काठमाडौं- नेपाल विश्वमा १०६औं आर्थिक रुपमा स्वतन्त्र देश भएको एक प्रतिवेदनले जनाएको छ। समृद्धि, द प्रोस्पेरिटी फाउन्डेसनले क्यानडाको फ्रेजर इन्स्टिच्युटसँग सहप्रकाशन गरी सोमबार सार्वजनिक गरेको विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदन २०१५ मा नेपाल १ सय ५७ राष्ट्रमध्ये १०६ आंै स्थानमा रहेको हो। गत वर्ष यो प्रतिवेदनमा नेपाल १ सय ५२ राष्ट्रमध्ये १ सय २६औं स्थानमा थियो।
नेपाल यस वर्षको प्रतिवेदनमा ६.५६ अंकका साथ १ सय ५७ राष्ट्रमध्ये १०६ आंै नम्बरमा परेको हो। गत वर्षको तुलनामा नेपाल २० स्थान माथि उक्लेको हो। गत वर्ष ६.१६ अंक ल्याएर १ सय ५२ राष्ट्रमध्ये नेपाल १ सय २६औं स्थानमा थियो। १ देखि १० अंकसम्मको क्रमलाई अधिकतम मानको अर्थ अधिकतम आर्थिक स्वतन्त्रता भनेर प्रतिवेदनले व्याख्या गरेको छ।
गत वर्षको तुलनामा आर्थिक स्वतन्त्रताका परिसूचकमा सुधार गरेकोले पनि नेपालको स्थान माथि उक्लेको हो। प्रतिवेदनले आर्थिक स्वतन्त्रताका परिसूचकमा सरकारको आकार, न्याय व्यवस्था तथा सम्पत्तिमाथिको अधिकारको सुरक्षा, स्वस्थ मुद्रामाथिको पहुँच, अन्तर्राष्ट्रिय व्यापार गर्ने स्वतन्त्रता र कर्जा, श्रम र व्यवसायमा नियमनको व्यवस्थालाई लिएको छ।
यस अनुसार सरकारको आकारमा नेपालले गत वर्षको ७.३९ अंकको भन्दा बढी ल्याएर यस वर्ष ८.७२ अंक पाएको छ।
यस्तै, न्याय व्यवस्था तथा सम्पत्तिमाथिको अधिकारको सुरक्षामा गत वर्षको ४.२२ अंक पाएकोमा यस वर्ष ४.३३ पाएको छ। स्वस्थ मुद्रामाथिको पहुँचमा पनि नेपालले सुधार गरेर गत वर्षको ६.४० को तुलनामा ६.४२ अंक ल्याएको छ। अर्को परिसूचक अन्तर्राष्ट्रिय व्यापार गर्ने स्वतन्त्रतामा गत वर्ष ६.४० पाएकोमा यस वर्ष ६.४७ अंक पाएको छ। यसैगरी कर्जा, श्रम र व्यवसायमा नियमन व्यवस्थामा पनि नेपालले सुधार गरेर गत वर्षको ६.४७ अंकभन्दा बढी यस वर्ष ६.८५ अंक ल्याएको छ।
विभिन्न अध्ययनका अनुसार, आर्थिक स्वतन्त्रताको माथिल्लो पंक्तिमा रहेका राष्ट्रका जनतामा बढी समृिद्ध, बढी राजनीतिक र नागरिक स्वतन्त्रता र लामो औसत आयु पाइन्छ। आर्थिक स्वतन्त्रताको अनुसूचीमा माथि रहेको राष्ट्रको सन् २०१३ मा औसत प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन ३८ हजार ६ सय १ अमेरिकी डलर थियो भने तल्लो पंक्तिमा रहेका राष्ट्रको ६ हजार ९ सय ८६ अमेरिकी डलर थियो। त्यसबाहेक, आर्थिक रुपले स्वन्तन्त्र राष्ट्रमा सबैभन्दा गरिब १० प्रतिशतको औसत आम्दानी (अमेरिकी डलर ४९ हजार ८ सय ८१) पनि आर्थिक रुपले स्वतन्त्र नभएका राष्ट्रको औसत आम्दानीभन्दा बढी छ– अमेरिकी डलर ४१ हजार ६ सय २९।
आर्थिक स्वतन्त्रता प्रतिवेदन विश्वको आर्थिक स्वतन्त्रता मापन गर्ने प्रमुख स्रोत हो र यसले आर्थिक स्वतन्त्रता सूचकांक निर्माण गरेको छ। ती परिसूचकहरु सरकारको आकार, असल मुद्रा (साउन्ड मनि) मा पहँुच, अन्तर्राष्ट्रिय व्यापार गर्ने स्वतन्त्रता, ऋण, श्रम र व्यापार सम्बन्धी नियमन व्यवस्था तथा कानुनी संरचना र सम्पत्ति अधिकारको सुरक्षा।
फाउन्डेसनका सिनियर फेलो हेमन्त दबाडीका अनुसार नेपालले आर्थिक स्वन्तन्त्रताको प्रतिवेदनमा केही स्थान माथि उक्ले पनि प्राप्तांकमा न्यूनतम सुधार मात्र देखिन्छ र आर्थिक स्वतन्त्रताको निम्न कोटीमा नेपाल अझै कायमै छ।
आर्थिक स्वतन्त्रता प्रतिवेदनसँगै सोमबार सार्वजनिक भएको देशीय अध्ययन प्रतिवेदनले आर्थिक स्वतन्त्रतामा असर पार्ने नीतिका केही विशेष पक्षहरुलाई विश्लेषण गरेको छ। ती नीतिहरूले नेपालको वर्तमान आर्थिक स्वतन्त्रताको अवस्थामा कस्तो असर गरेको छ भनेर बुझ्न खोजेको उनले बताए।
विगतमा झैं यसपटक पनि समृद्धि्रले नेपाल उद्योग वाणिज्य महासंघसँगको साझेदारीमा नेपालमा यस वार्षिक आर्थिक स्वतन्त्रता प्रतिवेदन सार्वजनिक गरेको हो।
प्रतिवेदनका अनुसार विश्वभरमा सबैभन्दा उच्चदरको आर्थिक स्वन्तन्त्रता कायम गरेको १० राष्ट्रमा १० अंकमा ८.९७ ल्याउदै हङकङ, सिंगापुर (८.५२), न्युजिल्यान्ड (८.१), स्विजरल्यान्ड (८.१६), युनाइटेड अरब इमिरेट्स (८.१५), मौरिसस (८.०८), जोर्डन (७.९३), आयरल्यान्ड (७.९०), क्यानडा (७.८९) र बेलायत (७.८७) अब्बल स्थानमा रहे। त्यसै गरी अरु उल्लेख्य राष्ट्रमा संयुक्त राज्य अमेरिका (७.७३), जापान (७.५२), जर्मनी (७.५०), रुस (६.६९), चीन (६.४४) र भारत (६.४३) छन्।
त्यसैगरी, अंगोला, मध्य अफ्रिकी रिपब्लिक, जिम्बावे, अल्जेरिया, अजेर्न्टिना, सिरिया, चाड, लिबिया, कंगो र भेनेजुएला अन्तिम १० स्थानमा रही सबैभन्दा कम आर्थिक स्वतन्त्रता भएका देशका रुपमा अगाडि आएका छन्। निरंकुश शासन भएका उत्तर कोरिया र क्युबाको आंकडा नभएको हुँदा मापन भएको छैन। संसारकै आर्थिक स्वतन्त्रता औसत अंक हेर्दा गत वर्ष ६.८४ रहेकोमा यस वर्ष बढेर ६.८६ पुगेको छ।
सो अवसरमा समृद्धि्रले पहिलोपटक नेपालको आर्थिक स्वतन्त्रता सम्बन्धी देशीय अध्ययन प्रतिवेदन पनि सार्वजनिक गरेको छ। अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री रामशरण महतले देशको समृद्धिका लागि मानिसले उद्यमशीलतालाई आफ्नो र जनताको जीवन उत्थानका लागि प्रयोग गर्न सक्षम हुनुपर्ने बताए। उनका अनुसार आर्थिक स्वतन्त्रता भएको वातावरणमा मात्रै देशको समृद्धिका लागि मानिसहरुमा उद्यमशीलता सम्भव हुन्छ। देशीय अध्ययनमा रिर्सच गाइड र सहजकर्ताको रुपमा नेपाल ल क्यापसका रामकृष्ण तिमिल्सिना, पूर्वन्यायाधीश स्वर्गीय भरत उप्रेती, पूर्व अर्थसचिव रामेश्वर खनाल, वरिष्ठ अर्थशास्त्री विश्वम्भर प्याकुरेल, पूर्वगभर्नर युवराज खतिवडा, वरिष्ठ कानुनविद भीमार्जुन आचार्य तथा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक भाष्कर ज्ञवाली थिए।