नेपालको आर्थिक स्वतन्त्रता खस्कियो
०५ असोज २०६७
•
३ मिनेट पाठ
नेपालको आर्थिक स्वतन्त्रता खस्कियो
काठमाडौं, असोज ६ (नागरिक) - नेपालको आर्थिक स्वतन्त्रताको अवस्था अघिल्लो वर्षको तुलनामा खस्केको छ। स्वतन्त्रताको सूचकांक ५ दशमलव ६८ बाट ५ दशमलव ५४ मा झरेको हो।
  सम्मृद्धि द प्रोस्पेरिटी फाउन्डेसनले मंगलबार राजधानीमा सार्वजनिक गरेको विश्वको आर्थिक स्वतन्त्रता २०१० मा नेपालको स्वतन्त्रता कम भएको मुलुकमा छ।

 

सरकारको आकार, स्वस्थ्य मुद्राको पहुँच, अन्तर्राष्ट्रिय व्यापार गर्नका लागि स्वतन्त्रता र ऋण, श्रम र व्यापार सम्वन्धी कानुनका सूचकांकमा कमी आएकाले मुलुकको आर्थिक स्वतन्त्रता खस्केको हो। यी ५ प्रमुख क्षेत्रमा धेरै सूचकांक आए बढी आर्थिक स्वतन्त्रता रहेको मानिन्छ।

 

अन्य मुलुकको यो स्वतन्त्रता खस्केकाले नेपालको स्थान केही बढेको छ। १ सय ४१ मुलुकमध्ये नेपालले १ सय २५ औं स्थानमा ५ दशमलव ५४ अंक हासिल गर्न सफल भएको छ।

 

आर्थिक स्वतन्त्रता बढी भएको मुलुकमा भ्रष्टाचार र अनियमिता कम हुने अर्थविद भोला चालिसेले बताए। वैदेशिक सहायता बढ्दा आर्थिक स्वतन्त्रता घट्दै जाने उनले बताए। निजी सम्पत्ति राख्न पाउने र त्यसको सुरक्षाको प्रत्याभूति भएको अवस्थामा आर्थिक स्वतन्त्रता प्राप्त हुने चालिसेले बताए।

 

प्रतिवेदनअनुसार सरकारको आकार (सेना, कर्मचारी लगायत) बढेकाले आर्थिक स्वतन्त्रता खस्केको छ। सरकारको आकारमा नेपालको स्थान ७४ बाट बढेर ८३ मा पुगेको छ। अघिल्लो वर्षको तुलनामा सम्पत्तिको अधिकारसम्बन्धी कानुन र सम्पत्तिको सुरक्षामा केही सुधार आएको छ। यसमा मुलुकको स्थान १ सय १२ बाट १ सय ११ मा झरेको छ। स्वस्थ्य मुद्रा माथिको पहुँचमा मुलुकको स्थान खस्किएको छ।

 

अन्तर्राष्ट्रिय व्यापार गर्ने स्वतन्त्रतामा मुलुक गत वर्षभन्दा कमजोर बनेको छ। यसमा मुलुक १ स्थान ओरालो लागेर १ सय १ सय १२ पुगेको छ। कर्जा, श्रम र व्यापारसम्बन्धी कानुनमा मुलुक पछाडि धकेलिएको छ। यसमा मुलुक ३ स्थानले ओरालो लागेर ८६ मा पुगेको छ।

 

प्रतिवेदनका अनुसार २५ वर्षको अवधिमा यो वर्ष आर्थिक स्वतन्त्रतामा विश्वभरि नै ह्रास आएको छ। सन् २०७ मा रहेको ६ दशमलव ७४ को औसत परिसूचक २००८ मा ६ दशमलव ६७ मा झरेको छ।

 

सन् १९८० देखि विश्वका १ सय २३ मुलुकको आर्थिक स्वतन्त्रता मापन हुँदै आएको थियो। यो वर्ष ८८ मुलुकको परिसूचक तल झरेको छ। ३५ देश मात्र पहिलेको स्थानभन्दा माथि चढ्न सफल भएको प्रतिवेदनमा छ।
अर्को समाचार
नेपालको आर्थिक स्वतन्त्रता खस्कियो
३१ भदौ २०७३
•
६ मिनेट पाठ
नेपालको आर्थिक स्वतन्त्रता खस्कियो
काठमाडौं- नेपाल विश्व आर्थिक स्वतन्त्रतामा गत वर्षभन्दा दुई स्थान तल झरेको छ।  समृद्धि फाउण्डेशनले क्यानाडाको फ्रेजÞर इन्स्टिच्युटसँग सहप्रकाशन गरी विहिबार सार्वजनिक गरेको विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदन २०१६ मा नेपाल १५९ राष्ट्रहरुमध्ये १०८औं स्थानमा रहेको छ। गत वर्ष यस प्रतिवेदनमा नेपाल १५७ राष्ट्रहरु मध्ये १०६ औं स्थानमा रहेको थियो।

नेपाल यस वर्षको प्रतिवेदनमा ६.५४ (१ देखि १० सम्मको क्रममा, अधिकतम मानको अर्थ अधिकतम आर्थिक स्वतन्त्रता) अंकका साथ् १५९ राष्ट्रहरु मध्ये १०८ आंै स्थानमा रहेको छ। यस अंकका साथ गत वर्षको तुलनामा नेपाल २ स्थान तल झरेका हो। गत वर्ष ६.५६ अंक ल्याएर १५७ राष्ट्रहरु मध्ये नेपाल १०६ औ स्थानमा रहेको नेपालले यस वर्ष  ६.५४ अंकका साथ दुइस्थान तल झरेको हो।

प्रतिवेदनको सरकारको आकार मापदण्ड अन्तर्गत नेपालले गत वर्षको अंक ८.७२ भन्दा तल झरेर यस वर्षको ७.८९ अंक ल्याएको छ। तर, न्याय व्यवस्था तथा सम्पति माथिको अधिकारको सुरक्षा भने गत वर्षको अंक ४.३३ भन्दा यस वर्ष ४.७९, स्वस्थ मु›ा माथिको पहुँचमा गत वर्षको ६.४२ अंक भन्दा यस वर्ष ६.४३,

अन्तराष्ट्रिय व्यापार गर्ने स्वतन्त्रतामा गत वर्षको ६.४७ अंकभन्दा यस वर्ष ६.७२, र

कर्जा, श्रम र व्यवसायमा नियमनको व्यवस्थामा गत वर्षको ६.८५ भन्दा यस वर्ष ६.८७ अंक ल्याएको छ।

विगतका विभिन्न अध्ययनहरुले देखाए अनुसार, आर्थिक स्वतन्त्रताको माथिल्लो पंक्तिमा रहेका राष्ट्रहरुका जनताहरुमा बढी समृिद्ध, बढी राजनीतिक र नागरिक स्वतन्त्रता र लामो औसत आयु पाइन्छ। उदाहरणका लागि, आर्थिक स्वतन्त्रताको सूचीमा माथि रहेको राष्ट्रहरुको सन् २०१४ मा औसत प्रति व्यक्ति कुल गार्हस्थ उत्पादन ४१,२२८ अमेरिकी  डलर  रहेको थियो भने आर्थिक स्वन्तन्त्रता सूचीको निम्न पंक्तिमा रहेका राष्ट्रहरुको चाँहि ५,४७१ अमेरिकी डलर  थियो। त्यसबाहेक, आर्थिक रुपले स्वन्तन्त्र राष्ट्रहरुमा सबै भन्दा गरिब १० प्रतिशतको औसत आम्दानी (अमेरिकी डलर ११,२८३) पनि आर्थिक रुपले अस्वतन्त्र राष्ट्रहरुको समग्र औसत आम्दानी भन्दा अधिक छ।

प्रतिवेदनका अनुसार विश्वभरमा सबैभन्दा उच्चदरको आर्थिक स्वन्तन्त्रता कायम गरेका दश उत्कृष्ट राष्ट्रमा १० अंकमा ९.०३ ल्याउदै हंगकंग पहिलोमा गर्दै, सिंगापोर (८.७१), न्यु जिल्यान्ड (८.३५), स्विजÞरर्लैड (८.२५), क्यानडा (७.९८), जर्जिया (७.९८), आयरल्याण्ड (७.९८), मरिसियस (७.९८), युनाईटेड अरब एमीरेटस (७.९८), अष्ट्रेलिया (७.९३) र संयुक्त अधिराज्य (७.९८) लगातार अब्बल स्थानमा रहे। अन्य केहि उल्लेख्य राष्ट्रहरुमा जर्मनी (७.५५), जापान (७.४२), फ्रान्स (७.३०), रसिया (६.६६), भारत (६.५०), चीन (६.४५) र ब्राजिल (६.२७) रहेका छन्। त्यसै गरी, इरान, अल्जेरिया, च्याड, अंगोला, सेन्ट्रल अफ्रिकि रिपब्लिक, अर्जेर्ि्न्टना, रिपब्लिक अफ कंगो, लिब्या र भेनेजुएला लगातार अन्तिम १० स्थानमा रही सबैभन्दा कम आर्थिक स्वतन्त्रता भएका देशका रुपमा अगाडी आएका छन्। केहि निरङ्कुश शासन भएका राष्ट्रहरु जस्तै उत्तरी कोरिया र क्युबाहरुको आंकडा नभएको हुदा मापन भएको छैन।

यस विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदन, क्यानडा स्थित सार्वजनिक नीति प्रतिष्ठान, फ्रेजर इन्स्टि्युटद्वारा इकोनोमिक फ्रिडम नेकर्वकसँगको सहकार्यमा वार्षिक रुपमा प्रकाशित गरिन्छ। इकोनोमिक फ्रिडम नेकर्वक विश्वका लगभग १०० मुलुकका स्वतन्त्र सार्वजनिक नीति प्रतिष्ठानहरुको छाता संगठन हो। समृद्धि फाउण्डेशन, यस आर्थिक स्वतन्त्रता सञ्जालको सदस्य र प्रतिवेदनको सह प्रकाशक पनि हो। यो आर्थिक स्वतन्त्रता प्रतिवेदन विश्वको आर्थिक स्वतन्त्रता मापन गर्ने मुख्य र प्रमुख श्रोत हो र यसले आर्थिक स्वतन्त्रता सुचकाङ्कको निर्माण गरेको छ र ती परिसुचकहरु पाँच वर्गमा पर्दछन् – सरकारको आकार; असल मुद्रा (साउन्ड मनि) मा पहुँच; अन्तराष्ट्रिय व्यापार गर्ने स्वतन्त्रता; ऋण, श्रम र व्यापार सम्बन्धि नियमन व्यवस्था ; र कानुनी संरचना र सम्पत्तिको अधिकारको सुरक्षा।

यस वर्षको प्रकाशनले १५९ राष्ट्र र सिमाहरुको आर्थिक स्वतन्त्रता मापन गरेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस