निर्वाचनको डर
०४ पौष २०६९
•
१० मिनेट पाठ
निर्वाचनको डर
प्रमुख राजनीतिक दलबीच राष्ट्रिय सहमति गर्ने प्रयास जारी छ। दलबीच सहमति नजुटेकै कारण राष्ट्रपति रामवरण यादवले सहमतीय प्रधानमन्त्रीका लागि पाँचौं पटक म्याद थप गरेका छन्। दलका नेता भने सहमतिको नाममा अविश्वासको खेती गरिरहेका छन्। आगामी शनिबारसम्मको म्यादभित्र दलहरू सहमतिमा पुग्लान् भन्नेमा आशा भन्दा संशय बढी छन्। सहमतिको नाम जप्दै सत्र पटकसम्म प्रधानमन्त्रीको असफल निर्वाचनमा निसंकोच सहभागी हुन सक्ने राजनीतिज्ञलाई पाँचौ पटकको म्याद थपले लज्जा हुनुपर्ने हो। सत्र पटकसम्म प्रधानमन्त्रीको निर्वाचनमा नथाक्ने नेताहरू सर्वोच्च अदालतले तटस्थ बस्न नपाउने भनी आदेश दिएपछि मात्रै निकास निकालेको सन्दर्भ पुरानो भएको छैन।
त्यतिबेला माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो प्रधानमन्त्री पदको उम्मेदवारी त्याग्दै एमाले अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्री बनाएका थिए। तैपनि एमालेमा भने यो घटनाले हलचल नै ल्याएका थियो। माओवादीको साथ र सहयोगमा बनेको खनाल सरकारलाई हटाएर आफ्नै पार्टीका नेता बाबुराम भट्टराईलाई सत्ताको साँचो दिने रणनीतिकार पनि दाहाल नै थिए। रातरातभर मधेसी मोर्चासँग वार्ता गरेर ४ बुँदे सहमति गर्दै मधेसी दलहरूको सहयोगमा बनेको भट्टराई सरकारले १५ महिना राज गरिसकेको अहिलेसम्मको अवस्थालाई सामान्य आँक्न मिल्दैन। राजनीतिक घटनाक्रमहरूले संकेत गर्दैछन्, अहिले पनि बाबुरामको सत्ता मधेसी मोर्चाले थामिरहेको छ। संविधान सभा विघटनका राजनीतिक प्रपञ्चपछाडि मोर्चाको भूमिका कस्तो थियो? बाबुरामलाई सत्तासिन भइरहन अप्ठेरा परिस्थितिहरूमा मोर्चाले कसरी काँध थापेको थियो? मसिनोसँग केलाउन आवश्यक हुन्छ। आपसमा चरम विभाजित भएका मधेसी दल सत्ता राजनीतिमा एकाकार भइरहन सक्नुका पछाडिको विशेषता सामान्यखाले छैनन्। त्यसैले त्यही मोर्चाको बलमा टिकेको बाबुराम सरकार ढालेर कांग्रेसका सुशील कोइरालालाई स्थापना गर्न सहज छैन्।
१५ महिनाअघि बाबुरामलाई प्रधानमन्त्री बनाउन बनेको मुलुकका प्रमुख राजनीतिक पार्टीहरूको राजनीतिक समीकरणमा अहिलेसम्म कुनै परिवर्तन देखिँदैन। माओवादी र मधेसी मोर्चा एकातर्फ र कांग्रेस, एमाले अर्कोतर्फ रहेकोे अवस्था ज्युका त्युँ छ। यो अवस्थामा सुशील कोइराला र उनलाई समर्थन गर्ने एमालेले अहिलेको सत्ता समीकरणमा परिवर्तन नभई बाबुरामले छाड्ने छैनन् भन्ने बुझ्न आवश्यक छ। सुशीललाई सत्तामा स्थापित गराउन खोजेकै हो भने कांग्रेस-एमालेले पुष्पकमल दाहालसँग हारगुहार गर्न छाड्नुपर्छ। 'बाबुरामलाई मनाउन सकिन' भन्ने दाहालको लोलोपोतोमा विश्वास गरेर बाबुरामलाई मात्रै दोष थोपर्ने प्रवृति पनि त्याग्नुपर्छ। बरू, उनीहरूले माओवादी-मधेसी मोर्चाबीचको समीकरण तोड्न सक्ने क्षमता राख्नुपर्छ।
राष्ट्रपतिले दिएको पाँचौ पटकको म्यादका घटनाक्रम केलाउँदा के देखिन्छ भने कांग्रेस र एमालेका नेताहरूले मधेसी मोर्चालाई फकाउन सकिरहेका छैनन्। अर्थात् एक हिसावले भन्ने हो भने मधेसी मोर्चालाई आश्वस्त पार्न उनीहरू असफल भएका छन्। कांग्रेस, एमाले र मधेसी मोर्चाबीच दुईपक्षीय र बहुपक्षीय छलफलसमेत हुन सकेका छैनन्। उता बाबुराम भने टाढिँदै गएका उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई समेत आफ्नो पक्षमा पार्न सफल भएका छन्। भइरहेको समीकरण नभत्किई नयाँ सरकार बन्न नसक्ने अवस्थालाई ध्यानमा राख्दा आउँदो शनिबारसम्ममा नयाँ सहमतिको सम्भावना देखिँदैन।
शनिबारपछि के हुन्छ त? राजनीतिको अह्म प्रश्न यही हो। के राष्ट्रपतिले कठोर कदम चाल्छन्? अहिलेसम्म राष्ट्रपतिले सहमतिका लागि पटक-पटक थपेका म्यादको कसीमा उनी लचिलो भएर प्रस्तुत भएका छन् र दललाई गलाउँदै लग्ने रणनीतिमा देखिन्छन् । पाँचौ पटकको म्याद थपसँगै राष्ट्रपतिले ५ दिने म्यादमा दलबीच गहन छलफल गर्ने सूचना राष्ट्रपति कार्यालयबाट प्रेषित भएको छ। प्रमुख राजनीतिक दलका साथसाथै विघटित प्रतिनिधि सभाका स-साना दलसमेतसँग छलफल गर्ने राष्ट्रपतिको मनसाय देखिन्छ। सहमतिको नाममा धेरैभन्दा धेरै पक्षसँग छलफल गर्नुलाई अन्यथा भन्न मिल्दैन तर माओवादीसँग र काग्रेस, एमालेसँग बेग्लाबेग्लै गठबन्धन गरेका स-साना दलसँगको सुलहबाट निकास आउला भनेर कसरी पत्याउने?
पाँचौ पटक म्याद थप्ने क्रममा राष्ट्रपतिले वैशाखमा चुनाव गराउन आफू सक्रिय हुने संकेत पनि गरे। निर्वाचन आयोगका पदाधिकारीहरूसँगको भेटघाटसँगै आयोगलाई वैशाखमा चुनाव गर्नेगरी तत्पर हुन राष्ट्रपतिले दिएको निर्देश्ानको पृष्ठभूमिमा राष्ट्रपति सक्रियताको अपेक्षा गर्न सकिन्छ । तर, उनको विगतले उनी प्रमुख राजनीतिक दलहरूलाई पन्छाएर चुनावको जोखिम उठाउने स्थितिमा पुग्छन् भनेर पत्याउन सकिन्न। त्यसो त राष्ट्रपतिले चाहेरमात्र चुनाव हुने पनि होइन। उनले केवल निर्वाचन आयोगमा सदस्यहरूको नियुक्तिलगायत् अन्य कानुनी अड्चनलाई संविधानको बाधा अड्काउ धारा प्रयोग गरेर छिचोल्न सक्छन् । तर राजनीतिक दलहरू चुनावका लागि तयार नभएको अवस्थामा राष्ट्रपतिको सक्रियताको के अर्थ? 'बिँड होइन, ताप्के तात्नुपर्छ' भनेझंै दलहरू चुनावका लागि तयार हुनुपर्छ।
सत्ता राजनीतिमा केन्द्रित दलहरूको एजेन्डा वैशाखमा चुनाव बन्न सकेको छैन। माओवादी संविधान सभाको चुनावलाई भन्दा आफ्नो नेतृत्वको सत्ता कायम राख्दै महाधिवेशन सम्पन्न गर्न चाहन्छ। मोहन वैद्य पक्ष बाहिरिएको अवस्थामा महाधिवेशनमा दाहाललाई बाबुरामको सहयोग आवश्यक हुन्छ। दुई दशकदेखि थाँती रहेको महाधिवेशनबाट औपचारिक नेतृत्व लिन दाहाल जसरी हतारिएका छन्, बाबुराम त्यसैको मूल्यमा सत्तासिन भइरहन चाहन्छन्। त्यसैले माओवादीको प्रस्त्ाावित माघ तेस्रो साता हुने भनिएको महाधिवेशनअघि ठूलो राजनीतिक परिवर्तन हुने सम्भावना देखिँदैन। प्रधानमन्त्री बाबुरामले केही समयका लागि आफ्नै नेतृत्वको सरकार हुनुपर्छ भन्नुलाई महाधिवेशन राजनीतिसँग जोड्ने गरिन्छ।
यसबाहेक विभाजनबाट गुजि्रएको माओवादी वैद्य पक्षको विरोधबाट भयभित छ। वैद्य पक्ष आफंै जनताबाट कुन हदसम्म अनुमोदित हुन सक्छ, अहिल्यै लेखाजोखा गर्न सकिन्न तर उनीहरूले एकीकृत माओवादीलाई अवरोध पुर्याोउने क्षमता भने राख्छन्। २०५६ सालको प्रतिनिधि सभा निर्वाचनमा मालेले एमालेलाई खुम्च्याएजस्तै अहिले पनि वैद्य पक्षको भूमिका एकीकृत माओवादीको सवालमा त्यस्तै हुन सक्छ।
चरम विभाजनबाट गुजि्रएको मधेसी मोर्चा पनि वैश्ााखमै चुनावमा जान तत्पर देखिँदैन। उता निर्वाचनको रटान गर्ने कांग्रेस-एमाले पनि चुनावमा गइहाल्न्ो मनस्थितिमा छैनन्। आन्दोलनका कार्यक्रम चटक्क छाडेर सत्ता राजनीतिमा होमिएका कांग्रेस-एमालेले चुनावको तयारी गरेको देखिँदैन। प्रमुख राजनीतिक दलहरू जनतासँग जान डराएको अहिलेको अवस्थाले लामो राजनीतिक अन्योल र अस्थिरता संकेत गर्दैछ।
अर्को समाचार
राप्तीका तीन जिल्लामा तयारी पूरा
०८ मंसिर २०७४
•
४ मिनेट पाठ
राप्तीका तीन जिल्लामा तयारी पूरा
दाङ- मंसिर १० मा निर्वाचन हुने प्रदेश नम्बर पाँचअन्तर्गतका तीन जिल्लामा निर्वाचनको तयारी पूरा भएको छ । पश्चिमी रुकुम, पूर्वी रुकुम र रोल्पामा निर्वाचनको तयारी पूरा गरिसकिएको निर्वाचन अधिकृतको कार्यालयहरूले जानकारी दिएका छन् । निर्वाचनको मौन अवधिको पूर्वसन्ध्यामा निर्वाचनको तयारीलाई पनि टुंग्याइएको छ ।  

एउटा निर्वाचन क्षेत्र कायम भएको पश्चिम रुकुममा बिहीबार निर्वाचनका सम्पूर्ण सामग्रीहरु निर्वाचन केन्द्रमा पठाइसकेको जिल्ला अदालतका श्रेस्तेदार तेजप्रसाद ओलीले जानकारी दिए । उनका अनुसार पश्चिम रुकुममा ८ सय ८८  कर्मचारी खटिएका छन् । जिल्लामा कुल १ सय ११ मतदान केन्द्र तोकिएका छन् । ‘१ सय ११ मतदान केन्द्रका लागि ८ सय ८८ जना कर्मचारी खटिएका छन्,’ उनले भने, ‘मतपत्रदेखि निर्वाचनका लागि आवश्यक सम्पूर्ण सामग्रीसहित कर्मचारी खटिइसकेको अवस्था हो ।’ सुरक्षाकर्मी पनि मतदान केन्द्रमा खटिएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले शुक्रबारदेखि निर्वाचन आचारसंहिता पालनाको अवस्थाबारे अनुगमन थाल्ने भएको छ । ‘शुक्रबारदेखि मौन अवधिमा निर्वाचन आचारसंहिता पालना भएनभएको अनुगमन हुनेछ,’ उनले भने, ‘बाँकी तयारीको काम त सबै पूरा भइसकेको छ ।’ पश्चिम रुकुममा कुल ८७ हजार मतदाता छन् ।

यसैगरी पूर्वी रुकुममा पनि निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको मुख्य निर्वाचन अधिकृत दुर्गाबहादुर भुसालले जानकारी दिए । उनका अनुसार एउटा निर्वाचन क्षेत्र कायम भएको यो जिल्लामा पनि बिहीबारै निर्वाचन सामग्रीसहित कर्मचारी मतदान केन्द्रमा पुगिसकेका छन् । ‘निर्वाचन सामग्रीसहित कर्मचारी मतदान केन्द्रमा पुगिसकेका छन्,’ उनले भने, ‘केही स्थानमा निर्वाचन आचारसंहिताका बारेमा सर्वपक्षीय छलफल भइसकेको पनि जानकारी प्राप्त भएको छ ।’  उनका अनुसार ४२ मतदान केन्द्र कायम गरिएका पूर्वी रुकुममा ३ सय ३४ कर्मचारी खटिएका छन् ।

मौन अवधिमा निर्वाचन आचारसंहिता पालना भए नभएको अनुगमनलाई कडाइ गर्ने पनि मुख्य निर्वाचन अधिकृत भुसालले जानकारी दिए ।

रोल्पामा सदरमुकामबाहेकका अन्य सबै स्थानका मतदान केन्द्रहरुमा कर्मचारी खटिइसकेका छन् । बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाको रोल्पा भ्रमणका कारण रोल्पा सदरमुकामभित्रका मतदान केन्द्रहरुमा भने कर्मचारी खटनपटन हुन नसकेको रोल्पाका प्रहरी प्रमुख डिएसपी ज्ञानेन्द्र फुँयालले जानकारी दिए । ‘अन्य सबै मतदान केन्द्रहरुमा निर्वाचन सामग्रीसहित कर्मचारी खटिइसकेका छन्,’ उनले भने, ‘सदरमुकामका केही मतदान केन्द्रहरुमा मात्रै कर्मचारी खटनपटनको काम बाँकी छ, त्यो पनि शुक्रवार बिहानै हुन्छ ।’ एक निर्वाचन क्षेत्र कायम भएको रोल्पामा ८० मतदान केन्द्र तोकिएका छन् । डिएसपी फुँयालका अनुसार जिल्लाको निर्वाचन सुरक्षा योजनाअन्तर्गत जिल्लाभर सात सयको हाराहारीमा नेपाल प्रहरी परिचालित हुनेछन् ।

रुकुमबाट गणेश बिकको सहयोगमा
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस