लोकतन्त्रको सौन्दर्य
१० वैशाख २०७०
•
१३ मिनेट पाठ
लोकतन्त्रको सौन्दर्य
अंग्रजी कवि टी एस इलियटले 'वर्न्ट नर्टन' कवितामा अभिव्यक्त गरेका छन्– समय वर्तमान हो, समय अतीत हो, वर्तमान र अतीत समयका भविष्य हुन्, समयको अतीतमा नै समेटिएको हुन्छ समयको भविष्य। सा“चो हो, अतीतका यथार्थ नबुझेसम्म वर्तमान र भविष्य निर्माण गर्न सकिँदैन। सकेसम्म पछिल्तिर फर्केर हेर्न नचाहने तथा अगाडिको उज्यालोमा रमाउने स्वभाव हुन्छ मानिसको। यही कारण हो– शताब्दीयौंदेखि मानिसमा आफू बसेको देश र समाजलाई अतीतभन्दा फरक र वर्तमानभन्दा राम्रो बाटोमा हिँडाउने अदम्य चाहना हुँदाहुँदै पनि मानिसको त्यस्तो चाहना पूरा हुन सकेको छैन। यो चाहना पूरा गर्ने क्रममा मानिसले अनेकन पद्धतिको प्रयोग र परीक्षण गरेको छ। अनेकन युद्ध झेलेको छ। अनेकन प्राकृतिक विनास र विपत्तिसँग लडेको छ। तैपनि एउटा स्वतन्त्र, समतावादी र न्यायपूर्ण समाजको निर्माण हुन सकेको छैन।
पद्धति जुनसुकै होस्, प्रणाली जसरी बनाइएको होेस, त्यसमा जनताका अदम्य आकांक्षा प्रतिविम्बित भएका छैनन् भने त्यसमा जनताले आफनो प्रतिनिधित्व अनुभूत गर्न सकेको छैन, त्यसमा जनताले आफनो भागिदारी रहेको विश्वास गर्न सकेन भने त्यो पद्धति शब्दमा जतिसुकै लोकतान्त्रिक भए पनि सफल हुन सक्दैन।
नेपालमा प्रजातान्त्रिक चेतनाका वीजारोपण भएको सातौं दशक सुरु भइसकेको छ। तैपनि हामी पद्धतिको विवादमा छौं। पद्धतिकै विवादमा नेपाल र नेपालीमाथि अनेकन राजनीतिक प्रयोग भएका छन्। तर लोकसम्मत पद्धति बस्न नसकेकाले हामी हरेक क्षेत्रमा पछि पर्दै गएका छौं। हामीसँग प्रत्येक क्षेत्रका केही न केही ज्ञान छन् तर हामीले देश निर्माणका लागि तिनको संगठित प्रयोग गर्न सकेका छैनौं।
बितेका छ दशकको इतिहास फर्केर हेर्ने हो भने २००७ सालमा जनताले चिनेको र बुझेको प्रजातन्त्रले अहिलेसम्म पनि राम्ररी खुट्टो टेक्न सकेको छैन। यो कहिले सडक गल्लीमा फ्याँकिएको छ भने कहिले राजनीतिको मठ–मन्दिरमा मूर्तिका रूपमा पुजिएको छ। नेपाली जनताको जीवनमा गहिरो प्रभाव पार्ने हिसावले प्रजातन्त्रको प्रयोग हुनै सकेको छैन। यो नै नेपाली जनताको दुर्भाग्य र दुर्दशाको कारक तŒव हो।
सात सालमा वीजारोपण गरिएपछि प्रजातन्त्र नेपाली जनता र राजदरबारका बीच भकुण्डोको खेल बन्यो। राजाले प्रजातान्त्रिक मूल्य र मान्यताका विरुद्ध आफ्नो एकलौटी शासन चलाउन खोजेपछि सुरु भएको संघर्ष सात वर्षसम्म निरन्तर रह्यो। राजाका तर्फबाट अनेकन भारदारी सभा र सरकार गठनको लामो प्रयोगपछि नेपाली जनताले प्रतिनिधि चयनको शाश्वत प्रजातान्त्रिक अधिकार प्रयोग गर्यो । निर्वाचित सरकार स्थापनापछि देशमा राजनीतिक स्थायित्वको आशा पलायो। निर्वाचित सरकारले देशलाई आधुनिक पथमा अग्रसर गराउने प्रयत्न मात्रै गर्न लाग्दा राजाले भारदारी शक्तिको आडमा परिवर्तनलाई निरस्तमात्र गरेनन्, देशमा सुरु हुन लागेको प्रजातान्त्रिक पद्धति नै उखेलिदिए। त्यसपछि राजाले प्रजातन्त्रकै नाममा प्रजातान्त्रिक मान्यताहरुसँग कतै मेल नखाने निर्दलीय व्यवस्थाको खोटो सिक्का चल्तीमा ल्याए। तर यो सिक्का चल्नु थिएन र चलेन। प्रजातन्त्रका नाममा राजाको एकतन्त्रीय शासन तीस वर्षसम्म लगातार चल्यो। यो समयमा पनि परिवर्तनका प्रति जनताका आकर्षण र आशक्ति घटेन। राजाको दमनकारी नीतिहरुको सामना गर्दै तीन दशकसम्म प्रजातान्त्रिक शक्तिहरु संघर्षशील रहे। २०४६ सालको जनआन्दोलनमार्फत् प्रजातान्त्रिक शक्तिहरुले राजाको एकतन्त्री शासन अन्त्य गर्ने सफलता प्राप्त गरे। तर, पद्धति फेरि पनि बस्न सकेन। प्रजातन्त्रले फेरि पनि दह्रोसँग पाइला टेक्न सकेन। यो परिवर्तनको अपूर्णता थिएन, शासनमा बस्ने नेताहरुको अपर्याप्त राजनीतिक इच्छाशक्तिको परिणाम थियो।
तर २०४६ को परिवर्तनले आफ्नो अपूर्णता स्वीकारेको थियो। परिवर्तनका लागि धेरै यस्ता काम भएका थिए, जसलाई नांगो आ“खाले देख्न सकिँदैन। स्थानीय तहमा प्रतिनिधि शासनको प्रारम्भ, शासनमा पारदर्शिताको नियमित अनुगमन, सामाजिक संस्थाहरुको अभियान, कुनै पनि विषयमाथि जनताको चासो र जागरुकता र सर्वोपरि, सञ्चार माध्यमको बढ्दो प्रभावकारी भूमिका २०४६ पछिका उपलब्धि थिए। अपर्याप्त परिवर्तनले नै जन्माएको थियो माओवादीको हिंसात्मक आन्दोलन। यो आन्दोलनको आवश्यकता र यो आन्दोलनका क्रममा खडा भएका त्रासदीहरुको थुप्रै आलोचक भेटिन्छन् यतिखेर। तर अँध्यारो र अनकण्टारमा गुम्सिएर बसेका नेपाली जीवनका असंख्य विसंगत पक्षहरुलाई उज्यालोमा ल्याएर परिवर्तनको अपर्याप्त पक्षलाई सत्ताको केन्द्रमा स्थापित गर्न माओवादी आन्दोलन सफल भएको तथ्य कसैले पनि इन्कार गर्न सक्दैन।
पछिल्लो जनआन्दोलनमा जनताको जीत अपूर्व थियो। देशमा हजारौं वर्षदेखि जरो गाडेर बसेको परम्परागत शक्तिको विस्थापन र नेपाली जनतामा सार्वभौम शक्तिको अवतरण नेपाली समाजका लागि अभूतपूर्व घटना हो। संविधान सभाद्वारा संविधान लेख्ने जनताको छ दशकदेखिको चाहनाले मूर्त रूप पाएपछि देशका समस्या आफसेआफ समाधान हुने विश्वास सबैतिर जागेको थियो। विश्वले नेपाली जनताको लोकतान्त्रिक चाहनाको सम्मान गरेको थियो। जति शान्त र सौम्य परिस्थितिमा नेपालमा अकल्पनीय परिवर्तन भएको थियो, त्यो अनुपम थियो। तर नेपालका नया“ शासक वर्गले न त नेपाली लोकमतकै कदर गर्न सके, न विश्व जनमतका अपेक्षा नै पूरा गर्न सके। नेपाललाई एउटा अप्रतीम र सर्वाधिक उदाहरणीय लोकतान्त्रिक देशका रूपमा स्थापित गर्ने ठूलो अवसर गुमायौं हामीले। जनताको सर्वोपरि विजयलाई नयाँ शासकहरुले आफ्नो र आफ्नो पार्टीको विजयमा साँघुर्या।ए।
तैपनि नेपालीले आफ्नो लोकतान्त्रिक अभिप्रायलाई यथार्थमा बदल्ने अभियान रोकेको छैन। छ वर्षको निरर्थकताका कारण देशमा निराशा छाएको  छ। तर जनताको यो निराशा क्षणिकमात्र हो। किनभने समकालीन विश्वमा लोकतन्त्रमात्र यस्तो पद्धति सावित भएको छ, जसमा अनेक अपूर्णता छ“दाछ“दै पनि मानिसले यसलाई आत्मसात गरेको छ। लोकतन्त्रमा मानिसको प्रतिनिधित्वको अहम् तŒव छ। विरोधका अधिकार र व्यक्तिका दायित्वको स्पष्ट किटानी छ। त्यसैले होला, लोकतन्त्र विपरितका शासन पद्धतिमा चलेका देशहरु समेत विभिन्न नाम र रूपमा लोकतन्त्रका प्रमुख तŒवहरुको समायोजन गर्दैछन्। अहिले विश्वव्यापीरूपमा नै आर्थिक र सामाजिक विकासका लागि लोकतान्त्रिक पद्धतिको सक्रिय प्रयोग सर्वमान्य भइसकेको छ।
लोकतन्त्रको सम्पूर्ण इतिहास र प्रयोगको अध्ययन गर्ने हो भने यसको प्रयोग आश्चर्यजनक देखिन्छ। यसले ठूला युद्धको मात्रै चुनौती खेपेको छैन, संसारका मैं हु“ भन्ने ठूला तानाशाहको समेत अन्त्य गरेको छ। सन् ४० को दशकमा भारत र पछिल्लो समयमा दक्षिण अफ्रिकामा लोकतन्त्रको प्रभावकारी विजय विकास विश्वका दुई यस्ता ठूला उदाहरण हुन्, जहा“ लोकतन्त्र मानिसको जीवन पद्धति बनेको छ। भारतमा जनप्रतिनिधि शासन व्यवस्थाको प्रवृत्तिमा नै परिवर्तन आएको छ भने दक्षिण अफ्रिकाले समावेशी समाज निर्माणमा उदाहरण नै प्रस्तुत गरेको छ।
नेपालमा लोकतन्त्रका बहुमुखी पक्षहरुको प्रयोग सहजमात्र नभएर प्रभावकारी पनि हुनेछ। किनभने, नेपाली जनता जतिसुकै जाति, जनजाति र वर्गमा विभाजित भए पनि शान्तिपूर्ण र सम्पन्न जीवनको खोजी सबै नेपालीको चाहना हो। यस हिसावले हेर्ने हो भने नेपालका राजनीतिक दलहरुले देश निर्माणका लागि विभिन्न प्रकारका सफल/असफल सैद्धान्तिक अवधारणाहरुको पासो थाप्नु आवश्यक नै छैन। नेपाली जनताका लागि समान अवसर र काम गरेर खान पाउने स्वस्थ वातावरणको निर्माण मात्रै उनीहरुका लागि चुनौती हो। संसारका विभिन्न देशमा अनेकन जाति र जनजातिहरु, अनेकन वर्ग र उपवर्गका मानिस बसोबास गरेका छन्। अनेकन विविधताले भरिएको नेपाल एउटैमात्र देश होइन। बरु, नेपाललाई समान विचार राख्दाराख्दै पनि सधैँ असमानताको खोजी गरेर आपसमा मतभेद बढाउने कलामा निपूण राजनीतिज्ञहरुको देश भन्दा अत्युक्ति नहोला। लोकतान्त्रिक पद्धतिका नियमहरुको पालना देशका नेताहरुको अभिमानका लागि अप्रिय हुन सक्छ। जतिसुकै लोकप्रिय र लोकतान्त्रिक नेताको मनमा पनि आफूलाई शक्तिको सर्वेसर्वा र आधिकारिकताको एकमात्र स्रोतका रूपमा स्थापित गर्ने चोर त लुकेको हुन्छ नै। त्यो चोरलाई मनभित्रै थुनेर लोकतान्त्रिक पद्धतिलाई जसले आत्मसात गर्न सक्छ, त्यसले मात्रै जनताको मनमा राज गर्छ। यही हो लोकतन्त्रको सौन्दर्य।
अर्को समाचार
पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य हो: प्रधानमन्त्री
१८ भदौ २०७८
•
२ मिनेट पाठ
पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य हो: प्रधानमन्त्री
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य भएको बताएका छन्। 

पार्टीको आजदेखि प्रारम्भ भएको वडा अधिवेशनका अवसरमा भिडियो सन्देश जारी गरी उनले स्वस्थ प्रतिस्पर्धाले पार्टीको समग्र सङ्गठनको जग मजबुत बनाउँदै जनजनमा लोकतन्त्रको रक्तसञ्चार गर्ने उल्लेख गरेका छन्। सभापति देउवाले भनेका छन्, 'देशभरका साथीहरूलाई लोकतान्त्रिक प्रक्रियाअनुसार सर्वसम्मत वा स्वस्थ प्रतिस्पर्धामार्फत अधिवेशनमा सहभागी हुन अनुरोध गर्दछु।'

लोकतन्त्रको पर्यायका रूपमा रहेको कांग्रेसले लोकतान्त्रिक अभ्यासमा आफूलाई सधैँ अग्रणी सावित गर्दै आएको उल्लेख गर्दै उनले नेपालका हरेक राजनीतिक आन्दोलनको नेतृत्व गर्दै पार्टीभित्रको आन्तरिक लोकतन्त्रमा पनि कांग्रेस सधैँ अगाडि रहेको बताएका छन्।

कांग्रेसको १४औँ महाधिवेशनको प्रक्रिया आजदेखि औपचारिकरूपमा प्रारम्भ भएको  छ। उनले भने, 'संवैधानिक बाध्यताअनुसार कोरोना महामारीकै बीच हामीले सुरु गर्नुपरेको महाधिवेशनमा सर्वप्रथम सामाजिक दूरी कायम गरी सहभागी हुन कांग्रेसका तमाम नेता तथा कार्यकर्तालाई हार्दिक अनुरोध गर्दछु।'

आठ लाखभन्दा बढी कांग्रेसका क्रियाशील सदस्य आजदेखि १४औँ महाधिवेशको प्रक्रियामा सहभागी भएको उल्लेख गर्दै उनले आफूले ती सबै सदस्य र नेतृत्वको जोश, जाँगर र साथको अनुभूति गरिरहेको बताएका छन्।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न कांग्रेसलाई बलियो बनाउन जरुरी रहेको जनाउँदै प्रधानमन्त्री देउवाले नेपाली जनताले बलियो कांग्रेसबाट मात्रै समग्र देशको विकास सम्भव भन्ने बुझिसकेको उल्लेख गरेका छन्। 'त्यसैले ‘बलियो कांग्रेस, समृद्ध देश’ भन्ने नारालाई साकार पार्न म पार्टीका हरेक तहका साथीहरूलाई आग्रह गर्न चाहन्छु', उनले भनेका छन्।

कांग्रेसको त्यो विगतको योगदान, जनताको भरोसा, परिपक्वता र अनुभवका कारण मुलुकको नेतृत्व अहिले फेरि कांग्रेसकै काँधमा आएको जनाउँदै उनले सन्देशमार्फत जनताको विश्वास जित्ने गरेर अघि बढ्ने प्रणसमेत गरेका छन्।

यस महाधिवेशनमार्फत सशक्त कांग्रेस बनाउने अभियानमा होमिइसकेको र पार्टीका सबैले हरेक गाउँको मुद्दासँग आफूलाई गाँस्दै,  हरेक टोलको भावनाको नेतृत्व गर्दै ती सबै मुद्दा र भावना सम्बोधन गर्न बलियो कांग्रेस जरुरी रहेको सन्देश हरेक घरघरमा पुर्‍याउनेमा सभापति देउवाले विश्वास लिएका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
जनउत्तरदायित्व खोइ?
जनउत्तरदायित्व खोइ?
पुरुषोत्तम दाहाल पुरुषोत्तम दाहाल • · १९ मंसिर २०७५ · १५ मिनेट पाठ
यसर्थ संविधान बन्न सकेन
नागरिक नागरिक • · ०८ कार्तिक २०७० · ४३ मिनेट पाठ
लोकतन्त्रको सौन्दर्य
लोकतन्त्रको सौन्दर्य
रेवतीप्रसाद भुसाल रेवतीप्रसाद भुसाल • · ३० कार्तिक २०८३ · ७ मिनेट पाठ
सद्भाव र विश्वासको सन्देश
सम्पादकीय सम्पादकीय • · २९ भदौ २०७२ · ७ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस