एकता, स्थायित्व, समृद्धि, स्वतन्त्रता र सुरक्षा आधुनिक संविधानका अनिवार्य शर्तहरू हुन्। एउटा राष्ट्रको जीवनकालमा अपवादका रूपमा प्राप्त हुने संविधान निर्माणको अवसर राष्ट्रिय एकता, स्थायित्व र सुरक्षालाई थप सुदृढ पार्न सहयोगी हुनुपर्छ। यस्तो अवसरबाट आर्थिक समृद्धि र नागरिकका वैयक्तिक स्वतन्त्रताका आधार अझै मजबुत हुनुपर्छ।त्यसैले भन्ने गरिन्छ, संविधान कुनै अमुक समयका लागि मात्र नभई युगौँका लागि लेखिने दस्तावेज हो। जसले राष्ट्रको हिजोको मूल्यमान्यता र परम्पराको प्रतिबिम्ब, वर्तमानको मागको सम्बोधन र भविष्यका अपेक्षाका लागि मार्गप्रशस्त गरेको हुन्छ। यसर्थमा संविधान कानुनी नियमहरूको मात्र सँगालो नभई जनताको आस्थाको समेत प्रतीक हुनुपर्छ।
संविधान कार्यान्वयनका लागि नै लेखिने हुँदा यसको मूल्य त्यतिबेला स्थापित हुन्छ जतिबेला यसको मान्यताले सर्वोपरिता प्राप्त गर्छ र यो सही अर्थमा क्रियाशील हुन्छ। संविधानको क्रियाशीलता र कार्यान्वयनका धेरै आवश्यक शर्त हुन सक्छन्। कानुनी बल यसको एउटा शर्त हो। अर्थात्, संविधानको पालना गर्नु सबैको कानुनी दायित्व रहन्छ। तर, केवल कानुनी पक्ष एक्लैको बलमा संविधानको कार्यान्वयन सम्भव हुँदैन। कानुन पालनाको कानुनी ताकतलाई मात्र प्रसिद्ध विधिशास्त्री एचएलए हार्टले एउटा बन्दुकधारीले निःशस्त्र व्यक्तिको पाकेट मारेजस्तै हो भनेका छन्। यसलाई उनी 'हेवविन अब्लिगेटेड'को अवस्था मान्छन्। कानुनको वास्तविक पालना र त्यसमाथिको अपनत्वका लागि नागरिकलाई बाध्य पारिएको अवस्था नभई स्वतस्फूर्तरूपमा कानुन पालना गर्ने दायित्व अनुभूत गरेको हुनुपर्छ। यो प्रश्न धेरै हदसम्म कानुन निर्माण प्रक्रिया, कानुन तथा संविधानप्रति शासकहरूको व्यवहार र उनका नैतिक तथा राजनीतिक आचरणसँग सम्बन्धित हुन्छ। यसबाट नै कानुन र संविधानमाथि नागरिकको विश्वास र अपनत्व सृजना हुन जान्छ।
नयाँ संविधान जारी भएको यतिका दिन बित्दासमेत संविधानको वास्तविक कार्यान्वयन हुन नसक्नु हाम्रासामु देखिएको सबैभन्दा ठूलो चुनौती हो। न्यायालयसँग सम्बन्धित केही थोरै प्रावधानबाहेक ३०८ धारामा सजिएको संविधानका अधिकांश व्यवस्था निष्प्रभावी बन्न पुगेका छन्। निकै ठूलो मूल्य, साधन स्रोतको खर्च र आश्वासनमाथि तयार पारिएको संविधानको आजको नियतिले जनतामा निराशामात्र होइन, समग्र प्रक्रियाकैबारेमा थुप्रै शंका उब्जाएको छ। संविधानको प्रस्तावनालगायत सबै धारा, उपधारामाथि संविधान सभामा हुनुपर्ने आवश्यक छलफललाई पूर्णतः निषेध गरी कतिपय जायज भिन्न मतप्रति उदासीन रही हतारमा संविधान जारी गर्नु राष्ट्रिय आवश्यकता थियो वा राष्ट्रिय दुर्घटनाको अर्को परिपञ्च? यसबारेमा गम्भीर विमर्श हुन आवश्यक छ। पक्कै पनि ओली नेतृत्वको ४० सदस्यीय नयाँ मन्त्रिपरिषद्को गठन हुनुलाई मात्र राष्ट्रिय आवश्यकताको सूचक मान्न नसकिएला!
संविधान जारी हुनुभन्दा ठीक ३ दिनपहिले यसै पत्रिकामा प्रकाशित दुर्घटनातर्फको अग्रसरता शीर्षक लेखमा यस पंक्तिकारले 'हतारमा कमजोर र कसैले पनि स्वामित्व लिन नसक्ने संविधान जारी गर्न लगाइ तत्पश्चातको राजनीति अवस्थामाथि आफ्नो पकड कायम राख्न खोज्ने बाह्य शक्तिको चाहना हामीले समयमै बु‰न आवश्यक छ।' भन्ने विचार व्यक्त गरेको थियो। तत्काल संविधान जारी गर्दा हुने क्षति र खास समस्याको सम्बोधन गरी संविधान जारी गर्दा हुने फाइदाबीचको लेखाजोखा गर्नुपर्ने आग्रह गरिएको थियो। तर, सत्तालिप्सामा आशक्त राजनीतिक नेतृत्व र बाह्य शक्तिको चाहनाको पक्षपोषणमा समर्पित एजेन्टहरूका लागि यस्तो सुझाव स्वीकार्य भएन। आज समयले यसै सत्यलाई स्थापित गरेको छ।
संविधान निर्माणको विश्वअभ्यासमा सशस्त्र विद्रोह, त्यसको जगमा संघीय राज्य व्यवस्था, संविधान सभा र त्यसअनुरूपको नयाँ संविधान– यी ४ चिजको सम्मिलनलाई राष्ट्रिय अखण्डताका दृष्टिकोणले त्यति शुभ मानिँदैन। कारण, यी चिजहरू सामरिक महŒवका देशमा प्रायोजितरूपमा सम्पन्न हुने गरेका छन्। हाम्रो सन्दर्भमा पनि यो अपवाद बन्न सक्ने अवस्था देखिँदैन।
हिजोको माओवादी सशस्त्र विद्रोहको कुरा गर्दा, त्यसमा संलग्न कार्यकर्ताको उद्देश्य र चाहना जेजस्तो रहेको भए पनि उसको नेतृत्व को हो र हिजो कस्तो थियो भन्ने कुरा घटनाक्रमले घामजत्तिकै छर्लंग पारिदिएको छ। भारतसँग विशेष सम्बन्ध राखेका मानिने रमेशनाथ पाण्डेको पुस्तक कूटनीति र राजनीतिमा उल्लेख गरिएका पाण्डे, प्रचण्ड र बाबुरामबीच दिल्लीमा भेटघाट हुँदाका हरफहरू हिजोको सशस्त्र विद्रोह बु‰न पर्याप्त छन् : 'करोलबागतिर मोडिने बाटोमा पुगेपछि पहिलो मोटर छाडेर केहीबेर पैदल हिँडी दोस्रो मोटर भाडामा लिँदा दुईजना मैले नचिनेका व्यक्ति थपिए' दाहिने मोडिएपछि सुरु भएको अर्को गल्लीको पहिलो घरभित्र पसेपछि एक युवकले हिन्दीमा सोध्यो किन आएको? रुखो स्वरमा सोध्ने युवकलाई मैले नियालेर हेरेँ, उसको कपाल प्रहरी ढाँचामा काटिएको थियो (प्रचण्ड बाबुरामको सुरक्षार्थ खटिएको व्यक्ति)' एकछिनपछि फलामे ढोका खोलेर उसले मलाई नियालेर हेर्योर र भन्यो 'उपर जाइए'। छालाको कालो ज्याकेटले उहाँ (प्रचण्ड) को पातलो शरीर र मोटा काला जँुगाले माथिल्लो ओँठ छोपेको थियो। बुट्टे कमिजमाथि छालाको कालो ज्याकेट लगाएका बाबुराम पूर्वतिर काठको साधारण मेचमा बस्नुभएको थियो। 'काँचका तीनओटा गिलासमा चिया र एउटा प्लेटमा दालमोठ ल्याए एक युवकले। भारतीयजस्ता लाग्ने ती युवकको कपाल पनि प्रहरी ढाँचामा काटिएको थियो। पृ. ३६४ र २६५।'
संघीय राज्यव्यवस्था नेपाली आवश्यकता/अजेन्डा हो वा नेपाल र यो क्षेत्रमाथिकै अस्थिरताका लागि प्रायोजित विषय हो भन्नेबारेमा २०६६ साउन ५ गते केही नेपाली पत्रपत्रिकामा प्रकाशित खुफिया एजेन्सीका एकजना पदाधिकारीको भनाइ यहाँ स्मरण गर्नु हितकर हुन्छः ''केही वामपन्थी मेरो सूत्र घोकेर हिमालय पर्वत शृंखला (नेपाल) मा जातीय स्वायत्ततासहितको संघीय राज्यको नारा लगाउन बाध्य छन्। मृत्युपछि पनि प्रभुको माध्यमबाट म तिनीहरूलाई धन्यवाद दिइरहने छु '' (भीमार्जुन आचार्य, कानुन र राजनीति, पृ.३७६)।
नेपालको संविधान, २०७२ संविधान सभा सदस्यको भारी मतद्वारा अनुमोदित दस्तावेज हो। यसर्थमा, यसको कानुनी पक्ष वा ताकतको बारेमा शंका गर्न सक्ने ठाउँ छैन। तर, यो संविधान नेपाल र नेपाली जनताको स्थायित्व, समृद्धि र सार्वभौमिकताका लागि हो वा अस्थिरताका थप उद्देश्य प्राप्ति र नयाँ अध्यायको द्वन्द्वका लागि, यसबारेमा थुप्रै विश्लेषण र टीकाटिप्पणी गर्न सकिन्छ। तत्कालीन राष्ट्रपतिले निलो रंगमा सजिएको संविधानको प्रतिलाई जनताको नाममा घोषणा गरिनसक्दै यो संविधानको पक्षमा सबैभन्दा ठूलो हर्षोल्लास भ्याटिकन सिटीमा हुनुलाई सुशील, प्रचण्ड र केपीले सायद संयोग मान्न सक्छन्। तर, जनताका लागि जनताद्वारा लेखिएको भनिएको संविधानमा जनताका सारभूत अभिमतहरूको किन कदर हुन सकेन, सायद त्यो उनीहरूका लागि संयोगमात्र नहुन सक्छ। जसको जवाफ उनीहरूले आजसम्म सार्वजनिकरूपमा व्यक्त गरेका छैनन्।
संविधान सभाद्वारा घोषणा गरिएको मस्यौदा संविधानमाथिको औपचारिक मत संकलन र अन्य थुप्रै मत सर्भेक्षणमा ठूलो संख्यामा जनताले संविधानका तीन–चार अन्तरवस्तुमाथि स्पष्ट अभिमत व्यक्त गरेका थिए। प्रत्यक्ष निर्वाचित कार्यकारी, धर्म सापेक्षता, संसद् तथा राजनीतिक पदाधिकारीहरूको शैक्षिक योग्यता, पाँच विकास क्षेत्रको भौगोलिक अखण्डताजस्ता विषय जनताका मुख्य सरोकार थिए। तर, राष्ट्र र राष्ट्रियताको पक्षमा संविधान जारी गरेको दाबी गर्नेहरूले जनताका संवेदनशील सरोकारलाई संविधानमा समेट्न आवश्यक ठानेनन्। तराईमा जारी आन्दोलन समग्र प्रक्रियाको एउटा पाटोमात्र हो। तराईका जनताको कुरा एउटा हो, तर त्यसलाई अगाडि बढाउने नेतृत्वको आकांक्षा सुशील, प्रचण्ड र ओलीको भन्दा भिन्न होइन। संविधान कार्यान्वयनको जटिलता यिनै प्रवृत्तिमा गुजुल्टिएको छ। राष्ट्र, राष्ट्रियतासँग जोडिएका धेरै पाटा र सरोकार सम्बोधन नभएसम्म संविधानमाथिको स्वामित्व स्थापित हुन कठिन छ। जसको प्रत्यक्ष असर यसको कार्यान्वयनमा पर्न जानेछ।
अन्त्यमा, दलविशेषको ह्विपले एक वा दुई दिनको कार्यकर्ता उत्सव सम्पन्न गर्न सकिन्छ, तर संविधानको कार्यान्वयन यस्तो ह्विपका भरमा सम्भव हुँदैन। बहुसंख्यक जनताको विश्वास जित्न सक्ने संविधानमात्रै अन्ततः जीवन्त र कार्यान्वयनयोग्य हुन्छ। यसका लागि संविधानका अन्तरवस्तुहरू देश र जनताका लागि हुन् भन्ने विश्वास लिन सक्नुपर्छ। विगत जस्तोसुकै प्रायोजित र अप्रिय भए पनि वर्तमानलाई देश र जनता अनुकूल बनाउने हो भने देश र जनताका विरुद्ध लादिएका प्रायोजित मुद्दाहरू सदाका लागि खारेज गरिनु बुद्धिमानी हुन्छ। संविधान संशोधनको प्रक्रिया यसतर्फ लक्षित हुनु आवश्यक छ।