केही महिनादेखि नेपालमा सामन्तवाद, पुँजीवाद, र समाजवादसम्बन्धी बौद्धिक बहस चलिरहेको छ। नेपालका सबै प्रमुख राजनीतिक पार्टीहरू समाजवादमै विश्वास गर्छन्। कोही समाजवाद हुँदै साम्यवादसम्म पुग्ने लक्ष्य राख्छन् भने कोही प्रजातान्त्रिक समाजवादबाटै मुलुकको आर्थिक र सामाजिक रूपान्तरण हुन्छ भन्ने ठान्छन्।समाजवाद समाजिक रूपान्तरणको एक चरणमात्र हो र समाज यसैमा स्थिर भएर रहन सक्दैन भन्ने चिन्तन साम्यवादी धारबाट आएको हो। यस धरातलबाट सोच्ने हो भने हालको नेपाली समाज सामन्ती युगमै छ कि पुँजीवादमा पुगिसक्यो भन्ने विवाद देखिन्छ। कसैकसैले नेपाली समाज यिनै दुई चरणबीचको संक्रमणमा छ पनि भन्छन्। तर विगतलाई अध्ययनको हिसाबले जुनसुकै वृत्तमा राखेपनि नेपालको अर्थराजनीति समाजबादी चरित्रको हुनुपर्छ भनिसके पछि त्यो कस्तो प्रकृतिको समाजवाद हुनुपर्छ भन्ने प्रश्न निसन्देह उठ्ने गर्छ।
समाजवादी सोच समाज विकासको क्रमसँगै सुरु भएपनि आधुनिक समाजवादको अवधारणा अठारौं शताव्दीदेखि विकसित भएको हो। समाजवादी अवधारणामा उत्पादनका साधनमाथि सामाजिक स्वामित्व आधारभूत मान्यता भएपनि साधनहरूको उपयोग कुन स्तरसम्म र तिनको आम्दानी कुन हदसम्म फरक हुनसक्छ भन्ने विवादमा केन्द्रित भएर समाजवादका अनेकौं रूप बनेका छन्। सन् १९५० को दशकमा सोभियत संघको आड भरोसामा पूर्वी युरोपका विभिन्न मुलुकमा स्थापित सरकारहरू साम्यवाद उन्मुख समाजवादी चरित्रका थिए तर समाजवादको विकासवाट साम्यवादमा रूपान्तरण हुन सकिन्छ भन्ने मान्यता राखेका यिनीहरूमा समाजवादको विकास हुनुको सट्टा त्यसैमा विकृति जन्मिए र १९८० को उत्तरार्धमा ती समाजवादी सरकार ढले। त्यसपछिका झन्डै तीस वर्षदेखि यी मुलुकहरू पुँजीवाद (वजार व्यवस्था) तर्फको यात्रा तय गर्दै अघि बढिरहेका छन्। चीनका सन्दर्भमा समाजवादी राज्य व्यवस्थापूर्ण रूपले स्थापित नै भइसकेको छैन, साम्यवाद त झन् धेरै टाढाको विषय भयो। प्रकृतिको हिसावले मूलतः त्यहाँ राज्य नियन्त्रित पुँजीवादले काम गरिरहेको छ।
हालको पुँजीवादी विश्वमा बढ्दो आर्थिक असमानताले गर्दा समाजवादी राज्य र अर्थ व्यवस्थाको चिन्तनले फेरि बौद्धिक जगतमा ठाऊँ बनाउँदै गएको हो। सन् २००७ मा एसियाली विकास बैंकले गरेको सर्वेक्षणले एसियाली मुलुकहरूमा आयको वितरण चीनमा सबैभन्दा उच्च देखियो (पारिवारिक आयको आधारमा गिनी सूचकांक ०.४९ रहेको) । भारतमा पनि असमानता बढ्दो छ। आर्थिक सहयोग र विकास संस्था (ओईसीडी)ले सार्वजनिक गरेको एक तथ्यांकका आधारमा गत दुई दशकमा भारतमा आर्थिक असमानता दोब्बर भएको छ। यस अवधिमा आर्थिक वृद्धि दर उच्च रहे पनि त्यसबाट धनी वर्गलाई नै बढी फाइदा भएको देखिन्छ। सन् १९९० मा सबैभन्दा धनी १० प्रतिशत जनसंख्याको हातमा सबैभन्दा गरीब १० प्रतिशत जनसंख्याको भन्दा ६ गुणा बढी आम्दानी थियो भने सन् २०१० मा आइपुग्दा यो १२ गुणा भयो। हालैको भारतीय संसद्को चुनाव परिणामले पनि यो असन्तुष्टिको संकेत गरेको छ र जनता यसमा सुधार चाहन्छन भन्ने सन्देश दिएको छ। नेपालमा पनि असमानता फराकिँदो छ र यो असमानता शिक्षा, स्वास्थ्य, र रोजगारी (आय) सबैमा व्याप्त छ। यी तीनै पक्षलाई समेटेर बनाइएको मानव विकास सूचकांकले नेपालमा मानव विकासको स्थिति क्षेत्रीयरूपले अत्यन्त असमान रहेको देखाउँछ। शिक्षा, स्वास्थ्य र रोजगारीका दृष्टिले मध्यपश्चिम, सुदूरपश्चिम, र मध्यपूर्वी तराईका जिल्ला अन्य क्षेत्रभन्दा ज्यादै पछाडि छन्। बाजुरा, बझाङ, कालिकोट, अछाम, हुम्ला, रौतहट, जाजरकोट, महोत्तरी, मुगु, र रोल्पा जिल्लामा मानव विकास सूचकांक ०.४ भन्दा कम छ भने काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, चितवन, र मनाङ जिल्लामा ०.५५ भन्दा बढी छ। शिक्षा, स्वास्थ्य, र आयस्तरमा रहेको कमीले लगानी र आर्थिक विकासलाई कमजोर बनाउँछन् जसले पुनः यिनै मानव विकासका पक्षहरूलाई निम्न स्तरमा राखिरहन्छन्। उपयुक्त रणनीतिको अभावमा यो दुश्चक्र घुमिरहन्छ।
विकसित मुलुकहरूमा पनि असमानता फराकिँदो छ। उदाहरणका लागि, अमेरिकामा पनि सन् १९७० देखि आर्थिक असमानता निरन्तर बढ्दो छ। सन् २०११ मा गरिएको एक सर्वेक्षणले सन् १९७० देखि २०११ सम्ममा माथिल्लो १ प्रतिशत जनसंख्याको आम्दानी २७३ प्रतिशतले बढेको देखिछ भने मध्यम ६० प्रतिशत जनसंख्याको आम्दानी ४० प्रतिशतले बढेको मात्र देखिन्छ। यसले अनियन्त्रित पुँजीवाद ढिलो चाँडो संकटापन्न बन्छ भन्ने सन्देश दिन्छ।
कार्ल मार्क्स वा डब्लु. रोस्टोले कल्पना गरेजस्तो समाजवाद अनि पुँजीवाद न अहिले विश्वमा कतै छ न ती मोडेलमा समाजहरू यथावत् हिँडेकै छन्। समाजवादबाट साम्यवाद तर्फको संक्रमणमा कुनै मुलुक जान सकेका छैनन् भने अनियन्त्रित पुँजीवादले पनि आर्थिक विषमता बढाई समाजमा अनेकौं विकृति जन्माएको छ। खासगरी असीको दशकको उत्तरार्धमा समाजवादी अर्थव्यवस्थामा आएको संकटले अनियन्त्रित पुँजीवादको जन्म गरायो। त्यसले दुई दशकमा विश्व अर्थतन्त्रलाई ठूलो मन्दीको भूमरीमा लगेर फँसायो र विश्व्यापीरूपमा आर्थिक असमानतालाई फराकिलो पार्यो्। त्यसैले अहिले फेरि समाजवादी व्यवस्थाको आकर्षण बढेको छ। तर अहिलेको समाजवाद भनेको पुरानो शैलीको समाजवाद नभएर एक्काइसौं शताब्दीको मागलाई पूरागर्ने ढँगको समाजवाद हुनुपर्छ।
एक्काइसौं शताब्दीको समाजवादको अवधारणा दक्षिण अमेरिकी मुलुकहरूबाट पलाएको हो। अझ प्रष्ट रूपमा भन्ने हो भने यो अवधारणा मेक्सिकोमा बसोबास गर्ने जर्मन समाजशास्त्री र राजनीतिक विश्लेषक हेइन्ज दियातेरिजले सन् १९९६ मा विकास गरेका हुन्। उनको सोचलाई दक्षिण अमेरिकी नेताहरू – भेजुएलाका ह्युगो चाभेज, इक्योडरका राफेल कोरेया, र बोलिभियाका एभो मोराल्स – ले विकसित गरे। यो नयाँ सोचभित्र दुईवटा आधारभूत पक्ष छन् जसले नयाँ ढंगको समाजवादको विकास गराउन सक्छन्। पहिलो, पुँजीवादी अर्थव्यवस्था सफल हुनका लागि आवश्यक पर्ने दुइवटा आधारभूत तत्वहरूको अभावले गर्दा समाजवादको आवश्यकता परेको हो भन्ने भुल्नु हुँदैन। तिनीहरू हुन्ः सबै वस्तु र सेवाको लागि पूर्ण प्रतिस्पर्धाको बजार र सबैको हातमा अत्यावश्यक वस्तु र सेवाका लागि क्रय शक्ति हुनु। उदाहरणका लागि शिक्षालाई लिऊँ। यसमा सबै धनी र गरिबको एकैनासको पहुँच हुँदैन जसले गर्दा बालबालिकामा लगनी फरक फरक हुन पुग्छ। यो असमान लगानीले भावि समाजलाई पनि असमान बनाउँछ। यस्तै स्वास्थ्य र पोषणको पनि स्थिति रहन्छ। त्यसैले गर्दा यी आधारभूत वस्तु र सेवालाई पूर्णरूपले सरकारी नियन्त्रणमा राखी सबै नागरिकलाई तिनको सुलभ पहुँच हुने स्थिति बसाल्नुपर्छ र वर्तमानको आर्थिक असमानता अर्को पुस्तामा सरेर जाने स्थितिको बिस्तारै अन्त्य हुनुपर्छ।
दोस्रो, आय र सम्पत्तिमाथिको करको दायित्व फरक फरक हुनुपर्छ। आर्थिक असमानतालाई बढाउन सम्पत्तिको असमान वितरणले आम्दानीको असमान वितरणको तुलनामा बढी भूमिका खेल्छ। माथि भनिएजस्तै वर्तमान पुस्ताको असमान पुँजीको वितरणले अर्को पुस्तालाई पनि असमान नै बनाउँछ। तर यसको तुलनामा बढी आम्दानी भए पनि त्यो खर्चमा जाँदा केही मात्रामा भए पनि गरिबको आम्दानीको रूपमा पनि परिणत हुनपुग्छ। यसै कारणले यस नयाँ समाजवादी चिन्तनले शिक्षा र भौतिक सम्पत्तिमाथि अत्यन्त चनाखो भएर दृष्टि दिएको छ।
एक्काइसौं शताब्दीको समाजवादी चिन्तन बीसौं शताब्दीको अस्सी र नब्बेको दशकमा विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले ल्याएका आर्थिक समायोजन कार्यक्रम र आर्थिक स्थायित्व कार्यक्रमले बढाएको गरिबीलाई समाजवादी बाटोबाट समाधान गर्ने हेतुले विकसित भएको हो। हुन त विश्व बैङ्क र मुद्रा कोषका पछिल्ला चरणका कार्यक्रमद्वारा वजारमुखी व्यवस्था भित्रैबाट बढ्दो असमानता कम गर्न इमानदार प्रयास नभएका होइनन् तर ती त्यति प्रभावकारी बन्न नसकेको पृष्ठभूमिमा नयाँ समाजवादी धारको विकास भएको हो। यसले निरपेक्ष प्रजातन्त्रभन्दा सहभागितामूलक प्रजातन्त्रलाई केन्द्रविन्दु बनाई गरिबी, भोकमरी, सबै प्रकारका शोषण, आर्थिक उत्पीडन, प्राकृतिक साधन र स्रोतको अत्यधिक दोहन, लैङ्गिक र जातीय विभेदजस्ता मानवताविरोधी समस्याको समूल अन्त्यको उद्देश्य राखेको छ। साथै आदिवासी अधिकार, श्रमिक अधिकार, महिला अधिकार, बाल अधिकारका साथै सबै जनताको शिक्षाको अधिकार र भूमि माथिको अधिकारलाई पनि समेटिएको छ। दक्षिण अमेरिकामा यी परिवर्तनहरू सन् १९८० को दशकमा निकारागुवामा भएको सान्डानिस्ता विद्रोहपछिको दूरगामी प्रकृतिका छन्। भेनेजुएला, इक्वेडर, र बोलिभियाका समाजवादी राष्ट्रपतिहरू यिनै नीतिहरूको पृष्ठभूमिमा जनताबाट निर्वाचित भएका हुन्। यसरी यिनीहरू साँचो अर्थमा प्रजातान्त्रिक समाजवादी हुन पुगेका छन्। यसै सन्दर्भमा हाम्रो मुलुकमा हाल चर्चामा रहेको समाजवादी चिन्तन नेपाली मौलिक शैलीमा कसरी विकसित गर्ने भन्ने दिशामा लक्षित हुनुपर्ने देखिन्छ।