महामना विश्वेश्वरप्रसाद कोइरालाको शतवार्षिकीको यो ऐतिहासिक अवसरमा युगपुरुषको बहुआयामिक व्यक्तित्वमा विशद चर्चा हुनु स्वाभाविक हो। उहाँका राष्ट्रिय/अन्तर्राष्ट्रिय मित्र, सहयोगी तथा अनुयायीहरुले राष्ट्रियता, प्रजातन्त्र, समाजवाद तथा साहित्यिक क्षेत्रमा उहाँको योगदानबारे व्यापक चर्चा/परिचर्चा, विवेचना र विश्लेषण गरेका खबर सार्वजनिक भइसकेका छन्।राष्ट्रिय छापाहरुमा, साप्ताहिक, त्रैमासिक जस्ता नियमित साहित्यिक पत्रिकाहरुमा बीपीका विविध आयामहरुको विवेचनाविश्लेषण प्रकाशित भए भने प्रजातान्त्रिक विश्वमा छरिएर बसेका नेपालीले महामनाप्रति श्रद्धासुमन अर्पण गर्दै बीपीको जीवन्त चिन्तनको सान्दर्भिकताबारे गहन छलफलविचारविमर्शहरु गरेका खबरको ओइरोजस्तै लागेको छ । उहाँको सम्झनामा असंख्य बुलेटिन पनि प्रकाशित भएका छन्। उहाँका कृतिका विविध पक्षमा १८ जना अनुसन्धानकर्ताले विद्यावारिधिसमेत गरिसक्नुभएको छ। यति धेरै विद्वान्बाट कुनै एक व्यक्तिको कृतिबारे विद्यावारिधि भएको सम्भवतः यो पहिलो घटना हो। बीपी चिन्तनको क्षितिज व्यापक, विराट र गहन रहेको यसैबाट स्पष्ट हुन्छ।
यसै परिप्रेक्ष्यमा उहाँले परिकल्पना गर्नुभएको प्रजातान्त्रिक समाजवादबारे पनि विविध दृष्टिकोण छापामा, साहित्यिक बुलेटिनहरुमा आएका छन्। बीपीको परिकल्पनाको समाजवादलाई समयको कसीमा उभ्याउँदै केही विद्वान् लेखकले साम्यवादीहरुले भन्ने गरेको समाजवाद जस्तै चित्रित गर्दै उहाँ जीवित रहनुभएको भए समाजवादी सोच परित्याग गरिदिनु हुन्थ्यो भन्नेसम्मका विचार आए। जीवन्त लोकतान्त्रिक समाजमा यस्ता नयाँ, ताजा र मननीय अभिव्यक्तिहरु स्वादिला खुराक बन्छन्। लोकतन्त्रको विशेषता नै अरुको विचारको सम्मान, कदर र महŒव बुझ्ने प्रयास गर्नु हुन्छ। मलाई यसै तन्तुले यहाँ चर्चा गरिएका दुवैखाले समाजवादमा कहीँ कतै केही समानता छ भन्ने खुलदुली गरायो।
राष्ट्रिय जीवनमा ख्यातिप्राप्त शालीन व्यक्तित्वबाट गत साता बीपीको समाजवादबारे चर्चा गर्दा छ दशकपछि पनि दुहुनो गाई आदिको उद्धरण गर्दै जनतन्त्रवादीहरुको गतिशील चरित्रलाई असान्दर्भिक देखाउन खोजिएको प्रयास सुहाउँदो लागेन। उतिबेलाको मध्यम वर्गको चारित्रिक विश्लेषणका आधारमा समसामयिक आवश्यकताबारे भनिएको यथार्थ स्थितिको प्रतीकात्मक शब्द अर्थ्याउँदै बीपीको समाजवादी चिन्तन भनी व्याख्या गरिनु सान्दर्भिक लागेन। तत्कालीन परिस्थितिको सोचको प्रारम्भिक प्रस्थान बिन्दु बीपीको राजनीतिक क्रान्तिको उद्देश्यलाई लिइनु वाञ्छनीय होला। त्यो उद्देश्य थियो (१) राजनीतिकआर्थिक समानताको प्रत्याभूतिसहितको जनतान्त्रिक शासन व्यवस्था र (२) सामाजिकआर्थिक न्यायको प्रत्याभूतिसहितको समाजवादी व्यवस्था स्थापना गर्नु। यिनै उद्देश्य प्राप्तिका निम्ति लामो राजनीतिक संघर्ष हँुदै आएको जगजाहेरै छ। नेपाली जनताको माया, ममता र विश्वासलाई आफ्नो अविचलित सङ्घर्षको प्रेरणा स्रोत मान्नुहुने विश्वेश्वरप्रसाद कोइरालाको देश र जनताप्रतिको अखण्ड माया र विश्वास स्पष्ट छ।
स्मरणीय र मननीय कुरा त के हो भने बीपीको समाजवादी चिन्तन राष्ट्रिय धरातलमा उभिएको हुनाले अरु नेताले नेपाललाई स्विजरल्यान्ड, सिंगापुर वा अन्य कुनै विकसित मुलुक जस्तो बनाउने गफ उहाँले गर्नुभएन। नेपालको सामाजिक, राजनीतिक र आर्थिक स्थितिको गहिराइबाट विश्लेषण गरेर मध्यमस्तरीय जीवनस्तर कायम गर्ने लक्ष्यलाई सामाजिक न्यायको प्रारम्भिक चरण रूपमा त्यो पन्ध्र वर्षे योजना बनाउनुभएको सबैले जानेबुझेकै कुरा हो। बीपीका ती उद्धरण यसै लक्ष्यका परिचायक हुन भन्नेमा द्विविधा देखिँदैन। त्यसैले नेपाली सामाजिक स्थितिका ती प्रतीकात्मक उद्धरणहरुलाई साठी वर्षपछि, प्रसंगहरु किञ्चित बदलिएकै भरमा, मध्यमस्तरीय जीवनस्तरबारे अन्यथा हुनेगरी समाजवादका ती आधारभूत तथ्य असान्दर्भिक देख्नु नेपाल र नेपालीको धरातल नबुझिएजस्तो प्रतीत हुन्छ। संसारमा जुनसुकै वाद र दर्शनका कुरा गरे पनि विकासको क्रम तलबाटै अर्थात पिँधबाटै माथि उठाउनुपर्ने हुन्छ। समाजमा त्यस्तो वर्ग सदैव विद्यमान रहने हुनाले बीपीको यो सोच अप्रसांगिक भन्नु समाजशास्त्रीय दृष्टिकोण होइन।
प्रजातान्त्रिक समाजवाद सनकको भरमा लगाइने नारा होइन। कुरा आकर्षक तर काम अर्को गर्ने प्रवृित्त भनौं वा संस्कृतिलाई वैज्ञानिक समाजवादको जामा पहिराएको हामीले धेरै देखेका छौं, भोगेका पनि छौं। अनि यस्तै वैज्ञानिक समाजवादका निम्ति निर्दोषनिरीहनिर्मल चरित्रका अठार हजार नेपालीले क्रुर एवं नारकीय मृत्यु वरण गर्नुपर्योा। त्यस्तो समाजवाद अग्रगामी होइन, प्रायोजित ढंगको प्रतिगामी हो, हँुदोरहेछ भन्ने कुराको सानो तर घतलाग्दो प्रसङ्ग छ। कम्युनिष्टहरुले स्थापनाकालदेखि नै सतही र प्रायोजित विचारमा बहकिने प्रवृत्तिलाई क्रान्तिकारिताको जामा पहिराइदिएर हो–हल्लाको संस्कृति विकास गर्दै आएको देखिन्छ। कम्युनिष्ट इन्टरन्यासनलको छैटौँ विश्व कंग्रेस सम्मेलन (१ सितम्बर १९२८) मा पारित कम्युनिस्ट स्टारटिजी एन्ड टक्टिक्स नामक प्रस्तावले तरुण बीपीलाई च्वास्स घोच्ने कारक बनेछ। त्यो थियो– 'साम्यवादीहरुले भारतीय स्वतन्त्रता संग्रामको राष्ट्रिय सुधारवादी कार्यक्रमहरुको आवरण हटाइ दिनुपर्छ, ध्वस्त पारिदिनुपर्छ। साथै गान्धीवादी र स्वराज्यवादीहरुको अहिंसात्मक असहयोग आन्दोलनको डटेर विरोध गरी जनसमक्ष जानबाट रोक्नुपर्छ, जनसमक्ष जान दिनुहँुदैन, छेकवार लगाउनुपर्छ।' भारतीय स्वतन्त्रता आन्दोलनमा होमिएका क्रान्तिकारीलाई लाग्यो– यस्तो निर्णय अंग्रेजहरुको पक्षपोषण औ प्रतिगामी मात्र हुन सक्छ। यसरी क्रान्तिको नाममा जनाधिकार र राष्ट्रिय स्वाधीनता विरोधी गतिविधि गर्नु, त्यस्तो प्रपञ्च गर्नु स्वयंमा जनविरोधी, राष्ट्र विरोधी थियो, किञ्चित लज्जाबोध नगरी त्यति बेलाका कम्युनिस्टहरुले त्यस्तो प्रतिगामी सोचलाई सघाएका थिए। यहाँ पनि सात सालको जनक्रान्तिप्रति कम्युनिस्टहरुले बोल्ने भाषा झन्डैझन्डै त्यस्तैउस्तै देखिन्छ। यो र कालान्तरमा देखिएका यस्तै असंख्य दृष्टान्त र घटनाबाट साम्यवादको असली रूप उदाङ्गिएपछि त्यो नक्कली आवरणमा ओत लाग्नु, भर पर्नु स्वयंलाई धोका दिनु जस्तो हुने निर्क्योलमा पुग्न जो/कोहीलाई पनि समय लाग्ने कुरा भएन। बीपी जस्तो सजग, सचेत औ विचारकलाई अलमलिनुपर्ने प्रश्नै भएन। त्यसैले लोकतान्त्रिक समाजवाद कम्युनिस्टहरुको कथित वैज्ञानिक समाजवादसित गाँसिनुपर्ने वा लहसिनुपर्ने अवस्थै थिएन।
बीपीले साम्यवादका समस्या, विसङ्गति र चुनौतीको गहिरो अध्ययन गरी साम्यवादको निरन्तरको दमनका कारण उनीहरुको हुकुमी शासन ढल्ने भविष्यवाणीसमेत गर्नुभएको कुरा बीपीका मित्र तथा जर्मनीका तत्कालीन चान्सलर (प्रधान मन्त्री) तथा अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनका अध्यक्ष बिलीब्रान्टले बीपीलाई सम्झने क्रममा उल्लेख गर्नुभएको छ। विशेषतः तत्कालीन सोभियत सङ्घले अवलम्बन गरेको अमेरिकी आर्थिक विकासको नमुनाको अन्धानुकरण प्रत्युत्पादक रहेको प्रसङ्ग उहाँले नेपालको आर्थिक विकासको ढाँचाबारे विभिन्न प्रवचनमा कोट्याउने गर्नुहुन्थ्यो। साम्यवादी अर्थप्रणाली धान्नै नसकिनेगरी असफल र असम्भाव्य भएको देखेपछि हाम्रो छिमेकी मित्रराष्ट्र चीनले पनि पुँजीवादी अर्थतन्त्रमा जानैपर्ने विकल्परहित बाटो असीको दशकदेखि नै पहिल्याएको हो। प्रजातन्त्रप्रति उदारवादी चिन्तन पलाएको किमार्थ होइन भन्ने मानव अधिकार हननका असंख्य घटनाबाट देखिएका छ्यापछ्याप्ती बाहिरी खबरहरुबाट पुष्टि हुन्छ। चीनलाई राष्ट्र रक्षाका खातिर वषर्ौंदेखि सराप्दै आएको पुँजीवादमा जानुको विकल्प थिएन।
बीपीले मार्क्सवादलाई समाज विकासको विवेचना गरेको तर मार्क्सवादी निरुपण सामाजिक विकासको पूर्ण चिन्तन नभएको ठम्याउनुभएको छ। 'मानिसका अनेक रूप छन्, आर्थिक दृष्टिले मात्रै उसलाई आँक्न सकिँदैन, हुँदैन पनि। आफ्ना आवश्यकता पूर्ति गर्दै अन्य थुप्रै आकांक्षा पनि मानिसले परिपूर्ति चाहन्छ। सुख वा आवश्यकता परिपूर्तिसम्बन्धी अवधारणा मान्छेपिच्छे फरक फरक हुन्छन्। त्यस्ता आवश्यकता पूर्ति गर्ने उपाय पनि उसले आफ्नो रुचिअनुसार रोज्ने गर्छ। यसैमा ऊ रमाउने गर्छ, प्रत्येक मानिसमा आनन्दका पनि भिन्दाभिन्दै रूप हुन्छन्। आवश्यकता पूर्तिका निम्ति उसले आफूखुसी रोजेको बाटोले उसलाई प्रत्येक पाइलामा उत्साह र उमङ्ग छरिदिएको हुन्छ। त्यसैले उसकै रुचिमा खोजिएको उपायबाट नै ऊ सफल हुन्छ। 'त्यसैले मार्क्सको सामाजिक विकासवादी चिन्तन अपूर्ण छ। साम्यवादीहरुले अंगीकार गरेको र हाम्रा कम्युनिस्ट पार्टीले आफ्नो घोषणामा देखाउने समाजवाद त्यही अपूर्ण चिन्तनबाट डोराइएकाले सशक्त, गतिशील र जीवन्त छैन। समाज र इतिहासको निर्विकल्प आधार आर्थिक आधार मान्ने सोचाइ हाम्रो सन्दर्भमा किमार्थ उपयोगी नभएको विभिन्न प्रयोग र व्यवहारबाट प्रमाणित भइसकेको छ। यो हामीकहाँ मात्र नभई चीन, भियतनाम, क्युबालगायतका दसकौंदेखि साम्यवादी पद्धति अंगिकार गरेका मुलुकहरुको प्रयोगले समेत प्रमाणित गरिसकेको छ। यसको समुचित अध्ययन मुलुककै हितका निम्ति पनि अत्यावश्यक महसुस गरिएको छ।