नेताका मन्त्री
१८ फागुन २०७०
•
१४ मिनेट पाठ
नेताका मन्त्री
औपचारिकरूपमा त सबै मन्त्री जनताकै हुन्। नेपाली जनताले बालिग मताधिकारबाट संविधान सभा गठन गरेका छन्। पहिलो संविधान सभा विफल भए पनि आफ्नै प्रतिनिधिबाट संविधान लेखाउने जनचाहना मरेन। त्यसैले त संविधान सभाकै लागि दोस्रो पटक भएको निर्वाचनमा पनि जनता उत्साहपूर्वक सहभागी भए। संविधान सभालाई नै व्यवस्थापिका संसद्को पनि अधिकार दिइएकाले यो आवधिक संसदीय चुनावजस्तो पनि भयो। संविधान सभामा सबैभन्दा धेरै स्थान पाएको नेपाली कांग्रेसको संसदीय दलको नेतामा कडा प्रतिस्पर्धा गरेर सभापति सुशील कोइराला नेता निर्वाचित भए। संसद्मा दोस्रो स्थानमा रहेको नेकपा (एमाले) लगायतका दलहरूको समर्थनमा प्रधानमन्त्री पनि भए। अनि, उनले १५ दिनपछि मन्त्रिपरिषद् विस्तार गरे। 
मन्त्रिपरिषद्को विस्तारसँगै प्रधानमन्त्री कोइरालाको पार्टी नेपाली कांग्रेसभित्र सानोसानो रडाको सुरु भएको छ। केही दिनमै यसले ठूलै आकार लिने वा भागबन्डा मिलेर त्यसै सेलाउने सम्भावना बराबरै छ। उता, उपप्रधानमन्त्री वामदेव गौतमको दल एमालेमा त झन् पार्टीका वरिष्ठ नेताले नै बखेडा झिकेका छन्। दुवै पार्टीका नेताले पत्रकारहरूलाई खोजीखोजी दिएका जानकारीअनुसार यो मन्त्रिपरिषद् त सत्ता साझेदार पार्टीको पनि होइन रे! यसमा कांग्रेसको सुशील कोइराला र शेरबहादुर देउवा गुट अनि तीभित्रका उपगुट तथा एमालेका झलनाथ खनाल, केपी ओली गुट र उपगुटको मात्रै प्रतिनिधित्व छ रे! कांग्रेस र एमालेकै नेताले आफ्नो नभनेको मन्त्रिपरिषद्लाई नेपाली जनताले कसरी आफ्नो भन्ने र? यसो त जनताले आफ्नो ठान्दैमा पनि सरकार जनताको हुँदैन। त्यसमाथि कोइराला, देउवा, ओली, खनालहरूले नै आफ्ना ठान्न नसकेका मन्त्रीहरू जनताका हुने पो कसरी? 
नयाँ मन्त्रिपरिषद् गठन भएको 'देखिन सुनिन’ चाहिँ थालेको छ। सञ्चार र गृह मन्त्रीले रिपोर्टर्स क्लबमा बहाली पनि गरिसके। सरकारले चौथो अंगलाई सायद विधायिकालाई भन्दा पनि बढी महत्व दिएको छ। संसद्मा सरकारका नीति र कार्यक्रम प्रस्तुत नभए पनि रिपोर्टर्स क्लबमा त भयो। अनि सडकमा पसल थापेर गुजारा चलाउनेहरू तर्सन पनि थालेका छन् रे! वामदेव गौतम गृह मन्त्री भइसकेको जानकारी दिन उनीहरूलाई प्रहरी हो वा अरू कसैले थर्काउन थालेका छन् रे! 
अहिलेको संयुक्त सरकार चुनावपूर्व भएको गठबन्धनको परिणाम हैन। कांग्रेस र एमाले दुवै दलले बेग्लाबेग्लै घोषणापत्र जारी गरेर जनतासँग समर्थन मागेका थिए। जनताले दुवै दल मिलेर गए सजिलो हुने जनादेश दिए। अहिले करबलैले भए पनि संयुक्त सरकार गठन भएको छ। यसैले कुनै एउटा दलको घोषणापत्र लागु हुन सत्तै्कन। यस्तो अवस्थामा संयुक्त सरकारले साझा नीति र कार्यक्रम बनाउने चलन छ। कांग्रेस र एमालेले संयुक्त सरकार बनाउने सम्झौता गरेका छन्। त्यो त दलहरूको राजनीतिक अनुबन्ध हो। सरकारले दलको नभएर राज्यको प्रतिनिधित्व गर्छ। (सर्वसत्तावादीलाई दल र राज्यका बीचमा भेद गर्न अप्ठेरो लाग्ला। पञ्चायतमा एकताका 'सबै नेपाली पञ्च सबै पञ्च नेपाली’ भन्ने नारा लगाइन्थ्यो। त्यो राजाको सक्रिय नेतृत्वमा सञ्चालित निर्दलीय व्यवस्था थियो। कम्युनिस्ट शासन भएका मुलुकमा पनि पार्टी र सरकारबीच भेद गर्न कठिन हुन्छ। तर, लोकतान्त्रिक पद्धतिमा सरकार सबैको साझा हुन्छ भने पार्टी त्यसका सदस्य र शुभेच्छुकको मात्र हुन्छ।) यसैले दलहरूकै निर्देशन लिएर भए पनि मन्त्रिपरिषद्ले सरकार सञ्चालनका लागि नीति र कार्यक्रम बनाउनु त पर्थ्यो। मन्त्रीहरूले आफूलाई देशको मन्त्री ठानेका भए सायद साझा कार्यक्रम पनि बनाउँथे। संसद्प्रति उत्तरदायी भएको मानेका भए जे भन्नु छ पहिले त्यहीँ भन्थे। दलका शीर्ष नेताको कृपापात्र हुनु नै मन्त्री हुने न्यूनतम योग्यता ठहरिएपछि संसद् न जनता! छु मतलब?
साझा कार्यक्रम बनाउने औपचारिकतासम्म पूरा नगर्ने सरकारले संविधान बनाउला भनेर पत्याउनुपर्ने भएको छ। यद्यपि, यो अपेक्षा दुर्योधनले शल्यलाई सेनापति बनाएर महाभारत युद्ध जित्ने आशा गर्नुजस्तै हो। तैपनि, नेपाली जनतासँग अर्को उपाय पो के छ र? वर्षदिन पुग्ने बेलासम्म पनि सरकार कायमै रह्यो भने ( यद्यपि, त्यसको सम्भावना कमै छ ) मन्त्रीहरूले संविधान सभा गठन भएको ३६४औं दिनमा समेत वर्षदिनभित्र संविधान बनाउने दाबी गरिरहने छन्। नत्र, संविधान सभा निर्वाचन भएकै तीन महिनाभन्दा बढी भइसक्यो। नेताहरूले 'वर्ष दिन’लाई समय हैन थेगो ठाने क्यार! 
कांग्रेस र एमालेबीचको विवाद अब दुवै पार्टीभित्रको हुन पुगेको छ। यस विवादलाई सम्भवतः मन्त्रीको संख्या थपेर साम्य पारिने होला। अहिलेसम्म नेताहरूको झगडा राज्यको सम्पत्ति भागबन्डा गरेर साम्य पार्ने जो गरिएको छ। यसपटक मात्र के अपवाद होला र? यसैले केही दिनपछि मन्त्रिपरिषद्मा विस्तार हुनसक्छ। मन्त्री भएपछि कर्मचारी हेरफेर त गर्नै पर्यो । सचिवबाटै सरुवाको लहर सुरु हुनसक्छ। दुवै पार्टीका आआफ्नै कर्मचारी संगठन छन् क्यारे! कर्मचारी 'डन’हरूले पनि शासनको स्वाद त पाउनै पर्योछ नि! कांग्रेस निकट एकजना व्यवसायी भन्दै थिए — पैसाबाहेक नेताहरूको आँखा अन्त नजाने रहेछ कि क्या हो? नत्र त, कांग्रेसले चुनाव घोषणापत्रमा मुख्य प्राथमिकता दिने भनेको कृषि, पर्यटन र जलस्रोत मन्त्रालय लिनुपर्ने हो। संविधान बनाउनैमा ध्यान केन्द्रित गर्दा घोषणापत्रमा ध्यान दिन पाएनन् होला। शंकाको सुविधा त कांग्रेसका नेताहरूले पनि पाउँलान् नि! 
अब बजेट बनाउने बेला पनि हुन्छ। कसैलाई नीतिगत कृपा गर्नुपर्ने होला। मन्त्री र नेताहरूले त्यतै ध्यान देलान्। केही बन्ने र केही नबन्ने योजनामा रकम विनियोजन गराउनु पर्ने होला नेताहरूको। अन्त ध्यान दिनै भ्याउनेछैनन्। असार मसान्तदेखि तिहारसम्म सरकारी अड्डामा खासै काम हुँदैन। कांग्रेस एमाले गठबन्धन त्यतिन्जेल टिकेछ भने त्यति हुँदा नहुँदै संविधान नबने पनि असंवैधानिक सम्झौतामा किटिएको प्रधानमन्त्री, राष्ट्रपति, संविधान सभाका अध्यक्षको म्याद सकिनेछ। अनि, दुवै दल नयाँ गठबन्धन निर्माणमा लाग्नेछन्। बाजी मार्ने पार्टीको बलियो गुटले पद हात पार्ला। संविधान पनि कुनै न कुनै दिन कसो नबन्ला? नभए, तेस्रो पटक संविधान सभाको निर्वाचन गर्न पाइनेछैन भनेर त कतै लेखिएको छैन क्यारे! लेखेकै भए पनि अहिलेको संविधान कायम रहुन्जेल राजनीतिक सहमतिका नाममा जे गरे पनि 'संवैधानिक’ भइहाल्छ।
र अन्त्यमा,
कृष्णप्रसाद अधिकारी नामका गोरखा, फुजेलका एक जना युवक माओवादी कार्यकर्ताका हातबाट चितवनमा मारिए। उनका बाबु नन्दप्रसाद अधिकारीले गाउँकै केही व्यक्ति हत्यामा संलग्न भएको आरोप लगाएर किटानी उजुरी दिए। प्रहरीले १० वर्षभन्दा बढी आलटालमै बितायो। यसबीच छोराका हत्यारालाई कानुनबमोजिम कारबाहीको माग गरेर नन्दप्रसाद र गंगामायाले अनेकौँ पटक विभिन्न प्रकारले सरकारको ध्यानाकर्षण गराए। कृष्णप्रसादको हत्यापछि प्रमुख भनिएका सबै दलले सरकार चलाए पनि अधिकारी दम्पतीले न्याय पाउन सकेका छैनन्। हत्याको आरोप लगाइएका माओवादी कार्यकर्ताले आफूहरू संलग्न नभएको भए पनि हत्याराका रूपमा प्रचारप्रसार गरिँदा मानसिक तनाव भएकोमा दुःखमनाउ गरिरहेका छन्। नन्दप्रसाद दम्पतीसँग सरकारले पटकपटक हत्यारालाई कारबाही गर्ने वाचा गरे पनि कार्यान्वयनमा इमानदारी देखाएको छैन। त्यति बेला सशस्त्र विद्रोहमा संलग्न नेकपा (माओवादी)को चितवन समितिले हत्याको जिम्मेवारी लिएको छ रे। तर कृष्णप्रसादको हत्याको राजनीतिक कारण देखिएको छैन। घटनाक्रमले पारिवारिक विवादले हत्या भएको हुनसक्ने संकेत गरेको छ। जे भए पनि हत्यारालाई कारबाही हुनुपर्छ भन्ने अधिकारी दम्पतीको मागलाई अनुचित भन्न सकिँदैन। प्रहरीले यसबीच दुई जना माओवादी कार्यकर्तालाई पत्रे्कर कारबाही अगाडि बढाएको पनि देखायो। तर, दुवै जना छाडिए। न्याय मागेर अधिकारी दम्पतीले पछिल्लो पटक अनशन गरेको चार महिना बढी भइसक्यो। पछिल्ला दिनमा प्रहरीले किटानी जाहेरीमा नाम परेकाले नभई माओवादीका अरू नै कार्यकर्ताले हत्या गरेको र दुई जनाको पहिचान भइसकेको अनौपचारिक जानकारी दिएको छ। उता, नन्दप्रसादको स्वास्थ्य भने निकै कमजोर भइसकेको बताइएको छ। अनशन तोड्न भन्न जानेहरूसँगै उनी झर्कन थालेका छन् रे! 'सक्छौ भने हत्यारालाई पत्रे्कर कारबाही गराऊ, नसके मलाई जिस्क्याउन नआऊ’ भन्छन् रे। प्रहरीले हत्यारा पहिचान गरेकै हो भने पत्रे्कर कारबाही किन नगरेको त भन्ने उनको प्रश्नको उत्तर भेट्न जानेहरूसँग हुँदैन। उत्तर दिनसक्ने ओहोदामा भएकालाई छोराको हत्यामा न्याय खोजेर प्राणोत्सर्ग गर्न तत्पर वृद्ध दम्पतीका बारेमा सोच्ने फुर्सद छैन। नेताका मन्त्रीहरू ठूला काममा जो लागेका छन्।


अर्को समाचार
नेताका घरदैलो चहार्दै मन्त्री
२८ जेष्ठ २०७०
•
६ मिनेट पाठ
नेताका घरदैलो चहार्दै मन्त्री
काठमाडौं - प्रमुख राजनीतिक दलले निर्वाचनसम्बन्धी कानुनको टुंगो लगाउने जिम्मा सरकारलाई सुम्पिए, तर मन्त्रीहरु सहमति जुटाउने चक्करमा अझै पनि नेताका घरदैलो चहारिरहेका छन्। दलहरुको आ–आफ्नै अडानले सहमति जुटाउन असफल भएपछि सोमबार चार दलीय संयन्त्रले विवाद टुंगो लगाएर निर्वाचन कानुनसम्बन्धी अध्यादेश ल्याउन सरकारलाई जिम्मा दियो। सरकारी वार्ताटोलीमा रहेका तीन मन्त्री भने अझै सहमति जुटाउने भन्दै नेता भेटिरहेका छन्।गृहमन्त्री माधवप्रसाद घिमिरे, सञ्चारमन्त्री माधवप्रसाद पौडेल र स्वास्थ्यमन्त्री विद्याधर मल्लिक रहेको सरकारी वार्ता टोलीले आइतबार कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर राय बुझे।
कोइराला, खनाल र नेपाललाई भेटेको भोलिपल्टै सोमबार टोलीले एमाले नेता केपी ओलीलाई भेटेर निर्वाचन कानुनबारे उनको धारणा बुझेका थिए। सरकारी टोलीबाहेक मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले पनि दलका नेतालाई छुट्टाछुट्टै भेटेर निर्वाचन कानुन टुंग्याउने विषयमा छलफल जारी नै राखेका छन्।
समितिका सदस्य तथा स्वाथ्यमन्त्री मल्लिकले सरकार गठन भएलगत्तै दलहरुबीच सहमति जुटाउन लागिपरेको बताए। 'अध्यक्षज्यू पनि उत्तिकै छलफलमा जुट्नुभएको छ, हामी पनि दलका नेताहरुको घरघरमै पुगेर कसरी टुंग्याउने भन्ने विषयमा छलफल गरिरहेका छौं,' उनले नागरिकसँग भने, 'सबै दलसँग छलफल जारी छ, सबैका कुरा अट्ने गरी कानुन टुंग्याउछौं।' उनले बाँकी दलका नेतासँग पनि भेटघाट र छलफल जारी राख्ने बताए।
मन्त्री मल्लिकले प्रमुख दलबाटै निर्वाचन कानुनका विषयमा फरकफरक धारणा आइरहेका बेला असन्तुष्ट दलहरुलाई मनाउनु चुनौतीपूर्ण रहेको बताए। उनले सरकार दुई महिनादेखि छलफलमा रहेको भन्दै अहिले पनि नेताहरुको घरघरमै पुगेर छलफल र परामर्शलाई निरन्तरता दिइराखेको जानकारी उनले दिए। 'बल्ल जिम्मेवारी हाम्रो हातमा आएको छ,' उनले भने, 'छलफल र भेटघाट जारी राख्छौं तर जतिसक्दो छिटो सरकारको तर्फबाट टुंग्याउछौं।'
उनले पुरानै निर्वाचन ऐन र निर्वाचन आयोगले पठाएको ऐनका आधारमा सरकारले अध्यादेश टुंग्याउने बताए। 'संसद नभएको अवस्थामा अध्यादेश पठाउँदा केही विषयमा सरकार सचेत हुनुपर्छ,' उनले भने, 'सबै दलको धारणासँगै पुरानो र नयाँ निर्वाचन ऐनकै आधारमा सरकारले टुंग्याउँछ।'
'सबै प्रमुख राजनीतिक दल र असन्तुष्ट पक्षको समेत धारणा बुझेका छौं,' टोलीका संयोजकसमेत रहेका गृहमन्त्री घिमिरेले नागरिकसँग भने, 'त्यसलाई टुंग्याउन अन्तिम तयारीमा जुटेका छौं, अब केही दिनमै सरकारले टुंग्याउँछ।' उनले निर्वाचन कानुनलाई टुंग्याएर मिति घोषणा गर्न सरकार अन्तिम तयारीमा रहेको समेत जानकारी दिए।
मन्त्रिपरिषदस्रोतका अनुसार मंगलबार माओवादी नेतासँग टोलीले छलफल गर्ने कार्यक्रम तय भए पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल उपत्यका बाहिर भएकाले छलफल हुन सकेन।
'उच्चस्तरीय राजनीतिक समितिले सरकारलाई नै टुंग्याउन भने पनि दलहरु नमिलेसम्म समस्याको हल हुन्न,' एक मन्त्रीले भने, 'निर्वाचन कानुन टुंग्याउनुअघि सरकार अहिले दलका नेतासँग परामर्शमा छ।' उनले प्रमुख दलका मुख्य नेताको छुट्टाछुट्टै धारणा बुझेपछि मात्रै सरकारले निर्वाचन कानुनलाई अन्तिम रुप दिने बताए। 
मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी र उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमलगायत असन्तुष्ट दलसँग पनि निर्वाचन कानुन र मिति घोषणाका विषयमा सरकारको छलफल भइरहेको ती मन्त्रीले बताए। उनका अनुसार निर्वाचन टुंग्याउनुअघि टोलीले माओवादी र मधेसवादी नेतालाई भेट्नेछ। 
कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिलामन्त्री हरिप्रसाद न्यौपानेले उच्चस्तरीय समितिले सोमबारमात्रै निर्वाचनसम्बन्धी कानुन टुंग्याउने जिम्मा सरकारलाई दिएकाले सरकार अहिले गृहकार्यमा जुटेको बताए। 'सबै दललाई समेट्ने गरी निर्वाचन गराउने अहिलेको सरकारको मुख्य प्राथमिकता हो,' उनले भने, 'भर्खरै जिम्मेवारी सरकारमा आएको छ, हामी राजनीतिक दल र सरोकारवालासँग छलफल गरेर मात्रै टुंग्याउँछौं।' निर्वाचनसम्बन्धी अध्यादेश टुंग्याउने जिम्मा चारदलीय संयन्त्रले सोमबार सरकारलाई सुम्पेको थियो।


रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस