एमाले अध्यक्षको विश्लेषण- जेठ १४ मा संविधान बन्ने 'आधार छैन'
२२ फागुन २०६८
•
२२ मिनेट पाठ
एमाले अध्यक्षको विश्लेषण- जेठ १४ मा संविधान बन्ने 'आधार छैन'
'नयाँ खाले अधिनायकवादमा जाने जोखिम'-
काठमाडौं, फागुन २३ (नागरिक)- जेठ १४ मा संविधान निर्माण होला? त्यो मितिमा संविधान निर्माण नभए के होला? राजनीतिक दलहरुमाझै द्विविधा भइरहेका बेला प्रतिपक्षी एमालेले 'जेठ १४ भित्र संविधान निर्माण र शान्ति प्रक्रिया पूर्ण हुने सुनिश्चित आधार तयार भइनसकेको' निष्कर्ष निकालेको छ।
'त्यस्तो स्थितिमा मुलुकमा नयाँखाले अधिनायकवाद, अराजकता तथा राष्ट्र र जनतासामु गम्भीर चुनौती खडा हुनसक्ने जोखिम रहेको' तर्फ एमालेले संकेत गरेको छ।

राष्ट्रिय राजनीतिमा पाँच प्रवृत्ति
प्रतिगामी तथा पुनरुत्थानवादी प्रवृत्ति : राजावादी/राप्रपा
क्षेत्रीयतावादी, बिखण्डनवादी तथा संकीर्ण जातिवादी प्रवृत्ति : मधेस केन्द्रित दल र अन्य जातिवादी तथा क्षेत्रीयतावादी समूह

उग्रवामपन्थी अराजतावादी प्रवृत्ति : माओवादी
यथास्थितिवादी सुधारवादी प्रवृत्ति : कांग्रेस
लोकतान्त्रिक क्रान्तिकारी प्रवृत्ति : एमाले

 

राजधानीमा भएको राष्ट्रिय प्रतिनिधि परिषद बैठकको बन्द सत्रमा सोमबार राजनीतिक दस्तावेज प्रस्तुत गर्दै पार्टी अध्यक्ष झलनाथ खनालले 'शान्ति र संविधानको सुनिश्चितता भइनसकेको' र 'त्यसपछि अधिनायकवादको खतरा रहेको' औंल्याए। उनले त्यस्तो परिस्थिति सामनाका लागि तयार रहन नेता-कार्यकर्तालाई आह्वानसमेत गरेका छन्। 'जस्तोसुकै प्रतिकूलता उत्पन्न भए पनि लोकतान्त्रिक उपलब्धि गुम्न नदिन, मुलुकमा कुनै पनि अतिवाद र अधिनायकवाद स्थापित हुन नदिन र मुलुकलाई अराजकता तथा अस्थिरतातिर जान नदिन लोकतन्त्रको पहरेदार बनेर भूमिका खेल्नु पर्नेछ,' दस्तावेजमार्फत खनालको आह्वान छ, 'यी कुरालाई ध्यानमा राखेर हामीले अहिलेदेखि नै पार्टी निर्माणको काम चौतर्फीरुपले अघि बढाउनुपर्छ।'

खनालले राष्ट्रिय राजनीतिमा देखापर्न सक्ने सम्भावित चुनौती सामना गर्नकै लागि पार्टीलाई एकताबद्ध बनाएको छनक दिएका छन्। आठौं राष्ट्रिय महाधिवेशनपछि पार्टीभित्र देखापरेको अस्वस्थ स्थिति अन्त्य भएको घोषणा गर्दै उनले भने, 'अब पार्टीभित्र स्वस्थ, जिवन्त र आत्मीय स्थिति सिर्जना गर्नुपर्छ। संकीर्ण आग्रह र विभेदकारी मानसिकताबाट हामी हरेकले आफूलाई मुक्त गर्नुपर्छ। पार्टी एकताबद्धरुपमा क्रियाशील भएर अघि बढ्न थाल्यो भने देशको कम्युनिस्ट आन्दोलनमा ठूलो हलचल पैदा हुनेछ।'

खनालले आफ्नो पार्टी संविधानसभामा तेस्रो स्थानमा रहेकाले उग्रवामपंथी अतिवादको बाटोमा रहेको एकीकृत माओवादी र यथास्थितिवादी सुधारवादको बाटोमा रहेको नेपाली कांग्रेसलाई शान्ति, संविधान र अग्रगमनको बाटोमा अघि बढ्न कठीन भएको बताएका छन्। चुनौती र कठिनाई जतिसुकै भए पनि परिवर्तनको प्रक्रिया अघि वढाउन पार्टीले विशेष पहल गर्ने खनालको भनाइ छ।

'शान्ति र संविधान निर्माणमा भइरहेको ढिलाइले जनतामा निरासा बढ्दो छ, प्रतिगामी र पुनरुत्थानवादी शक्ति सलबलाउन थालेका छन्,' राजनीतिक परिस्थिति विश्लेषण गर्दै खनालले दस्तावेजमा उल्लेख गरे, 'संक्रमणकाल लम्बिँदै जानु, राजनीतिक अस्थिरता बढ्दै जानु, परिवर्तनको लाभ जनतासमक्ष पुग्न नसक्नु र राज्यको प्रभावकारी, भूमिका र विश्वसनीयता कमजोर हुँदै जानुले समाजमा एक किसिमको असन्तुष्टि, आक्रोस र अराजकता बढ्न थालेको छ।'

चारबुँदे सहमतिको जगमा मधेसी मोर्चाको समर्थनमा निर्माण भएको बाबुराम भट्टराई नेतृत्वको सरकारप्रति सुरुमा 'पर्ख र हेर' को नीति लिए पनि सरकारका गतिविधिले उसलाई निरीह, असक्षम, औचित्यहीन र असान्दर्भिक प्रमाणित गरिदिएको बताउँदै खनालले सरकारको राजिनामा माग गरेका छन्। 'सातबुँदे सहमतिबाट पछाडि हटेको यो सरकारको औचित्य सबै हिसाबले समाप्त भएको छ। तसर्थ, राष्ट्रिय सहमतिको मार्गबाट शान्ति र संविधानको गन्तव्यमा पुग्न वर्तमान सरकारका सामु अविलम्ब राजीनामा गर्नु बाहेक अर्को विकल्प छैन,' उनले भनेका छन्।

सरकारले राष्ट्रलाई गुमराहमा राखेर भारतसँग गरिएको बिप्पा संझौता, नेपाली किसानको हितका निम्ति भारतीय कृषि उपजमा लाग्दै आएको सेवाशुल्क हटाउने नेपाली किसानविरोधी सम्झौता, सर्वत्र व्याप्त भ्रष्टाचार, प्रशासन तथा सुरक्षा अंगमा गरिएको नांगो राजनीतिक हस्तक्षेप, संविधान र कानुनका व्यवस्थाको निरन्तर उलङ्घन, माओवादी र मधेसी मोर्चाका पक्षमा राज्यशक्तिको दुरुपयोग र स्रोत साधनको दोहन, अभाव, महंगी, हिंसा, हत्या, अपहरण र गुण्डाराजको बिगबिगी गराएको भन्दै खनालले प्रधानमन्त्री भट्टराईको राजिनामा माग गरेका हुन्।

राष्ट्रिय राजनीतिका पाँच प्रवृत्ति

खनालले राष्ट्रिय राजनीतिमा प्रतिगामी तथा पुनरुत्थानवादी प्रवृत्ति, क्षेत्रीयतावादी, बिखण्डनवादी तथा संकीर्ण जातिवादी प्रवृत्ति, उग्रवामपन्थी अराजतावादी प्रवृत्ति, यथास्थितिवादी सुधारवादी प्रवृत्ति र लोकतान्त्रिक क्रान्तिकारी प्रवृत्ति गरी प्रमुख पाँच प्रवृत्ति रहेको बताउदै दस्तावेजमा त्यसको विश्लेषण गरेका छन्। राजावादी तथा घोर दक्षिणपन्थी चरित्रका राप्रपा नेपालजस्ता पार्टी, समूह तथा व्यक्तिले प्रतिगामी तथा पुनरुत्थानवादी प्रवृत्तिको प्रतिनिधित्व गरेको बताउँदै खनालले भनेका छन्, 'यो प्रवृत्तिको पुनरुत्थानको प्रयासलाई हरघडी नाकाम सावित गर्नुपर्दछ र क्रमशः निर्मूलनको दिशातिर धकेल्दै लैजानु पर्दछ। नयाँ संविधानको घोषणा भएपछि यो प्रवृत्तिको अन्त्य हुनेछ।'

जातिवाद, क्षेत्रीयतावाद र बिखण्डनवादलाई पक्षपोषण गर्ने 'क्षेत्रीयतावादी, बिखण्डनवादी र संकीर्ण जातिवादी प्रवृत्ति' पछिल्ला दिनहरुमा क्रमशः झाँगिदै गएको र यो प्रवृत्तिलाई कतिपय मधेस केन्द्रित दलहरु र अन्य जातिवादी तथा क्षेत्रीयतावादी समुह र व्यक्तिले प्रतिनिधित्व गर्ने खनालको भनाइ छ। त्यस्तै उग्रवामपन्थी अराजतावादी प्रवृत्तिको प्रतिनिधि चाहिँ एनेकपा (माओवादी) रहेको एमालेको ठहर छ।

काग्रेसलाई भने 'यथास्थितिवादी सुधारवादी प्रवृत्तिको मुख्य बाहक' रहेको खनालले दस्तावेजमा उल्लेख गरेका छन्। 'लोकतन्त्रको पक्षमा यो शक्तिले निर्वाह गरेको सकारात्मक भूमिकालाई समर्थन र सदुपयोग गर्नुपर्दछ र त्यसका निम्ति घनिष्ट सहकार्यसमेत गर्नुपर्दछ,' दस्तावेजमा उल्लेख छ। तर, यथास्थितिवादी मानसिकता, विशेषगरी सामाजिक-आर्थिक क्षेत्रमा अगाडि बढ्न नचाहने प्रवृत्तिबिरुद्ध भने वैचारिक तथा राजनीतिक संङ्घर्ष संचालन गर्नुपर्ने पनि उनले दस्तावेजमा उल्लेख गरेका छन्। उनले दस्तावेजमा आफनो पार्टी एमालेलाई भने 'लोकतान्त्रिक क्रान्तिकारी प्रवृत्ति'को मुख्य प्रतिनिधि रहेको बताउँदै यो शक्ति 'अधिनायकवाद, यथास्थितिवाद र बिखण्डनवादको बिरुद्धमा रहेको' बताएका छन्। नीति र विचारको हिसाबले मुलुकको नेतृत्वदायी शक्ति पनि एमाले नै भएको खनालको जिकिर छ।

माओवादी क्रियाकलापको प्रतिवाद

एनेकपा (माओवादी) उग्रवामपन्थी अराजकतावादको भारीले थिचिएका कारण त्यस शक्तिभित्र दक्षिणपन्थी दिशामा छलाङ हाल्ने खतरा देखिँदै गएको खनालको विश्लेषण छ। 'त्यो शक्तिभित्र प्रकट भइरहेका विभिन्न प्रवृत्ति एक आपसमा नराम्रो गरी टकराउने स्थिति पनि देखा परिरहेको छ। यस्तो अवस्थामा त्यस शक्तिले मुलुकलाई सही दिशामा मार्गदर्शन गर्न सक्ने स्थिति नै देखिँदैन,' दस्तावेजमा छ।

खनालले नेपालको शान्तिप्रक्रियामा माओवादीले उपयुक्त सहमति गर्न तयार नहुने, भएका सहमति समयमै कार्यान्वन नगर्ने, सहमति भएलगतै त्यसको गलत ब्याख्या गर्ने र सहमतिबाट पछि हट्न खोज्ने जस्ता प्रवृत्ति बारम्बार दोहोर्‍याउने गरेको उल्लेख गरेका छन्। 'शान्तिप्रक्रियाबाट माओवादीलाई भाग्न नदिन र यसलाई सार्थक निष्कर्षमा पुर्‍याउन हामीले अथक र कष्टसाध्य प्रयत्न गर्नु जरुरी छ,' दस्तावेजमा छ, 'लडाकु समायोजन र पुनःस्थापना र केही आयोग निर्माण गर्ने मात्र काम होइन, यसक्रममा हामीले भविष्यमा पनि हिंसा वा विद्रोहका सम्भावना बिरुद्ध समेत जनतालाई सचेत र जागरुक पार्नैपर्छ।'

समायोजनको काम सहज ढंगले अगाडि बढाउनुपर्नेमा माओवादी समायोजनको संख्या थप गर्नुपर्ने, ठूलो संख्यामा कमाण्डरसहित दर्जा राजनीतिकरुपमै तय गरिनुपर्नेजस्ता नयाँ-नयाँ सर्त तेर्स्याउँदै समायोजन प्रक्रियामा ढिलाइ गरिरहेको खनालको भनाइ छ। माओवादीले कब्जा घरजग्गा र सम्पत्ति फिर्तालगायतका काममा अवरोध गरेको र सातबुँदे सहमतिअनुरुप अघि बढ्नुपर्नेमा सरकारले कथित जनसत्ताको नाममा भएका अवान्छित र स्वेच्छाचारी क्रियाकलापलाई मन्त्रिपरिषदको निर्णयका आधारमा वैधता दिने कोशिश गरेको खनालको भनाइ छ। दलभित्रको आन्तरिक विवाद हल गर्ने नाममा माओवादी सातबुँदे सहमतिबाट पछि हटेको पनि खनालले बताए।

शान्ति प्रक्रियालाई सफल वनाउने सन्दर्भमा माओवादीका सोच र व्यवहार नै मुख्य समस्या बनेको बताउँदै खनालले 'त्यस्ता गलत सोच र व्यवहारको दृढतापूर्वक प्रतिवाद गर्दै, सहमतिबाट पछि हट्ने माओवादीका काम र क्रियाकलापको खण्डन र प्रतिवाद गर्दै सातबुँदे सहमतिकै आधारमा शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन पहल गर्नुपर्ने' बताएका छन्।

खनालले 'पहिचान र सामर्थ्यलाई आधार बनाएर प्रदेशको सङ्ख्या, नामाङ्कन, सीमाङ्कन र अन्य बिषयको टंुगो लगाउनुपर्ने' बताएका छन्। 'एक मधेस : एक प्रदेशको प्रस्ताव अनुचित भएको बताउँदै त्यस्तो प्रस्ताव अस्वीकार गर्नुपर्ने पनि बताएका छन्। उनले 'युगौंदेखि सद्भावपूर्ण सामाजिक संरचनामा बसेका जनतालाई विभिन्न किसिमका भ्रमहरु सिर्जना गरेर विभाजित गर्न नहुने र केन्द्रको अधिकार प्रदेशलाई पुनःवितरण गर्नेक्रममा स्थानीय सरकारलाई कमजोर गर्न नहुने' पार्टीको धारणा रहेको प्रष्ट्याएका छन्। 'जातीय अहंकारवाद र जातीय संकीर्णतावादले नेपाली समाज र राष्ट्रलाई कमजोर नबनाओस् भन्नेमा सजगता अपनाउनु पर्दछ,' दस्तावेजमा छ।

राजनीतिक प्रतिवेदनमा आठौं राष्ट्रिय महाधिवेशनयताका पार्टी कामको समीक्षा पनि गरिएको छ। आफ्नै पार्टीको नेता माधवकुमार नेपाल प्रधानमन्त्री बनेको बेला होस् वा अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री बन्दा पार्टीभित्र देखिएको विवाद समीक्षा गर्ने काम गरिएको छ। नेपाल नेतृत्वको सरकारको पालामा उपाध्यक्ष वामदेव गौतमको अगुवाइमा ६० जना नेता/कार्यकर्ताको नामबाट प्रधानमन्त्रीका बिरुद्धको ज्ञापनपत्र सार्वजनिक हुँदा पार्टीभित्र गम्भीर समस्या देखिएको र माओवादीलाई उत्साहित गरेको' पनि दस्तावेजमा उल्लेख छ।

आठौं महाधिवेशनपछि पार्टीको नेतृत्वपंक्तिमा अपेक्षित एकता कायम हुन नसकेको, नेतृत्वपंक्ति भित्रै असमझदारी देखिएको र आपसी सम्बन्ध स्वस्थ हुन नसकेको पनि प्रतिवेदनमा छ। पार्टीमा 'गुटवन्दी, अराजकता र अनुशासनहीनता देखापरेको' र त्यसले पार्टीलाई कमजोर बनाएको पनि प्रतिवेदनमा छ। पार्टीको महाधिवेशन तथा विभिन्न तहका अधिवेशन र जनवर्गीय संगठनका सम्मेलनमा भएका निर्वाचनमा देखिएको समूबद्धताले पार्टीलाई एकतावद्ध बनाउन बाधा गरेको निष्कर्ष पनि दस्तावेजमा छ। त्यसैले समूहबद्ध निर्वाचनको प्रचलन अन्त्य गर्दै निर्वाचनमा व्यक्तिगत तवरले उम्मेदवारी दिने तथा मतदान पनि व्यक्तिगतरुपमा नै गर्ने पद्धति स्थापित गर्न नेताहरु प्रतिबद्ध भएको दस्तावेजमा छ।

अन्य दुई प्रतिवेदन
सोमबार प्रतिनिधि परिषदको बैठकमा पार्टी महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रतिवेदन र अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले अनुशासनसम्बन्धी प्रतिवेदन पनि प्रस्तुत गरेका छन्। पोखरेलको प्रतिवेदनमा आठौं महाधिवेशन यताको संगठनात्मक गतिविधि उल्लेख गरेका छन्। उनले प्रतिवेदनमा संगठित सदस्यको संख्या १ लाख ६० हजार १ सय ४८ पुगेको उल्लेख गरेका छन्।

बोहराले प्रस्तुत गरेको प्रतिवेदनमा आठौं महाधिवेशन यता अनुशासन उल्लंघनका विषयमा भएका उजुरीमाथि भएको छानबिनलाई विस्तृत रुपमा उल्लेख गरिएको छ। तत्कालीन अर्थ राज्यमन्त्री ल्हारक्याल लामाको नागरिकता विवाद, उपाध्यक्ष वामदेव गौतमको हस्ताक्षर प्रकरण, सभासद नारदमुनि रानाबाट भएको रातो पासपोर्ट दुरुपयोगलगायत घटनामाथिको छानबिन र निचोड प्रतिवेदनमा छ।

मगलवार आर्थिक विभाग, सल्लाहकार परिषद र केन्द्रीय लेखा परीक्षण आयोगको प्रतिवेदन प्रस्तुत भएपछि समूहगत विभाजन गरी प्रतिवेदनमाथि छलफल गर्ने कार्यक्रम छ। प्रचार प्रसार उपसमितिका संयोजक रघु पन्तका अनुसार सोमबारको बैठकले प्रस्ताव मस्यौदा कमिटी, माइन्युट कमिटी र बहस नोट कमिटी गठन गरेको छ। मस्यौदा कमिटीमा शंकर पोखरेल, प्रदीप ज्ञवाली, रघु पन्त, रामचन्द्र झा, पृथ्वी सुब्बा गुरुङ, छविलाल विश्वकर्मा, भीम रावल, विन्दा पाण्डे, सूर्य थापा र विष्णु रिजाल छन् भने माइन्युट कमिटीमा काशीनाथ अधिकारी, विष्णु रिमाल, गंगालाल तुलाधर, धर्मनाथ साह र योगेश भट्टराई छन्। त्यस्तै बहस नोट कमिटीमा राजेन्द्र पाण्डे, नागेन्द्र चौधरी, प्रकाश ज्वाला र भानुभक्त ढकाल छन्।

पार्टीको आर्थिक अवस्था 'प्रतिकूल'
एमाले अध्यक्ष खनालको राजनीतिक दस्तावेजमा कामको क्षेत्र विस्तार भएअनुसार आय बढ्न नसक्दा पार्टीको आर्थिक प्रतिकूल बनेको उल्लेख छ। विगतमा जस्तो आर्थिक काम पार्टी कामको नियमित अंग बन्न नसकेको र सदस्यता शुल्क तथा लेबी पनि समयमै नउठ्दा सबै कमिटी आर्थिक हिसाबले ग्रसित बनेको बताइएको छ।

'अहिले सबैजसो कमिटी आर्थिकरूपले समस्याग्रस्त छन्। हाम्रोजस्तो राजनीतिक कार्यदिशा भएको पार्टीले सदस्यता शुल्क र लेबीलाई नियमित गर्नु, आर्थिक संकलनका लागि विशेष कार्यक्रम आयोजना गर्नु र आमजनताबाट आर्थिक संकलन गर्नुबाहेक अर्को तरिकाबाट आर्थिक व्यवस्थापन गर्न सक्दैन र अन्यथा गर्नु उचित पनि हुँदैन,' दस्तावेजमा भनिएको छ, 'आगामी दिनहरु राजनीतिकरूपले बढी चुनौतीपूर्ण छन् र तिनको सामना गर्न अपनाउने विभिन्न राजनीतिक अभियानका लागि आर्थिक व्यवस्थापन गर्नु उत्तिकै आवश्यक छ।'
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस