काठमाडौं- अखिल(क्रान्तिकारी) ले स्ववियू निर्वाचनको तयारी थालेको छ। क्रान्तिकारीको पदाधिकारी वैठकले स्ववियू निर्वाचनको तयारी भन्दै पाँच हजार १ सय १ जनाको निर्वाचन परिचालन मुल समिति बनाएको छ।त्रिभुवन विश्व विद्यालयले निर्वाचनको मिति नतोके पनि क्रान्तिकारीले स्ववियूको तयारी थालेको हो।
रमेश मल्लको संयोजकत्मा बनाइको समितिमा प्रदेश इन्चार्जहरु र स्ववियू निर्वाचन हुने क्याम्पसका इकाइ अध्यक्षहरु सदस्यमा छन्।
स्ववियु निर्वाचनमा सम्पुर्ण शक्तिका साथ होमिने अध्यक्ष मल्लले बताए। सातवटै प्रदेशमा प्रदेश इन्चार्जको नेतृत्वमा निर्वाचन परिचालन समिति समेत घोषणा गरिएको छ। चुनाव तयारीका लागि घोषणापत्र लगायत विभिन्न समिति समेत क्रान्तिकारीले बनाएको प्रवक्ता सुरेन्द्र बस्नेतले बताए।