भ्रष्ट बाटो हिँडेर समृद्धिको गन्तव्य?
१२ चैत्र २०७४
•
१७ मिनेट पाठ
भ्रष्ट बाटो हिँडेर समृद्धिको गन्तव्य?
संविधानसभाबाट पारित भई जारी भएको नेपालको संविधानको प्रस्तावनामा धेरै विषय समेट्दै अन्त्यमा “संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन विकास र समृद्धिको आकांक्षा पूरा गर्न संविधानसभाबाट पारित गरी यो संविधान जारी गर्दछौँ” भन्ने विषय उद्धृत गरिएको छ। धारा ५ मा राष्ट्रहितको परिभाषा गर्दै “नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता, स्वाभिमान नेपालीको हकहितको रक्षा, सिमानाको सुरक्षा, आर्थिक समुन्नति र समृद्ध नेपालको राष्ट्रहितको आधारभूत विषय हुनेछन्” उल्लेख गरेको छ। अर्थात् नेपालको संविधानले लोकतन्त्र, समावेशिता, धर्मनिरपेक्षता, मानवअधिकारको रक्षा सार्वभौमसत्तार भौगालिक अखण्डताको रक्षामात्र हैन आर्थिक समृद्धि, विकास र न्यायोचित वितरण प्रणालीको समेत ग्यारेन्टी गरेको छ। 

हालै ट्रान्सपरेन्सी इन्टरनेसनलले प्रकाशन गरेको विवरणअनुसार चरम भ्रष्टाचार हुने मुलुकमा नेपाल अझ १२२ औँ स्थान छ। नेपालको सुशासनसहितको लोकतान्त्रिक शासन प्रणालीको मुख्य मेरुदण्डमध्ये राजनीतिक दल एउटा महत्वपूर्ण पक्ष हो। राजनीतिक दलविनाको लोकतन्त्र सविधानले कल्पना गरेको छैन र राजनीतिक दलभित्रको सुशासनको अभावमा समग्र मुलुकको सुशासन असम्भव छ। संविधानको मौलिक हक खण्डको धारा १७ को उपधारा १ खण्ड (ग) मा राजनैतिक दल खोल्ने अधिकारको ग्यारेन्टी छ। संविधानको भाग २९ को धारा २६९ देखी धारा २७२ सम्म राजनीतिक दलसम्बन्धी विशेष व्यवस्था गरेको छ। धारा २७० ले राजनीतिक दल गठन गर्ने, सञ्चालन गर्ने, जनसाधारणको सहयोग प्राप्त गर्न र प्रचारप्रसार गर्न प्रतिबन्ध लगाउने गरी बनाइएको कानुन वा गरिएको कुनै निर्णय यो संविधानको प्रतिकूल मानिनेछ मात्र होइन, त्यस्तो कार्य स्वतः अमान्य हुने व्यवस्था गरेर राजनीतिक दलकै माध्यमबाट मुलुक सञ्चालन गर्नुपर्ने प्रणालीलाई स्थापित गरेको छ।

संविधानको धारा ७४ अनुसार नेपालको शासकीय स्वरूप संघीय लोकतान्त्रिक गणतन्त्रात्मक हुने धारा ७५ बमोजिम मुलुकको कार्यकारिणी अधिकार मन्त्रिपरिषद्मा निहित रहने र त्यस्तो मन्त्रिपरिषद्को गठन धारा ७६ को उपधारा १, २ र ३ बमोजिम हुने र त्यसरी गठन हुने मन्त्रिपरिषद्मा सम्बन्धित दलको नेता प्रधानमन्त्री पदमा नियुक्ति हुने साथै प्रधानमन्त्रीले नै मन्त्रीहरूको चयन गर्ने हाम्रो संवैधानिक व्यवस्था स्थापित भएको छ। हामीले जुन संवैधानिकपरिपाटी अवलम्बन गरेका छौँप्रधानमन्त्रीले राष्ट्र सञ्चालनको मुख्य र आधारभूत अभिभारा र जिम्मेवारी पूरा गर्नुपर्छ। यसको परिणाम भनेको मुलुकको सुशासन,विकास र आर्थिक समृद्धिको मार्गलाई कति सहज र परिणाममुखी बनाउने हो त्यसको मुख्य दायित्व पनि राजनीतिक दल र तिनका नेतामा अधिकतम हदसम्म अन्तर्निहित रहने तथ्य पनि स्पष्ट नै छ। मुलुकको तीव्रतम विकास अपेक्षाकृत आर्थिक समृद्धि हासिल गर्न राज्यका सिद्धान्त नीति कार्यक्रम र गुणस्तरीय शासकीय शैली स्थापना गर्न राजनीतिक दलको गठन सञ्चालन र यसले अवलम्बन गर्ने कार्यशैली यिनका नेता, कार्यकर्ता र सदस्यको आचरण, व्यवहार सुशासनमैत्री हुनु आवश्यक छ÷छैन? यसको एकै वाक्यमा जवाफ दिन सकिन्छ र आवश्यक छ तर यो आजसम्मको सोच, व्यवहार शैलीमा परिवर्तन, अनुरोध, आग्रह, निवेदन, सुझाव, सल्लाहको माध्यमबाट सम्भव भएन र हुनेछैन। 

राजनीतिक दल सुशासनमैत्री भएनन् भने राज्यमान सुशासन, न समृद्धि। 

हिजो एउटा यस्तो समय थियो जुन बेला राजनीतिक दलमा संलग्न हुनु भनेको ठूलो जोखिम उठाउने विषय थियो तर मुलुक र जनताप्रति समर्पित रहने र परिवर्तनको महान् अभियान्ता हुनुको नाताले गौरवबोध हुन्थ्यो तर आज परिस्थितिमा व्यापक परिवर्तन भएको छ र राजनीतिक दलमा आबद्ध भएर देश र जनताको भलाइका निम्ति आफूलाई समर्पित गर्छु भन्ने त्यागपूर्ण मनोविज्ञान, बुझाइ र सेवाभाव धेरै कमजोर हुँदै गइरहेको छ। नैतिक भ्रष्ट र राष्ट्रहित विपरीत कार्य गर्ने दलीय नवसामन्तवादका कारण राजनीतिक दलभित्रका कैयन् इमानदार योग्यतम र सक्षम नेता कार्यकर्ताहरू क्रमशः कमजोर बन्दै गइरहेको परिस्थिति आजको वास्तविकता बनिरहेको छ। यदि यो वास्तविकतालाई आत्मसात् गर्ने हो भने अब दलका नेता कार्यकर्ताहरू इमानदार–लगनशील हुनुप¥यो, भ्रष्ट आचरण भएका व्यक्तिहरूलाई दलबाट निष्काशन गर्नुप-यो भन्ने आवाज उठिरहेको छ तर कुनै परिणाम प्राप्त हुन सकिरहेको छैन। किनकि हाम्रो कानुनी व्यवस्था सो अनुकूल छैन र अनुकूल बनाउने प्रयास पनि गरिएन।

राजनीतिक दल सुशासनमैत्री भएनन् भने राज्य प्रणालीलाई सुशासनमैत्री बनाउने विषयमा सामान्य सुधारोन्मुख काम गर्न सकिएला तर ठूलो परिवर्तन गर्न सम्भव छैन। परिवर्तन नगरी राज्यलाई सुशासनमैत्री बनाउन कठिन हुनेछ। राजनीतिक दल सञ्चालनको शैलीलाई राजकीय सुशासनको प्रक्रियासँग अन्तरसम्बन्धित बनाउनैपर्छ। कसै कसैले ठूलो धनराशि बुझाएर विभिन्न तहका जनप्रतिनिधिको उम्मेदवार बनेका घटना पनि सुन्नमा आएका छन्, अनि त्यसरी रकमप्राप्त गर्ने प्रवृत्ति भएका नेताले राज्य सञ्चालन गर्ने अवस्था आएमा कसरी मुलुकमा सुशासन स्थापित होला? राजकीय पदमा रहँदा अनियमित र गैरकानुनी बाटोबाट प्राप्त गरेको सम्पत्तिसमेत खर्च गरेर दलको जिम्मेवारीमा आसिन हुने अनि त्यही जिम्मेवारी र ओहोदालाई मुख्य हतियार बनाई राज्यका महत्वपूर्ण पद प्राप्त गर्ने असंगत व्यवहार र चरित्र भएका कोही कोही नेताहरू देखा पर्न थालेको अनुभूति गरिँदै छ। त्यस्ता व्यक्तिहरू राज्यको महत्वपूर्ण जिम्मेवारी लिन सक्ने परिस्थितिलाई कसरी रोक्न सकिन्छ मात्र होइन, राज्यले दण्डित समेत गर्ने नयाँ परिपाटी स्थापित गर्न आवश्यक भइसकेको छ। नेता–कार्यकर्ताहरू इमानदार, योग्य, सक्षम र देश र जनताप्रति समर्पित हुनुपर्छ भन्ने विषयमा धेरै छलफल र बहस गरिसकेका छौँ। 

अब के गर्ने?

मुलुकले अपेक्षाकृत राम्रो संविधान पाएको छ । संविधानको सफल कार्यान्वयनबाट समाज गतिशीत ढंगले अगाडि बढ्ने अपेक्षा गरिएको छ तर संविधानको भाग २९ मा राजनीतिक दलसम्बन्धी विशेष व्यवस्था गरेर दलको गठन सञ्चालन गर्न आफ्ना सिद्धान्तको प्रचारप्रचार गर्न, दलदर्ता गरी निर्वाचनमा भाग लिन र दलमाथिको प्रतिबन्ध लगाउन नसकिने व्यवस्था त गरियो तर राजनीतिक दलको राज्यप्रतिको दायित्व र जिम्मेवारीको विषयमा थप स्पष्ट व्यवस्था गरिएको छैन जसका कारण राजनीतिक दल सम्बन्धी ऐन, २०७४ ले समेत दलहरूको सञ्चालन सुशासनमैत्री हुने सन्दर्भमा अत्यावश्यक र पर्याप्त व्यवस्था गरेको पाइँदैन। राजनीतिक दलका माध्यमबाट मुलुकमा भ्रष्टाचार, अनियमितता, अराजकता वा अनैतिक कुनै पनि कार्यलाई निरुत्साहित वा नियन्त्रण गर्ने हो भने दल र तिनको नेता, कार्यकर्ताहरूको भूमिका, व्यवहार र कार्यशैलीलाई कानुनी र संरचनागत हिसाबले चुस्त–दुरुस्त बनाउनैपर्छ जसका लागि आवश्यक नयाँ स्पष्ट र पारदर्शी कानुनी प्रबन्ध गर्न आवश्यक छ।

राजनैतिक दलको नेता बन्ने दलको महत्वपूर्ण पदमा आसिन भएबापत राज्यका अनेक निर्णय र काममा प्रभाव पार्न सक्ने त्यस्तो प्रभावबाट औपचारिक वा अनौपचारिक तरिका अवलम्बन गरेबापत गैरकानुनी एवं अनियमित सम्पत्ति सुविधा प्राप्त गर्ने तर राज्यप्रतिको कानुनी दायित्व केही पनि निर्वाह गर्नु नपर्ने जस्ता सुशासन विरोधी व्यवहार भएमा त्यसलाई कानुनी ढंगले जवाफदेही बनाउने उपाय अवलम्बन गर्नैपर्छ।

मुलुकको समग्र विकास र समृद्धिका निम्ति पहिलो महत्वपूर्ण र अनिवार्य सर्त भनेको राजनीतिक दलभित्रको सुशासन नै हो।

राजनीतिक दल सम्बन्धी ऐन, २०७४ को दफा १४(२) ख मा राजनीतिक दलको सदस्य हुनका लागि चाहिने योग्यतामा भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार लागु औषधी निकासी–पैठारी वितरण, सम्पत्ति शुद्धीकरण, अपहरणसम्बन्धी कसुरमा सजाय पाएका व्यक्तिलाई सदायता नदिने प्रावधान राखिएको छ तर तिनको परीक्षण गर्ने कुनै कानुनी व्यवस्था गरिएको छैन। यस्ता गम्भीरविषयमा निर्ममतापूर्वक परीक्षण गर्ने शक्तिशाली एवं स्वतन्त्र कानुनी निकायको स्थापना गरिनुपर्छ। सबै राजनीतिक दलका सबै सदस्यहको निजी, पारिवारिक एवं चल–अचल सम्पत्तिको विवरण सार्वजनिक गरिनुपर्छ । तिनको विवरण प्रत्येक वर्ष अध्यावधिक गर्ने कानुनी प्रबन्ध मिलाउनुपर्छ।

राजनीतिक दललाई सुशासनमैत्री बनाउन राजनीतिक दल सम्बन्धी ऐनको दफा २० मा दलको काम–कर्तव्य अधिकार सम्बन्धित व्यवस्था गरिएको छ। ती व्यवस्थाहरू ठोस र मूर्त तथा कार्यान्वयनमुखी छैनन्, निर्देशक सिद्धान्तको हैसियतमा रहेका छन्। तिनको कार्यान्वयन पनि सम्भव देखिएको छैन। उक्त दफामा संशोधन गरेर ठोस मूर्त र कार्यान्वयनमुखी बनाउन आवश्यक रहेको छ।

विद्यमान ऐनमा व्यवस्था भएका प्रावधानले राजनीतिक दलले पूरा गर्ने दायित्व र जिम्मेवारीले दलका नेता र कार्यकर्ताको दायित्व एवं कर्तव्यलाई परिपूरण गर्न सक्दैन तसर्थ राजनीतिक दलका नेता–कार्यकर्ताका लागि छुट्टै काम, कर्तव्य, अधिकार र राज्यप्रतिको दायित्व सम्बन्धमास्पष्ट कानुनी प्रबन्ध गर्नु आवश्यक भइसकेको छ।

प्रत्येक राजनीतिक दलका नेता कार्यकर्ताको निजी कार्य र व्यवहार सुशासनमैत्री छ कि छैन भन्ने विषयमा ऐनको दफा १४ २(ख) सँग जोडेर अनुगमन गर्ने राज्यको एउटा कानुनी संयन्त्र गठन गरिनुपर्छ। प्रत्येक दलको कम्तीमा केन्द्रीय समितिका सम्पूर्ण पदाधिकारी सदस्य, प्रदेश, जिल्ला र स्थानीय तहका कार्यसमितिका पदाधिकारीहरूको सम्पत्ति, आय र व्ययको विवरण कम्तीमा १ वर्षमा एकपटक अद्यावधिक गर्ने, निजका बारेमा खासगरी सुशासनको पक्ष र विपक्षमा भएका कामको प्रकाशित समाचार वा प्राप्त तथ्यहरूको निजको निजी फाइलमा राख्ने व्यवस्था गरिनुपर्छ। कुनै पनि राजनीतिक दलका निश्चित तहका व्यक्तिको विषयमा निजको सुशासनसँग असंगत हुने विषयमा प्राप्त तथ्य र समाचारका सम्बन्धमा निजसँग सोध्ने र चित्तबुझ्दो जवाफ प्राप्त नभए सम्बन्धित दलको संस्थागत धारणा माग गर्न सक्ने कानुनी व्यवस्थाको सुनिश्चितता नगर्दासम्म हामीले अपेक्षा गरेको सुशासन सायद सम्भव नहोला। तर यति निर्मम र ऐतिहासिक काम सम्पन्न गर्नु आफैँमा सहज हुनेछैन।

मुलुकको समग्र विकास र समृद्धिका निम्ति पहिलो महत्वपूर्ण र अनिवार्य सर्त भनेको राजनीतिक दलभित्रको सुशासनलाई संस्थागत गर्ने कानुनी परिपाटीको स्थापना हो। जसले दलका नेता–कार्यकर्तालाई सम्बन्धित दलप्रतिमात्र होइन, मुलुकप्रति जिम्मेवार, जवाफदेही र अनुशासित बनाउने छ। त्यस्ता दलहरूको बीचमा सोही आधारमा हुने प्रतिस्पर्धाले मुलुकलाई विकास र समृद्धिको बाटोमा अगाडिबढाउन कोसेढुंगा साबित हुनेछ।

(पूर्वसांसद/अधिवक्ता)
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस