असंवैधानिक सहमति
०५ भदौ २०७१
•
११ मिनेट पाठ
असंवैधानिक सहमति
देशको संविधान तथा ऐन/कानुनप्रति असहमति जनाउन नागरिक स्वतन्त्र छन् तर प्रचलित कानुन उल्लंघन गर्ने छुट कसैलाई हुँदैन। कानुनको अपमान गर्नेले सजाय भोग्छ/भोग्नुपर्छ।न्यायालयको फैसलाप्रति कसैलाई चित्त नबुझ्न सक्छ तर अदालतका आदेश पालन गर्दिन भन्न पाइँदैन। त्यस्तै, देशको मूल विधान तथा प्रचलित कानुनविपरित सम्झौता तथा सहमति गर्न पाइँदैन। अन्यथा गरिए त्यस्ता लिखत स्वतः बदर हुन्छन्। उल्लिखित कुरा कानुनी राज्यका चरित्रमा पर्छन्। नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओली नेपाली कांग्रेस र एमालेबीच भएको ७ बँुदे सहमतिमा उल्लिखित वर्तमान राष्ट्रपति र उपराष्ट्रपतिलाई संसदले अनुमोदन गर्नुपर्ने भन्दैछन् र त्यसको समर्थनमा नेपाली कांग्रेसका अर्जुननरसिंह केसीलगायत नेता देखिए। 




बहुमत सांसदले प्रधान मन्त्री चुन्ने संसदीय प्रजातन्त्रमा सरकार प्रमुखले संसद्मा अविच्छिन्न बहुमत राख्नुपर्ने हुन्छ। त्यसकारण संसदीय प्रजातान्त्रिक मुलुकमा प्रधान मन्त्रीले आफ्नो बहुमत पुष्टि गर्न बेलामौकामा संसद्मा विश्वासको मत लिन्छन्। तद्अनुरूप नै नेपालको अन्तरिम संविधानको धारा ५५(क)ले प्रधान मन्त्रीले संसदमा विश्वासको मत लिने व्यवस्था गर्यो। बहुमत सभासद्को विश्वास आफूप्रति कायम नरहे प्रधान मन्त्रीले पद त्याग गर्नुपर्छ र अर्को व्यक्ति प्रमुख कार्यकारी बन्छ। लामो समयदेखि संसदीय प्रजातन्त्रको अभ्यास गरेकाले पनि होला, नेताहरुमा नवस्थापित निकाय राष्ट्रपतिले समेत विश्वासको मत लिनुपर्ने भ्रम पर्यो। परिणामतः ७ बुँदे सहमतिमा राष्ट्रपतिलाई संसदले अनुमोदन गर्नुपर्र्ने प्रावधान लेखियो। राष्ट्रपति अनुमोदन संविधान अनुकूल छ/छैन? ससदीय अनुमोदनको दीर्घकालीन प्रभाव के पर्ला भन्नेमा ध्यान दिउँ। 
नेपालको अन्तरिम संविधानको धारा ३६ (ग) ले राष्ट्रपतिको पदावधि संविधान सभाबाट जारी हुने संविधान प्रारम्भ नभएसम्मका लागि हुने भनेको र सर्वोच्च अदालतले समेत संविधान सभाको प्रत्येक निर्वाचनपछि राष्ट्रपतिको निर्वाचन गर्नु नपर्ने बरु उनको पदावधि अर्को संविधान जारी नहुँदासम्म कायम रहनेगरी न्यायिक निवारण गरिसकेको अवस्थामा रामवरण यादवलाई राष्ट्रपतिका रूपमा अर्को व्यक्तिले प्रतिस्थापन गर्न संविधानको धारा ३६ (ङ) मुताबिक राष्ट्राध्यक्षको पद खाली हुनुपर्छ। उक्त धाराले मृत्यु भए वा स्वयंले राजीनामा दिएको अवस्थाबाहेक राष्ट्रपतिको पद रिक्त हुन उनको विरुद्ध महाअभियोगको प्रस्ताव पारित हुनुपर्ने भन्छ। राष्ट्राध्यक्षविरुद्ध महाअभियोग लाग्न उनले संविधानको गम्भीर उल्लंघन गरेको कुरालाई तत्काल कायम रहेका संख्याको दुई तिहाई सभासद्ले प्रस्तावको समर्थन गर्नुपर्छ। तसर्थ, राष्ट्रपतिलाई पदच्युत गर्न २ सर्त पूरा गर्नुपर्ने देखियो। प्रथमतः राष्ट्रपतिले संविधानको गम्भीर उल्लंघन गरेको पुष्टि हुनुपर्ने हुन्छ। त्यसपछि मात्र राष्ट्रपतिलाई दुई तिहाई सभासद्ले हटाउन सक्छन्। संविधानको अन्तिम व्याख्याता सर्वोच्च अदालत रहेकाले राष्ट्रपतिले संविधानको गम्भीर उल्लंघन गरेको उच्च न्यायालयको निसानीबेगर संविधान सभाले राष्ट्रपति हटाउन नसक्ने कुरा स्मरणयोग्य छ। 
राष्ट्रपतिले संविधानको गम्भीर उल्लंघन गरेका छन्/छैनन्, त्यता हेरौँ। तत्कालीन प्रधान मन्त्री पुष्पकमल दाहालले पदच्युत गरेका सेना प्रमुख रुक्मांगत कटवाललाई पुनर्स्थापना गर्नु र खिलराज रेग्मीको पालामा लोकमान सिंहलाई अख्तियारको प्रमुखमा नियुक्त गर्नु राष्ट्रपति रामवरण यादवले गरेका दुई बहुचर्चित निर्णय थिए। प्रचण्डले कटवाललाई बर्खास्त गर्दा सरकारको सहयात्री एमालेसमेतलाई सहमतिमा नलिएको र बहुमत सभासद्ले सरकारको सेना प्रमुख बर्खास्तीको निर्णय सच्याउन राष्ट्रपतिसमक्ष दर्खास्त दिएपछि मात्र कटवाललाई उनले पुनर्स्थापित गरे। तसर्थ, राष्ट्रपतिको उक्त निर्णय गैरन्यायिक हो भने त्यसको मतियार नेपाली कांग्रेस र एमाले नै हुन्। जहाँसम्म लोकमानको अख्तियारमा नियुक्तिको विषय छ, नेपाली कांग्रेस, एमाले, एमाओवादी तथा मदेशवादी दलको संयुक्त सिफारिसमा तत्कालीन प्रधान मन्त्री खिलराज रेग्मीको सिफारिसमुताबिक कार्कीलाई अख्तियार जिम्मा लगाउनु नै राष्ट्रपति यादवको गम्भीर भूल हो भने त्यसको सिफारिसकर्ता कसरी चोखा होलान्? परिस्थिति नियाल्दा राष्ट्रपति यादव स्वेच्छाचारीरूपमा संविधान उल्लंघनको घटनामा मुछिएको नदेखिएकाले कानुनीरूपमा संविधान सभाका दुई तिहाईको त के कुरा सबै सभासद् उनका विरुद्ध गए पनि संविधानको धारा ३६ (ङ) मुताबिक राष्ट्रपतिलाई महाअभियोग लगाउन सक्दैन बरु उनलाई हटाउन संविधान संशोधन अपरिहार्य बन्छ। 

अब एकछिन राष्ट्रपति अनुमोदनसम्बन्धी काल्पनिक प्रश्न र त्यसको उत्तर हेरौँ। एमाले तथा कांग्रेसका केही व्यक्तिले चाहेमुताविक राष्ट्रपतिलाई संसदले अनुमोदन गर्नुपर्ने प्रस्ताव छलफलसहित मतदानमा गए के हुन्छ? संविधानको लिखत विपरित भएका सम्झौता तथा मतदानको वैधानिक हैसियत शून्य हुन्छ। कदाचित ७ बँुदे सहमतिमुताबिक संसदमा राष्ट्रपति अनुमोदन प्रस्तावलाई बहुमत सभासद्ले अस्वीकृत गरे राष्ट्रपतिको पद खालि हुने ठान्छ एक पक्ष। बहुमत सांसदले राष्ट्रपति चुन्ने तर उनलाई हटाउन दुई तिहाई समर्थकको दरोकार पर्ने भएकाले बहुमतले अनुमोदन नगर्दैमा राष्ट्रपतिको पद खाली हँुदैन। संसद्ले राष्ट्रपति अनुमोदन गर्दा वा नगर्दाको अवस्थामा राष्ट्रपतिको कुर्सी नहल्लने भएकाले राष्ट्रपति अनुमोदनको बँुदा आफैँमा बदर परिच्छेक देखियो। संविधान निर्माणको विषयलाई ओझेल पार्दै अस्तित्वबिहीन राष्ट्रपति अनुमोदनको विषयमा समय खेर फाल्ने व्यक्तिले नेतृत्व गर्ने दलले मूल कानुन लेख्दैन भन्ने बहसलाई अन्यथा भन्न सकिन्न। 
जननिर्वाचित प्रतिनिधिहरु सबै विषय र प्रचलित नियमसँग परिचित हुनैपर्छ भन्ने होइन। कानुनको ज्ञान नभएको व्यक्ति सभासद् चुनिनु अन्यथा होइन तर न्यायिक अवोधताकै अवस्थामा उसले आफ्नो पदावधि भुक्तानी गर्नु शोभनीय होइन। सभासद् चुनिँदा जे/जस्तो भए पनि उसले कार्यकालमा आफ्नो क्षमतालाई परिमार्जन गर्न सकेन भने संविधान सभाले आफ्नो दायित्व निर्वाह गर्न नसकेको भन्नैपर्ने हुन्छ। अमेरिकामा सबै सिनेटर र उनका सहयोगीले पद ओगटेको ६० दिनभित्र अनिवार्यरूपले नैतिक शिक्षाको तालिम पास गर्नैपर्छ। त्यस्तै अस्टे्रलियामा सबै निर्वाचित पदाधिकारीले योग्यता परीक्षणमा सामेल भई उत्तीर्ण गर्नुपर्ने व्यवस्था देखियो। ती मुलुकहरुले निर्वाचित पदाधिकारी मर्यादित र नियम/कानुनप्रति जानकार रहून् भन्नाका लागि नै त्यस्ता तालिमको व्यवस्था गरे। विगतमा सभासद् भनेको सर्वज्ञान सम्पन्न हुन्छन् भन्ने ठानिनु र तालिम लिँदा उनीहरुको मर्दनमा आघात पर्ने ठानेका कारण अहिले सभासद्हरु राष्ट्रपति अनुमोदन जस्तो अस्तित्वबिहीन विषयमा फसे। र, संविधान निर्माण ओझेलमा पर्यो। जन मतबाट खारिनु सांसदको प्राथमिक गुण हो तर त्यस्ता प्रतिनिधि आफ्ना दायित्व पूरा गर्न सक्छन्/सक्दैनन् र दायित्व निर्वाहका खातिर उनीहरुमा कस्ता तालिम आवश्यक पर्छ, त्यसको परीक्षण गरिनुपर्ने हुन्छ। राज्य सञ्चालनका सामान्य विधिसमेत थाहा नपाउने सभासद्ले कानुन निर्माणमा उल्लेख्य सहयोग गर्ने अवस्था नरहेकाले उनीहरुलाई सामान्य अभिमुखीकरण तालिम आवश्यक देखियो। उक्त कुराको संयोजन संसद् सचिवालयले गर्नुपर्ने देखियो।
अर्को समाचार
राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गर्नु असंवैधानिक कदम: राठौर
०५ असोज २०७९
•
१ मिनेट पाठ
राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गर्नु असंवैधानिक कदम: राठौर
नेपालगन्ज विमानस्थलमा कांग्रेस सह–महामन्त्री किशोरसिंह राठौंर। तस्बिर: अर्जुन/नागरिक
नेपाली कांग्रेसका सह–महामन्त्री किशोरसिंह राठौरले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गर्नु असंवैधानिक कदम भएको बताएका छन्। ‘राष्ट्रपतिको यो असंवैधानिक कदम हो, यसमा चाही नेपाली कांग्रेसको सहमति छैन,’ नेपालगन्ज विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने। ‘राष्ट्रपतिलाई पहिलो चोटी फिर्ता गर्न अधिकार भएपनि दोस्रो पटक पनि फिर्ता गर्नु असंवैधानिक भएको नेता राठौरले जिकिर गरे।  




नागरिकता नपाएर लाखौं जनताले दुःख पाइरहेको अवस्थामा, छिटो भन्दा छिटो नागरिकता दिनुपर्नेमा राष्ट्रपतिले फिर्ता गर्नु संविधान सम्वत नभएको उनले बताए। ‘हिजो यही कुरा केपी ओलीले अध्यादेशबाट ल्याउनु भएको हो, नयाँ कुरा केही पनि छैन, यसलाई राष्टपतिले फिर्ता गर्नु संविधान सम्वत छैन,’ राठौंरले भने।  

अर्को प्रसंगमा उनले गठबन्धन दलबीच सिटको बाँडफाँटमा ८० प्रतिशत सहमति भइसकेको बताए। ‘बर्दिया लगायत केही जिल्लामा एउटा क्षेत्र माओवादीले लिने, एउटा क्षेत्र हामीले लिने भनेको जस्तो यस्तो केही जिल्लामा कसरी तालमेल गर्ने भन्ने विषयमा अझै टुंगो भएको अवस्था छैन, होईन भने अरु सबै कुरा टुंगिसकेको अवस्था छ,’ सहमहामन्त्री राठौंरले भने।    

सञ्चारकर्मीको जिज्ञासामा सह–महामन्त्री राठौरले बर्दिया २ मा माओवादीले नछाडे आफू बाँकेको ३ नम्बर क्षेत्रमा चुनाव लड्ने बताए। ‘मैले २० वर्षदेखी बर्दिया क्षेत्र नम्बर २ बाट राजनीति गरिरहेको अवस्था हो, मेरो ६० वर्षदेखी नेपालगन्जमा घर छ, तर बर्दियामा जिरोबाट आफ्नो राजनीति सुरु गरे, संगठन पनि सुरु गरेको हो,’ उनले भने, ‘मैले बर्दिया क्षेत्र नम्बर २ छाड्नुपर्यो भने बाँके क्षेत्र नम्बर ३ मा आउने सोच बनाइरहेको परिस्थिती हो, तर अहिलेसम्म टुंगो गरेको परिस्थिती होइन।'
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस