नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्धमा सहभागी नेता कार्यकर्ताहरु एउटै केन्द्रमा एकताबद्ध हुनुको विकल्प नरहेको बताएका छन्।
मंगलबारबाट काठमाडौंमा सुरु भएको पार्टीको विधान अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले अब ढिलो नगरी एउटै मोर्चा र केन्द्रमा एकताबद्ध हुनुपर्नेमा जोड दिए।
‘सच्चा कम्युनिष्टहरु एकताबद्ध हुन जति ढिलो हुन्छ त्यति नै धेरै अहिलेको राजनीति परिवर्तनमा घाटा हुन्छ’ उनले भने।
अध्यक्ष दाहालले आफूबाट भएका कमी, कमजोरीलाई आत्मालोचना र समीक्षा गरेर अघि बढ्न जरुरी रहेको जिकिर गरे। कम्युनिष्टहरुले आँट गर्दा र एक हुँदा समाजवादी क्रान्तिको नयाँ लहर सृष्टि गर्न सकिने उनको भनाइ थियो।
उनले क्रान्ति र क्रान्तिकारी परिवर्तनलाई अपमानित गर्नेहरुको प्रतिवाद गर्न आवश्यक रहेको उल्लेख गर्दै सामाजिक रूपान्तरण र क्रान्तिका निम्ति बलिदान गर्ने योद्धाहरुलाई अपमान गर्ने छुट कसैलाई नरहेको बताए।
अध्यक्ष दाहालले समाजवादको नयाँ अभियान सुरु गर्ने जमर्को गरिरहेको बताए। सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा समाजवादको भ्रूण रोप्ने अभियान सुरु गर्ने तयारी रहेकाे उनकाे भनाइ थियाे।