हिउँदले बिदा माग्दै गर्दा केही नयाँपनको आशा जाग्छ। अब त केही होला कि जस्तो लाग्छ। प्रायः निराशामै परिणत हुने गरेको त्यो आशासँगै आन्दोलनका ती दिनको सम्झना पनि गहिरिन्छ। हरेक वर्षको हिउँद सकिने बेलामा यस्तै हुन्छ। १९ दिन लामो त्यो ऐतिहासिक आन्दोलनको दोस्रो दिन थियो। बिहान कफर्यु लाग्नुअघि हतार-हतार हिँडेर महाराजगन्जको शिक्षण अस्पताल पुगेको थिएँ। केही साथीहरु पहिल्यै पुगिसकेका थिए। समाजका विभिन्न क्षेत्रमा कार्यरत् र त्यतिबेला आन्दोलनमा होमिएका बुद्धिजीवी मित्रहरु एक-एक गर्दै जम्मा भइरहेका थिए। अब के गर्ने भनेर गम्भीर छलफल भयो। र, निकै लामो छलफलपछि कर्फ्यु तोड्ने निर्णय भयो।
शिक्षण अस्पतालको ढोकामा ढुकेर बसेका पुलिसलाई झुक्क्याएर कान्ति अस्पताल पस्ने सडकको मुखमा नारा लगाउन थाल्यौं। अल्मलिएका पुलिसहरु निकै बेर नारा लागेपछि मात्र त्यहाँ आइपुगे। यसरी कफर्यु तोडेपछि सातजना डाक्टरसहित २४ जनाले गिरफ्तारी दियौं। एक रात पुलिस क्लबमा राखेपछि हामीलाई दुवाकोट पठाए। त्यहाँ पुगिसकेपछि पहिल्यै पक्राउ परेका अरु धेरै साथीहरुसँग भेट भयो। तर, हामी २४ जनालाई भने छुट्टै एउटै टहरोमा राखेका थिए। यस्तो लाग्थ्यो, सशस्त्र प्रहरी तालिम केन्द्रका हाकिमहरु हामीसँग त्यति सहज अनुभव गरिरहेका थिएनन्। एउटा कागजमा सही गरेर निस्किदिए हुन्थ्यो भनेझैं गर्थे। तर, विशेष परिस्थितिमा भएका केही साथीबाहेक अरु कोही पनि निस्कन मानेनन्। अठार दिनपछि ज्ञानेन्द्र हारे। सबै जना खुशी भयौं। तर अचम्म! तिनले हामीलाई तुरुन्तै छाड्न मानेनन्। अझै पनि कागजमा सही गर्नुपर्छ भनिरहे। चर्कै प्रतिवाद गरेपछि मात्र हामी निस्कियौं।
आन्दोलन, विद्रोह, क्रान्ति वा जनताका असन्तुष्टिका जस्तासुकै बिष्फोटहरुपछि विजयोल्लासको एउटा छोटो र विशिष्ट अवधि हुन्छ। त्यो बेलामा कुनै कानुनले हैन, मानिसमा रहेको र सामूहिक चेतले मात्रै काम गरिरहेको हुन्छ। त्यो चेतनाको सुन्दर पक्षलाई जोगाइराख्नका निम्ति यथाशक्य छिटो नयाँ विधि विधान बनाउनुपर्ने खाँचो हुन्छ। पुरानो कानुनले त्यो काम गर्न सक्ने भए त किन चाहिन्थ्यो त्यति ठूलो आन्दोलन?
त्यसबेला राजाको जागिर खाएको कुनै सिडिओ भनिने जागिरे प्राणीले पुरानो कानुनको धङधङीमा रहेर आन्दोलनकारीहरुलाई केही घण्टा बढी थुन्ने वा के गर्ने भनेर आफँै अल्मलिनु भनेको बुझ्न सकिने कुरा हो। तर, त्यसपछि पनि धुरन्धर क्रान्तिविज्ञ, राजनीतिज्ञ, कानुनविद आदि जानिफकारहरुकै बीचमा जे/जस्ता कानुनी छलफल हुन थाले, त्यो भने अहिलेसम्म पनि मैले बुझ्न सकेको छैन। सात वर्षदेखि मेरो मनमा आइरहने प्रश्न हो- कानुनी र अन्य औपचारिकताकै निम्ति देशले जति मूल्य तिरेको छ र अझै तिरिरहेको छ, त्यो साँच्चै आवश्यक हो?
आन्दोलन उत्कर्षमा पुगेका बेला वा विजयोल्लासको त्यो विशिष्ट क्षणमा जनताको बीचमा अभूतपूर्व एकता, उत्तरदायित्वबोध, सामाजिक चेत छाएको हुन्छ। त्यही बेला आन्दोलनको रापमा गर्नुपर्ने कतिपय निर्णयहरु गर्न, उचित कदम चाल्न स्वघोषित नेताहरु सक्षम भएनन्। गणतन्त्र घोषणा गर्न नै त्यति धेरै औपचारिकता पूरा गर्नुपर्ने थियो वा त्यति समय पर्खनुपर्थ्यो भन्ने लाग्दैन। अरु विभिन्न सवालमा पनि के 'वैधानिक' के 'अवैधानिक', 'कानुनी' हिसाबले के मिल्ने के नमिल्ने जस्ता कुरामा त्यत्तिकै अलमल(अलमल भइरह्यो। अनि आन्दोलनको राप सेलाउन थाल्यो।
आन्दोलनको तातोमा पग्लिएर एक भएका जनता विभाजित भएर जम्न थाले। जनताबीचको त्यो अत्यन्त सुन्दर एकताको ठाउँ विभाजनले लिन थाल्यो। फेरि उही पुरानो खेल, उही फोहोरी खेलाडीहरुका पछि जनता विभाजित हुन थाले। त्यसपछि पनि धेरै असल मानिसले दुःख पाइरहे, जनताका छोराछोरी फेरि पनि अनाहकमा मरे। संविधान सभाको चुनाव नै ढिलो भयो। संविधान सभा त बन्यो तर युगले खोजेको संविधान बनाउने काममा भन्दा बढी पुरानो फोहोरी खेलमै त्यो डुब्यो। सात वर्ष! जनता सार्वभौम भइसकेपछिको महŒवपूर्ण र लामो सात वर्ष! कति धेरै प्रगति भइसक्नुपर्ने हो देशमा? तर, कस्ता कुरामा समय खर्च भइरहेको छ हाम्रो?
यथाशक्य छिटो नयाँ संविधान बनोस् भन्ने चाहना जनतामा हुनु अत्यन्त स्वाभाविक हो। तर अहिलेसम्म मञ्चित सस्ता नौटङ्की हेर्दा-हेर्दा थकित भएका जनतालाई जेठमै चुनाव होला भनेर पत्याउन भने गाह्रै परिरहेको छ। यस्तो अवस्थामा जनताको, युगको पीडाको कुनै मतलब नराखी गरिएका सस्ता ठट्टाको लामो सिलसिला जारी रह्यो भने त्यसले धेरै कुरा बिगार्नेछ।
देश चलाउन, जनताको जीवनलाई शान्ति समृद्धि र स्वतन्त्रतासहित व्यवस्थित पार्न नयाँ विधि विधानको आवश्यकताबोध सबैले गरिरहेका छौं। संविधान नै नभएको जस्तो मुलुक भएको छ यो देश। अन्तरिम संविधान भनिएको चिजले अहिलेको आवश्यकता सम्बोधन गर्न सकेको छैन, गर्नै सक्तैन। जसरी भए पनि यथाशक्य छिटो यो अवस्थाबाट देश निस्कनै पर्छ। अधिकांश पार्टीले सैद्धान्तिक वा औपचारिक तहमा त सामाजिक न्याय, लोकतन्त्र र प्रगतिका निम्ति प्रतिबद्धता त जनाइसकेकै छन् नि! अब चाहिएको त केवल इमानदारी, पारदर्शिता, उत्तरदायित्वबोध जस्ता गुण न हुन्। यी गुण त जस्तोसुकै समाजमा पनि, जस्तोसुकै शासन प्रणालीमा पनि चाहिने कुरा हैनन् र?
तर यस्ता कुरा गर्दा परम्परागत राजनीतिका खलनायकहरु उल्टै 'राजनीति नबुझेको मूर्ख' भनेर हाँस्छन्। 'राजनीति भनेको स्वामीजीहरुको भूदान यज्ञ जस्तो कहाँ हुन्छ?' भनेर कुर्लन्छन्। हाकाहाकी 'हामी त राजनीति गर्ने मानिस पर्र्यौं, के गर्ने!' भन्दै अपारदर्शिता, भ्रष्टाचार, बेइमानीमै रमाइरहन्छन्। लाजै नमानी जनतालाई ढाँट्न सक्ने नकच्चरोपनलाई राजनीतिक सीप र खुबी सम्झन्छन्। अनि कुनै बेला झोक्किएर 'हामीलाई गाली गर्न त सजिलो छ, तर तिमीहरुले चाहिँ के गर्यौं त?' भन्दै झम्टन्छन्।
अझै परम्परागत राजनीतिमा परम्परागत तालले रमाइरहेका र परिवर्तनलाई हेर्न, देख्न, बुझ्न नचाहिरहेका यस्ता पण्डितहरुले के बुझ्नुपर्छ भने बितेको सात वर्षमा केही भइरहेको छ भने जनताले गर्दा नै भइरहेको छ। सत्ता राजनीतिका कारण हैन, सत्ता राजनीतिका बावजुद भइरहेको छ। अकुपाई बालुवाटार जस्ता आन्दोलनलाई होच्याउनेहरुले के बुझ्नुपर्छ भने जनताको आन्दोलनले नयाँ रूप लिन खोज्दैछ। र, त्यो त त्यसको प्रारम्भिक अभिव्यक्ति मात्रै हो। अबका आन्दोलनहरु पुराना खेलाडीविना नै हुनेछन्। जनताका नयाँ संगठन तयार हुनेछन्। तिनले अहिलेका थोत्रा पार्टीकै जस्तो रूप लिनुपर्छ भन्ने छैन। जनताका नयाँ आन्दोलनलाई, तिनमा लुकेको ऊर्जालाई आत्मसात गर्न सके भने, परम्परागत राजनीतिका यी हाँसोउठ्दा विदूषकहरु पनि अहिलेभन्दा केही कम बेइमान्, अलि कम असुन्दर र अलिकति पारदर्शक बन्न सक्नेछन्।
यो लेखिरहँदा अहिले चर्चामा रहेका श्रीमान् के भन्छन्, के गर्छन्, अझै थाहा छैन। श्रीमान्लाई के भन्छन्, के गर्छन्, त्यो पनि थाहा छैन। तर साँच्चै नै केही त गर्नैपर्यो, यो यथास्थितिलाई तोड्नुपर्यो भनेरै विशेष निर्णय लिइएको हो भने र यो कुराको परिणामले नै पुष्टि गरेछ भने अझै पनि अलिकति चेत त रहेछ यी पार्टीका केही मुखियाहरुमा भनेर बुझ्नुपर्ने हुन्छ। तर त्यसको परिणाम भनेको देश नयाँ संविधान बन्ने दिशातर्फ लाग्ने कुरा हो। यस्तै होस्।