माओवादीलाई सच्याउने, राष्ट्रपतिलाई सक्रिय बनाउने वा मोर्चा बनाउने-
गजेन्द्र बोहरा, दाङ, भदौ ७- नेकपा एमालेका सचिव शंकर पोख्रेलले अहिलेको राजनीतिक निकासका लागि तीनवटा विकल्प सुझाएका छन्। उनका अनुसार यी तीन विकल्पमध्ये पहिलो माओवादीलाई सुधार्नु हो।
'माओवादीलाई सुध्रिनका लागि दवाव दिनु पहिलो विकल्प हो, जसरी हुन्छ उसलाई सुध्रन दवाव दिनुपर्छ' पोख्रेलले भने 'उसलाई फकाएर हुन्छ कि, धम्क्याएर हुन्छ, जसरी हुन्छ उसलाई सुधार्नुपर्छ।'
नेपाल प्रेस चौतारी दाङको १३ औं अधिवेशन उदघाटन गर्ने क्रममा बिहीवार दाङमा उनले यस्ता विकल्प सुझाएका हुन्।
उनका अनुसार दोस्रो विकल्पमा राष्ट्रपतिलाई सक्रिय बनाउनु हो। देश संकटमा परेको बेला राष्ट्रपतिले पनि केही भूमिका देखाउनै पर्छ भन्दै उनले यो विकल्पले पनि केही हदसम्म समस्या समाधान हनुसक्ने बताए।
संविधानका संरक्षक भनिएका कारण राष्ट्रपतिले त्यसतर्फ कदम चाल्नुपर्ने उनको भनाई छ।
'देशमा संविधान मर्दैछ, राष्ट्रपति त्यसका संरक्षक हुनुहुन्छ भनिएको छ' उनले भने 'मुलुक संवैधानिक संकटकमा परेका बेला संविधान बचाउनका लागि राष्ट्रपतिले भूमिका खेल्नुपर्छ, दिनदिनै मर्दै गरेको संविधानलाई राष्ट्रपतिले रक्तसञ्चार गर्न आवश्यक छ।'
उनले यस्तो बेलामा राष्ट्रपति चुप लागेर बस्न नहुने पनि बताए।
'फेरि यस्तो बेलामा राष्ट्रपति सक्रिय बनाउनका लागि एमाले लाग्यो भनेर पनि भन्न सक्छन् तर यो आवश्यक छ, नत्र संविधान मर्छ र देश डुब्छ' उनले भने।
पोख्रेलले माओवादीबाहेका अन्य दलहरुबीच एउटा बलियो मोर्चा बनाउने विकल्पलाई तेस्रो उपायका रुपमा सुझाए। उनका अनुसार माओवादी आफूले पनि मोर्चाबन्दी गरिरहेकाले माओवादीइतरका पार्टीहरुले पनि आपसमा मोर्चाबन्दी बलियो बनाउनुपर्नेमा जोड दिए।'माओवादी बाहेकको मोर्चाले सरकारलाई चारैतिरबाट घेराबन्दीमा पारेर सरकारलाई हायल कायल पार्नेछ' उनले भने 'सरकारलाई जसरी भएपनि बाध्य पार्ने मोर्चाको काम हुनेछ।' तर अहिले आफूहरु पहिलो विकल्प अनुसार माओवादी सुधार्ने रणनीतिमा लागेको पनि उनले सुनाए।
'अहिले हाम्रो प्राथमिकता भने पहिलो विकल्प हो' उनले भने 'त्यसपछि मात्रै अरु विकल्पमा सोंच्न सकिन्छ।'
उनले प्रधानमन्त्री डा.बाबुराम भट्राईले भारतको सहयोगमा विस्तारै जंगबहादुरको रुप धारण गर्न थालेको आरोप लगाए।'एउटा जंगबहादुर थिए, जसले अंग्रेजहरुको आड भरोसामा एक सय चार वर्ष हुकुमी शासन गरे' पोख्रेलले भने 'अर्का जंगबहादुर अहिले 'र'को पञ्जाछापमा फेरि २०, २५ वर्ष शासन गर्ने सपना देखिरहेका छन्।' तर कुनै पनि जंगबहादुरको शासनलाई नेपाली जनताले तह लगाएको इतिहास नभुल्न पनि उनले भट्टराईलाई चेतावनी दिए।
सहमतिका लागि एमालेले धेरैपछि त्याग गरेको भएपनि माओवादीले भने त्यसका लागि अहिले नैतिकता बेचेरै भएपनि सत्तामा टाँसिइरहेको आरोप उनको छ।
'हामीसँग बहुमत थियो, तर पनि हामीले सहमतिका लागि सत्ता त्याग्यौं, तर अहिलेका प्रधानमन्त्रीसँग न त बहुमत छ, न नैतिकता छ तर पनि उनले निकास दिन मानिरहेका छैनन्।'
अरु केही समय उनले सत्ता नछोडे देशका सबै संवैधानिक निकायहरु रित्तिएर देश डुब्ने खतरा रहकोसमेत उनले सचेत गराए।