विराटनगर–संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले महँगी, भ्रष्टाचार, कालोबजारिया र बेथितीले मुलुक बर्वाद भइरहेकाले अबको आन्दोलन त्यसको बिरोधमा पनि हुने बताएका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार रहेसम्म मुलुक तहस नहस हुने दाबी गरे।'कालोबजारियाको ठूलो हिस्सा बालुवाटारसम्म पुगिरहेको छ,' विराटनगरस्थित आफ्नै निवासमा मंगलवार पत्रकारहरुसित कुरा गर्दै नेता यादवले भने, 'सरकार त्यसमा रमाइरहेका छन्, यो सरकार जति दिन रहन्छ, मुलुक तहसनहस हुँदै जान्छ ।' संयुक्त मधेसी मोर्चाका नेता यादवले मुलुकलाई बचाउने र जनताको अधिकार स्थापित गराउने दुईटै दायित्व बोकेर अवको आन्दोलन अगाडि बढ्ने बताए ।
'सरकार भित्रभित्र मकिसकेको छ, जुनसुकै बेला ढल्छ,' नेता यादवले भने, 'तर, सरकारमा सामेल हुने हाम्रो एजेन्डा होइन्।' उनले वार्ता लगभग मिल्लामिल्ला जस्तो भइरहेको बेला मान्छे मार्ने काम भइरहेकोमा आश्चर्य व्यक्त गरे। 'म पनि आश्चर्यमा छु, अस्ति वार्ता लगभग मिल्नेजस्तो अगाडि बढिरहेको थियो,' यादवले भने, 'रंगेलीमा गोली चलाएर तीनजनाको हत्या गरियो।' उनले यसअघि पनि वार्ता मिल्नै लाग्दा सप्तरी र जनकपुरमा पनि मान्छे मारिएको उदाहरण दिए ।