आउँदो असोज १ गते (२०७० ) देशमा पहिलोपल्ट राष्ट्रिय विज्ञान दिवस मनाइँदै छ। विज्ञान प्रविधिसम्बन्धी विभिन्न कार्यक्रम गरी मनाइने यस दिवसको नारा 'विज्ञान र प्रविधि देशको समृद्धि' भन्ने रहेको छ। विज्ञान दिवस मनाउनुको मूल उद्देश्य जनमानसमा वैज्ञानिक चेतना अभिवृद्धि र देशमा विज्ञान प्रविधिको विकास गर्न मद्दत पुर्याउनु हो।उक्त दिन मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीको प्रमुख आतिथ्यमा नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा विशेष समारोह आयोजना गरिने कार्यक्रम छ। समारोहमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रमुख व्याख्यान (की नोट स्पिच) दिने कार्यक्रम छ। राष्ट्रिय विज्ञान दिवसको विस्तृत कार्यक्रम तयार पार्न र सफलतापूर्वक मनाउन विज्ञान, प्रविधि तथा वातावरण मन्त्रीको अध्यक्षतामा यस पंक्तिकारलगायत विभिन्न शैक्षिक तथा वैज्ञानिक संस्थाका प्रतिनिधि रहेको आयोजक समिति गठन गरिएको छ।
राष्ट्रिय विज्ञान दिवसका दिन देशभर विभिन्न शैक्षिक तथा वैज्ञानिक संघ संस्थाले प्रभातफेरी, विज्ञान प्रदर्शन, सेमिनार, प्रवचन, पुरस्कार वितरण, पुस्तक विमोचनआदि कार्यक्रमको आयोजन गरी मनाइनेछ। यसैगरी उक्त दिन विभिन्न शिक्षण संस्था, सरकारी एवं अर्धसरकारी वैज्ञानिक प्रतिष्ठानअन्तर्गतका प्रयोगशाला सर्वसाधारणका लागि खुला गरी ती संस्थामा भइरहेका क्रियाकलापबारे जनतालाई सुसूचित गराइनेछ। सामान्य व्यक्तिको जीवनमा विज्ञान प्रविधिको महत्व बुझाउने प्रकारका सामग्री टेलिभिजन, पत्रपत्रिका तथा रेडियोजस्ता विभिन्न सञ्चार माध्यमद्वारा प्रस्तुत गरिनेछ।
गत २०६९ असोज २४ गते वैज्ञानिकहरू र तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईबीच प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न अन्तर्त्रि्कयामा अन्य मुलुकमा जस्तै नेपालमा पनि हरेक वर्ष कुनै एक उपयुक्त दिनमा राष्ट्रिय विज्ञान दिवस मनाउनेे प्रस्ताव पंक्तिकारले राखेको थियो। त्यतिबेला प्रधानमन्त्री बाबुराम भट्टराईले मन्त्रिपरिषद्बाट निर्णय गराई कुनै उपयुक्त दिनलाई राष्ट्रिय विज्ञान दिवस घोषणा गर्ने वचन दिएका थिए। तदनुरूप नेपाल सरकारले हरेक वर्ष असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाउने निर्णय गरेको हो।
नेपालको विज्ञान प्रविधिको इतिहासमा असोज १ गते महत्वपूर्ण दिन हो। विसं २०१३ साल असोज १ गते 'पब्लिक साइन्स कलेज'को स्थापना भएको थियो। उक्त कलेज जनस्तरमा स्थापित देशको पहिलो विज्ञान कलेज हो। सुरुका दिनमा त्रिचन्द्रमा प्रभातकालीन कक्षाका रूपमा सञ्चालित 'पब्लिक साइन्स कलेज' २०१८ फागुन १८ मा लैनचौरस्थित आफ्नै भवनमा सरेको थियो। 'पब्लिक साइन्स कलेज'का उत्प्रेरक तथा संस्थापक रसायनशास्त्री प्राध्यापक अमृतप्रसाद प्रधानको २०२३ मा हवाई दुर्घटनामा निधन भएपछि उनकै स्मृतिमा कलेजको नाम 'अमृत साइन्स कलेज' (अस्कल) राखिएको हो। विसं २०३० को दशकमा नयाँ शिक्षा प्रणाली लागु भएपछि निजी क्षेत्रमा सञ्चालन हुँदैआएका अन्य कलेजहरूजस्तै अमृत साइन्स कलेज पनि त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसका रूपमा सञ्चालन हुँदैआएको छ। आज देशभर निजी स्तरमा विज्ञान तथा प्रविधि विषयको अध्यापन हुने सयौं शैक्षिक संस्था खुलिसकेका छन्। तीमध्ये अमृत साइन्स कलेज निजी स्तरमा विज्ञान विषयको अध्यापन गरिने पहिलो शैक्षिक संस्था थियो। देशका कैयौं उत्कृष्ट एवं विशिष्ट वैज्ञानिक तथा प्राविधिज्ञलेे आफ्नो आधारभूत विज्ञान शिक्षा अमृत साइन्स कलेजबाटै प्राप्त गरेका थिए। यस अर्थमा अमृत साइन्स कलेजको ऐतिहासिक महत्व छ। यसै महत्वलाई आत्मसात् गरेर अमृत साइन्स कलेज स्थापना भएको दिन असोज १ गतेलाई हरेक वर्ष विज्ञान दिवस मनाउने निर्णय नेपाल सरकारले गरेको हो।
परम्परागत प्रविधिको धनी मुलुक भए पनि एकीकरण भएको झन्डै दुई सय वर्षसम्म विभिन्न कारणले नेपाल बाहिरी संसारबाट अलग्गै रह्यो र विश्वमा विज्ञान क्षेत्रमा भएका आधुनिक विकासबाट टाढा रहन पुग्यो। उदाहरणका लागि छिमेकी मुलुक भारतका वैज्ञानिक सिभि रमणले सन् १९३० मै विज्ञान (भौतिक शास्त्र)मा नोबेल पुरस्कार पाइसकेका थिए भने हाम्रो देशमा त्यतिबेलासम्म विज्ञान विषयको अध्यापन त्रिचन्द्र कलेजमा प्रमाणपत्र (सन् १९१९ देखि) तहमा सीमित थियो। यसैगरी सन् १९६९ मा डा. क्रिस्चियन बर्डनार्ड पहिलोपल्ट मानवमा मुटुको सफल प्रत्यारोपन गर्न र निल आमस्ट्रङ पहिलोपल्ट चन्द्रमामा पाइला टेक्न सफल भइसकेका थिए भने हाम्रो देशमा बल्ल सन् १९७२ मा पहिलोपल्ट स्नातक तहमा चिकित्सा शास्त्र र इन्जिनियरिङ विषयमा अध्यापन सुरु भएको थियो। यसरी विश्वमा विज्ञान तथा प्रविधिको विकास दु्रत गतिमा भइरहँदा त्यसबाट नेपाल पृथक रह्यो र हामी विज्ञान प्रविधिको क्षेत्रमा धेरै पछाडि पर्यौँ।
नेपालमा पहिलो विद्यालय (दरबार हाइस्कुल) सन् १८५४ मा स्थापना भएको थियो। त्यसको १ सय पाँच वर्षपछि मात्र देशमा पहिलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय सन् १९५९ मा स्थापना भएको थियो। उता छिमेकी मुलुक भारतमा नेपालमा भन्दा १ सय दुई वर्षअघि नै सन् १८५७ मा कलकत्ता विश्वविद्यालय स्थापना भइसकेको थियो। यसरी शिक्षाको विकासै ढिलो सुरु भएको हाम्रो देशमा विज्ञान प्रविधिको उपयुक्त विकास नहुनु स्वाभाविक थियो।
नेपालमा मूलतः सन् १९५० को राजनीतिक परिवर्तनपछि मात्र आधुनिक विज्ञानका क्रियाकलाप सुरु हुनथालेका हुन्। सन् १९६० को दशकमा नेपालमा केही महत्वपूर्ण वैज्ञानिक संस्थाको स्थापना भयो। सन् १९७० र १९८० दशकमा पनि राष्ट्रिय स्तरमा वैज्ञानिक संस्थाको स्थापना हुने क्रम जारी रह्यो। सन् १९९० मा प्रजातन्त्रको पुनर्स्थापनापछि सरकारले अपनाएका उदारीकरण नीतिको परिणाम स्वरूप देशमा निजी क्षेत्रमा विज्ञान प्रविधि अध्यापन गरिने धेरै शैक्षिक संस्था खोलिए। यसैगरी देशमा थप विश्वविद्यालय तथा विश्वविद्यालय सरहको मान्यताप्राप्त शैक्षिक संस्था पनि खोलिए।
विसं २००७ सालपछिका दशकमा मुलुकमा विज्ञान प्रविधिको क्षेत्रमा निश्चय पनि केही उल्लेखनीय उपलब्धि भएका छन्। यस अवधिमा विशेषगरी उल्लेखनीय संख्यामा विज्ञान प्रविधिका मानव संसाधन उत्पादन भएका छन्। त्यसमा पनि चिकित्सक र इन्जिनियरहरूको उत्पादनमा ठूलो प्रगति भएको छ। तथापि विज्ञान प्रविधिका अन्य महत्वपूर्ण विधामा भने त्यही अनुपातमा मानव संसाधनको उत्पादनमा वृद्धि हुनसकेको छैन। विशेषगरी, देशमा विद्यावारिधि तहको वैज्ञानिक अनुसन्धानकर्ताको उत्पादनमा सन्तोषजनक वृद्धि हुन सकेको छैन। यसैगरी मानव संसाधन उत्पादनमा भएको परिमाणात्मक वृद्धिको अनुपातमा गुणात्मक वृद्धि हुनसकेको छैन। देशमा आज पनि वैज्ञानिक अनुसन्धानको उचित विकास हुनसकेको छैन।
यसरी विगत केही दशकयता विज्ञान प्रविधिको क्षेत्रमा केही सकरात्मक संकेत देखापरे पनि देशमा अझ पनि यस क्षेत्रको अपेक्षित विकास हुनसकेको छैन। आज विश्वमा विज्ञान प्रविधिको विकास अति तीव्र गतिमा भइरहेको छ। हाम्रो देशमा भने आधुनिक विज्ञान प्रविधिको अध्ययन, अध्यापन, अनुसन्धान र उपयोग अति सुस्त गतिमा भइरहेको छ। आज पनि देशको आर्थिक विकासमा प्रत्यक्ष योगदान पुर्याउन आवश्यक मानवस्रोत, आधारभूत संरचना, अनुसन्धान सुविधा र अनुगमन संयन्त्रको ठूलो अभाव छ। राष्ट्रिय योजना आयोगले विगत ३० वर्षदेखि पञ्च वर्षीय योजनामा विज्ञान तथा प्रविधि क्षेत्रलाई समावेश गर्दै आए पनि आयोगले यस क्षेत्रको विकासमा पर्याप्त लगानी र आवश्यक प्राथमिकता निर्धारण गर्न सकेको छैन। आजसम्म मुलुकमा प्रभावकारी विज्ञान तथा प्रविधि नीति निर्माण भई लागु हुन सकेको छैन।
प्रायः सबैजसो वैज्ञानिक संस्था आर्थिक र स्पष्ट कार्यनीतिका अभावमा प्रभावकारी हुन सकेका छैनन्। राजनीतिज्ञ, योजनाकार, उद्यमी, बुद्धिजीवी एवं साधारण जनतामा विज्ञान तथा प्रविधिको महत्व बारेकोे चेतनाको अभाव नै देशमा विज्ञान तथा प्रविधिको विकासमा सबैभन्दा ठूलो अवरोधका रूपमा देखापरेको छ। समाजका हरेक पक्षबाट यो क्षेत्र उपेक्षित रहँदैआएको छ। देशका राजनीतिज्ञ, योजनाविद् र अर्थशास्त्रीहरू जनताका आधारभूत आवश्यकता परिपूर्तिमा नकारात्मक असर नपर्ने गरी विज्ञान तथा प्रविधिका क्षेत्रमा पर्याप्त मात्रामा पुँजी निवेश गर्न सकिन्छ भन्ने विश्वास गर्दैनन्। विज्ञान तथा प्रविधिका क्षेत्रमा क्षमता विकास नभई आर्थिक विकास सम्भव हुँदैन भन्ने तथ्य हाम्रो समाजका प्रबुद्ध वर्गलगायत जनसाधारणले आत्मसात् गर्नसकेका छैनन्। फलस्वरूप हाम्रो देशमा विज्ञान तथा प्रविधिको विकास कार्यले प्राथमिकता पाउन सकेको छैन।
करिब छ दशकअघिसम्म हाम्रै आर्थिक स्तरमा रहेका हाम्रा छिमेकी मुलुक भारत र चीनले विज्ञान प्रविधिको विकासकै माध्यमबाट ठूलो आर्थिक उन्नति गरेका छन्। आज यी मुलुक विश्वका आर्थिक तथा वैज्ञानिक महाशक्ति बनेका छन्। राज्यले प्रण गरे र सही नीति अपनाए छोटो समयमै विज्ञान प्रविधिको विकासमार्फत् आर्थिक क्रान्ति गर्न सकिन्छ भन्ने राम्रो उदाहरण बनेका छन् हाम्रा यी छिमेकी। नेपालले पनि छोटो समयमै आर्थिक क्रान्ति गर्ने हो भने विज्ञान प्रविधिको विकास र प्रयोगलाई हाम्रो राष्ट्रिय विकास योजनाको प्राथमिकता सूचीमा अग्र स्थानमा राखिनु जरुरी छ।
अहिले मुलुक ठूलो राजनीतिक परिवर्तनको सँघारमा छ। हाम्रा कतिपय जिम्मेवार नेताले देशमा अब आर्थिक क्रान्तिको आवश्यकता भएको बताउँदै केही वर्षभित्रै नेपाललाई दक्षिण एसियाकै सबैभन्दा समृद्ध र धनी राष्ट्र बनाउने प्रण गर्दैआएका छन्। केही नेताले त केही वर्षभित्रै नेपाललाई स्विट्जरलान्ड वा सिंगापुर बनाउने आश्वासन जनतालाई बाँढ्दै आएका छन्। तर ती समृद्ध राष्ट्रले जस्तै विज्ञान तथा प्रविधिका क्षेत्रमा क्षमता विकास गर्नुपर्ने बारे भने ती नेता अनभिज्ञ नै देखिन्छन्। देशको आर्थिक विकासका लागि वैज्ञानिक क्षमता विकासको विकल्प छैन भन्ने तथ्य हाम्रा राजनीतिज्ञ र नीति निर्माताले अझै आत्मसात् गर्नसकेका छैनन्। हो, विज्ञान प्रविधिको विकासले मात्र देशको समग्र विकास सम्भव छैन। तर यो पनि हो, विज्ञान प्रविधिको विकासबिना कुनै पनि देशको आर्थिक समृद्धि सम्भव छैन। कुनै पनि विकासशील देशको आर्थिक समृद्धिको एकमात्र मूल मन्त्र हो – विज्ञान, बढी विज्ञान र अझ बढी विज्ञान। आउँदो राष्ट्रिय विज्ञान दिवसले समग्र जनता, राजनीतिज्ञ, नीति निर्माता, उद्यमी र बुद्धिजीवीमा यही सन्देश दिन सकोस्!