समानान्तर
०६ भदौ २०६६
•
८ मिनेट पाठ
समानान्तर
सुजाताको राजीनामा

प्रधानमन्त्री माधवकुमार नेपालसँगै भारत भ्रमणमा नगएर परराष्ट्र मन्त्री सुजाता कोइरालाले आफूले त गाली खाइन् नै बाबु गिरिजाप्रसाद कोइरालालाई पनि गाली खुवाइन्। सुजाता भारत नजानुको कारण उपप्रधानमन्त्री नपाउनु हो भनेर प्रचार भएको छ। प्रधानमन्त्री नेपाललाई गिरिजाबाबुले सुजातालाई उपप्रधानमन्त्री बनाउन भनेका थिए रे। नेपालले बनाउन नसक्ने जवाफ दिएपछि सुजाता रिसाएर भारत नगएकी हुन् रे। अहिलेसम्म साचार माध्यममा आएका कुरा यिनै हुन्। यही आधारमा सुजातालाई भक्कुमार गाली गरिएको छ। छोरीलाई बढी महत्वाकांक्षी बनाएको भनेर बाबु कोइरालाको झन् बढी आलोचना भएको छ।
नेपाली कांग्रेसको संसदीय दलले त लिखित स्पष्टीकरण मागेर सुजाताविरुद्ध कारबाही नै थालिसकेको छ। प्रधानमन्त्री नेपाल पनि आगो भएकै होलान्। उनलाई सबै कांग्रेससँग रिस उठेजस्तो छ। त्यसै भएर त सोनिया गान्धीसँग भेट्न कुनै कांग्रेस नलगेका होलान्। ऊर्जा मन्त्री प्रकाशशरण महतको दिल्लीमै मानमर्दन गराएका होलान्। जेहोस् निकै गम्भीर घटना भएको छ र यसको जिम्मेवारी त कसै न कसैले लिनैपर्छ। त्यसैले अब स्पष्टीकरण दिइरहनुभन्दा खुरुक्क राजीनामा दिनु सुजाताका लागि बेस हुने देखिन्छ।

सुजातालाई उपप्रधानमन्त्री बनाउन गिरिजाबाबुले माधवकुमार नेपाललाई भनेको जानकारी कसैले पनि सार्वजनिक रुपमा थाहा दिएको छैन। गिरिजाबाबुले साचार माध्यमलाई बताएका अवश्य पनि हैनन्। यतिका दिनपछि त हैन भन्दैछिन् भने सुजाताले पनि भनिनन् होला। त्यसपछि एउटै पात्र र स्रोत बाँकी रहे- माधवकुमार नेपाल। यो सूचनाबाहिर आउँदा फाइदा हुने त उनैलाई हो। सबैको सहानुभूति पाइने र भ्रमणका क्रममा भएका सबै कमजोरीको दोष सुजातालाई थोपर्न जो पाइयो। प्रधानमन्त्री माधवकुमार नेपाल गिरिजाबाबु र सुजातासँग रिसाएका रहेछन् भन्ने पनि यसले पुष्टि गर्छ। विदेश भ्रमणको साइत गर्नै लागेका बेलामा यसरी अत्तो थापेपछि रिस उठ्नु स्वाभाविकै पनि हो। भारत भ्रमणका बेला सुजाताले बाबुको आडमा दिएको धोका माधवकुमार नेपालमा मनमा तुस बनेर बस्ने भयो।

मन्त्रिपरिषद्का सदस्य सबै सामूहिक र व्यक्तिगतरुपमा प्रधानमन्त्रीप्रति उत्तरदायी हुन्छन्। प्रधानमन्त्री सबैबाट ढुक्क हुनसक्नु पर्छ। प्रधानमन्त्री माधवकुमार नेपाल र परराष्ट्र मन्त्री सुजाता कोइरालाका हकमा भने विश्वासको वातावरण कायम रहने भएन। सुजाताका कुनै पनि प्रस्ताव स्वीकार गर्नुपूर्व नेपालले दुई पटक सोच्नुपर्ने भयो। यस्तो अवस्थामा सुजाताले प्रधानमन्त्रीको साथ र सहयोग पाउन सक्नेछैनन्। त्यसैले पनि राजीनामा दिनु नै उनको हितमा हुनेछ।

माधवकुमार नेपाल देखिए जति सोझा र सजिला छैनन्। उनले आपुना सुशीलचन्द्र अमात्यलाई सजिलै राजदूत बनाए तर सुजाताका सुरेश चालीसेलाई चिप्ल्याई दिए। माधव घिमिरेलाई मुख्य सचिव बनाए। सँगै बढुवा भएको भनिएका उमेश मैनालीलाई राजीनामा दिन बाध्य पारिदिए। थाहा नभएका यस्ता अरु पनि घटना हुनसक्छन्। सायद सुजाता भारत नजानुको कारण उनको बिरामी नभएजस्तै उपप्रधानमन्त्री नपाएको एउटै घटनामात्र पनि अवश्यै होइन। कांग्रेसको बुइमा बसेर कांग्रेसलाई नै सिध्याउने कपटी खेल र मन्त्रिपरिषद्भित्र वा बाहिर प्रधानमन्त्री नेपालले गरेका व्यवहार सबैको समष्टि अभिव्यक्ति पनि हो यो। हठी भए पनि सुजाता कपटी देखिएकी छैनन्। माधव नेपालका तिगडम बुभुन सक्तिनन् । अप्ठेरो पर्दा अरु कांग्रेसीले यसै उनलाई साथ दिने छैनन् । संसदीय दल त यसै उनको विपक्षमा छ। यसैले 'सानोबुबा'बाहेक टेक्ने डालो र समाउने हाँगो नभएकी सुजाताले राजीनामा दिनै बेस हुनेछ।

नेपाली कांग्रेसलाई उपप्रधानमन्त्री चाहिएकै छैन र माधव नेपालप्रति गुनासो हैन बरु पूरा समर्थन छ भनेर संसदीय दलले निर्णय नै गरेपछि अब सुजातालाई नेपालले झन् हेप्ने छन्। पार्टी निर्णयको सम्मान पनि गर्ने र थप अपमान पनि नसहने हो भने सुजाताले राजीनामा दिनुको विकल्प देखिँदैन। कांग्रेसको पार्टी र संसदीय नेताहरु सुशील कोइराला र रामचन्द्र पौडेल सुजातालाई सरकारबाट हटेको देख्न चाहन्छन्। कांग्रेसका यी ठूला माछा सुजातासँग बढी नै तर्साएका छन्। भारत भ्रमण त निहुँ मात्रै हो। गिरिजाबाबुको नाम सुजाताले नै बेच्न थालेपछि उनीहरुको 'कपी राइट' जो खोसिन गयो।

यस प्रकरणमा गिरिजाबाबु पनि तानिएका छन्। उनैको सहमा सुजाता प्रधानमन्त्रीको भ्रमणमा सामेल नभएकी हुन् भन्ने मानिएको छ। प्रधानमन्त्री नेपाललाई पनि गिरिजाबाबुको दबाब गह्रुंगै भएजस्तो छ। स्वयं कांग्रेसका सदस्यहरुले प्रकारान्तरले आपुना सभापतिलाई अर्घेलो साबित गर्ने निर्णय गरेका छन्। यति भइसकेपछि ल त! अब तिमीहरु नै नेतृत्व समाल भनिदिए हुन्न सुजाता आपुना बुतामा राजनीतिमा अडिइन् र अगाडि बढ्न सकिन् भने सकिन् । सकिनन् नै भने पनि अब गिरिजाबाबुलाई पाप लाग्दैन गाल पर्दैन।

सरकार बनाउन बहुमत जुटाइदिनु पर्ने संसद् चलाउन प्रतिपक्षीसँग वार्ता पनि गरिदिनु पर्ने विदेशीका अगाडि जिम्मा लिइदिन पनि पर्ने अनि ती सबै गरिदिएबापत जसलाई नाफा हुन्छ उनैबाट उल्टो बदख्वाइँ सहनुपर्ने! सुजाता हटेपछि कम्तीमा यो बिनापिँधको सरकार थेग्ने दुःख त गर्नु परोइन।

मुलुकको सबै समस्याको जड यिनै कोइराला बाबु छोरी हुन् भन्ने ठम्याइको परीक्षणका लागि गिरिजाबाबु सबै झमेलाबाट पन्छी दिनुपर्छ। पार्टी महाधिवेशन नपर्खीकनै अवकाश लिए हुन्छ। विश्राम लिन कुनै शिखण्डीको वाण नै किन पर्खने ?
अर्को समाचार
एमाले काठमाडौंमा समानान्तर अधिवेशन हुने
२३ पौष २०६६
•
५ मिनेट पाठ
एमाले काठमाडौंमा समानान्तर अधिवेशन हुने
काठमाडौं, पुष २३ (नागरिक)- सत्तारूढ दल एमालेको काठमाडौं जिल्ला संगठन कमिटीको समानान्तर अधिवेशन हुने भएको छ। गत साउनदेखी समानान्तर रूपमा संचालन हुँदै आएका कमिटीहरूले विवाद नमिलेपछि समानान्तर रूपमा नै अधिवेशन गर्न लागेका हुन्।गोविन्दकृष्ण अधिकारी संयोजक रहेको संस्थापन पक्षधर कमिटीले माघ १५ र १६ गते काठमाण्डौं जिल्ला संगठन कमिटीको अधिवेशन गर्ने भएको छ।

विहीवार पत्रकार सम्मेलन गरी संयोजक अधिकारीले यो जानकारी दिएका हुन्। पार्टी स्थायी कमिटी सदस्य केपी शर्मा ओली पक्षधर रामेश्वर फुँयाल संयोजक रहेको कमिटीले चाहिं माघ २२ र २३ गतेका लागि अधिवेशन तोकिसकेको छ।
अधिकारीले काठमाण्डौ जिल्ला कमिटीमा पार्टी निर्णयको अवज्ञा गर्नुका साथै नीति, निर्णय र नेतृत्वको वदख्वाई गर्ने, आत्मकेन्द्रीत भई अलग ढंगले भेला गर्ने, समानान्तर संगठन संचालन गर्ने जस्ता गम्भीर अराजकता देखापरेको बताए। उनले समानान्तर जिल्ला कमिटी निर्माणमा पार्टीका उच्च नेताहरू नै संलग्न रहेको पनि स्वीकार गरे।

'समानान्तर जिल्ला कमिटी संचालनमा पार्टीका उच्च नेताहरू देखा पर्न नहुने हो' उनले भने, 'समानान्तर कमिटी संचालन गर्नु पार्टीको निर्णय अवज्ञा गर्नु हो।' पत्रकार सम्मेलनमा उपत्यका समन्वय कमिटीका सहसंयोजक योगेश भट्टराईले चाहिं काठमाण्डौं जिल्लामा मात्र नभएर आठौं महाधिवेशनपछि एमालेमा नै समस्या रहेको बताए।

अधिकारीले समानान्तर जिल्ला कमिटी संचालन गरेका फुँयाललाई स्पष्टीकरण सोध्ने, आत्मालोचना गर्न लगाएको र नसिहत दिएको पनि दावी गरे। यता फुँयालले चाहिं अधिकारी नेतृत्वको कमिटी 'टिके' भएको बताउदै आफनो नेतृत्वको कमिटी नै निर्वाचित र आधिकारिक भएको दावी गरेका छन्।

संस्थापन पक्षले आठौ महाधिवेशनले पारित विधानले निर्देशित गरेअनुसार केन्द्रीय कमिटीको दोस्रो वैठकको निर्णयअनुसार आफुले अधिवेशन गर्न लागेको बताएको छ। केन्द्रीय कमिटीको दोस्रो वैठकले जिल्ला कमिटीहरूलाई जिल्ला संगठन कमिटीमा रूपान्तरण गरी ६ महिनाभित्र अधिवेशन गर्नुपर्ने निर्णय गरेको थियो।

उपत्यका समन्वय कमिटीले साउन २५ गते काठमाण्डौं जिल्ला कमिटीलाई भंग गरी अधिकारीको संयोजकत्वमा संगठन कमिटी बनाएको थियो। तर, तत्कालिन जिल्ला कमिटीका सचिव फुँयालले निर्वाचित जिल्ला कमिटी भंग गर्ने अधिकार उपत्यका समन्वय कमिटीलाई नभएको भन्दै चुनौती दिएका हुन्। त्यति मात्र होइन, संस्थापन पक्षको निर्णयलाई स्थायी कमिटी सदस्य ओलीले समेत चुनौती दिदै आएका कारण त्यतिखेरदेखी नै काठमाण्डौ जिल्लामा दुई समानान्तर कमिटी रहदै आएका छन्।

एमाले स्थायी कमिटीले भाद्र १९ गते उपत्यका समन्वय कमिटीले गरेको निर्णयलाई नै सही ठहर्‍याएको थियो। त्यसैअनुरूप सचिवालय सचिव युवराज ज्ञवालीले फुँयाललाई उपत्यका समन्वय कमिटीको निर्णय मान्न निर्देशन दिएका थिए। तर, त्यसपछि विवाद बढदै गएपछि स्थायी कमिटीमा दुवै संगठनका समानान्तर कार्यक्रम रोकी एउटै बनाउने सहमति भएको थियो। पार्टीभित्र देखापरेको जारी विवाद साम्य गर्न पोलिटब्युरो वैठक भइरहेको वेला अहिले फेरी एमाले काठमाडौं जिल्ला कमिटीको विवाद बल्झिएको हो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस