काठमाडौं– राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामा र कोषाध्यक्ष इन्द्रबहादुर थिङलगायत ६ बोर्ड सदस्यलाई युवा तथा खेलकुद मन्त्रालयले पदमुक्त गरेपछि नेपाली खेलकुद फेरि दुई राजनीतिक दलको भिडन्तस्थल बनेको छ।नेकपा एमालेको कोटामा नियुक्त खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले लामासहितको टोलीलाई कार्यकाल सकिएको भन्दै शुक्रबार पद छोड्न निर्देशन जारी गरे। एनेकपा माओवादीका तर्फबाट नियुक्ति लिएका सदस्यसचिवलगायत सदस्यले आफ्नो कार्यकाल नसकिएको भन्दै आइतबार अदालतमा रिट निवेदन दायर गरे।
रिट निवेदन दायर गर्नुअघि लामाले मन्त्रीलाई एकपक्षीय रूपमा खेलकुद चलाउन खोजेको भन्दै पत्रकार सम्मेलनमार्फत राजनीतिक चेतावनी दिए। ‘उहाँले यसरी खेलकुद चलाउन सक्नुहुन्न। हामी चलाउन दिन्नौं,' लामाको चेतावनी थियो।
जवाफमा सोमबार एमाले निकट नेपाल खेलकुद महासंघले पत्रकार सम्मेलन गरेर मन्त्रालयको निर्णयलाई स्वागत गरेको छ। महासंघले लामामाथि आर्थिक अपचलन, पद दुरुपयोगलगायतका आरोप लगाउँदै अख्तियारमा उजुरी गर्ने बताएको छ। खेलकुदमन्त्री पौडेल खेलकुद महासंघका अध्यक्ष पनि हुन्।
‘हामीले राजनीतिक द्वन्द्व बढाउन खोजेका होइनौं। उहाँहरूले हिजो एमालेविरुद्ध नाराबाजी गरेर सुरु गर्नुभयो। तर हामी त्यसको जवाफ दिन यहाँ आएका होइनौं। हामी खेलकुदको सबैभन्दा ठूलो संगठन भएको नाताले सरोकार राखेका मात्र हौं,' महासंघका महासचिव लामा टेन्डी शेर्पाले भने, ‘लामालगायतका ६ सदस्यको कार्यकाल सकिसकेको अवस्थामा पनि उहाँहरूले खेलकुदमा भ्रम सिर्जना गर्न खोज्नुभएको छ। हामीले त्यसैलाई प्रस्ट पार्न खोजेका मात्र हौं।'
लामाले शरदचन्द्र शाहले जस्तै खेलाडी दुरुपयोग गरेको आरोप शेर्पाको थियो। ‘उहाँले शरदचन्द्र शाहले जस्तै खेलाडीलाई आफ्नो राजनीतिक स्वार्थमा उतार्ने काम गर्नुभयो। हिजो परिषद्भित्र माओवादी जम्मा पारेर एमालेविरुद्ध नाराबाजी गर्दै अदालत जानुपर्ने कारण थिएन। उहाँले कानुनी लडाईं नै लड्न चाहेको भए वकिल लिएर अदालत गए हुन्थ्यो,' शेर्पाले भने।
अघिल्लो दिन लामाको नेतृत्वमा एमाओवादीका कार्यकर्ता तथा कराते खेलाडी गरी करिब दुई सयको जुलुस नाराबाजी गर्दै परिषद्बाट अदालत गएको थियो। मन्त्रालयले लामा र थिङसहित एनेकपा माओवादीका तर्फबाट परिषदमा नियुक्ति पाएका सदस्यहरू मुकुन्द पहरी, पहलसिंह घर्तीमगर, कुसुमकुमारी श्रेष्ठ र नम्बर शेर्पालाई पद त्याग्न निर्देशन दिएको थियो।
एमालेको तर्फबाट सदस्यसचिव बनाउने भनेर चर्चा चलेका शेर्पाले अदालतको निर्णयको आफूहरूले सम्मान गर्ने बताए। ‘सम्मानित अदालतको निर्णयको हामी सम्मान गर्छौं। तर कुनै पनि नाममा हुने अराजकता हामीलाई स्वीकार्य छैन,' शेर्पाले भने, ‘उहाँहरूले एमालेविरुद्ध नाराबाजी गर्नुको तुक छैन। उहाँ पनि अरु कसैलाई हटाएर आउनुभएको हो। एउटा पार्टीको मन्त्री अनि अर्को पार्टीको सदस्यसचिव हुँदा खेलकुद विकासमा काम हुन सक्दैन। त्यसैले अब परिषदमा लामाको उपस्थिति खेलकुदको हितमा हुँदैन।'