केन्द्रमा दाहाल
२२ फागुन २०६९
•
१२ मिनेट पाठ
केन्द्रमा दाहाल
केही वर्षअघि एकीकृत माओवादीले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको राजीनामा माग्दै आयोजना गरेको अनिश्चितकालीन बन्दका क्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहालले एक अभिनेत्रीसँग सडकमा नाचेको प्रसङ्गले नेपाली राजनीति तातेको थियो। त्यस कुरालाई कांग्रेस र एमाले जस्ता पार्टीका नेता तथा कार्यकर्ताले निकै मजाकसाथ उल्लेख गर्ने गरेका थिए। तर राजनीतिले कुन बेला कोल्टे फेर्छ थाहा हँुदैन भनेझै त्यसपछिका दिनमा तिनै दाहालको निर्देशनमा अन्य केही दल नाच्न सुरु गरेका छन्। हो, त्यो नचाइमा दाहालले जस्तो कम्मर भने मर्काउनु परेको छैन अन्य नेताहरूलाई। त्यसबाहेक कोही सुल्टो घुमेर नाचेका छन् भने कोही आफ्नो नाचमा उल्टो घुमाइलाई कायम राख्दै आएका छन्। यो क्रम पछिल्लो पटक प्रधान न्यायाधीशलाई चुनावी सत्ता सुम्पने निर्णयसम्म कायमै छ।
केही समयदेखि नेपाली राजनीतिको हरेक पाइला एमाओवादीको बोली पर्खेर बसेको हुन्छ। पेरिस डाँडाबाट निस्केको स्वरले विशेषगरी बल्खु र सानेपालाई चलायमान गराउँछ अनि त्यसैमा नेपाली राजनीति सक्रिय हुने गर्छ। लाग्छ, बल्खु र सानेपा पेरिस डाँडाबाट निस्कने निर्देशन कुरेर बसेका छन्। त्यहाँबाट निकासका लागि भन्दै आउने सुझाव तथा सल्लाहमा दुबै दल घुम्ने गरेका छन् कहिले सुल्टो कहिले उल्टो। अझ रमाइलो कुरा त दाहालको मुखबाट निस्कने हरेक बोलीले एमाओवादीभन्दा एमाले तथा कांग्रेसको घरमा सानोतिनो भए पनि भुइँचालो जाने गरेको छ।
दाहालले कांग्रेसलाई प्रधानमन्त्रीको उम्मेदवार चयन गर्न भन्छन् अनि सानेपामा विवाद सुरु हुन्छ। नेतासँगै कार्यकर्ताहरू को प्रधानमन्त्री हुने भन्नेमा विभाजित हुन थाल्छन्। त्यसपछि सभापति सुशील कोइरालाको नाम दिन्छन्। दाहालले अन्तर्राष्ट्रिय शक्तिले मानेन् भनेपछि विना कुनै प्रतिवाद अर्को विकल्पको पर्खाइमा बस्छन्। अनि त्यो विकल्प पनि दाहालबाटै आउँछ स्वतन्त्र व्यक्तिको नाममा। कांग्रेस र एमालेले सुरुमा विरोधी शैली देखाए पनि त्यसैका पछाडि लाग्छन्। हँुदाहँुदा कुरा प्रधान न्यायाधीशलाई चुनावी नेतृत्व दिने सहमतिमा टुंगिन्छ।
प्रधान न्यायाधीशलाई चुनावी सरकारको नेतृत्व दिने सुझाव पेरिसडाँडामा तयार भए पनि त्यसको आवाज हेटांैडामा सुनिएको थियो। त्यसैको केन्द्र विन्दुमा अहिले नेपाली राजनीति घुमिरहेको छ। दाहालको मुखबाट निस्केको त्यो बोलीले बल्खु र सानेपा दरवारको भित्ता हल्लाइसकेको छ। दुवै दलमा आफ्ना नेताहरूले लिएको निर्णयका सम्बन्धमा समर्थन र विरोधका स्वर सुनिन थालेका छन्। हेटांैडामा दाहालको एउटा भनाई नेपाली राजनीतिका छिप्पिएका खेलाडीहरूको घर चर्काउन पर्याप्त हुन पुगेको छ।
कसैले माने पनि नमाने पनि नेपाली राजनीतिको केन्द्रमा अहिले माओवादी अध्यक्ष दाहाल पुग्न सफल भएका छन्। उनले फाल्ने गरेको एउटा तुरुपले विपरित विचारधारा अंगालेका सबैको चित्त बुझाउन सक्छ। त्यसको पछिल्लो उदाहरण लगभग एक महिनाअघि हेटौडामा देखिएको थियो। जहाँ एमाओवादीको सातौँ अधिवेशनले पारित गरेको दाहालको दस्तावेजले एकै पटक अन्तर्राष्ट्रिय समुदाय र माओवादी कार्यकर्ताको चित्त बुझाउन सफल भएको थियो। दाहालले आफ्नो दस्तावेजमा एकातिर आफूहरू अब उप्रान्त शान्तिपूर्ण राजनीतिमा आउने बताएका छन् भने आफ्ना लडाकुको चित्त बुझाउन हतियारसहितको क्रान्तिको बाटो पूर्णरूपमा बन्द भइनसकेको उल्लेख गरेका छन्। तर दाहाललाई त्यस स्थानसम्म पुर्‍याउनमा उनीभन्दा बढी जिम्मेवार प्रमुख विपक्षी दल हुन भन्दा अतिशयोक्ति नहोला।
लामो यात्राको क्रममा आफ्नो खल्ती रित्तिएपछि सँगै रहेका सहयात्रीको खल्तीको आस गर्नुको विकल्प हुँदैन। नेपाली राजनीतिमा एमाले र कांग्रेसको स्थिति अहिले रित्तिएको खल्तीसहितका यात्रुसरह भएको छ। राजनीतिक बजारमा माओवादीले आफ्नो खल्तीबाट कुन बेला के निकाल्छ यो दुवै दललाई थाहा छैन। उनीहरू त माओवादीको खल्तीबाट झिकेर दाहालले फालेको कुरालाई समुन्द्र मन्थनबाट निस्केसरहको महŒव दिन थाल्छन्। सुरुमा के हो भनेर सोचविचारसाथ हेर्छन्, त्यसपछि विरोधको शैलीमा टाउको हल्लाए पनि अन्ततः सहमति जनाउँछन्। लामो समयदेखि यही भइरहेको छ। चाहे त्यो प्रधानमन्त्रीका लागि कांग्रेसको उम्मेदवारलाई मान्ने र पछि नमान्ने कुरा होस् अथवा त्यसपछि स्वतन्त्र व्यक्तिको नेतृत्वको कुरा होस् अथवा प्रधान न्यायाधीशलाई अस्थायी सत्ता सुम्पने कुरा होस्।
दाहालले फाल्ने तुरुपलाई एमाले र कांग्रेसले समर्थन गर्न त सक्छन् तर त्यस्तै तुरुप आफैँ फाल्न भने सक्दैनन्। दाहाललाई नेपाली राजनीतिको केन्द्रमा स्थापित गराउन विपक्षीको यही प्रवृत्ति प्रमुख कारणका रूपमा रहेको छ। राजनीतिमा कहिलेकाही नेताले विपरित धारमा हिँड्ने साहस देखाउन सक्नुपर्छ। तर प्रतिद्वन्द्वी कमजोर भएको अवस्थामा भने त्यो पनि आवश्यक हुँदोरहेनछ। किनभने त्यस्तो अवस्थामा अर्को सुगम बाटो खोज्ने अवसर प्राप्त हुँदोरहेछ। र, त्यही अवसरको उपयोग दाहालले बेलाबेलामा गर्दै आएका छन्। आफूले बोलेका कुराले अप्ठेरो पार्ने सम्भावना देख्नासाथ दाहाल चतुर्‍याईपूर्वक बोली फेर्ने गर्छन्। उनलाई राम्रैगरी थाहा छ, विपक्षीहरू आफ्नो पुरानो बोलीको पुच्छर समातेर अडिन सक्दैनन्, बरु नयाँ बोली पछ्याउँछन्।
चुनावी सरकार कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा बनाउने र नबनाउने प्रसङ्गमा दाहालकै निर्णयले महŒव पाएको छ। त्यसले कांग्रेसका नेता तथा कार्यकर्तालाई किंकर्तव्यविमुढको स्थितिमा भने पुर्‍याएको छ। अहिले कांग्रेसकै कार्यकर्ताहरू आफ्ना नेतासामु प्रश्न तेर्स्याउन थालेका छन्। उनीहरू स्वयंले आफ्ना नेताहरू दाहाल (एमाओवादी)को पछाडि लागेर हिँडेको आरोप लगाउन थालेका छन्। निकासका नाममा निषेधको राजनीति अवलम्बन गरेका कांग्रेस र एमालेले त्यसको असर आफ्नै घरमा देख्न थालेका छन्। उनीहरूका कार्यकर्ता अहिले आफ्ना नेताको निर्णयबाट असन्तुष्ट देखिएका छन्। जसरी भए पनि बाबुराम भट्टराई सरकारलाई ढाल्ने विपक्षीको अभियानले एमाओवादीलाई नै सघाएको छ। यसले विकल्पमा माओवादीकै कुरा नेपाली राजनीतिक बजारमा बिकिरहेको छ।
कांग्रेस एमाले जस्ता विपक्षीहरू त जंगलमा रहेका माओवादीलाई आफूहरूले नै राजनीतिक मूलधारमा ल्याएको भन्ने आत्मरतिमा रमाउने गरेका छन्। त्यस बाहेकको धारणा उनीहरूले आफ्ना कार्यकर्ता तथा जनतालाई दिन सकेका छैनन्। जसबाट दुवै दल आफ्ना कार्यकर्ताबाट नभई जनताबाट समेत क्रमशः टाढिँदै गएका छन्। जनतासँग दूरी राखेर कुनै पनि दल राजनीतिमा मौलाउन सक्दैन। र, जनतासँगको दूरी मेट्न आफ्ना मौलिक नीति तथा कार्यक्रम ल्याउन सक्नुपर्छ। अर्को कुनै दल र त्यसका नेताले निकासका लागि भनेर फालेको बोलीमा रुमलिएर जनतासँगको सम्पर्क स्थापित हुँदैन। अहिले कांग्रेस र एमालेका नेताले फलाक्ने गरेको गणतन्त्र, धर्म निरपेक्षता जस्ता कुरा उनीहरूका नभई माओवादीका एजेन्डा थिए भन्ने सबैलाई थाहा भएकै कुरा हो।
दाहालले मान्छे भेटेअनुसार कुरा फेर्ने गरेको आरोप एमालेका एक वरिष्ठ नेता माधवकुमार नेपालले केही समयअघि अनौपचारिक कुराकानीमा लगाएका थिए। पहिला राजासँग भेट्दा एउटा कुरा गर्ने अनि आफूहरूसँग भेट्दा अर्को कुरा गर्ने दाहालले पछि गिरिजाबाबु र आफूसँग भेट्दा पनि यही शैली अपनाउने गरेको आरोप उनले लगाएका थिए। तर यति थाहा हुँदाहँुदै पनि दाहालकै बोली नेपाली राजनीतिमा चलनचल्तीमा आउने गर्छ। दाहालकै बोली पछाडि एमाले र कांग्रेस दगुर्ने गरेका छन्। र, उनीहरूसँगै नेपाली राजनीति दगुर्दै आएको छ। दाहालको बानीलाई राम्ररी बुझेको भन्ने नेताहरूसँग पनि उनको पछि लाग्नुको विकल्प छैन। किनभने रित्तिएको खल्तीसहित राजनीतिक बजारमा धेरै बेर टिक्न सकिँदैन र अहिलेको अवस्थामा खल्ती टक्ट्याउने हैसियत भए पनि एमाओवादीको छ।
अर्को समाचार
गुटैगुटमा विभक्त माओवादी, दबाबमा दाहाल
१९ माघ २०८१
•
५ मिनेट पाठ
गुटैगुटमा विभक्त माओवादी, दबाबमा दाहाल
धनबल राई  

काठमाडौं, माघ १८  

मोहन वैद्य, डा. बाबुराम भट्टराई, रामबहादुर थापाहरू पार्टी छाडेर हिँडेपछि अध्यक्ष पुष्पकमल दाहाल माओवादी केन्द्रमा कुनै गुट नभएको बताउँथे। तर पार्टीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को निर्वाचनसम्म आइपुग्दा भने अवस्था ठिक उल्टो देखियो, माओवादी केन्द्रमा नेतैपिच्छेका गुट बन्न थालेका छन्।  

यो कुरा माओवादी उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटा नै स्विकार्छन्। गत मंगलबार काठमाडौंमा आयोजित प्रेस सेन्टर नेपालको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘विद्यार्थी निर्वाचनसम्म आइपुग्दा पार्टीभित्र स्पष्ट गुटगत स्वार्थ देखियो।’ हुन पनि गुट हाबी नभएको भए क्रान्तिकारीले झन्डै चार महिनाअगावै नेतृत्व पाइसकेको हुन्थ्यो। तर गुट हाबी भएपछि ‘हेडक्वार्टर’ (अध्यक्ष पुष्पकमल दाहाल) ले नै प्रक्रिया रोके।

नेतृत्व चुन्न क्रान्तिकारीको २३औं सम्मेलन गत असोज १० गते सुरु भएको थियो। तर त्यो सम्मेलन संगठनभित्र ३२ वर्षे उमेरहद लागु गर्ने बहससम्म मात्रै पुग्यो। अन्ततः संगठनमा ३२ वर्षे उमेरहद लागु भयो। यसपछि अघिल्लो समितिका अध्यक्ष, उपाध्यक्ष र महासचिवसम्मका विद्यार्थी नेताहरू स्वतः बाहिरिए। त्यसपछि नेतृत्वका लागि अघिल्लो समितिका उपमहासचिव र सचिवहरू अगाडि आए।

अहिले अध्यक्ष निर्वाचित भएका विजयप्रकाश सापकोटा अघिल्लो समितिका सचिव हुन्। उनी नयाँ गुटबाट निर्वाचित भएका हुन्। जुन गुटलाई हेडक्वार्टरकै समर्थन प्राप्त थियो। माओवादी उपमहासचिव शक्ति बस्नेतको नाममा थपिएको नयाँ गुटलाई इन्चार्ज हिमाल शर्मा, अघिल्लो समितिकी अध्यक्ष पञ्चा सिंहलगायतको समर्थनसमेत प्राप्त थियो। हेडक्वार्टरकै चाहनामा बनेको यो गुटलाई उपाध्यक्ष अग्निप्रसाद सापकोटालगायत नेताहरूको गुटले पनि स्वतःस्फूर्त रूपमा समर्थन जनाएका थिए।

यो गुट थपिएसँगै माओवादीमा स्पष्ट रूपमा चारवटा गुट सक्रिय हुन पुगेका छन्। वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ तथा उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुनका गुट पार्टीभित्र यसअघि नै सक्रिय अवस्थामा थिए। यी सबै गुटहरूले क्रान्तिकारीको निर्वाचनमा उम्मेदवार खडा गरेका थिए।  

बाँकी पृष्ठ ३

ररर

गुटैगुटमा विभक्त  

माओवादी, दबाबमा दाहाल

गुटैगुटमा विभक्त...

नारायणकाजी श्रेष्ठ गुटले उपदेश यादव र उपमहासचिवद्वय जनार्दन शर्मा गुट र वर्षमान पुन गुटले क्रमशः हेमन्त राई र सुदिन पौडेललाई अध्यक्षको उम्मेदवार बनाएका थिए। तर अध्यक्षमा भने नयाँ गुटकै विजयप्रकाश सापकोटा निर्वाचित भए। उनले जनार्दन शर्मा गुटका उम्मेदवार हेमन्त राईले भन्दा ७३ मत बढी मत ल्याए। नारायणकाजी श्रेष्ठ गुटका उम्मेदवार उपदेश यादव तेस्रो हुँदा वर्षमान पुन गुटका उम्मेदवार सुदिन पौडेल भने चौथोमा खुम्चिए। जबकि ३२ वर्षे उमेर हदको प्रमुख वकालतकर्ता उनै सुदिन पौडेल थिए। त्यसबेला उनले हेडक्वार्टरको आश्वासन पाएका थिए तर पछि अवस्था उनको बसमा रहेन।  

बलिया जनार्दन, कमजोर वर्षमान  

माओवादीले पार्टीका प्रायः कमिटी÷समितिहरूमा सर्वसम्मत रूपमै नेतृत्व छान्ने प्रयास गर्छ। क्रान्तिकारीको अध्यक्ष निर्वाचनमार्फत आएको पनि यो बल्ल दोस्रोपटक हो। पहिलोपटक रञ्जित तामाङ निर्वाचनमार्फत आएका थिए। त्यसपछि विजयप्रकाश सापकोटा नै हुन्। त्यसबाहेक सबै अध्यक्षहरू हेडक्वार्टरले नै चुन्दै आएको थियो। तर, उपमहासचिव जनार्दन शर्माले भने पार्टीका हरेक कमिटी÷समितिहरू निर्वाचित भएर नै आउनुपर्ने पक्षको वकालत गर्दै आएका छन्। यसअघि उनले पार्टीमा यही व्यहोराको प्रस्तावसमेत पेस गरेका छन्।

गत पुस २१ गतेको केन्द्रीय समिति बैठकमा पनि उनले अध्यक्ष पुष्पकमल दाहाललाई ‘निर्वाचित भएर आउन किन डराएको...?’ भनेर प्रश्नसमेत गरेका थिए।  

क्रान्तिकारीको सन्दर्भमा पनि उनले नै जिते र निर्वाचन भयो। तर, अध्यक्ष हातमा परेन। ७१ मतको झिनो मतान्तरले यो पक्षका उम्मेदवार हेमन्त राई पराजित हुन पुगे। तर, अध्यक्ष गुमाए पनि नवनिर्वाचित समितिमा जनार्दन शर्माको पल्लाभारी छ। नवनिर्वाचित समितिमा नौ मध्ये पाँच उपाध्यक्ष, महासचिव, नौमध्ये सात उपमहासचिव र ११ मध्ये ६ सचिव र कोषाध्यक्ष पनि जनार्दन शर्मा गुटले नै जितेको छ।

यसरी हेर्दा माओवादीमा जनार्दन शर्मा बलियो बन्न पुगेका छन्। वर्षमान भने कमजोर देखिएका छन्। कुनै बेला ३५ भन्दा बढी जिल्लामा पार्टीको नेतृत्व उनी पक्षीय नेताहरूले गरेका छन् भनिन्थ्यो। तर, अहिले आएर भने उनी विद्यार्थीमा समेत कमजोर बन्न पुगेका छन्।पहिलोपटक निर्वाचनमार्फत क्रान्तिकारी अध्यक्ष बनेका रञ्जित तामाङ वर्षमान पुन पक्षीय थिए। त्यसपछि हेडक्वार्टरले नै जनार्दन शर्मा पक्षीय पञ्चा सिंहलाई अध्यक्ष बनायो।  

गुट बन्न नहुने भन्दै फेरि ‘गुट’

शक्ति बस्नेतको नाममा बनेको नयाँ गुट हेडक्वार्टरकै चाहनामा बनेको गुट हो। गुट बन्न नहुने भन्दै हेडक्वार्टरले अरू गुटको मुकाबिलाका लागि फेरि नयाँ गुट बनाएको हो, शक्ति बस्नेत।

माओवादीका एक नेताका अनुसार यस पटकको क्रान्तिकारी निर्वाचनमा हेडक्वार्टरले कुनै गुट विशेषको भन्दा समग्रतमा पार्टीकै हुनेगरी अध्यक्ष चुन्न प्रयास गरेको हो। अध्यक्षका रूपमा एकले अर्कोलाई स्विकार्नसमेत सकस देखेपछि ‘तेस्रो निर्णय’अनुरूप यसो गरिएको ती नेताको भनाइ छ। ‘गुट विशेषबाट भन्दा समग्रमा पार्टीकै हुनुपर्छ भन्नेमा ध्यान रह्यो,’ ती नेता भन्छन्, ‘यसपछि यसो गरिएको हो।’  

त्यसो त यसअघि मातृपार्टीको सन्दर्भमा पनि यसै गरिएको थियो। पार्टी महासचिव को हुने भन्ने विषयले माओवादीभित्र ठुलै खैलाबैला मच्चिएको थियो। जनार्दन शर्मा र वर्षमान पुनबिच यसमा लामै संघर्षसमेत चलेको थियो। शर्मा र पुनले महासचिवका रूपमा आपसको ‘अस्तित्व’ नै नस्विकार्ने अवस्था देखेपछि अध्यक्ष पुष्पकमल दाहालले ‘तेस्रो निर्णय’अनुसार एकपटक पार्टी छाडेर पुनः फर्किएका देव गुरुङलाई महासचिव बनाए। यसपछि शर्मा र पुन दुवै उपमहासचिव बने। यस पटकको क्रान्तिकारीको निर्वाचनमा पनि पनि यही सूत्र प्रयोग गरिएको नेताहरू बताउँछन्। शक्ति बस्नेतको नाममा बनेको नयाँ गुट हेडक्वार्टरकै चाहना भएको स्रोत बताउँछ।

माओवादीमा चार गुट

शक्ति बस्नेतको नाममा नयाँ गुट बनेसँगै अब माओवादीमा स्पष्ट रूपमा चारवटा गुट सक्रिय हुने भएका छन्। शक्ति बस्नेतको नाममा बन्नुअघि नै त्यहाँ नारायणकाजी श्रेष्ठ गुट, जनार्दन शर्मा गुट र वर्षमान पुन गुट थिए। तर अब भने चारवटा पुगेका छन्।

प्रकारान्तरले माओवादीमा जनार्दन शर्मा गुट र शक्ति बस्नेत (हेडक्वार्टर समर्थित) गुट रहने विश्लेषणसमेत हुन थालेको छ। उपाध्यक्ष कृष्णबहादुर महरा, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, महासचिव देव गुरुङलगायत नेताहरूका गुट भने हेडक्वार्टर केन्द्रित भइसकेको बताइन्छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस