जनकपुर- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले ७९ दिनदेखि जारी मधेस आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ। जनकपुरमा आइतबार सम्पन्न दुई दिने बैठकको निर्णय सार्वजनिक गर्दै मोर्चाघटक संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अबको आन्दोलन थप सशक्त हुने बताए।'जारी आन्दोलनको स्वरूप कुनै खुकुलो हुँदैन,' बैठकपछि जनकपुरको सिटी स्टार होटलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यादवले भने, 'आमहडताल, राजमार्ग अवरोध, नाका अवरोध, उद्योग, कलकारखाना, सरकारी कार्यालय तथा वित्तीय संस्था बन्द अझ सशक्तरूपमा अगाडि बढ्छ।'
लामो आन्दोलनले जनतामा देखिएको उकुसमुकुस र चाडबाडको समय भएकाले केही दिनका लागि भए पनि आन्दोलन खुकुलो हुने सर्वसाधारणको अपेक्षाविपरीत मोर्चाले यस्तो निर्णय गरेको हो। अहिलेकै अवस्थामा खुकुलो बनाए आन्दोलन विस्तारै मत्थर हुने र पाउन लागेको सफलता पनि गुम्ने संकेत देखेर थप सशक्त बनाउने निर्णय गरिएको यादवले बताए।
'जनपरिचालनका कार्यक्रम अझ बढी सशक्त र सहभागितामूलक बनाउने, आन्दोलनक्रममा सम्पूर्ण औद्योगिक तथा व्यावसायिक वर्ग, किसानलगायतले लिएको बैंक ऋणको ब्याज र जरिवाना मिनाहा गर्नुपर्ने र संवैधानिक रूपले मधेसी, थारु, आदिवासी जनजाति, दलित, मुस्लिम, पिछडावर्गलगायतले उठाएका मुद्दा सम्बोधन नहुञ्जेल आन्दोलन यथावत जारी राख्ने निर्णय भएको छ,' बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ।
समीक्षाक्रममा मधेस आन्दोलनअन्तर्गत एकाध ठाउँमा चीनको झन्डा जलाउनेसम्बन्धी खबर सुनिएकोमा मोर्चाको तर्फबाट त्यस्तो कार्य गर्न अनुचित हुने समझदारी भएको बैठकमा सहभागी एक नेताले बताए। सरकारसँग निर्णायक भनिएको वार्ताको पूर्वसन्ध्यामा शनिबारबाट सुरु बैठकले आन्दोलनका कार्यक्रमको समीक्षा गर्दै ६ बुँदे निर्णय गरेको हो।
बैठकमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष यादव, वरिष्ठ नेता अशोक राई, केन्द्रीय सदस्य हरिनारायण यादव, तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, उपाध्यक्ष वृषेशचन्द्र लाल, महामन्त्री जीतेन्द्र सोनल, सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतो, केन्द्रीय सदस्य लालकिशोर साह, तराई–मधेस सद्भावना पार्टी अध्यक्ष महेन्द्र राय यादव र उपाध्यक्ष रानी शर्मा तिवारीलगायत १२ जना सहभागी थिए।