दीपक दाहाल, सुन्दरीजल, जेठ २५ - झाडापखालाको मौसम सुरु भइसक्दा पनि काठमाडौंका अधिकांश स्वास्थ्य केन्द्रमा जीवनजलसमेत छैन। झाडापखाला लागेका बच्चालाई निःशुल्क दिइने जिंक चक्की र गर्भवतीलाई आइरन चक्की पनि छैन।
नागरिक संवाददाता मंगलबार काठमाडौंका ग्रामीण भेगका गोकर्ण प्राथमिक स्वास्थ्य केन्द्र, नयाँपाटी र भद्रवास उपस्वास्थ्य चौकी र आलापोट स्वास्थ्य चौकी पुग्दा जीवनजल, आइरन र जिंक चक्की अभाव भेटिएको हो।
काठमाडौंका स्वास्थ्य केन्द्र, स्वास्थ्य तथा उपस्वास्थ्य चौकीमा जीवनजलको चरम अभाव भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले पुष्टि गरे। 'आकस्मिक अभाव पूर्ति गर्न गरेको प्रयास सफल हुन सके,' उनले भने।
काठमाडौंका विभिन्न स्वास्थ्य संस्थामा गत वर्ष करिब ३-४ लाख पुरिया जीवनजल माग भए पनि यसपालि जिल्ला जनस्वास्थ्य कार्यालयले ४० हजार पुरिया मात्र पठाएको थियो।
अधिकांश स्वास्थ्य संस्थामा ६ महिनादेखि जीवनजल अभाव भए पनि आपूर्ति नगरिएको गुनासो स्वास्थ्यकर्मीले गरेका छन्। सरकारले जीवन जललगायत ४२ थरी अत्यावश्यकीय औषधी वर्षैभरि उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
पछिल्ला दिनमा काठमाडौंका ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा आउने अधिकांश बिरामी झाडापखालाका छन्। 'अधिकांश बिरामीमा पेट दुख्ने तथा झाडापखालाको समस्या देखिएको छ,' सुन्दरीजल नयाँपाटी उपस्वास्थ्य चौकीका अहेव भेषबहादुर बस्नेतले भने, 'जिल्ला जनस्वास्थ्य कार्यालयमा पटक-पटक औषधी माग गरे पनि प्राप्त भएको छैन।'
निःशुल्क औषधी केन्द्रको आपूर्ति व्यवस्था महाशाखा, क्षेत्रीय मेडिकल स्टोर र जिल्लाबाट खरिद गर्ने व्यवस्था छ। आलापोट स्वास्थ्य केन्द्रका हेल्थ असिस्टेन्ट जगत नेपालीले जीवनजल छैन भनेर बिरामीलाई फर्काउनु लज्जाजनक अवस्था रहेको बताए।
केही समयअघि १ हजार ८ सयको जीवनजल किनेर बिरामीलाई वितरण गरेको उनको भनाइ छ। जीवनजलको खुद्रा मूल्य कम्पनीअनुसार ५ देखि ८ रुपैयाँसम्म पर्छ।
भद्रवास उपस्वास्थ्य चौकीका अहेव आत्माराम श्रेष्ठले निःशुल्क औषधी पाइन्छ भनेर सूचना राखे पनि केही समयदेखि जीवनजलसमेत दिन नसकेको बताए। यस क्षेत्रका अतिविपन्न समुदायमा जीवनजलसमेत किनेर खाने हैसियत छैन।
अधिकांश संस्थामा गर्भवतीलाई दिइने आइरन चक्की र बच्चालाई दिइने जिंक चक्की भेटिएन। गर्भ रहेको तीन महिनादेखि सुत्केरी भएको ४५ दिनसम्म महिलालाई २ सय २५ चक्की खुवाइन्छ। बजारमा क्याप्सुलका रूपमा पाइने यो औषधीको मूल्य ३ रुपैयाँ पर्छ।
जिंक चक्कीले बालबालिकामा झाडापखाला रोक्छ। यो चक्की २ महिनादेखि ६ महिनासम्मको बच्चालाई आधा चक्कीका दरले र त्यो भन्दामाथि ५ वर्षसम्मको बच्चालाई एक चक्कीका दरले दस दिनसम्म खुवाउनुपर्छ। जिंक चक्कीको खुद्रा मूल्य २ देखि ३ रूपैयाँ पर्छ।
प्राथमिक स्वास्थ्य केन्द्र गोकर्णकी प्रमुख डा. सरिता श्रेष्ठले सरकारले उपस्वास्थ्य चौकी र स्वास्थ्य केन्द्रमा उही अनुपातमा पठाउने गरेकाले लामो समयदेखि औषधी अभाव भएको बताइन्।
'दैनिक सरदर ६० जना बिरामी आउँछन्, यो मौसममा त अधिकांश झडापखालाकै हुन्छन्,' उनले भनिन्, 'उनीहरुलाई जीवनजलसमेत दिन सकिएको छैन।'
क्षेत्रले औषधी पठाएन
जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख श्रेष्ठले यस आर्थिक वर्षभर क्षेत्रीय मेडिकल स्टोरले जीवनजल नदिएकाले चरम अभाव भएको बताए। 'म दुई महिनाअघि आउँदा कुनै पनि स्वास्थ्य संस्थामा एक पुरिया जीवनजलसमेत थिएन, मैले तत्काल ४० हजार रुपैयाँको जीवनजल किनेर पठाएँ,' उनले भने, '१६ लाखभन्दा बढी जनसंख्या र ५७ भन्दा बढी स्वास्थ्य संस्थामा त्यतिले के धान्थ्यो र?'
मध्यमाञ्चल क्षेत्रीय प्रमुख डा. राजेन्द्र पन्तले जीवनजल लगायत अत्यावश्यकीय औषधी अभावबारे अनभिज्ञता प्रकट गरे। काठमाडौंका ग्रामीण क्षेत्रमा ती औषधी अभाव नभएको उनको दाबी थियो।
अरू औषधी पनि छैनन्
कान दुख्ने समस्या भएपछि सेते नगरकोटी आलापोट स्वास्थ्य चौकी पुगेका थिए। चौकीमा कानको औषधि नभएपछि स्वास्थ्यकर्मीले औषधी पसलमा किन्न लगाए।
'कान, आँखामा राख्ने औषधी सिधिएको महिनौं भइसक्यो,' हेल्थ असिस्टेन्ट नेपालीले भने। नागरिक संवाददाता पुगेका सबै स्वास्थ्य संस्थामा यी कुनै पनि औषधी थिएनन्। अधिकांश संस्थामा खोकी कम गर्ने, प्यारासिटामोल, दुःखाइ कम गर्ने र घाउ लठ्याउने जाइलोगिन समेत नभएको जानकारी दिएका थिए।