गत असोज १ गते 'विज्ञान र प्रविधिः देशको समृद्धि'को नारासहित विज्ञान प्रविधिसम्बन्धी विभिन्न कार्यक्रम गरी देशमा पहिलोपल्ट राष्ट्रिय विज्ञान दिवस मनाइयो। मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको प्रमुख आतिथ्यमा नेपाल प्रज्ञा प्रतिष्ठानको सभा कक्षमा विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयले विशेष समारोहको आयोजना गरेको थियो।प्रज्ञा प्रतिष्ठानकै परिसरमा वैज्ञानिक एवं प्राविधिज्ञका नयाँ आविष्कारको प्रदर्शन पनि गरिएको थियो। कार्यक्रममा विज्ञान प्रविधिको क्षेत्रमा संलग्न व्यक्ति र सर्वसाधारणको राम्रो उपस्थिति थियो।
समारोहमा प्रमुख अतिथि रेग्मी, विज्ञान, प्रविधि तथा वातावरण मन्त्री उमाकान्त झा र नेपाल विज्ञान तथा प्रज्ञा प्रतिष्ठानका उपकुलपतिले मन्तव्य दिएका थिए। समारोहमा अमृत साइन्स कलेज (तत्कालीन 'पब्लिक साइन्स कलेज')का संस्थापक स्वर्गीय अमृतप्रसाद प्रधानको संक्षिप्त परिचय पनि दिइएको थियो। अमृत साइन्स कलेज (अस्कल) स्थापना भएको दिन असोज १ गतेलाई नै नेपाल सरकारले हरेक वर्ष राष्ट्रिय विज्ञान दिवस मनाउने निर्णय २०६९ मंसिर ८ गते गरेको थियो।
अध्यक्ष रेग्मी र मन्त्री झाका मन्तव्प औपचारिकतामै सीमित रहे। ऐतिहासिक प्रथम राष्ट्रिय विज्ञान दिवस मनाउने कार्यक्रममा उनीहरू सहभागी हुँदा आउँदा दिनमा देशमा विज्ञान प्रविधिको विकास गर्न के कस्ता नीति, रणनीति, कार्यक्रम तथा प्राथमिकता राज्यले अपनाउनु पर्ने हो वा अपनाइने छ भन्नेबारे स्पष्ट धारणा व्यक्त हुने अपेक्षा वैज्ञानिक समुदायले गरेको थियो। तर, त्यो पूरा भएन। सायद, यो सरकार संविधान सभाको चुनाव गराउने मूल उद्देश्यले गठन भएकाले मन्त्रिपरिषद्का अध्यक्ष र विज्ञान मन्त्रीले यस्ता नीति वा रणनीतिबारे धारणा व्यक्त गर्न आवश्यक ठानेनन्। राष्ट्रिय विज्ञान दिवसजस्तो महत्वपूर्ण अवसरमा वैज्ञानिक समुदायको धारणा पनि व्यक्त हुनुपर्ने थियो। समारोहमा भने वैज्ञानिक समुदायको प्रतिनिधिका रूपमा कसैलाई पनि आफ्नो विचार व्यक्त गर्ने अवसर प्रदान गरिएन।
समारोहमा विज्ञान दिवसका लागि खुल्ला प्रतियोगितामार्फत छानिएका नारा 'विज्ञान र प्रविधिः देशको समृद्धि'का प्रस्तावक बागलुङका घनश्याम सापकोटालाई दस हजारको नगद पुरस्कार प्रदान गरिएको थियो भने गत प्रवेशिका परीक्षामा विज्ञान विषयमा सर्वोत्तम अंक प्राप्त गर्ने देशका पाँच विकास क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीलाई जनही पाँच हजार नगद पुरस्कार प्रदान गरिएको थियो।
त्यस अवसरमा अमृत साइन्स कलेजका संस्थापक अमृतप्रसाद प्रधानका निकटतम सहकर्मी तथा अमृत साइन्स कलेजको स्थापनाकालदेखि त्यहाँ अध्यापनरत र हाल निवृत्त वरिष्ट प्राध्यापकहरू नारायणहरि जोशी, मोतिकाजी स्थ्ाापित र सुदर्शन रिजालजस्ता शिक्षकलाई पनि सम्मान गर्न सकिएको भए उनीहरूको योगदानको कदर त हुने थियो नै कार्यक्रमको गरिमा पनि बढ्ने थियो भन्ने चर्चा समारोहमा उपस्थित धेरै सहभागी वैज्ञानिकबीच चलेको थियो।
राष्ट्रिय विज्ञान दिवसको उपलक्ष्यमा नेपाल प्रज्ञा प्रतिष्ठानकै सभाकक्षमा विज्ञान प्रविधिसम्बन्धी सेमिनार पनि आयोजना गरिएको थियो। सेमिनारका प्रमुख व्याख्यानकर्ता (कि नेट स्पिकर) पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई थिए। उनको व्याख्यानको शीर्षक थियो – 'राष्ट्र निर्माणमा विज्ञान प्रविधि'। आफ्नो व्याख्यानमा भट्टराईले समृद्धिका दृष्टिले विश्व मानचित्रमा हिजो हामी कहाँ थियौँ, आज कहाँ छौँ र त्यहाँ किन छौँ? अहिले मुलुकको आन्तरिक तथा वाह्य परिवेश कस्तो छ? भन्ने प्रश्नहरूको विवेचनाबाट मात्र सामान्य नेपालीको चाहनाबमोजिम आर्थिकसामाजिक रूपान्तरणसहितको नयाँ नेपाल निर्माणमा विज्ञान तथा प्रविधिको भूमिकालाई एकाकार गर्न सक्ने बताएका थिए। व्याख्यानमा भट्टराईले राष्ट्र निर्माणमा विज्ञान प्रविधिको भूमिका र राष्ट्रले यससम्बन्धी के के नीति, रणनीति अबलम्वन गर्न जरुरी हुन्छ, के कस्ता योजना तथा कार्यक्रम बनाउनु पर्छ भन्ने मार्गचित्र प्रस्तुत गरेका थिए। देशको एउटा प्रमुख राजनीतिक दलका नेताबाट विज्ञान प्रविधिसम्बन्धमा यस्तो अवधारणा व्यक्त हुनु निश्चय पनि विज्ञान प्रविधिको विकासका लागि आशालाग्दो अवस्था हो। हुनत, अधिकांश राजनीतिकर्मीले सार्वजनिक समारोहमा व्यक्त गरेका प्रतिबद्धता सत्तामा पुग्दा बिर्सने गरेको पनि पाइन्छ। आशा गरौँ, केही गरी उनको दल सत्तामा पुगे भट्टराईले विज्ञान प्रविधि सम्बन्धमा आफ्नो प्रतिबद्धता बिर्सनेछैनन् र कार्यपत्रमा प्रस्तुत गरेका अवधारणा क्रमशः लागु गर्नेछन्।
सेमिनारमा विज्ञान, प्रविधि र नवप्रवर्तनका पाँच विषय, कृषि तथा खाद्य सुरक्षा, ऊर्जा तथा जल विद्युत्, वातावरण, जैविक विविधता र जलवायु परिवर्तन, स्वास्थ्य र चिकित्सा एवं नानो प्रविधिबारे क्रमशः नार्कका वैज्ञानिक डा. रामप्रताप शाह, काठमाडौं विश्वविद्यालयका प्राध्यापक रमेश मास्के र त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरू रेजिना ब्यान्जु, प्रकाश सायमी एवं रामेश्वर अधिकारीले कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यपत्रमाथि सम्बन्धित विज्ञले टिप्पणी गरेका थिए। सेमिनारमा देशको महत्वपूर्ण वैज्ञानिक संस्था नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का प्राज्ञ वा वैज्ञानिकबाट पनि कार्यपत्र प्रस्तुत हुने अपेक्षा धेरै सहभागी वैज्ञानिकले गरेका थिए। तर नास्टका तर्फबाट कुनै त्यस्तो कार्यपत्र प्रस्तुत भएन।
प्रथम राष्ट्रिय विज्ञान दिवसलाई सञ्चार माध्यमले उचित महत्व दिएको पाइयो। नागरिक, गोरखापत्र, कान्तिपुर, अन्नपूर्ण पोस्टलगायतका प्रतिष्ठित दैनिक पत्रिकाले उक्त अवसरमा विज्ञान प्रविधिसम्बन्धी विशेष लेख प्रकाशित गरेका थिए। विभिन्न टीभी च्यानलले पनि वैज्ञानिकहरूसँगको अन्तरवार्ता / अन्तर्क्रिया प्रसार गरेका थिए। एबीसी टीभीले वरिष्ठ वैज्ञानिकसँग करिब डेढ घन्टा लामो अन्तर्क्रियाको सिधा प्रसारण गरेको थियो। सञ्चार माध्यमले विज्ञान प्रविधिको विषयलाई यसरी महत्व दिनु वैज्ञानिक समुदायका लागि खुसीको विषय हो । यसले जनतामा वैज्ञानिक चेतना अभिवृद्धि गर्न निश्चय पनि मद्दत पुर्याउँछ।
देशमा प्रथम विज्ञान दिवस मनाउँदै गर्दा पंक्तिकारसँग सञ्चारकर्मीहरूले जिज्ञासा राखेका थिए – करिब सन् १९६० को दशकसम्म नेपालकै हाराहारीको आर्थिक एवं वैज्ञानिक स्तर भएका दक्षिण कोरिया, चीन र भारतमा आज विज्ञान प्रविधिको विकासमार्फत् त्यत्रो ठूलो आर्थिक उन्नति भइसक्ता नेपालमात्र किन पछि परेको हो? यसको प्रमुख कारण हो – दक्षिण कोरिया, चीन र भारतका राजनीतिक नेतृत्वले देशको आर्थिक विकासमा विज्ञान प्रविधिको महत्व रामरी बुझेको थियो र विज्ञान प्रविधिको विकासलाई राज्यले निरन्तर प्राथमिकता दियो। तर नेपालले भने अहिलेसम्म देशको आर्थिक विकासमा विज्ञान प्रविधिको ठूलो भूमिका हुन्छ भन्ने तथ्य राम्ररी बुझ्ने राजनीतिक नेतृत्व पाएकै छैन। अहिलेसम्मका हाम्रा अधिकांश राजनीतिकर्मी तथा उच्च तहका नीति निर्माताले नेपालको सन्दर्भमा विज्ञान प्रविधिको विकास र यस क्षेत्रमा गरिने लगानीलाई फजुलखर्चका रूपमा लिँदैआएका छन्। पछिल्लो समयमा यस प्रकारको सोचमा देशका केही सकारात्मक परिवर्तन आएको पाइन्छ। केही राजनीतिकर्मीले पंक्तिकारलाई बताएअनुसार उनीहरू विज्ञान प्रविधिको विकासमा लगानी गर्नुलाई फजुलखर्च होइन आजको आवश्यकता ठान्छन् र आउँदो संविधान सभाको लागि तयार पारिने पार्टीको घोषणापत्रमा विज्ञान प्रविधिको विकासलाई महत्वपूर्ण स्थान दिने बताउँछन्।
विगत चार दशकमा नेपालमा विज्ञान प्रविधिको क्षेत्रमा केही उल्लेखनीय प्रगति भएको छ। विशेषगरी वैज्ञानिक मानव संसाधन उत्पादनमा देशले ठूलो प्रगति गरेको छ। उदाहरणका लागि सन् १९७७ मा देशमा विज्ञान प्रविधि विषयमा उच्च शिक्षा हासिल गरेका मानव संसाधनको संख्या २ हजार ३ सय ७७ मात्र थियो। आज यो संख्या ५० हजार नाघेको छ। देशको लागि यो ठूलो उपलब्धि हो। अहिले अन्तर्राष्ट्रिय मापदण्डअनुसार पनि देशमा विज्ञान प्रविधिको प्रयोगमार्फत् आर्थिक विकास गर्न आवश्यक पर्ने न्यूनतम वैज्ञानिक तथा प्राविधिक मानव संसाधन नेपालमा उपलब्ध छ। तर, ठोस राष्ट्रिय नीति र कार्यक्रमको अभावमा राज्यले उक्त महत्वपूर्ण वैज्ञानिक मानव संसाधनलाई देश विकासको कार्यमा प्रयोग गर्न सकिरहेको छैन। देशभित्र उचित अवसर नपाएर कैयौँ प्रतिभाशाली युवा वैज्ञानिक तथा प्राविधिज्ञ देशबाट पलायन हुने क्रम जारी छ। हाम्रो देशमा आर्थिक प्रगतिका लागि आवश्यक प्राकृतिक स्रोत, मानव संसाधन र सम्भावना प्रशस्त छन् तर ती सबैलाई सुव्यवस्थित तरिकाले परिचालन र उपयोग गर्न नसक्दा हामीले छिमेकी देशमाजस्तो अपेक्षित आर्थिक तथा वैज्ञानिक प्रगति हासिल गर्न सकिरहेका छैनौँ।
नेपालमा विज्ञान प्रविधि क्षेत्रको उचित विकास हुननसक्नुको कतिपय कारणमध्ये राजनीतिकर्मी र वैज्ञानिकबीचको नियमित र निकट अन्तर्क्रिया र संवादको अभाव पनि हो। वैज्ञानिक समुदायबाट राजनीतिकर्मीलाई आर्थिक विकासमा विज्ञान र प्रविधिको भूमिका बुझाउने पर्याप्त प्रयास भएको छैन। राजनीतिकर्मीले पनि वैज्ञानिक समुदायलाई देशको नीति निर्माणमा सक्रियरूपमा संलग्न गराउने प्रयास गरेका छैनन्। नीति निर्माणका उच्च तहमा व्यावसायिक वैज्ञानिक एवं प्राविधिज्ञहरूको उचित प्रतिनिधित्व हुनसकेको छैन। यसले गर्दा पनि विज्ञान प्रविधिको विकासलाई देशको आर्थिक विकाससँग जोड्ने काम सफलतापूर्वक हुनसकेको छैन। विज्ञान प्रविधिमार्फत देशको आर्थिक विकास गर्न राजनीतिकर्मी र वैज्ञानिकबीच निकट र निरन्तर सहकार्य हुनु जरुरी हुन्छ।