काठमाडौं, वैशाख २९ (नागरिक)- एकीकृत माओवादी र नेकपा (एमाले)बीच प्रधानमन्त्रीको राजीनामा र दलहरूबीच 'प्याकेज'मा सहमतिमध्ये कुनलाई प्राथमिकता दिने भन्नेबारे बहस जारी छ। माओवादी नेतृत्वले सहमतिका लागि प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने बताएको थियो। एमाले नेतृत्वले भने समायोजन गरिने लडाकुको संख्या निर्क्यौल, वाइसीएलको अर्ध सैन्य संरचना विघटन र कब्जा गरिएको सम्पति फिर्ता भएपछि मात्रै राष्ट्रिय सहमतिको सरकार गठन गर्न सकिने धारणा राखेको थियो।
माओवादी र एमालेबीच मंगलबार दुई चरणमा दुई थरी नेताबीच भएको छलफलमा त्यही सेरोफेरोमै कुराकानी भएको स्रोतहरूले जानकारी दिएका छन्।
एमाले अध्यक्ष झलनाथ खनाल र स्थायी कमिटी सदस्य भरतमोहन अधिकारीले मंगलबार बिहान माओवादी अध्यक्ष दाहाल र उपाध्यक्ष मोहन वैद्यसँग भेटी सेना समायोजनको विषयमा छलफल गरेका थिए।
स्रोतका अनुसार, छलफलमा माओवादी र एमाले नेतृत्वले आ-आफनै अडान दोहोर्याएका थिए।
शान्ति प्रक्रिया र संविधान निर्माणको ग्यारेण्टी हुने सहमति भएमात्रै राष्ट्रिय सहमतिको सरकार गठन गर्न सकिने एमाले नेतृत्वको धारणा थियो। दुवै पार्टीका नेताहरू अनौपचारिक वार्ता र छलफललाई निरन्तरता दिदै निष्कर्षमा पुग्न सहमत भने भएको स्रोत बताउछ।
त्यसै अनुसार साँझ माओवादी उपाध्यक्ष वावुराम भट्टराईलाई भेट्न एमाले महासचिव ईश्वर पोखरेल र सचिव विष्णु पौडेल भट्टराई निवास शान्तिनगर पुगेका थिए।
नेताहरूबीच प्याकजमै समाधान खोज्ने विषयमा छलफल भए पनि भट्टराईले प्रधानमन्त्रीको राजिनामालाई पूर्व सर्त राखेका थिए। एमाले महासचिव पोखरेलले अनौपचारिक वार्ताहरूले असहमतिका मुद्दाहरू कम हुँदै जाने बताए।
'माओवादी रिसाएको, झोक्किएको होला भन्ने लागेको होला। तर, हामी दलहरूवीच संवाद जारी छ', पोखरेलले स्थायी कमिटी बैठकपछि संवाददाताहरूसँग भने, 'संवादवाटै समाधान गर्न चाहन्छौं।'
'सरकार नफेरी संविधानसभा नथप्ने'
राष्ट्रिय सहमतिको सरकार गठन नगरेसम्म जेठ १४ मा सकिने संविधानसभाको म्याद नथप्ने पक्षमा एकीकृत माओवादी देखिएको छ।
'अहिलेकै सरकार र राजनीतिक गतिरोध यथावत राखेर म्याद थप्नुको औचित्य छैन,' माओवादी संसदीय दलका मुख्य सचेतक पोस्टबहादुर बोगटीले मंगलबार पत्रकारहरूसँग भने।
म्याद थपेर संविधान बन्छ भनेर ग्यारेन्टी नहुँदासम्म माओवादीले सहमति नजनाउने तर्क गर्दै उनले संविधान लेख्न नभई संकटकाल लगाउन र राष्ट्रपति शासन लाउन सरकार उद्यत रहेको आरोप लगाए।
'बाहिर जे सुकै बोले पनि सरकार संकटकाल लगाउन र राष्ट्रपति शासन लगाउन उद्दत छ,' उनले भने, 'त्यसैले यै सरकार रहँदासम्म म्याद थप्ने विषयमा हाम्रो सहमति हुँदैन।'
संविधान निर्माणका लागि आवश्यक दुई तिहाइको प्रावधानको संकेत गर्दै उनले 'पार्टीको सहमतिबिना संविधान बन्दैन' भन्दै थपे, 'त्यसको बाधक नै सरकार भएकाले यो सरकार नढल्दासम्म त्यो सम्भव छैन।'
दुई वर्षसम्म संविधान बन्न नसकेकाले त्यसको समीक्षा हुनुपर्ने जिकीर गर्दै उनले 'अब म्याद थपेपछि संविधान बनाउँछौं भन्ने जनतासामू प्रतिबद्धता गर्नुपर्ने' बताए। 'तर, यसका लागि राजनीतिक गतिरोध अन्त्य हुनु पर्यो। गतिरोधको कारक सरकार हो। त्यसैले राजिनामा पहिले हुनुपर्छ', उनले नागरिकसँग भने।