नेपाली राजनीतिक आकाशमा लागेको कालो बादल अझै हट्न सकेन। न राजनीतिक सहमति बन्न सक्यो न त ताजा जनादेशका लागि निर्वाचनको सुनिश्चितता नै भयो। एमाओवादी र बाबुराम भट्टराईको हठका कारण राजनीतिक समस्याले निकास पाउन सकेको छैन, जसको कारण राष्ट्र बन्धक बनेको छ। जङ्गबहादुर राणाको पालादेखि निम्त्याइएको नेपालको आन्तरिक मामिलामाथिको वैदेशिक हस्तक्षेप यतिबेला नाङ्गोरूपमै देखिएको छ। राष्ट्रिय राजनीतिको तकाजा यसरी अत्यन्त संकटपूर्ण अवस्थामा बनेको छ। राजनीतिक, आर्थिकलगायत् हरेक दृष्टिले देश असफलतातर्फ धकेलिँदैछ तर नेपाली 'निरो' हरूमा कुनै पनि जिम्मेवारीबोध देखिएको छैन।
यतिबेला राजनीतिक निकासका केही विकल्प छन्। पहिलो, बाबुराम भट्टराईले सहजरूपमा मार्गप्रशस्त गरी नेपाली काँग्रेसको नेतृत्वमा सहमतिको सरकार गठन। दोस्रो, विघटित संविधान सभामा रहेका बहुमत दलहरु वा बहुमत सदस्यहरुले सिफारिस गरेको व्यक्तिलाई राष्ट्रपतिले प्रधानमन्त्री तोक्ने। तेस्रो, बाबुराम भट्टराईको नेतृत्वमा एमाले काँग्रेसलगायत्का दल सम्मिलित हुने। चौथो, सत्ता गठबन्धनकै कुनै व्यक्तिको नेतृत्वमा सरकार गठन। पाँचौ, कुनै स्वतन्त्र व्यक्तिको नेतृत्वमा दलहरु सम्मिलित सरकार निर्माण। छैटौं, काँग्रेसको नेतृत्व सबैलाई स्वीकार्य भएन भने नेकपा (एमाले) वा साना दलमध्यको नेतृत्वमा सरकार गठन।
सबैभन्दा सहज विकल्प पहिलो नै हो अर्थात् यतिबेलाका मूल बाधक देखिएका प्रधानमन्त्री बाबुराम भट्टराईले अडान छाडेर काँग्रेसको नेतृत्वमा विपक्ष र सत्तामा रहेका दलहरु सम्मिलित सहमतिको सरकार निर्माण गर्नु अहिलेको अत्यन्त उत्तम विकल्प हो। यसो हुन सके संविधान सभाको निर्वाचन हुन सक्नेछ र संविधान निर्माणका लागि आधार तयार हुनेछ। तर यो विकल्प अब असम्भवजस्तै बन्दै गएको छ। यति सजिलै बाबुरामले सत्ता छाड्ने देखिँदैन। संविधान बन्न नदिएर, संविधान सभा हत्या गरेर देशी/विदेशी शक्ति केन्द्रको बलमा उनीहरुको बुई चढेर सत्तामा जानुको पछाडि ती शक्तिको स्वार्थमात्र होइन, एमाओवादीको रणनीतिक दाउपेच पनि थियो। यसको अर्थ एमाओवादी संवैधानिक मार्गबाट प्रवेश गरी सत्ताकब्जा गर्न र राष्ट्रमा एकलौटी लुट मच्चाउने योजनामा थियो। त्यो रणनीतिक 'मिसन' अनुसार नै माओवादी अघि बढिरहेको छ। सत्ताकब्जा कुनै बाजा बजाएर आउने कुरा होइन। देशमा अतिवाद लाद्ने, विभिन्न शक्ति केन्द्रहरुको स्वार्थसिद्ध गर्ने, राजनीतिक स्थिरता हुन नदिने, राजनीतिलाई सही 'डिस्कोर्स' मा जान नदिने, निर्वाचन हुन नदिने र अन्ततोगत्वा संविधान बन्न नदिने षडयन्त्रका लागि बाबुराम निमित्तपात्र बनेका छन्।
यतिखेर स्वयं भट्टराई, प्रचण्ड वा एमाओवादीले चाहेरमात्र पनि भट्टराई हट्ने स्थिति नहुन सक्छ। एमाओवादी अहिलेकै अवस्थामा निर्वाचन चाहँदैन। पार्टी फुटेर दुई टुक्रा भएको, प्रचण्ड र बाबुरामबीच अन्तरविरोध चर्किरहेको, महाधिवेशन नजिक आएको, जनताबीच जाने कुनै आकर्षक एजेण्डा नभएको, जनताबाट नराम्रोसँग खुइलिएको एमाओवादी कदापि निर्वाचनमा जान चाहँदैन। त्यसैले त निर्वाचन आयोग खाली भए पनि उसलाई मतलव छैन। एमाओवादीका नेताहरु आफंै पनि फसिने डरले भ्रष्टाचारीलाई कारबाही गराउन चाहँदैनन्, त्यसैले अख्तियार खाली हुँदा उनीहरुलाई वास्ता छैन। उनीहरूले चाहेको नै त्यस्तै हो। भट्टराईहरु विधिको शासन चाहँदैनन्, जबर्जस्ती अधिनायकवाद र तानाशाही लाद्न चाहन्छन्, डेकेन्द्र थापाहरुका हत्यारा जोगाउन चाहन्छन् र त्यसका लागि अपराधी बचाउन आदेश फर्मान गर्छन्। त्यसैले बाबुरामहरु विधिको शासनको खिल्ली उडाउँछन्, मानव अधिकारलाई धोती लगाउँछन् र न्यायालयलाई पंगु बनाउँछन्। यी सबै हर्कत गरिरहन जोसँग आत्मसमर्पण गरेर भए पनि यही सरकारलाई तन्काइरहन उनीहरू उद्यत छन्।
अर्को विकल्प राष्ट्रपतिले कदम चालेर विघटित संविधान सभाको बहुमतलाई आधार बनाएर प्रधानमन्त्री तोक्ने कुरा धेरै हिसाबले कठिन र अव्यावहारिक छ। राष्ट्रपतिको त्यो कदमलाई सबैले स्वीकार गर्छन्/गर्दैनन्? प्रमुख दलबीच सहमति भएर राष्ट्रपतिलाई आग्रह गरिएको अवस्थामा यो निकासको विकल्प बन्नसक्छ तर विवादित बन्नेगरी राष्ट्रपतिले यस्तो कदम चाल्नुहुँदैन। त्यस्तो निर्णय गरियो भने अघिल्लो कदमजस्तै कतै फेरि बेवारिसे नबनोस्। बाबुरामको नेतृत्वको विकल्प त कुनै हालतमा पनि सम्भव छैन। भट्टराईको नेतृत्वमा सहमतीय सरकार बन्ने कुरा राजनीतिक, संवैधानिक र नैतिक हिसावले पनि उचित हँुदैन। संविधान निर्माणका लागि एमाले-काँग्रेसलगायत् दलहरु भट्टराईकै नेतृत्वमा पनि सहभागी भएकै हुन्। तर भट्टराईको नेतृत्वमा संविधान बन्नु त टाढाका कुरा संविधान नबनाएर नै संविधान सभाको हत्या गरियो। त्यतिमात्र होइन, यो सरकारले न निर्वाचन गराउन सक्यो न सहमति बनाउन नै सफल भयो। त्यस्तो अक्षम र असंवैधानिक सरकारलाई नै सहमतीय सरकार बनाउन कदापि सकिँदैन। साथै यतिबेलाको अवस्थामा सत्ता गठबन्धनभित्रबाट नेतृत्वको विकल्प खोजिने कुरा पनि सम्भव र उचित छैन।
नेपाली राजनीतिको बजारमा सहमतीय सरकारको नेतृत्व कुनै स्वतन्त्र व्यक्तिले गर्ने सम्बन्धमा पनि चर्चा चलिरहेको छ। यो प्रस्ताव 'सेल' हुन त गाह्रो छ तर पनि बहसमा छ। एमाओवादी र केही बुद्धिजीवी भनिनेहरु स्वतन्त्र व्यक्तिको पक्षमा वकालत गरिरहेका छन्। यसको धङधङी राजनीतिक दलहरुमा पनि प्रवेश गरेको छ र स्वतन्त्रको चक्करमा रन्थनिएका छन्। एमालेमा पनि स्वतन्त्रको नेतृत्वबारे बहस आइपुग्यो। केन्द्रीय कमिटीको बैठकमा राष्ट्रिय राजनीतिको सवालमा छलफल चलिरहँदा सरकारको नेतृत्वबारे पनि बहस हुनु स्वाभाविक थियो। एमालेले बाबुराम भट्टराईको नेतृत्वमा जान नसकिने र राजनीतिक दलको नेतृत्वमा मात्र सहमतिको सरकार बन्नसक्ने निष्कर्ष पहिले नै दिइसकेको थियो। सहमतिको सरकार प्रमुख कुरा हो, नेतृत्व गौण हो भन्ने निष्कर्षका आधारमा पार्टीले आफूले नेतृत्वको दावीसमेत नगरेको हो। यसको अर्थ एमालेको पालो पुगिसकेकाले वा सरकारको नेतृत्व गर्न असक्षम भएर वा जिम्मेवारीबाट भागेर नेतृत्वको दावी छोडेको होइन। एमाले सरकारको नेतृत्व गर्न र राष्ट्रलाई कुशल नेतृत्व दिन सक्षम छ। राम्रोसँग सरकार चलाउन र समाधान दिन एमाले अरु कुनै दलभन्दा योग्य छ। तर सहमतीय सरकार निर्माण, संविधान सभाको निर्वाचन र संविधान निर्माणप्रति अझ बढी जिम्मेवारी बोध गर्दै नेतृत्वको सवालमा लचकता देखाएको हो। यदि दलबीच सहमति हुन्छ भने नेतृत्व लिन, निर्वाचन सम्पन्न गर्न र राष्ट्रलाई नेतृत्व प्रदान गर्न एमाले सक्षम छ।
एमाले आफूले नेतृत्वको दावी नगर्नुको अर्थ कदापि राजनीतिक दलको नेतृत्वको विकल्पमा जानुपर्छ भन्ने होइन। राजनीतिक दलहरुले समाधान गर्न नसकेको समस्या त्यसबाहिरबाट अर्थात् गैर-राजनीतिक नेतृत्वबाट कसरी सम्भव छ? राजनीतिक दलहरु असफल, असक्षम, नालायक अनि स्वतन्त्र व्यक्ति सक्षम र लायक? यो धुन कहाँबाट बज्न पुग्यो? यो राजनीतिक दलहरुलाई कमजोर बनाउने र 'कर्नर' पार्ने खेलबाहेक केही होइन। एक समय काँग्रेसले पूर्व पञ्च सूर्यबहादर थापा बोक्ने र एमालेले लोकेन्द्रबहादुर चन्द बोक्ने जुन परिदृश्य देखिएको थियो, यतिबेला त्यसको अर्को संस्करण सुरु गर्न खोजिएको भान हुन्छ। प्रजातन्त्र परिपक्व भइनसकेको अवस्थामा आन्दोलनबाट बढारिएका व्यक्तिहरुलाई आन्दोलनका अभियन्ताहरुले शिरमा बोक्दाको परिणति के भयो? के हामीले कहिल्यै यसबारे घोत्लिने फुर्सद पाएका छौं? हो, राजनीतिक दलहरुले प्रशस्त कमजोरी गरेका छन्, राष्ट्रका एजेण्डामा जसरी सहमतिसाथ जानुपर्थ्यो, जसरी जनआन्दोलनको भावनालाई सम्बोधन गर्न सक्नुपर्थ्यो, जसरी जनअधिकारसहितको संविधान ल्याउनुपर्थ्यो, जसरी राष्ट्रिय स्वाधिनतामा सचेत बन्न सक्नुपर्थ्यो र राष्ट्रलाई आर्थिक-सामाजिक रुपान्तरणको महाअभियानमा डोर्या्उन सक्नुपर्थ्यो, ती सवालमा दल चुकेकै हुन्। त्यसको तात्पर्य समस्या समाधानका लागि दलहरुको विकल्प खोज्ने हुनसक्छ र? दलहरुका कमजोरी सच्याउँदै दलहरुकै नेतृत्वमा राष्ट्रका समस्या सम्बोधन गरेर जान सकिन्छ।
यतिबेला सहमतीय सरकारको नेतृत्व 'स्वतन्त्र' ले गर्नुपर्छ भन्नु कुनै समय ज्ञानेन्द्रले 'स्वच्छ छवि' को व्यक्तिको हावादारी कुरा गरेभन्दा भिन्न हुनै सक्दैन। स्वतन्त्रको गीत गाउने एमाओवादीले पनि भोलि यो कुरा मान्नेवाला छैन। यो उसको आधिकारिक प्रस्ताव होइन, दाउपेचमात्र हो। राजनीतिक दलभन्दा बाहिरबाट सरकारको नेतृत्व खोज्ने कुरा न राजनीतिक हुन्छ न त समस्याको समाधान हुनसक्छ। त्यसकारण स्वतन्त्रको नेतृत्वमा सरकार किमार्थ हुँदैन। व्यवस्थापिका¬¬-संसद पुनर्स्थापना गरेर निकास दिने कुरा पनि गरिँदैछ। पहिलो कुरा त विघटित संविधान सभा संसद थिएन, संविधान सभालाई संसदको समेत काम गर्ने 'म्याण्डेट' थियो। अनि हुँदै नभएको संसद कसरी पुनर्स्थापना हुन्छ? दोस्रो, संविधान सभा पुनर्स्थापनाबाट पनि अबको निकास हुन सक्दैन।
यति नै बेला मसिनो स्वरमा दलहरु असफल भएकाले 'उदार तानाशाह' को आवश्यकता पर्योस भनेर सुसेली हालिँदैछ। नेपाली जनताले विभिन्न रङ र बान्कीका, थरीथरीका तानाशाह बेहोरिसकेका छैनन् र? नारायणहिटीदेखि नागार्जुन दरबारमा बस्ने र सिंहदरबारदेखि जङ्गलमा बुर्कुसी मार्नेसम्मका तानाशाहहरुका शासन जनताले भोगिसकेका छन्। सेतो रङको होस् वा रातो बर्को ओढेर जनतामाथि अधिनायकवाद थोपर्ने कुनै पनि तानाशाह चाहिएको छैन। यस्ता तर्क र कर्मले न देशलाई फाइदा पुग्छ न लोकतन्त्र फस्टाउन सक्छ। त्यसो भए एमाओवादी राजनीतिक दल हो/होइन भन्ने प्रश्न स्वाभाविकरूपमा उठ्न सक्छ। एमाओवादी राजनीतिकरण हुन नसकेको दल हो। उसमा एकातिर युद्ध र अधिनायकवादको धङधङी छ भने अर्कोतिर राजनीतिक दलका रूपमा उपस्थित हुने बाध्यता। यही वैचारिक दोसाँधमा एमाओवादी अल्भि्करहेको छ। यही राजनीतिक संक्रमण एमाओवादीको समस्या हो र राष्ट्रिय संकटको कारक पक्ष पनि यही नै हो। त्यसैले माओवादीको लोकतान्त्रिक रुपान्तरण जरुरी छ।
फेरि पनि समस्या समाधानको कडी राजनीतिक दलको नेतृत्वमा सहमतिको सरकार नै हो। यदि काँगे्रसको नेतृत्वमा सहमतिको सरकार बन्न नसक्ने हो भने नेकपा एमाले वा अन्य कुनै साना दलकै नेतृत्वमा भए पनि यथाशीघ्र सहमतिको सरकार निर्माण गरिनु अहिलेको निकास हो। हाम्रो कार्यभार पहिचान र अधिकारसहितको संघीयता र संघीयतासहितको संविधान हो। संविधानका लागि ताजा जनादेश र त्यसका लागि संविधान सभाको निर्वाचन अनिवार्य छ। संविधान सभाबाट नयाँ संविधान निर्माणका लागि सहमतीय सरकार नै आधारशीला हो।