काठमाडौं, पुस २३- एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वर्तमान राजनीतिक सङ्कटको अविलम्ब निकासका लागि राजनीतिक दलहरूबीच सहमतिको विकल्प नभएको जिकीर गर्दै जुनसुकै हालतमा जेठ १५ भित्र संविधानसभाको निर्वाचन गर्नैपर्ने बताएका छन्।
शीर्ष राजनीतिक तहमा सहमतिको प्रयास भइरहेका बेला पार्टी उपाध्यक्ष तथा सरकारका उपप्रधानमन्त्रीका हैसियतले पनि देशलाई गम्भीर दुर्घटना हुनबाट जोगाउन आफूले सहमतिको प्रयास प्रारम्भ गरेको बताए।
रासस प्रतिनिधिहरूसँग आज अपराह्न आफ्नै कार्यकक्षमा कुरा गर्दै उनले संविधान सभाको निर्वाचनलाई नै 'बटम लाइन' मानेर राजनीतिक पार्टीबीच सहमति हुनैपर्छ भने। मुलुकलाई लामो समयसम्म अनिर्णयको बन्दी बनाइराख्न नहुने भएकाले आफूले विद्यमान राजनीतिक गतिरोध अन्त्य गर्न विभिन्न पार्टीका शीर्ष नेतृत्वसँग सहमतिका लागि वार्ता थालेको उनले बताए।
सम्वाद र सहमतिको प्रयासलाई घनीभूत पार्ने क्रममा नेकपा(एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालसँग आज उहाँकै निवासमा भेटेर आफूले 'अबको चुनाव वैशाखमा पनि नहुने र जेठ १५ सम्ममा पनि नहुने स्थिति देखापरेकाले संविधानसभाको पुनःस्थापना गरेर नयाँ संविधान जारी गरौं, यसो गर्दा जनताले संविधान पनि पाउने र सहमतिको पनि वातावरण बन्ने अवस्था सिर्जना हुन्छ' भनेको बताए।
संविधान सभाको पुनःस्थापनापछि पाँच बुँदे सहमतिअनुसार नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन र व्यवस्थापिका-संसद्को निर्वाचन गर्ने विकल्प नेता नेपालसामु आफूले प्रस्तुत गरेको उनले बताए।
नेता नेपालले संविधानसभा पुनःस्थापनाको विषय पुरानो भएकाले त्यसमा दलहरू सहमत हुन्छन् भन्नेमा आफू विश्वस्त नरहेको तर उक्त मुद्दामा पनि बृहत् विचारविमर्श गर्न सकिने धारणा आफूसँग व्यक्त गरको उपाध्यक्ष श्रेष्ठले उल्लेख गरे।
"दलहरूबीच सहमति हुन नसक्दा निर्वाचन आयोगलगायत संवैधानिक निकायहरू रित्तिने जोखिम बढेको छ, हिजोसम्म हामी संवैधानिक निकाय पनि छँदैछ, राजनीतिक सहमति पनि भइहाल्छ भन्नेमा थियौं तर अब अति कठिन समयको सामना गर्ने परिस्थिति उत्पन्न भएकाले मुलुकलाई बर्बाद हुनबाट जोगाउन देशका सबै राजनीतिक नेतृत्व पङ्ति गम्भीर हुनैपर्छ"- उपाध्यक्ष श्रेष्ठले भने।
एमाओवादीले प्याकेजमा सहमति गर्न बारम्बार आग्रह गर्दै आएको प्रसङ्ग दोहोर्याउँदै उपाध्यक्ष श्रेष्ठले त्यसो नहुने हो भने संविधान सभाको पुनःस्थापना नै उत्तम विकल्प भएको विचार व्यक्त गरे। उनले भने, "संविधान सभा पुनःस्थापना नहुने हो भने जेठ १५ भित्र ताजा जनादेशमा जाने न्यूनतम सहमति गर्नुपर्छ।"
राजनीतिक सहमतिका लागि आजै आफूले नेकपा (एमाले)अध्यक्ष झलनाथ खनालसँग टेलिफोन वार्ता गरेको र भोलि बिहान भेटवार्ता गर्ने तथा सम्भव भए भोलि नै नेपाली काँग्रेसका सभापति सुशील कोइरालासँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय गरेको जानकारी उनले दिए।
परराष्ट्र मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका उहाँले नेपाली सेनाका बहालवाला महासेनानी बेलायतमा पक्राउ परेको सन्दर्भमा उनको शीघ्र रिहाइका लागि पनि सबै पार्टीको मतैक्यता अपरिहार्य भएको बताए।
वहालवाला महासेनानी पक्राउ प्रकरणमा आफूले सबै दलको समर्थन खोजेको उनले बताए। एक पृथक प्रसङ्गमा उपप्रधान एवम् परराष्ट्रमन्त्री श्रेष्ठले केही मानवअधिकारवादी सङ्घ तथा संस्थाले विगतको द्वन्द्वकालका मुद्दा ब्युँताएर राजनीतिक नेतृत्वलाई समेत पक्राउ गर्न सक्ने आशयको धारणा व्यक्त गरेको भन्दै स्वतन्त्र देशका नागरिकलाई पक्राउ गराउन खोज्नु गम्भीर कुरा हो भने।
"देशलाई नै आँच पुग्ने कुरा कोही कसैबाट हुन्छ भने त्यसलाई स्वीकार गर्न सकिँदैन, त्यस्तो हुन्छ भन्ने मलाई लाग्दैन, सार्वभौमसत्ता सम्पन्न मुलुकका लागि त्यो सुहाउँदो पनि हुँदैन"- मन्त्री श्रेष्ठले भने। रासस