काठमाडौं— पहिलो संविधानसभामा सहमति नजुटेका विषयमा समेत छलफल गर्ने कार्यविधि तोकिएको सर्वदलीय राजनीतिक सम्मेलनलाई राप्रपा नेपालले बहिस्कार गर्ने भएको छ। भोलि मंगलबार हुने भनिएको सम्मेलन असंवैधानिक भन्दै संविधान सभाको चौथो ठूलो दलले बहिस्कार गर्ने निर्णय गरेको हो।'संविधान लेखनका लागि संविधान सभा जीवित रहेका बेला त्यस विषयमा बाहिर छलफल हुनु असंवैधानिक छ', एक राप्रपा नेताले नागरिकन्युजसँग भने, 'हामी राजनीतिक सम्मेलन बहिस्कार गर्छौं।'
सोमबार दिउसो बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले राजनीतिक सम्मेलन बहिस्कारको निर्णय गरेको हो।
संविधान सभा बाहिरको नेकपा-माओवादी नेतृत्वको मोर्चा र संविधानभित्रका ३१ दल, दुई स्वतन्त्र सभासद सम्मेलनमा सहभागी हुने कार्यविधि बनाइएको थियो। प्रधानमन्त्री सुशील कोइराला असोज पहिलो साता राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिका जानुअघि नै सबै पक्ष समेटेर संविधान निर्माणको वातावरण बनाउन सम्मेलन गर्न लागिएको हो।
राजनीतिक सम्मेलनप्रति राप्रापा नेपालले पहिलैदेखि नै असन्तुष्टि राख्दै आएको छ।