बहुध्रुवीय विश्व
०७ साउन २०७१
•
१५ मिनेट पाठ
बहुध्रुवीय विश्व
अब विश्वमा एउटा देशको मात्र प्रभुत्व चल्ने अवस्था रहेन। शक्ति स्थानान्तरणले गति लिँदैछ। सन् १९९१ मा सोभियत संघको विघटनपछि विश्वमा एकछत्र प्रभाव जमाएको संयुक्त राज्य अमेरिकामाथि चुनौती बढ्दैछ। अमेरिकाले एक्लो सुपरपावरको सामर्थ्य गुमाउँदै गएको छ। उदीयमान देशहरूले एक्लो प्रयासबाट लक्ष्य हासिल गर्न नसकेर मोर्चा बनाएर शक्ति स्थानान्तरण प्रक्रियामा लाभ लिने रणनीति बनाएका छन्। अमेरिकाको एकछत्र प्रभाव एक्लै सामना गर्न नसक्ने देखेर उदीयमान शक्तिहरूले ब्रिक्स गठन गर्दै सक्रियता बढाउँदै लगे। ब्रिक्स प्रभावकारी बन्दै जानुले शक्ति स्थानान्तरणको गति अझै बढ्न सक्छ।
ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिका सम्मिलित संगठनका राष्ट्र प्रमुख र कार्यकारीहरूको ब्राजिलमा भएको बैठकले विश्वको ध्यान खिच्यो। एक खर्ब डलर पुँजीको ब्रिक्स बैंक खोल्ने सहमतिले विश्व अर्थतन्त्रमा नयाँ सम्भावनाको आँकलन हुन थालेको छ। पश्चिमा देशहरूको बोलवाला रहेको विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का अलावा अमेरिकासँग निकट सम्बन्ध राख्ने एसियाली देश जापानको बोलवाला रहेको एसियाली विकास बैंकको प्रभुत्वमाथि यसले चुनौती थप्न सक्छ। अर्थतन्त्रमा तीव्र वृद्धि हासिल गरे पनि विश्वको आर्थिक प्रणालीमा सोचेअनुरूपको भूमिका बढाउन नसकेबाट ब्रिक्स देशहरूले नयाँ नीति लिएका हुन्। अझै पनि ब्रिक्स देशहरूको कुल अर्थतन्त्र अमेरिका एक्लोको जत्ति पनि छैन। भविष्यमा चाहिँ अमेरिकालाई उछिन्ने प्रक्षेपण गरिँदैछ। बैंकिङ क्षेत्रमा सक्रिय अमेरिकी बहुराष्ट्रिय कम्पनी गोल्डम्यान स्याक्सले सन् २००१ मा कार्यपत्र प्रस्तुत गर्दै चीनले अमेरिकालाई उछिन्ने र पछि भारतले पनि अमेरिकालाई उछिनेर आर्थिक शक्ति बन्ने पूर्वानुमान गर्यो्। अनुमान सही हुने लक्षण देखिँदैछ। चीन द्रूत आर्थिक वृद्धिसँगै दोस्रो ठूलो अर्थतन्त्र बन्न सफल भइसकेको छ। भारतको आर्थिक वृद्धिले पनि गति लिइरहेछ। चीन, भारत र रूस जस्ता महाशक्ति बन्ने महत्वाकांक्षा बोकेका ब्रिक्स देशहरूले निकट भविष्यमै अमेरिकी अर्थतन्त्रलाई उछिन्ने आर्थिक प्रक्षेपण भए पनि विश्व अर्थतन्त्रमा अमेरिकी प्रभाव कायमै रहने देखेर ब्रिक्स सचेत भएका हुन्।

ब्रिक्सलाई रणनीतिक मोर्चा बनाएर सक्रिय भूमिका बढाए पनि अमेरिका अझै पनि मुख्य शक्ति हो। क्षेत्रीय शक्तिहरू विश्वशक्ति बन्ने योजनाका साथ विश्वव्यापी प्रतिस्पर्धामा उत्रिएकाले अमेरिकाको महाशक्तिको हैसियतमाथि चुनौती बढेको छ। २० औं शताब्दीसम्म एसियामा सीमित चीन एसिया बाहिर प्रभाव फैलाउँदैछ। आर्थिक लगानी र सैन्य सहयोग वा सम्बन्ध विकासको रणनीतिका साथ दूर महादेशसम्म पुगिसक्यो। दक्षिण एसियाको शक्तिशाली भारत क्षेत्रीय राजनीतिमा मात्र सीमित छैन। उसको चासो र चाहना एसिया र अफ्रिकाका कुनाकाप्चासम्म देखिँदैछ। ब्राजिल दक्षिण अमेरिकाको शक्तिशाली देश हो। उसले क्षेत्रीय राजनीति बाहिर उपस्थितिको संकेत गर्दैछ। सन् २०१४ मा सफलताका साथ विश्वकप सम्पन्न गरेको ब्राजिलले विश्वलाई सामर्थ्य देखाइसक्यो। विशाल भूगोल, पर्याप्त स्रोत र त्यसको उपयोगले उसलाई समृद्धि दिलाउँदैछ। रूस पूर्व सोभियत संघका राज्यहरूमा प्रभाव घटाउन चाहँदैन। युक्रेन मामलामा रूसले चालेको कदम अमेरिका र युरोपेली युनियनको पूर्वी युरोपको क्षेत्रीय राजनीतिमा देखिएको चुनौतीको जवाफ हो। चीनपछि रूसले ब्रिक्सको शक्ति विकासमा बढी ध्यान दिएर क्षेत्रीय राजनीतिका प्रतिस्पर्धी देशहरूको सामना गर्न शक्ति सञ्चय गर्न खोज्दैछ। कम्युनिष्ट एकदलीय प्रणाली रहेको चीनले पश्चिमासँग व्यापार सम्बन्ध राम्रो बनाउन सक्नु सकारात्मक पक्ष हो। चीनको कमजोर आन्तरिक लोकतन्त्र समस्या बन्न सक्छ। दक्षिण अफ्रिका अफ्रिकी महादेशको सबैभन्दा सम्पन्न र बलियो देश हो। यद्यपि ब्रिक्सका बाँकी चार देशका तुलनामा आर्थिक र सैन्य दृष्टिले कमजोर छ। सन् २०१० मा विश्वकप फुटबलको सफल आयोजक दक्षिण अफ्रिकाको आर्थिक वृद्धि दर द्रूत छ। क्षेत्रीय शक्ति रहिरहन र शक्ति वृद्धि गर्दै जान ब्रिक्समा प्रवेश महत्वपूर्ण अवसर बनेको छ।

ब्रिक्स देशहरूबीच विवाद रहे पनि सहमति र मिलेर जानुपर्ने बाध्यात्मक अवस्था छ। भारत र चीन छिमेकी मात्र होइनन् एसियाको क्षेत्रीय राजनीतिमा प्रतिस्पर्धी पनि हुन्। दुवैबीच सीमा विवाद छ। युद्ध लडिसकेका दुवै देश विवादलाई थाती राखेर आर्थिक समृद्धिमा साझेदार बन्दै बढिरहेछन्। शक्ति र सामर्थ्य वृद्धिका लागि मिलेर जानुपर्ने परिस्थिति बुझेका दुवै देशका नेताले ब्रिक्स सम्मेलनलाई समझदारी विकासको अवसर बनाए। ४० मिनेटको निर्धारित भेटलाई दोब्बर बनाएर चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीले गम्भीर छलफल गरे। भारतलाई २१ औं शताब्दीको शक्तिशाली र समृद्ध देश बनाउने लक्ष्य सार्वजनिक गरेका मोदीले चीनको समृद्धिबाट सिक्ने र मिलेर लाभ लिने रणनीति लिएको संकेत मिलिसक्यो। सुपरपावरको लक्ष्य हासिल गर्न छिमेकसँगको सम्बन्ध सबैभन्दा महत्वपूर्ण हुने बुझाइका साथ मोदी नीति अगाडि बढिसक्यो।

एक खर्ब डलरको बैंक स्थापना ब्रिक्समार्फत् विश्व अर्थतन्त्रको प्रणालीमा वर्चश्व बनाउने उद्देश्यबाट प्रेरित छ। सुपरपावर बन्न आर्थिक शक्ति महत्वपूर्ण औजार बन्नसक्छ। आर्थिक शक्तिबाट राजनीतिक, सैन्य, विदेश नीतिका अलावा आन्तरिक विषयहरूलाई मजबुत बनाउन मद्दत मिल्छ। तर आर्थिक विषयमात्र सबथोक होइन। १३ औं शताब्दीमा आर्थिक समृद्धिका बाबजुद चिनियाँहरूले बर्बर मंगोलहरूको सैन्य क्षमताका सामु घुँडा टेक्नुपरेको थियो। चीन होस् या ब्रिक्सका अन्य देशले किन नहोस् यो यथार्थ राम्ररी बुझेका छन्। सैन्य शक्ति वृद्धिका लागि खर्चमा व्यापक वृद्धि गरिसके। विशेषगरी चीन, रूस र भारतको सैन्य खर्च ह्वात्तै बढेको छ। तीनवटै देश आणविक शक्ति सम्पन्न छन्। चीन र रूस संयुक्त राष्ट्र संघमा भिटो प्रयोग गर्न सक्ने स्थायी सदस्य हुन्। ब्रिक्सका बाँकी तीन देश स्थायी सदस्यता हासिल गर्न खोज्दैछन्। त्यसका लागि ब्रिक्सको भरपुर उपयोग गर्न चाहन्छन्।

बाह्य संसारसामु मात्र शक्तिशाली र समृद्ध बनेर मुख्य शक्ति बन्न पर्याप्त हुँदैन। ब्रिक्सका सबै देशमा आन्तरिक सुरक्षा र सामाजिक अवस्था मजबुत छैन। सामाजिक अन्तर्द्वन्द्वका कारण बाह्य चलखेलको सम्भावना सदैव रहन्छ। चीनमा पृथकतावादी सक्रिय छन्। भारत पनि त्यसबाट अछूतो छैन। बलियो आन्तरिक लोकतन्त्र स्थापित हुनु र बलियो अन्तर्राष्ट्रिय सम्बन्ध हुनु भारतको सकारात्मक पक्ष हो। रूसले पनि पृथकतावादी र सीमान्तकृत समुदायको चुनौती भोगिरहेछ। ब्राजिलको आन्तरिक समस्या विश्वकप हुँदाहुँदैको चुनौतीपूर्ण विरोध प्रदर्शनीले छर्लङ्ग भयो। दक्षिण अफ्रिकामा रङ्गभेदको सशस्त्र द्वन्द्वको घाऊ अझै बाँकी छ। रङ्गभेद अझै समस्या हो। ब्रिक्स देशहरूको आन्तरिक समस्या सुपरपावर बन्ने महत्वाकांक्षामा अवरोध बन्न सक्छ।

ब्रिक्स देशहरूको विदेश नीतिमा समानता छैन। रूसको अमेरिका र युरोपेली युनियनसँगको सम्बन्ध चिसिँदैछ। लोकतान्त्रिक दाबी गरे पनि अधिनायकवादी शैलीको शासन प्रणाली रहेको रूस अमेरिकाको शक्ति कम गर्न चाहन्छ। अमेरिकाको शक्ति कम गर्ने नीति लिएको चीनचाहिँ अमेरिकासँग सम्बन्ध सुमधुर बनाएरै बढ्न चाहन्छ। भारतको अमेरिका र युरोपेली युनियनसँग प्रगाढ सम्बन्ध छ। ब्राजिल युरोपेली युनियनको रणनीतिक विकासको साझेदार हो। दक्षिण अफ्रिकाको अमेरिका र युरोपेली युनियनसँग राम्रो सम्बन्ध छ। विदेश नीतिमा विद्यमान विभिन्नताले समस्या ल्याउन सक्छ। अर्कोतर्फ चीन, भारत र रूस आफँै प्रतिस्पर्धी हुन्। उनीहरूले छिमेकी शक्तिको समेत सामना गर्नुपर्ने बाध्यता छ। आन्तरिकरूपमा मौलाएका धार्मिक, साम्प्रादायिक र राजनीतिक अतिवादी समूहहरूले घरेलु समस्या बढाएका छन्। आतंकवाद तीनवटै देशको प्रमुख चुनौती हो।

राजनीतिशास्त्री जुन ड्रेयरका अनुसार महाशक्ति बन्नेले विश्वव्यापीरूपमा नरम र कडा दुवै शक्तिको विकास गर्न सक्नुपर्छ। कडा शक्तिको अभ्यास र विकासमा सैन्य शक्ति मुख्य स्रोत हो। विदेश नीतिले कडा र नरम दुवै शक्तिको अभ्यास गर्ने सूत्र विकास गर्छ। रूसबाहेक बाँकी चार देश नरम नीति लिनेमा पर्छन्। कडा शक्तिको सञ्चय गरे पनि चीन र भारत नरम नीति लिनेमा पर्छन्। ब्रिक्स देशहरूबीचको आपसी अन्तर्सम्बन्ध, समझदारी र सामूहिक नीतिले मात्र उनीहरू सुपरपावर बन्ने/नबन्ने निर्क्यौल गर्दैन। बाँकी विश्वसँगको सम्बन्ध र रणनीतिले समेत ब्रिक्सको आकार र सामर्थ्य निर्धारण हुनसक्छ। विदेश नीतिमा राजनीति, आर्थिक र सैन्य संयन्त्र प्रयोग हुन्छ। राष्ट्रिय स्वार्थका लागि प्रयोग गरिने संयन्त्र समयानुकूल फेरबदल हुनुपर्छ। शक्तिराष्ट्रहरूले कूटनीति, बाह्य राजनीतिक मोर्चाबन्दी, अन्तर्राष्ट्रिय व्यापार, सैन्य कदम, समस्याका समयमा सहयोग दिएर प्रभाव बढाउने रणनीति लिन्छन्। ब्रिक्सका देशहरूले यस्ता रणनीति अलग अलग तरिकाले चाल्ने गरेका छन्। ब्रिक्सका तर्फबाट त्यस्तो रणनीति सिधा सिधा नचालिएसम्म साझा कदम प्रकट हुन सक्दैन।

अमेरिकाको प्रभुत्व घट्दै गए पनि तत्काल महाशक्तिको स्थान खोसिहाल्ने अवस्था देखिएको छैन। भविष्यमा एउटा देशको प्रभुत्व नरहने वातावरण बन्दैछ। बहुध्रुवीय शक्तिहरू निर्माण हुँदैछन्। कुनै एक देश हालीमुहाली हुने भन्दा देशहरूको संघ/संगठन प्रभावशाली बन्न सक्छ। ब्रिक्स सबैभन्दा प्रभावशाली बन्न सक्ने संकेत मिल्दैछ। ब्रिक्स देशहरूले छिमेकसँगको सम्बन्धलाई प्रगाढ बनाउने, सहयोगी बनेर स्तर उठाउन भूमिका खेल्ने, आन्तरिक समस्याको दीगो समाधान गर्नेदेखि आपसी समझदारी र अन्तर्सम्बन्धलाई सामूहिक हितमा सदुपयोग गर्न सके लक्ष्य हासिल गर्न सक्छन्। महाशक्ति बनेर प्रभुत्व देखाउने र हस्तक्षेपकारी नीति लिए ब्रिक्स असफल हुनसक्छ।



अर्को समाचार
नेपाल : मोदीतिर कि अन्तै ?
२९ वैशाख २०७६
•
२१ मिनेट पाठ
नेपाल : मोदीतिर कि अन्तै ?
साम्राज्य र उपनिवेश बिस्तारको क्रम दोस्रो विश्वयुद्धपछि रोकियो तर बलिया देशमा शक्तिको उन्माद नियन्त्रित भएन। अनि नवसाम्राज्यवाद र नवउपनिवेशवादको महामारी सुरु भयो। शक्तिशाली देशले सामरिक महत्व राख्ने साना देशलाई आफ्नो सुरक्षा छाताको बन्धनमा बाँधेर नवउपनिवेशवाद फैलाउन थाले। बिस्तारै शीतयुध्दसँगै दुई ध्रुवीय विश्व व्यवस्था अन्त भयो। बहुध्रुवीय विश्व व्यवस्था निर्माणको क्रम सुरु भयो। अहिले एक्काइसौँ शताब्दीको दोस्रो दशक अन्त हुन थाल्दा पनि यो क्रमले आकार लिइसकेको छैन। सामान्यतया विश्व समुदायकै लागि विशेष महŒवको यो संक्रमणकाल नेपाल जस्तो विश्वका दुई ठूला बजार र उदाउँदा महाशक्तिहरूको एक्लो छिमेकीका लागि आर्थिक उन्नति र क्षेत्रीय हैसियत हासिल गर्ने अपूर्व अवसर बन्न सक्छ। तर अवसर चिन्ने क्षमता र उपयोग गर्ने सिप भएन र कूटनीति सञ्चालनमा चुक भयो भने इतिहासकै लागि अनिष्टकारी हुने जोखिम पनि छ।




नेपालमा अझै पनि सामरिक संस्कृति विकास भइसकेको छैन। क्षेत्रीय र अन्तर्राष्ट्रिय घटनाक्रमलाई राष्ट्रिय हितको दृष्टिबाट हेर्ने, बुभ्mने, विश्लेषण र मूल्याङ्कन गरेर परिस्थितिको झुकावलाई नेपालका लागि अनुकूल बनाउने सिपले अभैm संंस्थागत प्राथमिकता पाउन सकेको छैन। परिणामस्वरूप घटनाक्रमको रुझान बुभ्mन नसकेकोमात्र हैन, आफ्नो अहित हुने घटनालाई प्रतिकार गर्ने क्षमता पनि नेपालले गुमाउँदै गएको छ। महाभूकम्पले क्षतविक्षत भएको अवस्थामा भारतद्वारा आर्थिक नाकाबन्दी लगाउने पूर्वसूचना सरकारले पाउन सकेन, सङ्केत

बुझ्रन पनि सकेन। अर्को पीडादायी उदाहरण लिपुलेक हो। लिपुलेकमा नेपालको भौगोलिक अखण्डता खण्डित हँुदा पनि बोल्न नसक्ने कमजोरीका लागि तत्कालीन सरकार प्रमुख नेपाली कांग्रेस र त्यसपछिका सरकारहरूको नेतृत्व गर्ने नेकपा एमाले, नेकपा माओवादी र नेकपाको नेतृत्वलाई इतिहासले सधैँ आफ्नो कठघरामा उभ्याइराख्नेछ। अहिले फेरि क्षेत्रीय र अन्तर्राष्ट्रिय राजनीति संक्रमण र संघर्षको चरणबाट गुज्रिरहेका छन्। नेपाललाई तत्काल प्रभाव पार्न सक्ने संकेतहरू यो विकासक्रममा देखिएका छन्। अवसर र जोखिमलाई समयमा नै चिन्ने चुनौती फेरि उभिएको छ।

द्वन्द्वात्मक स्वार्थहरू भएका भारत, चीन र अमेरिकाको सामरिक राडारमा परिसकेको नेपालका लागि छिमेकीहरूसँगको सम्बन्धमा विश्वासको सङ्कट विपत्तिलाई निम्ता हुनेछ।

आर्थिक राष्ट्रवादमा आशक्त शक्तिशाली देशहरूको राष्ट्रिय चिन्तन, राज्यविहीन आतङ्कवादको बढ्दो गतिविधि तथा सहयोग र दुश्मनीलाई सँगै लग्ने दुईपक्षीय सम्बन्धको विविधीकरण अहिले कूटनीति र विश्व राजनीतिको मूल चरित्र बनेको छ। हिजो सोच्न नसकिएका सम्भावना अहिले यथार्थता बन्न थालेका छन्। शीतयुध्दकालमा सोभियत खेमा नजिक बसेको, चीनसँग युध्द गरेको भारत वर्तमान नाजुक सामरिक राजनीतिक औचित्यबोधको सन्दर्भमा विश्व शक्ति सन्तुलनको तराजुमा सबैभन्दा गह्रँुगो ढक बनेको छ। नरेन्द्र मोदीको नेतृत्वमा ५ वर्षभित्र भारतले हासिल गरेको दूरगामी महŒवको सबैभन्दा महŒवपूर्ण उपलब्धि यही हो। यसको गहिरो प्रभाव निर्माणाधीन नया“ विश्व व्यवस्थासँगै दक्षिण एसियाको शान्ति र स्थायित्वमा पर्नेछ। यसको स्वाभाविक प्रभाव नेपालको हाल चलिरहेको छैटा“ै राजनीतिक अभ्यासको भविष्यमा समेत पर्न सक्छ। कस्तो परिणाम आउने भन्ने कुरा हाम्रो आफ्नो सुझबुझ र सिपमा भर पर्नेछ। यस सन्दर्भमा हेक्का राख्नुपर्ने सत्य के हो भने साविकबमोजिम आत्मकेन्द्रित एवम् अलमस्ती शैलीले साबिकमा नभएको परिस्थितिको व्यवस्थापन हुन सक्दैन, जोखिम पन्छाउन सक्दैन। हाम्रा छिमेकीहरूको रुचि र स्वार्थ साबिकभन्दा पृथक छ, अझै पृथक हुनेछ।

द्वन्द्वात्मक रणनीतिबाट निर्देशित भारत, चीन र अमेरिकाको सामरिक राडारभित्र परिसकेको नेपालका लागि दुईवटा प्रमुख बु“दा विचारणीय छन्– १) ‘ठूला शक्ति राष्ट्रबीचको सम्बन्धमा नया“ मोडेल’ बनाउन अग्रसर अमेरिका र चीनबीचको अन्तरविरोध, सामरिक स“ंघर्ष तथा विश्व नेतृत्वका लागि प्रतिस्पर्धासँगै गहिरिँदो अन्योन्याश्रित सम्बन्ध र यसबाट नेपालको राजनीति र दुई छिमेकीसँगको सम्बन्धमा पर्ने असर। चीन र अमेरिकाले आपसी सम्बन्धमा बढिरहेको दबाब, जटिलता र भारलाई परिपक्व र विवेकयुक्त ढंगमा व्यवस्थापन गर्न सकेनन् भने दोस्रो शीतयुध्द सुरु हुनेछ। यो खतराले नेपालमाथि दबाब बढाउनेछ, धराप थप्नेछ। २) शीतयुध्दको अन्त र सोभियत संघको विघटनपछि विजयोत्सव मनाएको पश्चिमी प्रजातन्त्र पहिलोपटक अहिले दबाब महसुस गर्न थालेको छ। परिपक्व प्रजातन्त्रहरू सङ्कटमा परेर अमेरिकालगायत विश्वका प्रजातान्त्रिक शक्तिहरू अहिले परेशानीमा परेका छन्। यसले नेपालको संस्थागत हुन नसकेको प्रजातन्त्रमा दबाब थप्न सक्छ।

विगत ३० वर्षदेखि अमेरिकी डेमोक्रेटिक राष्ट्रपतिहरूलाई राजनीतिक सल्लाह दिँदै आएका विख्यात विचारक डग्लस इ स्कोइनले पछिल्लो महिना प्रकासित आफ्नो बहुचर्चित पुस्तक ‘कोल्याप्स’ मा लेखेका छन्– ‘प्रजातन्त्रमा अहिले हामीले अनुभूत गरिरहेको सङ्कट विश्वव्यापीमात्र हैन, प्रजातन्त्रको मानक मानिएको संयुक्त राज्य अमेरिका स्वयम्मा समेत अनुभव गरिँदैछ।’ सिएनएनमा गत फागुन ५ गते दुईजना विश्लेषक अन्थोनी माक्र्स र जेमी उडसनले ‘अमेरिकी प्रजातन्त्रमा विश्वासको सङ्कट परेको’ बताउँदै ‘सुधारको ठोस प्रयास शीघ्रतासँग भएन भने गहिरो अनपत्यारको अनुभूति अझै फैलिँदै जाने’ चेतावनी दिएका थिए। यसैगरी इकोनोमिक इन्टलिजेन्स युनिटले पनि ३ वर्षदेखि युरोपमा प्रजातन्त्र ह्रासोन्मुख रहेको ठहर सार्वजनिक गरेको छ। पश्चिमी युरोपका अन्य देशको तुलनामा बढी सम्पन्न र शान्तिमय नेदरल्यान्डका लोकप्रिय नेता थेइरी बौडेटसमेत तानाशाह मुसोलोनीको प्रत्यक्ष प्रजातन्त्रको आवश्यकतामा जोड दिन थालेका छन्।

चीन र अमेरिकाले आपसी सम्बन्धमा बढिरहेको दबाब, जटिलता र भारलाई परिपक्व र विवेकयुक्त ढंगमा व्यवस्थापन गर्न सकेनन् भने दोस्रो शीतयुध्द सुरु हुनेछ। यो खतराले नेपालमाथि दबाब बढाउनेछ, धराप थप्नेछ।

वास्तवमा अहिले विश्वभर नै निर्वाचन प्रक्रियालगायत सबै राजनीतिक संंस्थामा आमजनताको पत्यार घट्दै गएको छ। यसको प्रतीकात्मक नकारात्मक अभिव्यक्ति हो– युक्रेनमा ७३ प्रतिशतभन्दा बढी मतले बहालवाला राष्ट्रपतिलाई हराएर हालै हाँस्य कलाकार राष्ट्रपति बन्नु। रुसी प्रभुत्वविरुध्द पेसेवार राजनीतिज्ञहरू उभिन नसकेपछि मतदाताले २०१३–१४ को ‘प्रतिष्ठाको क्रान्ति’ लाई खेर जान नदिन हाँस्य कलाकारलाई शासक छानेका हुन्। भ्रष्टाचार नियन्त्रणका लागि कठोर कदम चालेर निराश जनतालाई आश्वस्त पार्दै शक्ति पृथकीकरणको संस्थागत व्यवस्थाद्वारा प्रजातन्त्रको अभ्यास सार्थक बनाउन के युक्रेन सफल हुन्छ भन्ने अहिले प्रश्न खडा भएको छ। सत्तामा जरो गाडेर बसेको, राज्यका स्थापित शक्तिहरूद्वारा बलवान बनाइएको शासनलाई आफ्नो हात आफैँले बा“धेर, मुखमा पट्टी टाँसेर सडकमा उभिएको असंगठित निशस्त्र भिडले धराशायी बनाउन सक्छ भन्ने उदाहरण सन् २०११ मा ट्युनिसिया र इजिप्टमा देखिएको थियो। सुडान र अल्जेरियामा पछिल्लो महिना भएको उथलपुथलले अरब जागरणको कलर रिभोलुसनको बिउ मासिएको छैन भन्ने जनाउ विश्व समुदायलाई दिएको छ।

यसैबीच देखिएका लक्षणले भारतमा हाल भइरहेको आमचुनाव सत्रौ“ संसद्को गठनमा मात्रै सीमित नरहेर ९० करोड मतदाताले सामूहिक विवेकबाट भारतीय प्रजातन्त्रको चरित्र र चिन्तनसमेत फेर्न सक्ने बताइरहेका छन्। भारतीय जनता पार्टीको यसपटकको चुनाव घोषणापत्रमा ‘नया“ सरकारको प्रेरणाको आधार नै राष्ट्रवाद हुने’ प्रतिबध्दता लेखिएको छ। यसैले ‘भारतीय संस्कृति र हिन्दु संस्कृति साझा हुन्’ भन्ने प्रधानमन्त्री मोदीको नेतृत्वमा जेठ ९ गतेतिर दोस्रोपटक बन्ने नया“ सरकारका लागि प्रेरणाको मूल मन्त्र हिन्दु राष्ट्रवाद हुने कुरा प्रस्ट छ। यसो त एक्काइसा“ै शताब्दीको दोस्रो दशकको सुरुदेखि नै युरोप र अमेरिकी सामरिक राजनीतिक चिन्तन ‘पहिले आफ्नो देश र आफ्नो स्वार्थ’ द्वारा परिभाषित  राष्ट्रवादबाट निर्दिष्ट हुन थालेको हो। यस्तै चिन्तन र बेहोरा भारत र चीनको नेतृत्वले पहिले जै अपनाउन थालेका थिए। तर अहिले हिन्दु राष्ट्रवादको विशेषताले भारतको पहिचान पृथक हुन थालेको छ। अमेरिका र चीन सम्बन्धमा सन्तुलन शक्तिको हैसियत लिन थालेको छ। पश्चिमी पर्यवेक्षकहरूको विश्लेषणअनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालमा ‘नेहरु इन्दिराकालीन समावेशी राजनीतिक संस्कृतिको अन्त हुनेछ।’ मोदीले भारतीय परराष्ट्र नीतिलाई आफ्नो रणनीतिक स्वामित्वमा उभ्याउने क्रममा नेहरु–इन्दिरा छायाँबाट झिकेर सामरिक स्वामित्वलाई हिन्दु सभ्यताको आदर्श, मूल्य र मान्यतामा खडा गरिसकेका छन्। अब यसपटकको चुनावमा भाजपाको विजयले बहुलवादमा ग्रहण लाग्ने तथा भारत भूमण्डलीय शक्ति सन्तुलनको मुख्य पक्ष बन्न सक्ने विश्लेषण जरनल अफ डेमोक्रेसीको जनवरीको अङ्कमा गरिएको छ।

आउने दिनहरूमा अमेरिका र चीनसँगको सम्बन्धमा भारतको अवस्था बलियो हुँदै जानेछ। यसको स्वाभाविक असर भारतको छिमेक नीतिमा पर्नेछ। भाजपाको चुनाव घोषणापत्रमा ५ वर्षपहिलेको ‘पहिले छिमेकी’ भन्ने मूल नारा हटाइएको छ, सार्क उल्लेख नै छैन। यसले भारतीय परराष्ट्र नीतिको प्राथमिकता र चिन्तनमा परिवर्तन आउने सूचना दिएको छ। परिणाममा ताजा जनादेश लिएर आउने मोदी नेतृत्वको नया“ सरकारले अमेरिका र चीनसँगको सम्बन्धको आडमा साना छिमेकीसम्बन्धी नीतिमा विशेषै किसिमको सजिलो महसुस गर्न सक्ने लक्षण देखिन्छ। यस सन्दर्भमा राजनीति र कूटनीतिका विद्यार्थीका लागि विशेष रुचिको कुरा के छ भने आमचुनावको क्रम निर्णयात्मक चरणमा आइपुग्दा चीनले मोदीको पक्षमा ‘मतदान’ गरेको छ। सन् १९९९ मा काठमाडौँबाट उडेको भारतीय विमान अपहरण र २००८ को मुम्बई आक्रमणको नाइके पाकिस्तानी नागरिक मसुर अजहरलाई आतङ्ककारी घोषित गरोस् भन्ने प्रयासमा विगत २० वर्षदेखि भारतीय कूटनीति प्रयत्नशील थियो। पछिल्लो १० वर्षभित्र चारपटक राष्ट्र संघ सुरक्षा परिषद्द्वारा अजहरलाई अन्तर्राष्ट्रिय आतङ्ककारी घोषित गराउने भरमग्दुर प्रयास भारतले गरेकै हो। तर भिटो शक्ति भएका अन्य चारवटा देशले साथ दिए पनि चीन एक्लैले छेकेपछि यी सबै प्रयास असफल भएका थिए। तर यसै महिना चीनको सहमतिमा अजहरलाई सुरक्षा परिषद्ले अन्तर्राष्ट्रिय आतङ्ककारी घोषित गरेपछि प्रधानमन्त्री मोदीलाई आफ्ना मतदातालाई देखाउने ठूलो कूटनीतिक सफलता हासिल भएको छ।

निश्चय नै चिनिया राष्ट्रपति सि चिनफिड र प्रधानमन्त्री नरेन्द्र मोदीबीच बढ्दो निकटता र विश्वासको परिणाम हो यो। सुरक्षा परिषद्मा चीनको समर्थनलाई भारतको यसपटकको चुनावमा बेइजिडको मत मोदीको पक्षमा खसेको भनेर बुभ्mनु सही हुन्छ। ५ वर्षको अवधिमा प्रधानमन्त्री मोदीले अमेरिका र चीनसँग भारतको सम्बन्ध सञ्चालनमा देखाएको कूटनीतिक प्रवीणता तथा सामरिक सिपले वासिङ्टन र बेइजिङबीच धारिलो हुँदै गएको द्वन्द्वमा नया“ दिल्लीलाई उल्लेखनीय हैसियत दिएर लाभान्वित तुल्याएको छ। राष्ट्रिय हितमा समर्पित सिपयुक्त कूटनीतिले आन्तरिक राजनीतिमा पनि लाभांश दिन्छ भन्ने कुरा नेपालका लागि समयले दोहो¥याएर पढाएको यो अर्को मूल्यवान पाठ हो। मोदीको दोस्रो कार्यकालमा भारतको नेपाल नीति पुनर्भाषित हुनेछ। नेपाल–भारत सम्बन्धको इतिहासमा आगामी ५ वर्षले निर्णयात्मक महत्व राख्नेछ।

भारतीय राजनीतिको मानसिक दिशा परिवर्तनलाई बुभ्mन नेपाल पटक–पटक चुकेको छ। पछिल्लो आमचुनावले सरकार परिवर्तनमात्र हैन, शासन पध्दतिको ढा“चा नै परिवर्तन गरेको, राष्ट्रिय नेताको चयन गरेको तथ्य चीन, अमेरिका र रुसले छिट्टै बुझे अनि आफ्नो भारत नीतिलाई समायोजित गर्न थाले। तर नेपालले बुझेन, बुभ्mने कोसिस नै गरेन। प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा भाग लिन सार्कका अन्य सरकार प्रमुखहरूसँगै निम्त्याइएका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले संसद्मा प्रमुख प्रतिपक्षको हैसियतसमेत गुमाएको कांग्रेसकी अध्यक्षलाई भेट्ने प्रमुख अजेन्डा बनाएर प्रत्युत्पादक स्वभाव देखाए। यो अकूटनीतिक बेहोरा थियो किनभने उनी कांग्रेसलाई  हराएर आएका नया“ प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा उपस्थित हुनमात्र गएका थिए। राजकीय वा निजी भ्रमणमा गएका थिएनन्।

यतिमात्र हैन, भारतीय राजनीतिमा दूरगामी महŒवको गुणात्मक फेरबदल आएकाले तदनुकूल नेपालको बरताव हुनुपर्छ भन्ने गगन थापालगायत नेपाली कांग्रेसका युवा नेताहरूको सल्लाह पनि खेर फालिएको थियो। यसैगरी नेपालको संविधानबारे तत्कालीन ३ पार्टीका प्रमुख नेताहरू (कांग्रेसका शेरबहादुर देउवा, एमालेकी विद्या भण्डारी, माओवादीका पुष्पकमल दाहाल र बाबुराम भट्टराई) ले आफ्नै पहलमा नया“ दिल्ली गएर भारतीय परराष्ट्र मन्त्रीलाई भेटेर दिएको वचनसमेत पालन नगरेको सरकारी दाबी ७ डिसेम्बर २०१५ को भारतीय संसद्को आधिकारिक दस्तावेजमा अभिलिखित भएको छ। वास्तवमा पालन नगरिने वचन दिनु नेपालका नेताहरूको चरित्र नै बनेको छ। व्यक्तिगत सम्बन्धमा त वर्तमान नेतृत्वको अनपत्यारलो चरित्र चर्चित नै छ। तर वैदेशिक सम्बन्धमा, विशेषगरी छिमेकीहरूसँग प्रतिबध्दता व्यक्त गर्दा होस गर्नुपर्छ। एकपटक सहमत भएपछि, एकपटक वचन दिएपछि पालन हुनैपर्छ। अन्यथा दुईपक्षीय सम्बन्धमा विश्वासको सङ्कट आउँछ। द्वन्द्वात्मक स्वार्थहरू भएका भारत, चीन र अमेरिकाको सामरिक राडारमा परिसकेको नेपालका लागि छिमेकीहरूसँगको सम्बन्धमा विश्वासको सङ्कट विपत्तिलाई निम्ता हुनेछ। पूर्वपरराष्ट्र मन्त्री
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस