टेकनारायण भट्टराई, पाल्पा, चैत ७- नेपाल विद्यार्थी सङ्घका कार्यकर्ताले संविधान निर्माणको काम छाडेर उदघाटन्, शिलान्यास र भाषणबाजीमा लागे मन्त्री र नेताका कार्यक्रम बहिष्कार गर्ने बताएका छन्।
नेताहरु औपचारिक कार्यक्रममा व्यस्त भएकाले संविधान निर्माणको काम ओझेलमा परेको भन्दै जिम्मेवार नेता उपस्थित आफ्नै दलको कार्यक्रम पनि बहिष्कार गर्न उत्रने उनीहरुले चेतावनी दिए।
मेची–काली अभियानमा हिँडेका नेविसङ्घका युवा नेताहरुले शनिबार तानसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन्। नेविसङ्घका निवर्तमान अध्यक्ष कल्याण गुरुङले अन्तरिम संविधानको म्यान्डेडलाई पूरा गराउन खबरदारीका लागि देशव्यापी यात्रा थालेको बताए। गुरुङले पत्रकार माझ भने- आवश्यक परे आफ्नै दलका नेताको कार्यक्रम बहिष्कार गरेर देखाइदिन्छौं अनि चेत पाउँछन्। उनले देशभरबाट दबाब सृजना नगरे संविधान बन्न मुस्किल भएको बताए।
नेविसङ्घका महामन्त्री मनोजमणि आचार्यले समयमै संविधान जारी गर्नेतर्फ सोच नगएमा आफूहरु बहिष्कारको कार्यक्रम ल्याउने योजनामा रहेको बताए उहाले समयमै सचेत हुन नेतालाई सुझाव दिए। नेविसङ्घ महामन्त्री प्रतिमा गौतमले धार्मिक सहिष्णुता र सामजिक एकता बलियो बनाउन नेविसङ्घको मेची–काली अभियानले सहयोग पुगेको बताइन्।
तोकिएको मितिमै संविधान जारी गर्न माग गर्दै महाकालीको गड्डाचौकीबाट दबाबमुलक अभियान चैत २ गते थालेको कार्यक्रममा बताइएको थियो।
४० जना विद्यार्थीको टोली शनिबार सिद्धार्थ राजमार्ग हुँदै स्याङ्जा लागेको छ। पाल्पामा आयोजित अन्तरक्रियामा नयाँ संविधानका लागि सबै क्षेत्रबाट दबाब आवश्यक रहेको उनीहरुले औल्याए।