राष्ट्रिय विज्ञान दिवस
२० मंसिर २०६९
•
१५ मिनेट पाठ
राष्ट्रिय विज्ञान दिवस
मंसिर ८ गते मन्त्री परिषद्ले विज्ञान प्रविधिसम्बन्धी दुई महत्त्वपूर्ण तथा स्वागतयोग्य निर्णय गरेको छ। ती हुन्- अबदेखि हरेक वर्ष असोज १ गते देशभर राष्ट्रिय विज्ञान दिवस मनाउने र वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयको नाम परिवर्तन गरी उक्त मन्त्रालयको नाम 'विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय' राख्ने। राष्ट्रिय विज्ञान दिवस मनाउने प्रचलनले आम जनतामा वैज्ञानिक चेतना अभिवृद्धि गर्नमा मद्दत पुर्यााउनेछ भने मन्त्रालयको नाम परिवर्तनले सरकारले विज्ञान प्रविधिको विकासलाई उचित महत्त्व दिएको सन्देश जानेछ।
अन्य देशमा विशेषगरी चीन र भारतमा भव्यरूपमा मनाएजस्तै नेपालमा पनि हरेक वर्ष राष्ट्रिय विज्ञान दिवस मनाउन पाए राम्रो हुने विचार पहिलोपल्ट त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. इशान गौतमले पंक्तिकारसँग व्यक्त गरेका थिए। डा. गौतमको विचारसँग पंक्तिकार पनि सहमत भयो। त्यसैले पंक्तिकारले मन्त्री परिषद्बाट निर्णय गराई राष्ट्रिय विज्ञान दिवस घोषणा गराउनका लागि तत्कालीन विज्ञान मन्त्री कल्पना धमला तथा वर्तमान विज्ञान मन्त्री केशवमान शाक्यलाई समेत अनुरोध गरेको थियो। उहाँहरू यसबारेे सकारात्मक भए पनि मन्त्री परिषद्बाट कुनै औपचारिक निर्णय भने हुन सकेको थिएन।




यसैबीच असोज २४ गते वैज्ञानिक र प्रधानमन्त्री बाबुराम भट्टराईबीच प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा पंक्तिकारले हरेक वर्ष कुनै एक उपयुक्त दिनमा राष्ट्रिय विज्ञान दिवस मनाउने व्यवस्थाका लागि प्रधानमन्त्रीसमक्ष प्रस्ताव राखेको थियो। त्यतिबेला प्रधानमन्त्रीले वैज्ञानिकहरूबाट प्राप्त सुझाव यथाशक्य लागु गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। तीमध्ये विशेषगरी राष्ट्रिय विज्ञान दिवस घोषणा गर्ने र मन्त्रालयको नाम परिवर्तन गर्ने कार्य तत्काल सम्पन्न गर्ने वचन प्रधानमन्त्री बाबुराम भट्टराईले दिएका थिए। सामान्यतया राजनीतिज्ञ आफूले कुनै कार्यक्रममा दिएको वचन चाँडै बिर्सन्छन्। तर प्रधानमन्त्री बाबुराम भट्टराईले यसपटक भने आफनो वचन बिर्सेका रहेनछन्।

हरेक वर्ष नोभेम्बर १० मा विश्व विज्ञान दिवस मनाएजस्तै विश्वका धेरै मुलुकले हरेक वर्ष कुनै महŒवपूर्ण दिनमा राष्ट्रिय विज्ञान दिवस मनाउने गर्छन्। मंसिर ८ गते मन्त्री परिषद्को निर्णयानुसार नेपाल सरकारले राष्ट्रिय विज्ञान दिवस मनाउने दिनका रूपमा असोज १ गतेलाई रोजेका छन्। नेपालको विज्ञान प्रविधिको इतिहासमा असोज १ गते एक अति महŒवपूर्ण दिन हो। २०१३ असोज १ गते 'पब्लिक साइन्स कलेज' को स्थापना भएको थियो। उक्त कलेज जनस्तरमा स्थापित देशको पहिलो विज्ञान कलेज थियो। यस कलेजका उत्प्रेरक तथा संस्थापक थिए रसायनशास्त्री स्व. अमृतप्रसाद प्रधान। २०२३ देखि उक्त कलेज 'अमृत साइन्स कलेज' (अस्कल) को नामले चिनिन थाल्यो। देशका कैयन् उत्कृष्ट वैज्ञानिक, चिकित्सक, इन्जिनियर एवं विज्ञान प्रविधिसँग सम्बन्धित अन्य विषयका प्राविधिज्ञले आफ्नो आधारभूत विज्ञानको शिक्षा यसै कलेजमा प्राप्त गरेका थिए।
पब्लिक साइन्स कलेज स्थापना हुनुअघि त्रिचन्द्र कलेजमा मात्र विज्ञान विषयको अध्ययन/अध्यापन हुने गर्थ्याे। त्रिचन्द्र कलेजमा प्रमाणपत्र तह (आइएस्सी) मा विज्ञान विषयमा भर्नाका लागि सिट संख्या सीमित थियो। त्यसैले प्रवेशिका परीक्षा (एसएलसी) मा राम्रो श्रेणीमा उत्तीर्ण भएका विद्यार्थीले मात्र त्रिचन्द्रमा विज्ञान विषय पढ्न पाउँथे। अरू विद्यार्थी, विशेषगरी एसएलसी तेस्रो श्रेणीमा उत्तीर्ण विद्यार्थीले चाहेर पनि विज्ञान विषय पढ्न पाउँदैनथ्यो। मूलतः त्रिचन्द्रमा विज्ञान विषय पढ्नबाट वञ्चित यस्तै विद्यार्थीलाई विज्ञान विषय पढ्ने अवसर प्रदान गर्न अमृतप्रसाद प्रधानले पब्लिक साइन्स कलेज स्थापना गरेका थिए।

एसएलसी तेस्रो श्रेणीमा उत्तीर्ण विद्यार्थीे पनि राम्रो शिक्षा पाए भविष्यमा सफल वैज्ञानिक वा प्राविधिज्ञ बन्न सक्छन् भन्ने मान्यता र विश्वास अमृतप्रसाद प्रधानको थियो। उनको अनुमान अन्ततः सही प्रमाणित भयो। पब्लिक साइन्स कलेजबाट प्रमाणपत्र तहको शिक्षा प्राप्त गरेका एसएलसी तेस्रो श्रेणीका कैयन् विद्यार्थीे अन्ततः देशका ठूला वैज्ञानिक, डाक्टर, इन्जिनियर आदि बन्न सफल भएका छन्। सुरुका दिनमा त्रिचन्द्रमा भर्ना नपाएका कमजोर विद्यार्थीले मात्र पढ्ने कलेजका रूपमा चिनिएको पब्लिक साइन्स कलेज पछि गएर उत्कृष्ट शैक्षिक स्तरका लागि प्रसिद्ध हुन थाल्यो र एसएलसीमा 'बोर्ड फस्ट' आएका र उत्कृष्ट श्रेणीमा उत्तीर्ण भएका विद्यार्थीका लागि विज्ञान विषय पढ्ने पहिलो छनोटको कलेज बन्न पुग्यो।

सुरुका दिनमा पब्लिक साइन्स कलेजको अध्यापन त्रिचन्द्रमै बिहान सञ्चालन हुने गर्थ्याे र त्रिचन्द्रकै शिक्षकले पढाउने गर्थे। २०१८ फागुन १८ मा अमृतप्रसाद प्रधानकै सक्रियतामा निर्माण भएको लैनचौरस्थित आफ्नै भवनमा पब्लिक साइन्स कलेजको अध्यापन सुरु भएको थियो। पब्लिक साइन्स कलेजको पूर्वाधार विस्तारका लागि सहयोग जुटाउने सिलसिलामा विदेश भ्रमणमा निस्केका अमृतप्रसाद प्रधानको २०२३ मा हवाई दुर्घटनामा मृत्यु भएको थियो। उनको निधनपछि उनकै स्मृतिमा कलेजको नाम 'अमृत साइन्स कलेज' (अस्कल) राखिएको थियो।

म पब्लिक साइन्स कलेजको दोस्रो ब्याचको विद्यार्थी थिएँ। म २०१४ मा १२ वर्षको उमेरमा एसएलसी तेस्रो श्रेणीमा उत्तीर्ण भएको थिएँ। सुरुका केही दिन मैले मानविकी विषय अध्ययन गरेको थिएँ। तर मलाई विज्ञान पढ्ने इच्छा थियो। पढाई सुरु भएको करिब दुई महिनापछि पब्लिक साइन्स कलेजमा भर्ना हुन अमृतप्रसाद प्रधानलाई भेटन गएँ। पढाई सुरु भएको धेरै दिन बितिसकेकाले भर्ना पाउने आशा कमै थियो। अमृतप्रसाद प्रधानले मेरो विज्ञान विषयको छोटो लिखित परीक्षा लिए र सन्तुष्ट भएपछि मलाई आइएस्सीमा भर्ना गरिदिए। म २०१६ म्ाा पब्लिक साइन्स कलेजबाट आइएस्सीमा दोस्रो श्रेणीमा उत्तीर्ण भएको थिएँ। त्यतिबेला आइएस्सी दोस्रो श्रेणीमा उत्तीर्ण हुनु पनि राम्रो नतिजा मानिन्थ्यो। पब्लिक साइन्स कलेज नभएको र अमृतप्रसाद प्रधानले मलाई त्यहाँ विज्ञान विषय पढ्ने अवसर नदिएको भए मेरो जीवनले अर्कै मोड लिने थियो।

मेरो वैज्ञानिक यात्रा सम्भव पार्ने र देशमा वैज्ञानिक जनशक्ति उत्पादन गर्नमा अमूल्य योगदान पुर्याैउने उनै विज्ञान शिक्षाका प्रवर्तक अमृतप्रसाद प्रधानले स्थापना गरेको र म आफूले अध्ययन गरेको पब्लिक साइन्स कलेज स्थापना भएको शुभ दिन असोज १ गतेलाई हरेक वर्ष राष्ट्रिय विज्ञान दिवसका रूपमा मनाउन मन्त्री परिषद्ले हालै गरेको निर्णय मेरा निम्ति पनि अत्यन्त खुसीको कुरा हो। उक्त दिनलाई राष्ट्रिय विज्ञान दिवसका रूपमा मनाउनु विज्ञान प्रविधिको विकासमा अमृतप्रसाद प्रधानले पुर्या एको योगदानको उचित कदर गर्नु पनि ठहरिनेछ।

मन्त्री परिषद्बाट राष्ट्रिय विज्ञान दिवस मनाउने निर्णय हुनुमात्र आफैँमा पर्याप्त छैन। यसलाई हरेक वर्ष अधिराज्यभर उचित र प्रभावकारी ढङ्गले एक मूल नारासहित मनाउनु पनि उत्तिकै जरुरी र महŒवपूर्ण छ। राष्ट्रिय विज्ञान दिवससँग सम्बन्धित सम्पूर्ण क्रियाकलापको समन्वय गर्न उच्चस्तरको एक राष्ट्रिय निकाय आवश्यक पर्छ। त्यसका लागि सबैभन्दा उपयुक्त निकाय विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय हो। हरेक वर्ष राष्ट्रिय विज्ञान दिवसको विस्तृत कार्ययोजना तयार पार्न समयमै मन्त्रालयले मन्त्री अध्यक्ष, मन्त्रालयका सचिव, सदस्य सचिव र विज्ञान तथा प्रविधिसँग सम्बन्धित देशका विभिन्न संस्था र पत्रकार महासंघका प्रतिनिधि सदस्य रहेको एक कार्यदल गठन गर्नु उचित हुनेछ। राष्ट्रिय विज्ञान दिवस मनाउनका लागि मन्त्रालयले उचित बजेट व्यवस्था गर्नु आवश्यक छ।

राष्ट्रिय विज्ञान दिवस प्रभातफेरी वा शहर परिक्रमामा मात्र सीमित हुनुहुँदैन। यो दिवस मूलतः जनमानसलाई हाम्रो दैनिक जीवनमा विज्ञान प्रविधिको महŒव बुझाउने, शान्ति र विकासमा विज्ञान प्रविधिको भूमिका स्पष्ट पार्ने र देशका वैज्ञानिक संस्थामा भइरहेका कार्य र उपलब्धिबारे जानकारी दिने प्रकारका कार्यक्रमहरू आयोजना गरी देशभर मनाउनुपर्छ। यसका लागि राष्ट्रिय, जिल्ला तथा स्थानीय तहमा विज्ञान तथा प्रविधिसम्बन्धी मेला, प्रदर्शनी, गोष्ठी, प्रवचन आदि आयोजना गर्ने, तरुण वैज्ञानिक प्रतिभा तथा कुशल विज्ञान शिक्षकको कदर गर्ने, विज्ञानका विद्यार्थीलाई उच्च अध्ययनका लागि विज्ञान प्रविधिका विभिन्न क्षेत्रबारे सूचनामूलक जानकारी दिने, वैज्ञानिक तथा सर्वसाधारण, बुद्धिजीवीबीच अन्तरक्रिया गर्ने/गराउने आदि जस्ता कार्यक्रममा केन्द्रित हुनु जरुरी छ।

यसैगरी नास्टका प्राज्ञ तथा विश्वविद्यालयका प्रतिष्ठित वैज्ञानिकहरूले विभिन्न विद्यालयमा गएर समसामयिक विषयमा व्याख्यान दिनेजस्ता कार्यक्रमको आयोजना गरिनुपर्छ। यसले वैज्ञानिक र विज्ञान शिक्षकबीच विचार आदान-प्रदान हुनेछ। यो दिवस देशभरका सम्पूर्ण विज्ञान तथा प्रविधिसँग सम्बन्धित संस्थाले आमजनमानसलाई आ-आफ्नो संस्थाको गतिविधिबारे जानकारी दिने कार्यक्रम आयोजना गरी मनाउन पनि जरुरी छ। राष्ट्रिय विज्ञान दिवसलाई सफल पार्न सञ्चार माध्यमको ठूलो भूमिका रहने भएकाले विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय जस्ता सम्बन्धित निकायले उपयुक्त माध्यममार्फत् उक्त दिन अखबार, रेडियो तथा टेलिभिजन जस्ता विभिन्न सञ्चार माध्यमबाट जनमानसमा विज्ञानको महŒव बुझाउने प्रकारका सामग्री सम्प्रेषण गर्न लगाउन सक्रिय पहल गर्नु जरुरी छ।

प्रभावकारी ढङ्गले हरेक वर्ष राष्ट्रिय विज्ञान दिवस मनाउन सके यसले निश्चय पनि नेपाली समाजमा वैज्ञानिक चेतना अभिवृद्धि गर्न मद्दत पुर्यााउनेछ। अन्यथा यो दिवस पनि अन्य धेरै प्रकारका वार्षिक दिवसजस्तै प्रभातफेरी वा शहर परिक्रमा जस्ता औपचारिकतामा मात्र सीमित हुनेछ।
अर्को समाचार
शुक्रबार विज्ञान दिवस
३१ भदौ २०७२
•
१ मिनेट पाठ
शुक्रबार विज्ञान दिवस
काठमाडौं– शुक्रबार विभिन्न कार्यक्रमका साथ राष्ट्रिय विज्ञान दिवस मनाइँदै छ ।




प्रत्येक वर्ष असोज १ गतेका दिन विज्ञान दिवस मनाउने प्रचलन रहेकामा यस वर्ष 'राष्ट्र निर्माणका लागि विज्ञान प्रविधि' भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयका उपसचिव राजुबाबु पुडासैनीले जानकारी दिए।

देशका सबै वर्ग, समुदाय तथा पेसागत क्षेत्रका व्यक्ति तथा संस्थाहरूलाई विज्ञान तथा प्रविधिको क्षेत्रमा योगदान पु¥याउने गरी परिचालन गर्ने तथा विज्ञान तथा प्रविधि विषयमा जनचेतना बढाउने, नीति निर्मातादेखि तल्लो तहका जनतासम्म यो प्रक्रियामा सक्रिय भूमिका निभाउने अवस्था सिर्जना गर्न सचेतनामूलक र अभियानमुखी काम गर्ने उद्देश्यले २०७० देखि राष्ट्रिय विज्ञान दिवस मनाउँदै आइएको छ।

विज्ञान दिवसका अवसरमा शुक्रबार अमृत क्याम्पस लैनचौरलगायत स्थानमा विशेष कार्यक्रम आयोजना गरिएको मन्त्रालयले जनाएको छ। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस