स्थानीय निकायको पक्षमा
१५ पौष २०६९
•
१० मिनेट पाठ
स्थानीय निकायको पक्षमा
संघीयताको बहसले यतिखेर शहर र गाउँ दुवै तताएको छ। जातीय आधारमा कि सामर्थ्यका आधारमा संघीयता भन्ने बहस उसैगरी सलबलाएको छ। संघीयताबारे उठेका सवाल समाधानका लागि गठन भएको राज्य पुनर्संरचना आयोगले झन् विवाद बढायो। कुनै निष्कर्ष दिन सकेन। अल्पमत र बहुमतको राजनीति आयोगमा पनि देखियो।
राज्य पुनःसंरचना आयोगको बहुमतले जातीय पहिचानमा आधारित ११ प्रदेशका लागि सिफारिस गर्योष। यसैगरी अल्पमतले सामर्थ्यमा आधारित ६ प्रदेशको प्रस्ताव गरेको छ। बहुमत पक्षले स्थानीय निकायलाई प्रदेश मातहत राख्नेगरी दुई तहको सरकार सिफारिस गरेको छ भने अल्पमत पक्षले तीन तहको। संघीयताकै विवाद बढ्दै गएपछि संविधान सभा विघटन हुन पुग्यो।
नेपालमा संघीयता स्थानीय निकायसम्म अधिकार पुर्यािउनका लागि चाहिएको हो। त्यसपछि जातीय मुक्ति, वर्गीय समानता र अरु थप तर्क आउन सक्छन्। तर मुलुक संघीयतामा जाँदैमा स्थानीय निकायमा अधिकार पुग्ने होइन। स्थानीय स्वायत्त शासन ऐन २०५५ लागु भएर पनि राजधानी र सदरमुकाम केन्द्रित सोचाइ र व्यवहार परिवर्तन हुन नसक्दा संघीयताको आवश्यकता देखिएको हो। कृषि सेवा केन्द्रका पियनसम्म केन्द्रबाट नियुक्त गर्ने र स्थानीय निकायको अधिकारमाथि अतिक्रमण गर्नेहरुले नै संघीयतालाई थप चर्काएका हुन्।
राजनीतिक वृत्तमा अहिले संघीयताको मुद्दा जुनरूपमा उचालिएको छ, यसरूपमा हाम्रा स्थानीय निकायको अधिकार क्षेत्र के/कति हुने भन्नेबारे छलफल भएको पाइँदैन। अहिले काठमाडौले उपयोग गरिरहेको अधिकार संघीय राजधानीले गर्नेगरी मात्र संघीयतामा जाँदा न मुलुक न त स्थानीय नागरिक कसैलाई पनि फाइदा छैन। यदि यसो भयो भने त्यसले झन् ठूलो भाँडभैलो ल्याउनेछ, जुन सितिमिति सम्हाल्न गाह्रो पर्नेछ।
मुलुक संघीय होस् वा एकात्मक, दुवै अवस्थामा विकेन्द्रीकरण र निक्षेपणका मुद्दा यथावत् रहन्छन्। संघीय व्यवस्था एक तहको विकेन्द्रीकरणमात्र हो। संघीयतामा जाँदा प्रदेशमात्र बलियो भयो भने त्यसले तल्लो तहको जनजीविकामा खासै प्रभाव पार्न सक्दैन। स्थानीय तहसम्म अधिकार पुगेन भने भोलिका दिनमा अहिलेको काठमाडौं जस्तै हुनेछन् संघीय राजधानी। अहिले काठमाडांैले उपयोग गर्दै आएको अधिकार संघीय सरकारको राजधानीले गर्नेबाहेक अन्य फरकपना नआउन सक्छ।
संघीय व्यवस्थामा प्रदेशभन्दा तलका स्थानीय सरकारमा अधिकार नरहन पनि सक्छ। एउटा रोचक तथ्य के छ भने संघीय व्यवस्था भएको छिमेकी मुलुक भारतका जिल्ला पञ्चायत, तालुक पञ्चायत र ग्राम पञ्चायतमा भन्दा नेपालका जिविस, गाविस तथा नगरपालिकामा बढी अधिकार छ। भारतको कर्नाटक राज्यका ग्राम पञ्चायतले एक हजारभन्दा बढी खर्च गर्नुपर्दा जिल्ला पञ्चायतको स्वीकृति लिनुपर्ने व्यवस्था छ। यसले संघीय शासन व्यवस्थाभित्र पनि स्थानीय निकायलाई कुन रूपमा अधिकारविहीन बनाएर राख्न सक्छन् भन्ने तथ्य उजागर गरेको छ। सो राज्यमा स्थानीय निकायका प्रशासकीय प्रमुख राज्य सरकारले नै पठाउने गर्छ। यसले संघीयतामा जाँदैमा स्थानीय तहमा अधिकार जान्छ भन्ने विचारलाई खण्डन गर्छ। बरु एकात्मक शासन व्यवस्था भएर पनि नेपालका गाविसलाई निश्चित आर्थिक अधिकार दिइएको छ। गाविसमा पुग्ने लाखौं अनुदान रकम गाउँ परिषद्ले स्वविवेकले खर्च गर्न सक्छन्। स्थानीयस्तरमा राजश्व उठाउने अधिकारसमेत गाविस, नगरपालिकाले पाएको छ।
मुलुक संघीयतामा जाँदा कार्यकारी अधिकारको परिचालन गर्ने सामर्थ्य स्थानीय निकायलाई दिइनुपर्छ। संघीय व्यवस्था हुनेबित्तिकै स्थानीय निकायले कार्यकारी अधिकार पाउँछन् भन्ने होइन। संघीय व्यवस्था भएका भारत, पाकिस्तान, मलेसिया, मेक्सिको, अष्ट्रेलिया भन्दा संघीयता नभएका केन्या, क्रोसिया, फिलिपिन्स, जापानका स्थानीय निकायले निकै बढी अधिकार पाएका छन्। संघीय व्यवस्था भएका अमेरिका, स्वीट्जरल्याण्डभन्दा एकात्मक व्यवस्था भएका डेनमार्क, स्वेडेन, फिनल्याण्डमा अधिकार विकेन्द्रीकरणमा कुनै कमी छैन। कुनै क्षेत्रमा अझ बढी अधिकार दिएको पाइन्छ। त्यसैले यदि अहिलेको संघीयताको मुद्दा स्थानीय निकायलाई सशक्त र अधिकार सम्पन्न बनाउनका लागि हो भने स्ांघीयतामात्र होइन, हाम्रा स्थानीय निकायको अधिकारबारे पनि अहिले नै छलफल जरुरी छ।
मुलुक संघीय होस् वा एकात्मक, विकेन्द्रीकरणबारे व्यापक छलफल, बहस र आश्वश्यक पर्दा आन्दोलन भइरहन्छन्। त्यसैले परराष्ट्र, मौद्रिक नीति र रक्षाबाहेकका सबै अधिकार स्थानीय निकायलाई उपयोग गर्न दिनुपर्छ। संघीयतामा जाँदा गाउँ र नगरपालिकाको आकारमा छलफल त गर्न सकिएला तर दक्ष बनाउने कुरामा सबैको एकमत हुनुपर्छ। गाउँ तथा नगरपालिकामा अधिकृत स्तरका कर्मचारी, लेखापाल, इन्जिनियर तथा अन्य विषयगत कर्मचारीको व्यवस्था हुनुपर्छ। कृषि, शिक्षा, स्वास्थ्य, पशु, वन, मालपोत, सिचाई जस्ता कार्यालय गाउँ वा नगरपालिकाको मातहतमा राख्ने व्यवस्था हुनुपर्छ। सडक निर्माणको अधिकार स्थानीय निकायमा हुनुपर्छ। स्थानीय जनशक्तिले धान्न सक्ने निर्माण कार्य गर्ने अधिकार दिनुपर्छ। माध्यमिक तहसम्मका विद्यालय सञ्चालन गर्ने अधिकार गाविस तहमै दिइनुपर्छ। यस्ता निकायमा कर्मचारी नियुक्त गर्ने, उनीहरुको वृत्ति विकास गर्ने तथा अख्तियार दुरुपयोग गरेमा दण्ड तथा कारबाही गर्ने अधिकारसमेत स्थानीय निकायमा दिनुपर्छ। यसैगरी स्थानीयस्तरमा राजश्व उठाउने, करका आधार र दर निर्धाण गर्ने र त्यसको परिचालन गर्ने अधिकार दिइनुपर्छ। यसका साथै राम्रो काम गर्नेलाई अनुदान बढाउने र राम्रो गर्न नसकेमा अनुदान कटौती गर्ने व्यवस्था गर्नुपर्छ।
पछिल्लो समयमा गाउँगाउँमा सडक सुविधा पुगेका छन्। विद्यालय भवन निर्माण भएका छन्। सानातिना कुला, पुलपुलेसा सहजै निर्माण भएका छन्। गाउँगाउँमा सशक्तीकरणका गतिविधि सञ्चालन भएका छन् अनि नागरिकको चेतनास्तर बढेका छन्। यी सब स्थानीय स्वायत्त शासन ऐन २०५५ पश्चात सम्भव भएका हुन। यस ऐनले स्थानीय निकायमा कानुनीरूपमा निश्चित अधिकार प्रदान गरेको छ। केन्द्र सरकारले अनुदान बढाएको छ। एउटा ऐनले दिएका सीमित अधिकारबाट त गाउँघरमा यतिका परिवर्तन भएका छन् भने थप अधिकारसमेत स्थानीय निकायलाई प्रदान गर्ने हो भने थप सुधारका रेखा कोरिने छन्। गाउँघरको मुहार फेरिनेछ। यसका लागि संघीयतामात्र होइन, सवल स्थानीय निकायका विषयमा पनि छलफल, बहस र विचार-विमर्श हुनुपर्छ। संघीयतामा जाने नाममा भारतको कर्नाटक राज्य जस्तो स्थानीय निकायको अधिकारमाथि प्रहार भएमा त्यसले स्थानीय जनजीविकामा थप नकारात्मक प्रभाव पार्नेछ। यसतर्फ समयमै सबैको ध्यान जाओस्।


अर्को समाचार
स्थानीय निकायकाे चुनावको पक्षमा पाैडेल
१३ पौष २०७३
•
६ मिनेट पाठ
स्थानीय निकायकाे  चुनावको पक्षमा पाैडेल
काठमाडौं–स्थानीय तह की निकायको चुनाव भन्ने बारेमा दलहरुबीच विवाद बढिरहेको बेला नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल भने स्थानीय निकायको चुनावको पक्षमा प्रस्ट रुपमा उभिदैँ आएका छन् । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा समेत नेता पौडेलले स्थानीय निकायको चुनावमा जानु पर्नेमा जोड गरेका छन्। स्थानीय तहको ब्यवस्थापन गर्न केही समय लाग्ने भएकाले तत्काल स्थानीय निकायको चुनावमा जोड गर्नु पर्ने पौडेल बैठकमा भनाइ राखेका थिए।




त्यसकालागि बालानन्द पौडेल नेतृत्वले तयार पारेको स्थानीय तह पुर्नसंरचनाको प्रतिवेदन नबुझी बरु त्यस आयेगको म्याद थपेर जानु पर्ने सुझावसमेत दिएका छन्। ‘स्थानीय तह पुर्नसंरचना आयोगको प्रतिवेदन अहिले नबुझौं, त्यो बुझने बितिक्कै लागू गर्नु पर्ने हुन्छ, लागू हुने  बितिक्कै जताततै आन्दोलन हुन्छ, त्यसलाई थाम्न सकिन्न, चुनावको बिषय पनि मोडिन्छ,’ बैठकमा पौडेलको प्रस्ताव थियो, ‘बरु, त्यो आयोगको म्याद थपौं, त्यसले ब्यवस्थापनको काम गर्दै गर्छ, अहिले चाँही स्थानीय निकायको चुनावमा जाऔं।’

तत्कालै स्थानीय तहको नयाँ पुर्नसंरचनाको चुनावमा जाँदा नेता र जनतामाझमा अन्यौलता बढने, असन्तुष्टिका कारण  विभिन्न क्षेत्रमा आन्दोलन हुने र ब्यवस्थापनमा समस्या देखिने उनको भनाइ छ। स्थानीय निकायमा चुनिएका पदाधिकारीमार्फत आगामी दिनमा स्थानीय तहमा जाँदा स्थानीय भूगोलको समस्या उनीहरुले नै ब्यवस्थापन गर्ने हुँदा केन्द्रमा भार पनि नपर्ने तर्क पौडेलको छ ।

‘पौडेलजी स्थानीय निकायको चुनावमा जोड गर्नु हुन्छ, हामी संविधान संशोधनको बिषय पहिला टुंगाऊ भन्छौं, कुरा मिलिरा छैन्,’ सदभावना अध्यक्ष राजेन्द्र महतोले भने, ‘स्थानीय तह वा निकाय जे जेको चुनाव गर्नुछ, त्यही वेला सहमति गरौंला, अहिले संविधान संशोधनमा जाऊँ।’

स्थानीय निकायको निर्वाचनकालागि नयाँ संविधान बाधक नहुने तर्क पौडेलले अघि सारेका छन्। ‘संक्रमणकालीन ब्यवस्थामा नै स्थानीय निकायको चुनाव गराउन  सकिने उल्लेख भएकाले संवैधानिक संकट उत्पन्न हुँदैन’, पौडेलले भन्दै आएका छन्।

संविधानको संक्रमणकालीन अवस्था अनुसार धारा ३०३ ले स्थानीय निकायको निर्वाचनमा जान सकिने गरी खुकुलो गरिदिएको छ । त्यसले अनिवार्य रुपमा स्थानीय तहको चुनाव हुनै पर्ने भन्ने वाध्यकारी ब्यवस्था नभएकोले पौडेलले त्यसैमा टेकेर उक्त तर्क राखेका हुन्। संविधानको धारा ३०३ को उपधारा १, २ र ३ ले स्थानीय तहको निर्वाचन नभएसम्म स्थानीय निकायले काम चलाउन सकिने ब्यवस्था उल्लेख छ ।  

आइतवार बसेको कांग्रेस पदाधिकारी बैठकमा पनि नेता पौडेलले स्थानीय निकायको निर्वाचनमा जानु पर्नेमा जोड गरेका थिए । ‘स्थानीय तहको चुनावको ब्यवस्थापन गर्नका लागि कम्तिमा पनि २–३ वर्ष लाग्ने भएका कारण पनि स्थानिय निकायको चुनावमा जानुको विकल्प छैन भन्ने मेरो धारणा हो’, पौडेले उक्त बैठक पछि भनेका थिए। उनका अनुसार स्थानीय तहमा तत्कालै जाँदा बनाउने कानुन बुझन, तह माताहातका कार्यालयहरु खोल्न र ब्यवस्थापन गर्न र त्यसका बारेमा अभ्यास गर्न पर्याप्त समय चाहिने भएकाले तत्कालका लागि स्थानीय निकाय नै उत्तम विकल्प भएको उनको तर्क रहदैँ आएको छ।

पौडेलले स्थानीय निकायको चुनावमा जोड गरे पनि सभापति देउवाले भने स्थानीय तह वा निकाय जेको चुनाव गरे पनि फरक नपर्ने बताउँदै आएका छन्। ‘मधेसी मोर्चाले स्थानीय तह वा निकायको जुन चुनावमा जाऊँ भन्छ, हामी जान तयार छौं’, मोर्चाका नेता सामु देउवाले प्रस्ताव गरेको राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिए। तर, पौडेल भने स्थानीय निकाय पक्षमा लबिङ गर्दै प्रस्तुत भए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस