपटक म्याद थपेर बढाएको चार वर्षे कार्यकालमा पनि संविधान बनाउन सकेन र विघटित भयो। नयँा संविधान सभा गठनसँगै दलहरुले एक वर्षभित्र संविधान जारी गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। अधिकांश दलले यो प्रतिबद्धता आफ्नो घोषणापत्रमै उल्लेख गरेका छन्। त्यो एक वर्ष संविधान सभाको पहिलो बैठक बसेको मितिले आगामी माघ ८ गते पूरा हुँदैछ। अर्थात् अब जम्माजम्मी पाँच महिना बाँकी छ।
गत २०७० साल जेठ २ को सहमति कार्यान्वयन हुनसकेको भए अघिल्लो संविधासभाबाट संविधान जारी हुन्थ्यो तर भएन। लाग्छ, अझै पनि दलहरू त्यही जेठ २ कै अवस्थामा छन्। अब त्यहाँबाट अघि बढ्नुपर्छ। संवाद समितिका सभापति एवं एमाओवादी नेता बाबुराम भट्टराईले शीर्ष नेताहरुको बैठकमै जेठ २ को सहमतिलाई सन्दर्भ सामग्रीका रूपमा प्रस्तुत गरिसकेका छन्।
भट्टराईले भर्खरै संसदीय रिपोर्टिङ गर्ने वरिष्ठ संवाददाताहरूसँग गरेको छलफल र अर्न्तक्रियामा स्पष्ट रूपमा भनेका थिए – 'संविधानबारे आशावान् छु तर पूरै विश्वस्त हुने बेला भएको छैन। कमरेड प्रचण्ड पनि सहमति जुटाउन लागिरहनु भएकै छ। मुख्य समझदारी निर्माण गर्ने अनौपचारिक र 'ट्रयाक टु' बाटै हो। परिवर्तनलाई छिटो र मन्द गतिमा लैजान खोज्ने दुई दृष्टिकोणबीच टक्करको अवस्था छ। शासकीय स्वरुपभन्दा राज्यको पुनः संरचनाको मुद्दा बढी पेचिलो छ।' त्यस छलफल र अर्न्तक्रियामा पंक्तिकार पनि सहभागी थियो।
तर यसबीच संविधान सभाको संरचना र शक्ति समीकरणमा निकै ठूलो फेरबदल आएको छ। यसअघि दोस्रो र तेस्रो पार्टीको सभासद् संख्या जोड्दा पनि फराकिलो अन्तरसहित पहिलो दलका रूपमा रहेको एमाओवादी यसपटक निकै कम संख्या लिएर तेस्रो स्थानमा छ। अघिल्लो संविधान सभामा माओवादीसँगै 'नयाँ शक्ति' का रूपमा उदाएका मधेवादी दलको अवस्था पनि संख्यात्मक हिसाबले निकै कमजोर भएको छ। जेठ २ को सहमतिबाट पछि हटेका एमाओवादी र मधेसवादी यतिखेर त्यही सहमतिलाई आधार बनाएर अघि बढ्न तयार छन् भने पहिलो र दोस्रो ठूलो दल कांग्रेस एमाले थोरै पछि हटेजस्तै देखिएका छन्।
राज्यको पुनःसंरचनामा कांग्रेस लचिलो
अघिल्लोपटक राज्यको पुनःसंरचनामा कडा अडान लिएको नेपाली कांग्रेसले यसपटक भने त्यसमा लचिलो बन्ने संकेत देखाएको छ। 'हामी यसपटक जसरी भए पनि संविधान जारी गर्नुपर्छ भन्नेमा छौँ। संविधान जारी भयो भने बरु संशोधन गर्दै अघि बढ्न सकिन्छ', कांग्रेसका एक पदाधिकारीले भने, 'तर संविधान नै आएन भने संक्रमण लम्मिएर मुलुक दुर्घटनामा पर्न सक्छ।'
शासकीय स्वरुपमा एमाओदीको लचकता
एमाओदी अध्यक्ष पुष्पकमल दाहालले शासकीय स्वरुपमा लचिलो बन्न सकिने सार्वजनिक अभिव्यक्ति दिएपछि त्यसले पार्टीभित्र र बाहिर तरंग सिर्जना गरेको छ। कांग्रेसलगायतका दलले त्यसलाई सकारात्मक रुपमा लिएका छन्। यद्यपि दाहालले राज्यको पुनःसंरचनालगायत अन्य विषयमा कांग्रेस, एमालेसहितका दल लचिलो हुनुपर्ने सर्त पनि अघिसारेका छन्। संवाद सहमतिका सभापति समेत रहेका एमाओवादी नेता भट्टराईले शासकीय स्वरुपमा प्रत्यक्ष निर्वाचत कार्यकारी र सुधारिएको संसदीय व्यवस्थाबीचबाट सहमति खोज्नुपर्ने बताएका छन्।
मधेसवादीको जोड स्वायत्त प्रदेश
पहिलो संविधान सभा चुनावमा चारवटा रहेका मधेसी दल दोस्रो संविधान सभा चुनावमा उत्रिँदासम्म टुटफुट र विभाजनको कारण झन्डै डेढ दर्जन पुगिसकेका छन्। यसरी ६ वर्षको अवधिमै टुटफुट भई धेरै पार्टी बनेर चुनावमा प्रतिस्पर्धा गरेका उनीहरुको दोस्रो संविधान सभामा गणितीय हिसाबले कमजोर उपस्थिति छ। विसं २०६४ मा 'एक मधेस एक प्रदेश'लगायत मधेस आन्दोलनका विषय अघि सारेर संविधान सभामा राम्रो हैसियत बनाएका मधेसी दलले यस पटक त्यो हैसियत कायम राख्न सकेनन्। तैपनि मधेस केन्द्रित दलले २०६३ देखि नै उठाउँदै आएका विषयलाई नै संविधानमा समेटिनुपर्ने अडान लिएका छन्। संघीयताका क्रममा मधेसलाई पहाडसँग मिलाउन नहुनेमा सबैजसो मधेसी दल एक छन्। बरु उनीहरुले संविधानमा बाधक नबन्न मेचीदेखि महाकालीसम्मको भागलाई दुई प्रदेश बनाउन सकिने प्रष्ट पारेका छन्।
शासकीय स्वरुप र संघीयतामा राप्रपाको धारणाः
राष्ट्रिय प्रजातन्त्र पार्टी संवैधानिक राष्ट्रपति र संसद्बाट निर्वाचित तथा संसद्प्रति जवाफदेही कार्यकारिणी अधिकारयुक्त प्रधानमन्त्री रहने र केन्द्रमा द्वि सदनात्मक व्यवस्थापिका भएको शासकीय स्वरुपको पक्षमा छ। संघीयताको सिद्धान्तअनुरुप राज्यको पुनर्सरचनालाई राप्रपाले अंगीकार गरेको छ र सामर्थ्य, पहिचान, भूगोल र ऐतिहासिक पृष्ठभूमिलाई संघीय संरचनाको आधार मानेको छ। यी चारवटा आधारमा मुलुकमा सातवटा संघीय राज्य (तराई/मधेसमा दुईवटा र पहाड–हिमालमा पाँचवटा प्रदेश) बनाउने प्रस्ताव गरेको छ।
असोजभित्रै पहिलो मस्यौदाः
संविधान सभामा प्रतिनिधीत्व गर्ने सबै दलले सभाबाटै पारित गरेको कार्यतालिकामा भदौ मसान्तभित्र विवादित विषय निरुपण गर्ने र असोज मसान्तभित्र संविधानको पहिलो मस्यौदा तयार पार्ने लक्ष्य र उद्देश्य तय गरेका छन्। आफ्नै प्रतिबद्धता पालना गर्ने हो भने विवादित विषय निरुपणका लागि अब दलहरूसँग धेरै समय छैन। त्यसैले पनि सायद उनीहरुले आन्तरिक, द्विपक्षीय र बहुपक्षीय छलफल तीव्र पारेका हुन्।
माघ ८ गते संविधानः
अन्य विषय थाती राखेर संविधानमै केन्द्रित भए कार्यतालिकाअनुसार काम सम्पन्न गर्न गाह्रो छैन। तर सबै पक्ष लचिलो हुनु जरुरी छ र अहिले दलहरूमा देखा पनि परेको छ। यसले नेताहरुमा कर्तव्यबोध भएको देखिन्छ। हुनत, केही नेताले 'आउँदो माघ ८ मा संविधान जारि नभए आकाश खस्दैन' भन पनि थालेका छन्। तर, प्रायः सबै दलले एक वर्षमै संविधान जारी गर्ने प्रतिबद्धता निर्वाचन घोषणापत्रमै उल्लेख गरेका र त्यसलाई नेपाली जनताले गत मंसिर ४, २०७० को चुनावबाट अनुमोदनसमेत गरेकाले त्यो नैतिक बाध्यता बनेको छ। त्यसविपरीत फेरि 'संविधान सभाको समय अवधि चार वर्ष छ, बिस्तारै गरौँला' भन्ने हो भने जनता निराश हुनेछन्। त्यसैले दल र तिनका नेताले एक वर्षभित्रै अर्थात् आगामी माघ ८ गते संविधान जारी गर्नु अत्यावश्यक देखिन्छ। मुलुक र जनताप्रतिको इमानदारी एवं जवाफदेहीलाई समेत ख्याल गर्दै जननिर्वाचित संविधान सभाले आगामी २०७१ माघ ८ गते 'संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल'को संविधान जारी गर्ने संभावना प्रबल देखिन्छ। त्यति हुनसके आफ्नो संविधान आफैँले बनाउने सार्वभौम नेपाली जनताको ६० वर्ष लामो सपना साकार हुनेछ।
राप्रपाका सहायक प्रवक्ता