सहमतीय सरकारको नेतृत्व गर्ने अवसर पाए उम्मेदवार तय गर्ने अडान राख्दै आएको नेपाली कांग्रेसले सभापति सुशील कोइरालाका नाममा सर्वसम्मति गरेको छ। एकीकृत माओवादीबाट सकारात्मक जवाफ पाएरै कांग्रेस प्रधानमन्त्रीय उम्मेदवार घोषणा गर्ने निष्कर्षमा पुगेको होला। संविधान सभामा १७ पल्टसम्म उम्मेदवारी दिएर हण्डर खाएको पार्टीले पक्कै पनि यतिबेला आफ्नो नेतृत्वमा सहमतीय सरकार बन्ने आशा गरेको हुनुपर्छ।
सहमतीय सरकार अझै पनि चमत्कारको विषय हो। दोस्रो जनआन्दोलनपछि विशिष्ट परिस्थितिमा गिरिजाप्रसाद कोइरालाले त्यस्तो सरकारको नेतृत्व गरेका थिए। संविधान सभा गठनपछि भने नयाँ शक्ति समीकरणमा एकीकृत माओवादीले आफ्नो नेतृत्वदायी हिस्सा खोज्यो। उसको राजनीतिक दर्शन, समानान्तर राज्य सञ्चालनको कार्यदिशा र सशस्त्र लडाकुको अस्तित्वका कारण उसका नाममा सहमति बन्न नसक्नु स्वाभाविक थियो।
संविधान सभाको अवसानपछि अर्को संविधान सभाको निर्वाचनका लागि अन्तरिम सरकार आवश्यक देखिएको हो। बाबुराम भट्टराईले विपक्षीहरुलाई छक्याएर संवैधानिक व्यवस्था नगरी निर्वाचन घोषणा गर्दा विपक्षीहरु माओवादी र मधेसी मोर्चाको गठबन्धनप्रति शंकित हुँदै आए। गठबन्धनले निर्वाचनतर्फ मुलुकलाई प्रवेश गराउन नसकेपछि राजनीतिक दलबीच सहमति अपरिहार्य भइरहेको बेला राष्ट्रपति रामवरण यादवले संवैधानिक अग्रसरता देखाए। दलहरुबीच सहमतीय सरकारका वार्ता तीव्र भए।
कांग्रेसले कोइरालाको उम्मेदवारी प्रस्ताव गरेर सहमतीय सरकारको आशा देखाएको छ तर त्यो सम्भव हुने आधार भने बनिसकेको छैन। उम्मेदवार देखाउन कांगे्रससँग आग्रह गरेको भोलिपल्ट एकीकृत माओवादीले संविधानका खाकामा सहमति जनाउन सर्त तेर्स्याएको छ। वैशाखमा निर्वाचन मिति तय गर्ने, संवैधानिक निकायका पदपूर्ति गर्ने जस्ता सर्त त सामान्य औपचारिक आग्रह हुन्। मुख्य सर्त हो- भावी संविधानका मुख्य अन्तरवस्तुमा सहमतिको घोषणा।
माओवादी दुईटा विचाराधीन विषयमा कांग्रेसलाई अहिल्यै प्रतिबद्ध तुल्याउन चाहन्छ। कार्यकारी राष्ट्रपति र १० वा १४ प्रदेशको संघीय खाका। कार्यकारी राष्ट्रपतिको उसको अडानसँग असहमत कांग्रेससँग उसले मिश्रित प्रणालीका लागि पहल गरेको थियो। प्रदेशको संख्यामा माओवादी सहमत भएर संविधान बन्ने भए मिश्रित प्रणालीसम्म स्वीकार गर्ने कांग्रेसको संविधान सभाकालीन सहमति थियो। प्रदेशको संख्या र सिद्धान्त मुख्य विवादको विषय रहनाले गत जेठ १४ भित्र संविधान बन्न सकेन।
माओवादीले कांग्रेसलाई ती दुवै विषयमा सहमत गराउन सके राजनीतिक विजय हासिल गर्नेछ। उतिबेला कांग्रेस नमान्नाले संविधान बन्न नसकेको भन्ने प्रमाणित गर्नसमेत ऊ चाहन्छ। कांगे्रसले प्रधानमन्त्री पद नपाएर उतिबेला संविधान बन्न नदिएको प्रचारसमेत माओवादीले गर्न पाउनेछ। त्यो त भयो आगामी निर्वाचनका लागि प्रचारका मसला। मुख्य विषय त सक्रिय राष्ट्रपतिको प्रावधानसहितको संविधान बनाउने उसको अडान हो। कार्यकारी प्रधानमन्त्री भनेको संसदीय व्यवस्था हो भन्ने धारणाका कारण उनीहरु दशक लामो सशस्त्र संघर्षको औचित्य सावित गर्न राजनीतिक प्रणाली बेग्लै कायम गराउन चाहन्छन्। आफ्नो परम्परागत राजनीतिक सिद्धान्त र आधारसँग मेल नखाने माओवादी सर्त कांग्रेसका लागि सबभन्दा कठिन हुनेछ।
मिश्रित राजनीतिक प्रणालीले राष्ट्रपति र प्रधानमन्त्रीबीच कार्यकारी अधिकार बाँडफाँट गर्छ। त्यसले दुई शक्तिबीच सधैँ संघर्ष निम्त्याउँछ। संसदको प्रभाव रहँदैन। प्रधानमन्त्रीलाई जतिसुकै धेरै विभागीय अधिकार दिइए पनि जनताले प्रत्यक्ष चुनेका राष्ट्रपति नै सबभन्दा शक्तिशाली हुनेछन्। राष्ट्रपति र संसदको द्वन्द्व नेपालको नयाँ कटु यथार्थ हुन पुग्नेछ। अर्कातिर प्रत्यक्ष निर्वाचित राष्ट्रपति अल्पसंख्यक समुदायबाट प्रायः असम्भव हुनाले नेपालजस्तो सामाजिकरूपमा विविधतापूर्ण देशमा पहिचानको मुद्दा झन् प्रखर हुन पुग्नेछ।
केन्द्र र प्रदेश दुवैलाई शक्तिशाली बनाउने माओवादी अवधारणा आफैंमा विरोधाभाषपूर्ण छ। संघीयता आफैंमा शक्ति विकेन्द्रीकरणको पर्याय हो। कम्युनिष्ट पार्टीको सांगठनिक कार्यशैली र नेतृत्व संरचनाबाट शक्ति विकेन्द्रीकरणको लोकतान्त्रिक राजनीति त्यसै पनि विश्वसनीय छैन। त्यस्तो पार्टीले त बलियो केन्द्र चाहन्छ, जसमा पार्टी नेतृत्वले पकड राखोस्। जातीय नारामार्फत् गरेको संगठन विस्तारका कारण उसले संघीयतबारे कट्टरपन्थी अडान त्याग्न सकेको छैन। उसलाई सजिलो पनि छैन।
माओवादीले निर्वाचनअघि नै ती दुई विषयमा कांग्रेसको प्रतिबद्धता खोजेर सिद्धान्तको जीत गराउन चाहेको छ। कांग्रेसका लागि अब प्रश्न उठ्छ- के ऊ निर्वाचनप्रति प्रतिबद्ध छ? निर्वाचन भनेको जनताको मत लिनु र शासकीय वैधता कायम गर्नु हो। जनताको मत कस्तो आउँछ भन्ने जाँच्नका लागि निर्वाचन गर्ने हो। जनताको मत लोकतन्त्रमा सर्वेसर्वा हो भने कुनै पनि राजनीतिक पार्टीले पहिल्यै आफू निर्णय गर्दैन। त्यस्तो विषयमा जुन देश र जनताका लागि दीर्घकालीन असर पर्छ।
आगामी वैशाखमा निर्वाचन देशका लागि जति महŒवपूर्ण छ, त्यति नै राजनीतिक प्रणाली र संघीय स्वरूप जस्ता विषयमा जनादेश। त्यसका लागि माओवादीले आफ्नो राजनीतिक नीति जनतामा लैजानु जति आवश्यक छ, त्यति नै कांग्रेसले। ती दुवै विपरीत धारका पार्टीले सत्ताको सौदाबाजीमा सिद्धान्त एउटै बनाउने हो भने जनताले कसका पक्षमा मत हाल्ने? त्यसकारण कांग्रेसले अहिल्यै माओवादीसँग उसले खोजेका प्रतिबद्धता जाहेर गर्न सम्भव छैन। त्यो नहुनेबित्तिकै कांग्रेसलाई उम्मेदवार खडा गर्न लगाएर माओवादीले अर्को चरणको सत्ता संघर्ष सुरु गर्ने निश्चित छ। फलस्वरूप वर्तमान गठबन्धनको सत्ता जारी रहिरहन सक्नेछ।
दलहरूले वैशाख वा जेठमा निर्वाचन गर्ने तत्परता देखाउने हो भने आ-आफ्ना राजनीतिक कार्यसूची प्रष्ट बनाउनु आवश्यक हुन्छ। माओवादीले विनासर्त प्रतिस्पर्धी कांग्रेसको नेतृत्वमा निर्वाचनमा जाने निर्णय गर्छ भन्नु आदर्श सोचाई हो। प्रधानमन्त्रीको प्याकेज भनेको स्वच्छ निर्वाचनका आधारभूत सर्तहरूमात्र हुन सक्छन्। निर्वाचनमा त माओवादी र कांग्रेसमात्र होइन, राप्रपा नेपालले पनि आफ्नो कार्यसूची लैजाने निर्वाध वातावरण पाउनुपर्ने हुन्छ।