राजनीतिक खेलकुद
०५ भदौ २०७१
•
९ मिनेट पाठ
राजनीतिक खेलकुद
‘एमालेले खाइसक्यो, हामी धेरै ढिलो भयौं', बुधबार त्रिपुरेश्वरमा शक्ति प्रदर्शनसहित नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघको कार्यालय उद्घाटन अवसरमा एक खेलकर्मी कांग्रेस नेतालाई ब्रिफिङ गर्दै थिए।खेलकुद परिषद्बाहिर रहेको कार्यालय उद्घाटनको कार्यक्रम भए पनि कांग्रेसी खेलकर्मीले परिषद् हातामै कार्यक्रम गरेर अरु दलका समर्थकलाई शक्ति देखाए। पूर्वप्रधान मन्त्री शेरबहादुर देउवा, महामन्त्री कृष्णप्रसाद सिटौलासहित थुप्रै मन्त्री र धेरै सभासद् भेला पारेर कांग्रेसले खेलकुदमा आफ्नो सशक्त उपस्थिति रहेको सन्देश दिन खोज्यो। 
एमाओवादीले नेपाल गणतान्त्रिक खेलकुद संगठन खोलेर सुरु गरेको खेलकुदमा भ्रातृ संगठन खोल्ने होडमा खेलकुदको राजनीतिको पुरानै खेलाडी कांग्रेस सबभन्दा पछि पर्योठ। कर्मचारी भर्तिमै बढी ध्यान दिएको कांग्रेसले लामो समय खेलकुद मन्त्रालय नलिँदा भने एमाले र माओवादी सांगठनिकरूपमै झांगिइसकेका थिए। त्यसैले केही समयअघि स्थापित संघको कार्यालय उद्घाटनका नाममा कांग्रेसले भव्य कार्यक्रम गरेर आफ्नो आगमनको सन्देश दिन खोजेको थियो। एसियाली खेलकुद नजिकिइरहँदा एमाले भर्सेज माओवादी द्वन्द्व चरमोत्कर्षमा रहेका बेला यसरी सार्वजनिक हुँदा राजनीतिक फाइदा धेरै हुने लागेर पनि कांग्रेसले हतार गरेको हो। 
कांग्रेस नेता शेरबहादुर देउवा, कृष्ण सिटौला, मन्त्रीहरु चित्रलेखा यादव, बालकृष्ण खाँण तथा सभासद्हरु गगन थापा, धनराज गुरुङलगायतले खेलकुदलाई राजनीतिमुक्त पार्न लोकतान्त्रिक खेलकुद संघको आवश्यकता रहेको ठट्टा गरे। राजनीतिक दलको भ्रातृ संगठनले कुनै पनि क्षेत्रलाई राजनीतिमुक्त पार्ने विश्वास गर्न सकिँदैन। त्यसो भन्नु आफँैमा ठट्टाबाहेक केही हुन सक्दैन। माओवादीले गणतान्त्रिक खेलकुद संगठन खोल्दा पनि राजनीतिक हस्तक्षेपले खेलकुद ध्वस्त भएकाले आफ्नो आवश्यकता रहेको बताएको थियो। एमालेले नेपाल खेलकुद महासंघ स्थापना गर्दा पनि त्यही भन्यो। राप्रपा नेपाल, फोरम लोकतान्त्रिकलगायतले पनि राजनीतिमुक्त गर्दै खेलकुदलाई विकासको राजमार्गमा कुदाउन आफूले भ्रातृ संगठन खोलेको दाबी गरे। अहिले कांग्रेस त्यही भनिरहेको छ। 
अप्ठेरो पर्दा राजनीतिक दलका कार्यकर्ताहरु राजनीतिको सहयोग लिनका लागि खेलकुदमा दलका भ्रातृ संगठन जरुरी भएको तर्क पनि गर्ने गर्छन्। कांग्रेसको कार्यक्रममा पनि त्यस्तै भयो। सबै वक्तालाई सुन्दा उनीहरु खेलकुदका राम्रै ज्ञाता भएजस्तो लाग्थ्यो। खेलकुदका समस्या र समाधानका उपायबारे धाराप्रवाह बोलिरहँदा नेताहरुले स्रोता निदाउन थालेकोसमेत भेउ पाउन सकेनन्। दुई ओलम्पिक कमिटीको अस्तित्वदेखि सर्वोच्च अदालतले त्यस विषयमा गरेको निर्णय, फुटबलको विवाददेखि क्रिकेटको बेथिति अनि राष्ट्रिय खेलकुद परिषद् र युवा तथा खेलकुद मन्त्रालयबीचको एमाले भर्सेज एमाओवादी द्वन्द्वबारे कांग्रेस नेतालाई सब थाहा थियो। त्यसको समाधान उपाय पनि उनीहरु धाराप्रवाह बताइरहेका थिए। 
खेलकुदमा यस्तो हुनुपर्छ, उस्तो हुनुपर्छ। यस्तो हुनुहँुदैन, उस्तो हुनुहुँदैन भनिरहँदा सायद कांग्रेस नेताहरुले आफ्नै दलको नेतृत्वमा सरकार भएको बिर्सिएजस्तो लाग्थ्यो। सबै थाहा हुनेले आफ्नै दलको नेतृत्वमा सरकार हुँदा समस्या समाधान गर्न कसले रोकेको थियो र? खेलकुदलाई बजेट छुट्टाउने, कानुनको पालना गराउने, थिति बसाल्ने, विकास निर्माणलाई नेतृत्व दिने ठाउँमा त तिनै भाषण गर्नेहरु नै छन्। सुन्नेले त विकासको कल्पनामा यथास्थिति स्वीकार्नेभन्दा केही गर्न सक्दैन। 
कुनै पनि क्षेत्रमा गएर आफूलाई त्यहीँको विज्ञ ठान्दै राजनीतिक भाषण ठोक्दैमा आफ्नो दललाई फाइदा पुग्छ भन्ने नेताहरुमा भ्रम हुने गर्छ। किनकि उनीहरुलाई त्यो क्षेत्रका आसेपासेले आफ्नो व्यक्तिगत स्वार्थका लागि गलत ब्रिफिङ गरिरहेका हुन्छन्। ठूलो नेतालाई ल्याएर भाषण गराउँदा आसेपासेले आफ्नो हैसियत प्रमाणित गर्न खोज्छन्। जसले भविष्यसम्म उनीहरुलाई सम्बन्धित क्षेत्रबाट फाइदा लिइरहन सजिलो हुन्छ। त्यस्ता आसेपासे वास्तवमा कुनै पनि दलका लागिसमेत बफादार हुँदैनन्। त्यसैले आफूलाई कांग्रेसी भन्ने गैरराजनीतिक चरित्र भएका आसेपासेले ‘हामी ढिलो भयौं, एमालेले कब्जा गरिसक्यो,' भनेका हुन्। खासमा त्यसो भनिरहनेहरु हिजो एमाओवादीले गणतान्त्रिक खेलकुद संगठन (हालको गणतान्त्रिक खेलकुद महासंघ) खोल्दा माओवादीझै सक्रिय थिए। एमालेले खेलकुद महासंघ गठन गर्दा उतैका कट्टर कार्यकर्ता जस्ता देखिन्थे। अहिले शेरबहादुर देउवा आउँदा कांग्रेसकै लुगा लगाएर झनै ठूलो काग्रेसी भएर प्रस्तुत भए। 
खेलकुदजस्तो पूरै देशलाई जोड्ने क्षेत्रमा आफ्नो दलको कब्जा जमाउन खोज्दा अहिले कुनैबेला दबदबा मच्चाएको माओवादी निकै कमजोर भइसकेको छ। कुनै बेला खेलकुदलाई राजनीतिक स्वार्थमा प्रयोग गर्ने तत्कालीन राजसंस्था र पञ्चायती मण्डलेहरुको गति अहिले सबैले देखेकै हो। कांग्रेसले पनि खेलकुदमा राजनीति गर्न खोजे राम्ररी जरो गाड्न नपाउँदै समाप्त हुन सक्छ। विगतमा पनि आपसी विवादका कारण थुप्रै पटक काग्रेस संगठन खोल्न असफल हुँदै आएको थियो। 
त्यसैले राजनीतिले साँच्चै खेलकुदको भलो चाहेको हो भने, नेपाली खेलकुद अघि बढोस् भन्ने चाहेको हो भने, पूरा देशको एकताको माध्यम बनोस् भन्ने चाहेको हो भने यो क्षेत्रमा हस्तक्षेप नगर्नु नै सबैको हितमा हुनेछ। राजनीतिले सके सहयोग नसके शुभकामना दिए खेलकुदलाई पर्याप्त हुन्छ। तर पछिल्लो समय सबै दल यो क्षेत्रलाई हस्तक्षेप गर्न उद्दत देखिन्छन्। उनीहरुको व्यवहारले त्यही प्रमाणित गर्छ। देशका लागि अन्तर्राष्ट्रिय मञ्चमा भिड्ने सच्चा खेलाडीहरुको साझा मन्दिरमा कुनै पनि राजनीतिक दलको झण्डा उनीहरु स्वीकार्दैनन्। प्रशिक्षक र पदाधिकारीहरुले स्वार्थमा राजनीतिलाई दिग्भ्रमित पारेका हुन सक्छन्। खेलाडीहरु खेलकुदमा चन्द्र र सूर्यको झण्डामात्र बोक्न चाहन्छन्, हँसिया हथौडा वा चार ताराको होइन।


अर्को समाचार
दलको चुनावी घोषणापत्र: खेलकुदको विकास अजेण्डा मात्रै
१८ वैशाख २०७९
•
४ मिनेट पाठ
दलको चुनावी घोषणापत्र: खेलकुदको विकास अजेण्डा मात्रै
राजनीतिक दलहरु भातृ संगठन विस्तारमा निकै अघि छन्। सबैजसो राजनीतिक दलले आफना भातृ संगठन बनाएका छन्। युवाहरुलाई लक्षित गरेर खेलकुदका संगठन पनि बनाएका छन्। नेकपा एमालेको खेलकुद महासंघ, नेपाली काँग्रेसको लोकतान्त्रिक खेलकुद तथा माओवादी केन्द्रको पनि छुट्टै संगठन छ। तर संगठन बनाई पार्टी बलियो बनाउने ध्येय बोकेका राजनीतिक दलले भने खेलकुदका अजेण्डालाई प्राथमिकतामा राख्नै सकेका छैनन्।  




राजनीतिक दलहरुले चुनावमा चर्का नारा लगाउँछन्। तर खेलकुद विकासको लागि दलहरुले आफनो चुनावी अजेण्डाभित्र छिराउन कन्जुस्याँई गर्दै आएका छन्। यतिबेला चुनावी रौनक छ। चुनौवी रौनकसँगै प्रत्येक राजनीतिक दलहरुले आफनो घोषणा पत्र एवं प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। सार्वजनिक गरिएका घोषणापत्रमा कुनैपनि राजनीतिक दल विशेषले खेलकुद क्षेत्रलाई प्राथमिकता र महत्व दिएको पाईदैन। राजनीतिक दलहरुका नेताहरु नै खेलकुदप्रति उदासिन देखिदाँ खेलकुदको विकास सम्भव देखिँदैन। खेलकुदलाई हेयको दृष्टिले हेर्दा खेलकुद सधैं ओझेलमा पर्दै आएको छ।  

पाँचदलीय गठबन्धनले केही दिन अघि मात्रै घोषणापत्र सार्वजनिक गर्यो। घोषणापत्रमा खेलकुदको विकास भन्ने शब्द झुण्ड्याएको छ। यद्यपी ठोस केही उल्लेख छैन। पाँच दलीय गठबन्धनबाट नेकपा(एकिकृत समाजवादी)का धनराज आचार्य पोखरा महानगर प्रमुखको उम्मेदवार बनेका छन्। उपप्रमुखमा नेपाली काँग्रेसकी नेतृ कोपिला रानाभाटको उम्मेदवारी छ। नेकपा एमालेको तर्फबाट पूर्व नगरप्रमुख कृष्ण थापा र उपप्रमुखमा मन्जुदेवी गुरुङ छन्। थापा गण्डकी प्रदेशसभा सदस्यबाट राजीनामा दिएर उम्मेदवार बनेका हुन।  

गठबन्धनले आफनो घोषणापत्रमा पाँचदेखि १२ कक्षासम्मलाई लक्षित गरी महानगरीय खेलकुद एकेडेमी स्थापना गर्ने लक्ष्य राखेको छ। पोखरा–३३ भरतपोखरीमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने र उच्च भेगिय गल्फ कोर्ष बनाउने लक्ष्यसहितको योजनालाई घोषणापत्रमा समेटेको छ। घोषणापत्रमा समेटिएको अन्तर्राष्ट्रिय क्रिकेट मैदान गण्डकी प्रदेश सरकारले तीन वर्ष अघि आफनो मुख्य अजेण्डामा समेट्दै अघि बढेको थियो। तर अहिलेसम्म कार्यान्वयनमा भने आउन सकेको छैन।  
नेकपा एमाले पोखरा महानगरले पनि आफनो चुनावी प्रतिबद्धतामा तीन वर्षभित्रमा पोखरा रंगशालाको स्तरोन्नति गरेर अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्ने जनाएको छ। पोखरा रंगशालामा आवश्यक भौतिक पूर्वाधार बनिसकेको अवस्था छ। अब केवल पौडी पोखरी र सुटिङ रेन्ज बनाउनुपर्ने खाँचो छ। पूर्वाधारको योजना बनाइएपनि पोखरा महानगरपालिकाले आफनै लगानीमा रंगशाला निर्माण गर्न सकेको छैन। आफैंले अपनत्व लिएर खेलकुद पूर्वाधार विकास गर्न भने कुनैपनि राजनीतिक दलले सकेका छैनन्।  

स्वास्थ्य नागरिक विना विकास सम्भव छैन। तर स्वस्थ्य नागरिक बनाउने अभियानमा कुनै पनि राजनीतिक दलको अजेण्डा बन्न सकेन। ‘नेताहरुले खेलकुद नबुझेको भनम भने खेलकुदको फोरममा सबैभन्दा बढी महत्व दिनुहुन्छ। तर पूर्वाधार विकासमा उहाँहरुको ध्यान गएको पक्कै देखिँदैन,’ गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले भने, ‘नेताहरुले खेलकुदको लागि जिम्मेवारी महशुस गरेको देखिँदैन। भातृ संगठनले पनि खेलकुदको विकासका योजनाहरुलाई पहुँच पुर्‍याउन नसकेको यथार्थ हो।’ उनले खेलकुदको महत्वलाई राजनीतिक दलहरुले बृहत रुपमा बुझ्न नसक्दा खेलकुदको विकास हुन नसकेको ठोकुवा गरे।  

खेलकुद स्वास्थ्यको लागि मात्रै नभई सामाजिक आर्थिक रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई थियो। ‘खेलकुद राष्ट्रिय गरिमासँग जोडिएको छ। तर दलहरुले खेलकुदको गरिमालाई अझै बुझ्न सकेका छैनन्।’ सदस्य सचिव गुरुङले भने, ‘समाज रुपान्तरणमा प्रभाव पार्ने खेलकुदलाई डेप्थमा बुझ्न सक्ने लिडरसिपको कमी छ।’ उनले आफना नागरिकलाई कसरी स्वास्थ्य बनाउने, कसरी समृद्ध बनाउने भन्ने सोचियो भने यसको शुरुवात खेलकुदबाटै हुने स्पष्ट पारे। उनको भनाई अनुसार ‘प्रमुख भएर सोचिरहदाँ स्वास्थ्य बनाउने अभियान के हो भन्ने पनि सोच्न जरुरी छ।’  

खेलकुदमा राष्ट्रिय बजेट नै कम छ। बजेटकै अभावमा पूर्वाधार विकास सोचे जस्तो छैन। दीर्घकालीन योजना अघि सारिएपनि बजेटकै अभावमा अलपत्र पर्दै आएका छन्। राजनीतिक हलहरुले युवापुस्तलाई केवल परिचालन गर्ने परिपाटी मात्रै बसेको लोकतान्त्रिक खेलकुद संघ गण्डकी प्रदेशका अध्यक्ष हरिश्वर पोखरेल बताउँछन्। ‘युवाहरुलाई संगठन बनाई थन्क्याउने र भोट बैंकको रुपमा मात्रै प्रयोग गर्ने परिपाटी छ। नेताहरुले युवाहरुलाई त्यतिमा मात्रै उपयोग गरे,’ उनले भने, ‘खेलकुदले समाजलाई कस्तो प्रभाव पार्छ भन्ने भन्दा पनि भोट बैंकको रुपमा मात्रै हेर्ने गरेका छन्।’ युवा पुस्तालाई खेलकुदप्रति लगाउने र राष्ट्रको लागि पदक जित्ने खेलकुद क्षेत्रलाई राजनीतिक दलका नेताहरुले बेवास्ता गरेको उनको भनाई थियो।  

राजनीतिक दलहरुले खेलकुदलाई केवल चुनावी अजेण्डा मात्रै बनाएका छन्। खेलकुदको विकासमा ठोस  काम भएको छैन। ‘खेलकुद राजनीतिक दलको रोजाईमै पर्दैन। परेपनि अन्तिममा पर्छ,’ माओवादी निकट भातृ संगठन योङ कम्युनिष्ट लिग(वाईसिएल)का अध्यक्ष सुमन देवकोटाले भने, ‘चुनावी अजेण्डामै सीमित हुदाँ खेलकुदको विकास भएको देखिँदैन।’ कास्की जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष समेत रहेका देवकोटाले खेलकुद विकास चुनावी अजेण्डामा राखेर झुक्याउने मात्रै काम भएको स्पष्ट पारे। उनले खेलकुदको भौतिक पूर्वाधार एवं प्रतियोगिताको लागि बजेटको आकार बढाउनुपर्नेमा जोड दिए।  
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस