स्वतन्त्रता कि समृद्धि?
२५ फागुन २०७०
•
१५ मिनेट पाठ
स्वतन्त्रता कि समृद्धि?
यी पंक्तिहरू लेख्दासम्म संयुक्त सरकार साझा नीति र कार्यक्रम सार्वजनिक भएको छैन। नेपाली कांग्रेस र एमालेका नेताहरू नीति र कार्यक्रम निर्माणमा व्यस्त भएको समाचार आइतबारको नागरिकमा छापिएको छ। अर्थात्, सरकारले कामकाज थालेजस्तो छ। यसपटक मन्त्रीहरूले स्वागत सत्कारमा पनि खासै समय खेर फालेनन्। हुनत, सरकारबाट कुनै अपेक्षा नभएर जनताले वास्तै नगरेकाले पनि स्वागतसत्कारमा रुचि नदेखिएको हुनसक्छ। बिस्तारै मन्त्रीहरूले संसद्‍मा बोल्न पनि थालेका छन्। गत साता वन र गृह मन्त्रीले संसद्मा चुरे र नन्दप्रसाद अधिकारी दम्पतीका बारेमा सरकारको धारणा राखे। संसद्को बैठक चलुन्जेल नीतिगत विषयमा मन्त्रीहरूले त्यहीँबाट जानकारी दिने अभ्यास गरे भने संसदीय पद्धतिको मर्यादाअनुरूप हुनेछ। यस्तै, सरकारका विषयमा पार्टीहरूभन्दा संसदीय दल बढी सक्रिय हुने अभ्यास पनि थाल्नु जरुरी छ। 
लोकतान्त्रिक शासन पद्धति अपनाउने हो भने पार्टी र सरकार अनि राज्यका बीच लक्ष्मण रेखा खिचिनु जरुरी हुन्छ। सर्वसत्तावादी शासनमा मात्र पार्टी र सरकारबीचको भेद हराउने हो। जुन पार्टीको वा गुटको प्रतिनिधित्व गरे पनि मन्त्री त मुलुककै हो। यसैले मन्त्रीहरूले मुलुकको मन्त्री देखिने प्रयास गर्नुपर्छ। प्रधानमन्त्रीले आफ्नै व्यवहारलाई उदाहरणीय बनाए अरूमाथि पनि नैतिक दबाब पर्छ। नेपाली कांग्रेसको बैठक प्रधानमन्त्री निवासमा बस्ने चलनमात्रै अन्त्य गरिए पनि सकारात्मक सन्देश जानेछ। प्रधानमन्त्री सुशील कोइराला बर्मा भ्रमणका क्रममा हवाई यात्रादेखि प्रतिनिधिमण्डलको आकारसम्ममा मीतव्ययी भएकोमा भारतको अंग्रेजी पत्रिका दी हिन्दुले महत्व दिएर समाचार सम्प्रेषण गर्योम। यसले अब प्रधानमन्त्री कोइरालालाई नैतिक दबाब पनि पर्नसक्छ। प्रधानमन्त्रीको जीवनशैलीका बारेमा विदेशी सञ्चार माध्यमको पनि ध्यान जाँदो रहेछ। प्रधानमन्त्री कोइरालाले यस भ्रमणबाट दिएको सन्देश बाबुराम भट्टराई 'मुस्ताङ’ गाडीजस्तो नहोस्। प्रधानमन्त्री नेपालमै जडान भएको गाडी चड्ने तर उनका पछुवाहरू संसारका महंगा गाडीहरूमा सयर गर्ने वा सल्लाहकारका नाममा पार्टीका अनगिन्ती कार्यकर्तालाई राजस्वबाट पाल्ने विंगतिले बाबुराम भट्टराईको 'सादगी’ पाखण्ड ठहरियो। बर्मा भ्रमणबाट फर्कँदा सुरक्षाका नाममा जनतालाई सास्ती दिने काम पनि कम भयो रे! यस्तो अभ्यास पटके भयो भने पाखण्ड ठहरिनेछ। यस्ता अभ्यासले निरन्तरता पाए भने सुशील कोइरालालाई सम्झने कारण तिनै हुनेछन्। 
राजनीतिकर्मीको सैद्धान्तिक निष्ठा आचरणमा पनि देखिनुपर्छ। लोकतन्त्रवादी कम्तीमा ढोंगी चाहिँ हुनुहुँदैन। सुशील कोइरालाले सरल जीवन शैली धान्न सके भने अरू मन्त्रीले पनि लाजगाल उत्ताउलो हुने आँट गर्नेछैनन्। उनले पदको लोभ नगर्ने, पदमा टिक्न अनुचित सम्झौता नगर्ने, व्यक्तिगत जीवन स्वच्छ र सरल राख्ने, जनताका पक्षमा देखिने केही काम गर्ने गरे जनताले स्याबास भन्नेछन्। यत्ति भए पनि पुग्छ। चमत्कार गर्न पर्दैन। चमत्कार गर्न खोज्नु पनि सायद हुँदैन। कारण, 'बढा देउता जल्छन् अलिकति त हाम्रा उदयमा ’।
सरकारका नीति र कार्यक्रममा राष्ट्रिय यथार्थ प्रतिविम्बित हुनेगरेको देखिँदैन। यस्तै नेपालको चाहना परिभाषित गर्दा पनि यथार्थपरक हुन सकेको देखिँदैन। लोकतान्त्रिक राज्यको ध्येय त व्यक्तिको स्वतन्त्रता र समानताको प्रबर्धन गर्ने हुनुपर्ने होे। समृद्धि त व्यक्तिलाई स्वतन्त्र र समान बनाउनमात्र आवश्यक हुने हो। तर, नेपालका राजनीतिक र आर्थिक क्षेत्रमा त समृद्धिलाई नै लक्ष्य बनाइएको देखिन्छ। संसारका धेरै मुलुक समृद्धिलाई नै ध्येय बनाउँदा असमानता, असन्तुष्टि र अराजकताको भासमा धसिएका छन्। वृद्धि र समृद्धि आफैँमा लक्ष्य बने समाजमा समस्या उत्पन्न हुन्छ। 
स्वतन्त्र र मर्यादित सम्मानपूर्ण जीवन यापन गर्न पाउने प्रत्येक व्यक्तिको अधिकार सुिनश्चित गर्नु राज्यको ध्येय हुनुपर्छ। संविधान, ऐन, नियम, नीति र कार्यक्रम तथा राज्यका संयन्त्रहरू त्यसका लागि आवश्यक हुने हो। उदाहरणका लागि सबै नागरिकले कम्तीमा घडेरी, गुजाराका लागि रोजगारी तथा आधारभूत शिक्षा र स्वास्थ्य व्यवहारमै पाउने प्रत्याभूति संविधानमा हुनुपर्छ। त्यसो हुन सम्भव छैन भन्नेहरूको स्वर निकै चर्को हुनसक्छ। तर, सामाजिक क्षेत्रमा अहिलेकै लगानीलाई व्यवस्थित गरेमात्र पनि नेपाली जनतालाई त्यति अधिकार सुनिश्चित गर्न कठिन हुँदैन। 
अहिलेसम्म देशले विकास र आर्थिक वृद्धिका नाममा बजार नियन्त्रित वा राज्य प्रबर्धित पुँजीवादी अर्थतन्त्र अपनायो। त्यसबाट केही व्यक्ति धनी भए तर सबैले त्यसबाट लाभ पाएनन्। स्वाभाविकै थियो। कारण, अहिले अपनाएको नीति नै शोषणमा आधारित छ। शोषणको बलियोले कमजोरलाई गर्ने न हो। कमजोरहरू मिलेर बलियो हुन पुगे भने तिनले पनि अपेक्षाकृत कमजोर हुनपुगेको पक्षको दोहन गर्छन्। उद्यमी, मजदुर र मजदुर संगठनको सम्बन्ध यसको टड्कारो उदाहरण हो। यसैले नेपाली समाजलाई बेलैमा सही बाटो हिँडाउने हो भने समृद्धिका लागि मरिमेट्ने पुँजीवादको साँटो गुजारामूलक जनमुखी अर्थव्यवस्था अपनाउनु आवश्यक हुन्छ। 
गलत नीतिको एउटा उदाहरण। निकासीलाई अनुदान दिने तर स्वदेशी खपतमा कर लगाउनजस्ता गलत नीति पञ्चायतकालदेखि नै निरन्तर रहेको छ। यसले अर्थतन्त्रलाई आत्मनिर्भर हुन नदिनेमात्र हैन परमुखापेक्षी पनि बनाउँदो रहेछ। उदाहरण हाम्रै अर्थतन्त्र हो। विगतमा अपनाइएको निर्यातमुखी नीतिले धनीलाईमात्र फाइदा भएको देखिएको छ। निकासी प्रवर्धनका नाममा भएको राज्यको लगानीको तुलनात्मक लाभको अध्ययन जरुरी। के त्यसरी राज्यले अनुदान दिएको रकमबाट कमदारको जीवनस्तर सुधार गर्न फाइदा भएको छ? त्यस प्रकारको अनुदानले आय अन्तर कम भएको छ कि बढाएको? समाजमा आर्थिक असमानता बढाउने नीतिलाई सही ठहर्यानउनु मन्दविषलाई औषधि ठान्नुजस्तै हो। यसैले राज्यले अब यथार्थमा आधारित भएर विश्लेषण गनुपर्छ। तथ्यमा आधारित भएर जनमुखी अर्थनीतितर्फ सरकारको नयाँ अभिमुखीकरण आवश्यक देखिएको छ। 
संसारका सबैजसो मुलुकहरूले वृद्धि र समृद्धिलाई मात्र जोड दिँदा अहिले सबैजसो समाजमा असन्तोष र असमानता बढेको हो। राज्य वा व्यक्तिले प्राकृतिक स्रोतको दोहन गर्दा प्रकृतिको भारवहन क्षमतालाई उपेक्षा गरियो। जीवनशैली वातावरणमैत्री भएन। त्यसको दुष्परिणाम अहिले नै भयावह बनिसकेको छ। अझ कति पुस्ताले पुर्खाको 'पापको फल’ भोग्नुपर्ने हो? यसैले हाम्रो समाजलाई स्वतन्त्र र समान बनाउने लक्ष्य राख्ने हो भने हचुना वृद्धिभन्दा न्यायोचित वितरण र राज्यको स्रोतमा सबैको पहुँच स्थापित गर्नमा जोड दिने अर्थव्यवस्था अपनाउनु जरुरी हुन्छ। 
राज्यले दिँदा सबैलाई समानरूपमा दिने र लिँदा व्यक्तिको गच्छेअनुसार लिने व्यवस्था भएमात्र स्वतन्त्रता र समानता वास्तवमै चरितार्थ हुन्छ। कारण, सबैलाई पुर्याभएमात्र कमजोरले पाउँछन्। प्रकृतिकै नियम हो यो। यसैले राज्यले दिँदा सबैलाई समान व्यवहार गर्नुपर्छ। त्यसो भए शिक्षा र स्वास्थ्यमा सबैको समान पहुँच कायम हुन्छ। कसैलाई आरक्षणको खाँचो नै पर्दैन। पहिले गाउँका सामुदायिक विद्यालयमा धनीकै छोराछोरी नै पहिला दोस्रा हुन्थे र? ट्युसन पढाउन थालेपछि अर्थात् शिक्षामा बजारको प्रवेशपछि न भेदभाव सुरु भएको हो। करको जालो फराकिलो त बनाउनैपर्छ तर समाजलाई समानतातर्फ उन्मुख गराउने हो भने गहिरो बनाउन पनि उत्तिकै जोड दिनुपर्छ। यस्तो नीति अपनाउने हो भने नेपाली समाजलाई समानता हासिल गर्न धेरै कठिन उपाय अपनाउनुपर्ने छैन। असमानता कम भएका समाजले शान्ति र प्रगति दुवै हासिल गरेको छन्। 
नेपालको अहिलेको अर्थतन्त्र त सामन्ती र पुँजीवादी पूरै हैन। सबैतिरका दुर्गुण मिसिएको छ। यसलाई आदम स्मिथ, कार्ल मार्क्सले नचिनेको र किन्सले नजानेको हुनाले तिनका आँखाबाट व्याख्या गर्न खोज्नु गलत हुन्छ। 
नवउदारवादीहरू पुँजीवादीका रूपमा प्रकट भए र तिनको चमकदमकमा उदारवादी चिन्तन ओझेलमा पर्योर। कल्याणकारी राज्यको थालनी बेलायतमा उदारवादीहरूले नै गरेका हुन्। अहिले कल्याणकारी राज्यको अवधारणा समाजवादीले पेवा बनाएका छन्। युरोपका उदारवादीले अहिले वातावरण संरक्षणवादी (ग्रीन)हरूसँग पनि वैचारिकरूपमा सहकार्य गरिरहेका छन्।
संविधान सभामा कम्युनिस्टहरूको उपस्थिति बलियो छ। हुनत, नेपालका कम्युनिस्टलाई परम्परागत राजनीतिक शब्दावलीमा परिभाषित गर्नु मुर्ख्याइँ हुन्छ। सत्तामा जाने मौका पाएपिच्छे तिनले चर्को पुँजीवादी र सामन्ती प्रवृत्ति र चरित्र देखाएका छन्। तर, सरकारले लिने नीतिमा एमालेभन्दा पनि अलिकति बढी जनमुखी हुनु स्वाभाविक हुन्छ। नेपालमा नीति निर्माण गर्दा सूचनाले दिने ज्ञान वा राजनीतिक यथार्थमा ध्यान दिने गरिएको छैन। कांग्रेसको प्रतिपक्षमा २०४८ र २०५६ मा एमाले थियो। तर, सरकारका नीतिहरू अलिकति देब्रे ढल्कनुको साटो कांग्रेसभित्रै आलोचना हुने गरी पुँजीवादी देखियो। त्यस्तै व्यवहार एमालेले २०५१ मा देखायो। संविधान सभाको पहिलो निर्वाचनपछि त कुनै सुझबुझ देखिने देखाइने अपेक्षै थिएन। अहिले कांग्रेस र एमाले दुवैले माओवादीको घोषणापत्रसमेतलाई हेक्का राखेर नीति निर्माण गर्नुपर्छ। त्यस अवस्थामा कमजोर राजनीतिक सन्तुलन चुँडिनेछैन। जनताका हितमा निर्णय गरे जस पनि पाइन्छ र विरोध पनि हुनेछैन।


अर्को समाचार
नेपालको आर्थिक स्वतन्त्रता खस्कियो
३१ भदौ २०७३
•
६ मिनेट पाठ
नेपालको आर्थिक स्वतन्त्रता खस्कियो
काठमाडौं- नेपाल विश्व आर्थिक स्वतन्त्रतामा गत वर्षभन्दा दुई स्थान तल झरेको छ।  समृद्धि फाउण्डेशनले क्यानाडाको फ्रेजÞर इन्स्टिच्युटसँग सहप्रकाशन गरी विहिबार सार्वजनिक गरेको विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदन २०१६ मा नेपाल १५९ राष्ट्रहरुमध्ये १०८औं स्थानमा रहेको छ। गत वर्ष यस प्रतिवेदनमा नेपाल १५७ राष्ट्रहरु मध्ये १०६ औं स्थानमा रहेको थियो।




नेपाल यस वर्षको प्रतिवेदनमा ६.५४ (१ देखि १० सम्मको क्रममा, अधिकतम मानको अर्थ अधिकतम आर्थिक स्वतन्त्रता) अंकका साथ् १५९ राष्ट्रहरु मध्ये १०८ आंै स्थानमा रहेको छ। यस अंकका साथ गत वर्षको तुलनामा नेपाल २ स्थान तल झरेका हो। गत वर्ष ६.५६ अंक ल्याएर १५७ राष्ट्रहरु मध्ये नेपाल १०६ औ स्थानमा रहेको नेपालले यस वर्ष  ६.५४ अंकका साथ दुइस्थान तल झरेको हो।

प्रतिवेदनको सरकारको आकार मापदण्ड अन्तर्गत नेपालले गत वर्षको अंक ८.७२ भन्दा तल झरेर यस वर्षको ७.८९ अंक ल्याएको छ। तर, न्याय व्यवस्था तथा सम्पति माथिको अधिकारको सुरक्षा भने गत वर्षको अंक ४.३३ भन्दा यस वर्ष ४.७९, स्वस्थ मु›ा माथिको पहुँचमा गत वर्षको ६.४२ अंक भन्दा यस वर्ष ६.४३,

अन्तराष्ट्रिय व्यापार गर्ने स्वतन्त्रतामा गत वर्षको ६.४७ अंकभन्दा यस वर्ष ६.७२, र

कर्जा, श्रम र व्यवसायमा नियमनको व्यवस्थामा गत वर्षको ६.८५ भन्दा यस वर्ष ६.८७ अंक ल्याएको छ।

विगतका विभिन्न अध्ययनहरुले देखाए अनुसार, आर्थिक स्वतन्त्रताको माथिल्लो पंक्तिमा रहेका राष्ट्रहरुका जनताहरुमा बढी समृिद्ध, बढी राजनीतिक र नागरिक स्वतन्त्रता र लामो औसत आयु पाइन्छ। उदाहरणका लागि, आर्थिक स्वतन्त्रताको सूचीमा माथि रहेको राष्ट्रहरुको सन् २०१४ मा औसत प्रति व्यक्ति कुल गार्हस्थ उत्पादन ४१,२२८ अमेरिकी  डलर  रहेको थियो भने आर्थिक स्वन्तन्त्रता सूचीको निम्न पंक्तिमा रहेका राष्ट्रहरुको चाँहि ५,४७१ अमेरिकी डलर  थियो। त्यसबाहेक, आर्थिक रुपले स्वन्तन्त्र राष्ट्रहरुमा सबै भन्दा गरिब १० प्रतिशतको औसत आम्दानी (अमेरिकी डलर ११,२८३) पनि आर्थिक रुपले अस्वतन्त्र राष्ट्रहरुको समग्र औसत आम्दानी भन्दा अधिक छ।

प्रतिवेदनका अनुसार विश्वभरमा सबैभन्दा उच्चदरको आर्थिक स्वन्तन्त्रता कायम गरेका दश उत्कृष्ट राष्ट्रमा १० अंकमा ९.०३ ल्याउदै हंगकंग पहिलोमा गर्दै, सिंगापोर (८.७१), न्यु जिल्यान्ड (८.३५), स्विजÞरर्लैड (८.२५), क्यानडा (७.९८), जर्जिया (७.९८), आयरल्याण्ड (७.९८), मरिसियस (७.९८), युनाईटेड अरब एमीरेटस (७.९८), अष्ट्रेलिया (७.९३) र संयुक्त अधिराज्य (७.९८) लगातार अब्बल स्थानमा रहे। अन्य केहि उल्लेख्य राष्ट्रहरुमा जर्मनी (७.५५), जापान (७.४२), फ्रान्स (७.३०), रसिया (६.६६), भारत (६.५०), चीन (६.४५) र ब्राजिल (६.२७) रहेका छन्। त्यसै गरी, इरान, अल्जेरिया, च्याड, अंगोला, सेन्ट्रल अफ्रिकि रिपब्लिक, अर्जेर्ि्न्टना, रिपब्लिक अफ कंगो, लिब्या र भेनेजुएला लगातार अन्तिम १० स्थानमा रही सबैभन्दा कम आर्थिक स्वतन्त्रता भएका देशका रुपमा अगाडी आएका छन्। केहि निरङ्कुश शासन भएका राष्ट्रहरु जस्तै उत्तरी कोरिया र क्युबाहरुको आंकडा नभएको हुदा मापन भएको छैन।

यस विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदन, क्यानडा स्थित सार्वजनिक नीति प्रतिष्ठान, फ्रेजर इन्स्टि्युटद्वारा इकोनोमिक फ्रिडम नेकर्वकसँगको सहकार्यमा वार्षिक रुपमा प्रकाशित गरिन्छ। इकोनोमिक फ्रिडम नेकर्वक विश्वका लगभग १०० मुलुकका स्वतन्त्र सार्वजनिक नीति प्रतिष्ठानहरुको छाता संगठन हो। समृद्धि फाउण्डेशन, यस आर्थिक स्वतन्त्रता सञ्जालको सदस्य र प्रतिवेदनको सह प्रकाशक पनि हो। यो आर्थिक स्वतन्त्रता प्रतिवेदन विश्वको आर्थिक स्वतन्त्रता मापन गर्ने मुख्य र प्रमुख श्रोत हो र यसले आर्थिक स्वतन्त्रता सुचकाङ्कको निर्माण गरेको छ र ती परिसुचकहरु पाँच वर्गमा पर्दछन् – सरकारको आकार; असल मुद्रा (साउन्ड मनि) मा पहुँच; अन्तराष्ट्रिय व्यापार गर्ने स्वतन्त्रता; ऋण, श्रम र व्यापार सम्बन्धि नियमन व्यवस्था ; र कानुनी संरचना र सम्पत्तिको अधिकारको सुरक्षा।

यस वर्षको प्रकाशनले १५९ राष्ट्र र सिमाहरुको आर्थिक स्वतन्त्रता मापन गरेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस